health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170

काठमाडौँ वैशाख ९ । ‘नेपालमा धेरै कम्युनिस्ट पार्टीले आफूलाई क.पुष्पलालको उत्तराधिकारी भएको बताउँछन् । तर त्यसरी उत्तराधिकारी घोषित गर्दैमा क्रान्तिकारी भइने होइन । मूल कुरा उनको क्रान्तिकारी विचारलाई कति अवलम्बन गर्न सकिन्छ ? त्यो नै मुख्य कुरा हो ।’– ज्ञानशाला अनुसन्धान केन्द्रले आयोजना गरेको कार्यक्रममा क्रान्तिकारी कम्युनिस्ट पार्टीका अध्यक्ष मोहन वैद्य ‘किरण’ले बताए ।
क.पुष्पलाल जन्म शताब्दीको अवसरमा क.पुष्पलालको राजनैतिक योगदान विषयक परिचर्चा कार्यक्रममा अध्यक्ष वैद्यले वर्तमान प्रधानमन्त्रीप्रति लक्षित गर्दै भने, ‘सँगैका साथी प्रधानमन्त्री छन् माया लाग्छ । तर के गर्ने ? दयाका पात्र बनेका छन् ।’ उनले भने, क.पुष्पलालले भनेझैँ स्थिति बदल्नुपर्दछ । त्यसको लागि क्रान्तिकारी शक्तिहरूबिचको एकता नै एक मात्र विकल्प हो ।
मार्क्सवाद, लेनिनवाद तथा माओ विचार धारालाई पथ पर्दशन सिद्धान्तको रूपमा मान्ने पहिलो नेता क.पुष्पलाल भएको बताउँदै अध्यक्ष वैद्यले ‘क.पुष्पलाललाई गद्दार भन्ने कुराबाट आत्मा आलोचित भइसकेको’ समेत बताए ।
परिचर्चा कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा(मसाल)का प्रवक्ता रामप्रकाश पुरीले ‘क.पुष्पलाल जीवनभरि पञ्चायती व्यवस्थाका विरुद्ध लड्दै कम्युनिस्ट आन्दोलनमा लागिरहेको’ बताए । उनले भने, ‘मोहन विक्रमले लेखेको किताब गद्दार पुष्पलाल राजनीतिक किताब थियो । सिङ्गै पुस्तकमा सैद्धान्तिक तथा वैचारिक विषयमा मात्र व्याख्या विश्लेषण भए पनि शीर्षक लेखाइमा भएको कमजोरी सच्याइएको हो ।’
कम्युनिस्टको नाम लिएर ढाँट्ने काम भइरहेको भन्दै नेता पुरीले भने, ‘राजनीति, सिद्धान्त, सङ्गठनात्मक स्वरूप, लक्ष्य तथा उद्देश्य मिल्यो भने मात्र कम्युनिस्ट एकता हुन सक्छ ।’

वैशाख ८ गतेका दिन ज्ञानशाला अनुसन्धान केन्द्रका अध्यक्ष भोलानाथ ढकालको अध्यक्षता तथा वामपन्थी नेता भक्ति लामिछानेको स्वागत मन्तव्यका साथ अगाडि बढेको परिचर्चा कार्यक्रमको विषयवस्तु प्रस्तोता दार्शनिक व्यक्तित्व गोपिरमण उपाध्याय थिए । पुष्पलालको प्रेरणाबाट पूर्वीय दर्शनमा भौतिकवादको खोजीमा लागिरहेका दार्शनिक उपाध्यायले भर्खरै दार्शनिक आधार नामक पुस्तक समेत सार्वजनिक गरेका छन् ।
परिचर्चा कार्यक्रममा प्राज्ञ डा.कौशिला रिसाल, सह–प्राध्यापक डा.चूडा ढकाल, गौतम न्यौपाने, प्रगतिशील लेखक भीष्म जोशी लगायतको समेत आतिथ्य रहेको थियो ।
