Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170
समाचार Archives - Page 20 of 84 - Gyaan Ghar

Gyaan Ghar

Advertisement

समाचार

सन्दीपको आक्रोस- गौशाला २६ सँग सम्बन्ध प्रमाणित भए मलाई जेल होइन फाँसीमा चढाइयोस्

सन्दीपको आक्रोस- गौशाला २६ सँग सम्बन्ध प्रमाणित भए मलाई जेल होइन फाँसीमा चढाइयोस्

काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेले आफ्नो र गौशाला २६ बिचको जुनसुकै सम्बन्ध प्रमाणित गर्न चुनौती दिएका छन् । सामाजिक सञ्जालमा एक पोस्ट लेख्दै सन्दीपले सम्बन्ध दोषी देखिए फाँसी नै चढाइयोस् भनेका हुन् ।  पछिल्लो समय उच्च अदालतमा उनले पुनरावेदन गरेको मुद्दाको सुनुवाइ स्थगित हुँदै आएपछि सन्दीपले सामाजिक सञ्जालमा आफू निर्दोष रहेको बताउँदै आएका छन् । उनले कथित अभियन्ताहरूमाथि आक्रोशसमेत पोख्दै भनेका छन्- 'तथाकथित अभियन्ताहरूलाई मेरो यो खुल्ला चुनौती हो, मेरो र गौशाला २६ बिच जुनसुकै सम्बन्ध, चाहे जबरजस्ती वा अनुचित प्रभावबाट भएको होस्। तथ्य र प्रमाणले साबित गर्नुहोस्। म दोषी देखिन्छु भने फाँसीमा चढाइयोस्, मलाई ८ वर्षले पुग्दै पुग्दैन ।'…
Read More
सत्तामै रहने नेकपा एसको निष्कर्ष

सत्तामै रहने नेकपा एसको निष्कर्ष

काठमाडौँ, २५ वैशाख । माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)ले सरकारमा पार्टीको सहभागितालाई निरन्तरता दिने निष्कर्ष निकालेको छ। उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी, नेपाल विभाजनपछि उत्पन्न परिस्थितिबारे छलफल गर्न मङ्गलवार बसेको पार्टी सचिवालय बैठकले सरकारमा पार्टी सहभागितालाई निरन्तरता दिने निर्णय गरेको हो। मुलुकमा विकसित राजनीतिक घटनाक्रमहरूलाई गहिरो विश्लेषण गर्दै सरकारमा पार्टीको सहभागितालाई निरन्तरता दिने निष्कर्ष निकालिएको पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाले बताए। ‘आज विकसित भएका राजनीतिक घटनाक्रमहरू समसामयिक परिस्थितिमा विकसित भएका घटनाक्रमहरूलाई पार्टीले गहिरो पूर्वक अध्ययन तथा विश्लेषण गरेको छ । र, यो परिस्थितिमा धेरै नै जिम्मेवारीपूर्वक आफ्ना कदमहरूलाई अघि बढाउने भन्ने हामीले निष्कर्ष निकालेका छौँ। आज हामी सरकारमा छौँ…
Read More
जसपा नेपालले पार्टी विभाजनविरुद्ध कानुनी उपचार खोज्ने

जसपा नेपालले पार्टी विभाजनविरुद्ध कानुनी उपचार खोज्ने

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव पार्टी विभाजनको विषयमा कानुनी उपचार खोज्ने निष्कर्षमा पुगेका छन् । मङ्गलवार पार्टी कार्यालयमा शीर्ष नेताहरूसँग गरेको अनौपचारिक छलफलबाट कानुनी उपचार खोज्ने निर्णय भएको पार्टीका प्रवक्ता मनिष सुमनले जानकारी दिएका छन् । दल विभाजन सम्बन्धी कानुन नै नभएको अवस्थामा निर्वाचन आयोगले पार्टीको मान्यता दिएको निष्कर्ष निकाल्दै जसपा नेपालले अदालत जाने निष्कर्षमा पुगेको उनले बताए । जसपा नेपालले बुधवार कानुनी राय लिएर अदालत जाने बताइएको छ ।  यसैबिच पार्टी विभाजन, जसपा नेपालको आधिकारिक धारणाबारे जानकारी गराउन बुधवार पत्रकार सम्मेलनको समेत आयोजना गरिएको छ । पत्रकार सम्मेलन बिहान ११: ३० बजे पार्टीको केन्द्रीय…
Read More
नयाँ समीकरण बनाउने चर्चा निराधार हो : नेकपा एस

नयाँ समीकरण बनाउने चर्चा निराधार हो : नेकपा एस

काठमाडौं, २४ वैशाख । सत्तारुढ दल नेकपा एकीकृत समाजवादी (एस) ले पार्टीभित्र अन्तर्विरोध नभएको बताउँदै नयाँ समीकरण बनाउने चर्चा पनि निराधार रहेको जनाएको छ। जनता समाजवादी पार्टी विभाजनका सन्दर्भमा नेकपा एसले आफ्नो पार्टी पनि वैकल्पिक समीकरणको कसरतमा लागेको भन्ने आरोपलाई खण्डन गर्दै वर्तमान सत्ता समीकरणप्रति प्रतिबद्ध भएको जनाएको हो। नेकपा एसको सोमबार बसेको संसदीय दलको बैठकमा अध्यक्ष माधवकुमार नेपालले सरकारका कतिपय काम कामप्रति असन्तुष्टि भए पनि वैकल्पिक समीकरण बनाउने खोजेको भन्दै गलत प्रचार गरिएको बताए। ‘म, शेरबहादुर देउवा र उपेन्द्र यादवबिच वैकल्पिक समीकरण बनाउनेबारे छलफल नै भएको छैन। अर्को समीकरण बनाउन खोजेको भन्ने हल्ला गलत हो,’ उनले भने, 'सत्तारुढ दलमा…
Read More
जसपाका कुन कुन सांसदले छोडे उपेन्द्रको साथ ?

जसपाका कुन कुन सांसदले छोडे उपेन्द्रको साथ ?

काठमाडौँ ।  सत्तारुढ दल जनता समाजवादी (जसपा) नेपाल फुटेको छ ।   आइतबार अशोक राईको नेतृत्वमा जसपा नाम राखेर दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दर्ता गराइएको छ । सङ्घीय संसद्‌मा प्रतिनिधित्व गर्ने ७ सांसदहरू राईसहित नवलकिशोर साह सुडी, रन्जु ठाकुर, वीरेन्द्र महतो, सुशीला श्रेष्ठ, प्रदीप यादव र हसिना खानले पार्टी विभाजन गरेका हुन् । साथै उनीहरूसँग २९ जना केन्द्रीय सदस्य रहेको बताइएको छ ।  जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव हाल अमेरिका भ्रमणमा रहेको बेला उनको पार्टी विभाजन भएको छ ।
Read More
गण्डकीमा सभामुखले आफ्नो मत जोडेर विश्वासको मत पुगेको घोषणा, काँग्रेसको विरोध

गण्डकीमा सभामुखले आफ्नो मत जोडेर विश्वासको मत पुगेको घोषणा, काँग्रेसको विरोध

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले आज विश्वासको मत पाएको घोषणा गरिएको छ । गण्डकी प्रदेशमा आज भएको मत विभाजनमा मुख्यमन्त्री अधिकारीले पेस गरेको विश्वासको मतको पक्षमा ३० मत परेको थियो भने विपक्षमा २७ मत परेको थियो । त्यस्तै २ मत तटस्थमा परेको थियो । मतदान प्रक्रियामा ५९ सदस्यले भाग लिएका छन् । ६० सदस्यीय प्रदेश सभामा बहुमतको लागि ३१ मत आवश्यक रहको अवस्थामा सभामुख कृष्ण प्रसाद धितालले संविधान अनुसार निर्णायक अवस्थामा आफूले मत दिन पाउने भन्दै मुख्यमन्त्री अधिकारीले विश्वासको मत पाएको घोषणा गरेका थिए । सभामुखले घोषणा गर्नासाथ काँग्रेसका सांसदहरूले नाराबाजी गर्दै बेल घेराउ गरेका थिए ।   …
Read More
 सन्दीपको मुद्दा न्यायाधीश द्वय निरौला र ढुङ्गेलको इजलासमा

 सन्दीपको मुद्दा न्यायाधीश द्वय निरौला र ढुङ्गेलको इजलासमा

काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा आज पेसी तोकिएको छ । जिल्ला अदालत, काठमाडौँको फैसलामाथि गरेको पुनरावेदनमा आज उच्च अदालत पाटनमा मुख्य न्यायाधीश नृपध्वज निरौला र दुर्गा प्रसाद ढुङ्गेलको संयुक्त इजलासमा पेसी तोकिएको छ । यस अघि पटक पटक 'हेर्न नभ्याइने' मा परेको यो मुद्दा आज तेस्रो स्थानमा रहेको छ । यस मुद्दामा यस अघि झगडिया झिकाउन र गौशालाको जन्म मितिको विवरण झिकाउन आदेश दिइएको थियो ।  काठमाडौँ अदालतले सन्दीपले जबरजस्ती करणी गरेको ठहर गर्दै आठ वर्ष कैद र तीन लाख जरिवाना तथा दुई लाख रुपैयाँ क्षतिपूर्तिको फैसला गरेको थियो । सन्दीप यही फैसला विरुद्ध उच्च अदालत गएका हुन ।…
Read More
कथाकार ‘जिज्ञासु’को कचहरी कथासङ्ग्रहको विमर्श कार्यक्रम सम्पन्न 

कथाकार ‘जिज्ञासु’को कचहरी कथासङ्ग्रहको विमर्श कार्यक्रम सम्पन्न 

  लमही वैशाख २२ । कथाकार कल्पना पौडेल 'जिज्ञासु'ज्युको 'कचहरी' कथासङ्ग्रह विमर्श कार्यक्रम देउखुरी गजल अभियानको आयोजनामा लमहीमा सम्पन्न भयो । वैशाख २२ का दिन  अभियानका अध्यक्ष गुरुप्रसाद कुमाल 'बुलबुल'को अध्यक्षता कार्यक्रम सम्पन्न भएको थियो ।  कार्यक्रममा बोल्दै लुम्बिनी वाङ्मय प्रतिष्ठान, दाङका अध्यक्ष नीमबहादुर थापाले कल्पना पौडेल 'जिज्ञासु' कचहरी कथासङ्ग्रह मार्फत सशक्त नारीवादी हस्ताक्षरका रूपमा उदाएको बताउनु भयो । कथा सङ्ग्रहमा नारी पात्रलाई एकदमै शक्तिशाली पात्रका रूपमा चित्रण गरिएको अर्का वक्ता राधा गौतमले बताउनुभयो । अहिले नेपालमा भाषा, संस्कृतिलाई खतम पार्ने काम भइरहेकोले साहित्यकारहरूले देश र समाजको हितलाई छलफल तथा लेखनको विषय बनाउनुपर्ने संविधानसभा सदस्य रश्मिराज नेपाली बताउनुभयो । साहित्यकारहरू यम…
Read More
ज्येष्ठ पत्रकारहरूका लागि जीवन निर्वाह भत्ताको व्यवस्था गरिनेछ : प्रधानमन्त्री

ज्येष्ठ पत्रकारहरूका लागि जीवन निर्वाह भत्ताको व्यवस्था गरिनेछ : प्रधानमन्त्री

काठमाडौँ, २१ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ज्येष्ठ पत्रकार तथा अपाङ्गता भएका पत्रकारहरूका लागि सरकारले जीवन निर्वाह भत्ताको व्यवस्था गर्ने तयारी गरिरहेको बताउनुभएको छ । नेपाल पत्रकार महासङ्घको २७ औँ महाधिवेशनका अवसरमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले पत्रकारको हकहितका लागि सरकार सधैँ सकारात्मक रहेको र आगामी दिनमा पनि सोहीअनुसार अगाडि बढ्ने विश्वास दिलाउनुभयो । “सरकारले सञ्चार क्षेत्रको व्यावसायिक र संस्थागत विकासका लागि मिडियालाई राष्ट्रिय सेवामूलक उद्योगसरह मान्यता प्रदान गरी संरक्षण र संवर्द्धन गर्ने नीति लिएको छ,” प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “सरकारले प्रवाह गर्ने सबै सरकारी विज्ञापन न्यायिक ढङ्गले वितरण गर्ने व्यवस्था मिलाइँदै छ ।” नेपालको प्रेस जगत् सधैँ…
Read More
गण्डकीका मुख्यमन्त्रीले वैशाख २३ गते विश्वासको मत लिने

गण्डकीका मुख्यमन्त्रीले वैशाख २३ गते विश्वासको मत लिने

गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज अधिकारीले सोमबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पदभार ग्रहण गर्नुहुँदै । तस्बिर : राधिका कँडेल, रासस पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले आइतबार वैशाख २३ गते गण्डकी प्रदेशसभामा विश्वासको मत लिने भएका छन् । गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टबाट गत चैत २५ गते नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेशको मुख्यमन्त्री पदमा नियुक्त भएका मुख्यमन्त्री  अधिकारीले नेपालको संविधानको धारा १६८ को उपधारा (४) बमोजिम प्रदेशसभामा वैशाख २३ गते विश्वासको मत लिने भएका हुन् । मुख्यमन्त्री अधिकारीले वैशाख २३ गते दिनको ३ बजे प्रदेशसभामा विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गर्ने सूचना प्रदेशसभाको सचिवालयमा दर्ता गराएका…
Read More