14
May
काठमाडौँ । काठमाडौँ जिल्ला अदालतको फैसलाविरुद्ध क्रिकेटर सन्दीप लामिछानेले उच्च अदालत पाटनमा दिएको पुनरावेदनमा आज सुनुवाइ हुने भएको छ । यसअघि पटक पटक सुनुवाइ स्थगित हुँदै आएको मुद्दाको सुनुवाइका लागि गत वैशाख २३ गते पेशी न्यायाधीश नृप ध्वज निरौला र दुर्गाप्रसाद ढुङ्गेलको इजलासमा तोकिएको थियो। उक्त दिन हेर्न नमिल्नेमा परेपछि आजका लागि पेशी तोकिएको हो । अघिल्लो पेसीमा इजलासले मुद्दालाई प्राथमिकतामा राखेर हेर्ने आदेश दिएको थियो । यसअघि वैशाख ३ गते उच्च अदालतले गौशाला २६ ले जन्म दर्तामा जन्म मिति सच्याउन दिएको निवेदन र जन्म मिति स्पष्ट खुल्ने कागजात झिकाउन आदेश दिएको थियो । न्यायाधीश द्वय मुनेन्द्रप्रसाद अवस्थी र दुर्गाप्रसाद…
14
May
काठमाडौँ । नेकपा एकीकृत समाजवादीले वर्तमान गठबन्धन बदलिन सक्ने बताएको छ । पार्टीको पोलिटब्युरो बैठकमा अध्यक्ष माधवकुमार नेपालले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा सत्ता गठबन्धनको भविष्य बदलिन पनि सक्ने उल्लेख गरेका हुन् । उनले वर्तमान संसद्को संरचनाअनुसार निर्माण र सञ्चालनका लागि अहिलेको गठबन्धन बनाइएको र यो दीर्घकालीन नभएको उल्लेख गरेका छन् । प्रतिवेदनमा उनले भनेका छन्- 'यो समीकरण वर्तमान संसद्को संरचना अनुसार सरकार निर्माण र सञ्चालनका निम्ति बनाइएको हो। यो दीर्घकालीन होइन तात्कालिक राजनीतिक सहकार्य मात्र हो । त्यसैले तात्कालिक राजनीतिक परिस्थिति बदलियो भने यस्तो तात्कालिक राजनीतिक समीकरण वा सहकार्य पनि बदलिन सक्छ ।’
14
May
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आज संसद्को संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम रहेको छ । सङ्घीय संसद् सचिवालयले सूचना जारी गर्दै राष्ट्रपति पौडेलले आज बस्ने संसद्को संयुक्त बैठकमा अपराह्न ३ बजे सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम रहेको छ । नेपाली काँग्रेसले संसद् अवरोध गरिरहेका कारण मङ्गलवार सरकारले प्रस्तुत गर्ने नीति तथा कार्यक्रम नै अन्योलमा परेको छ । काँग्रेसले सहकारी प्रकरणमा मुछिएको भन्दै उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय समितिको गठनको माग राख्दै संसद्मा अवरोध गरिरहेको छ ।
10
May
काठमाडौँ । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभाको वर्षे अर्थात् बजेट अधिवेशन आजदेखि सुरु हुँदै छ । नयाँवानेश्वर स्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा आज अपराह्न २ बजेका लागि बैठक आह्वान गरिएको छ । यस अधिवेशनमा आगामी आर्थिक वर्षको आयव्ययको अनुमानित विवरण अर्थात् बजेट जेठ १५ मा संसद्मा पेस हुने छ । त्यसअघि सरकारको वार्षिक नीति तथा कार्यक्रम दुवै सदनको संयुक्त बैठकमा जेठ १ गते राष्ट्रपतिबाट प्रस्तुत हुनेछ । सङ्घीय संसद् सचिवालयका अनुसार आजको बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिबाट प्राप्त अधिवेशन आह्वान सम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाउने कार्यसूची रहेको छ । त्यसपछि सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाउने,…
09
May
काठमाडौँ । नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष डा. बाबुराम भट्टराईले कृषि क्रान्ति नै हाम्रो दिगो आर्थिक समृद्धिको पहिलो आधार भएको टिप्पणी गरेका छन् । पूर्व प्रधानमन्त्री समेत रहेका भट्टराईले बुधवार ‘ब्रेक थ्रु’ भएको सुनकोसी मरिण डाइभर्सन सुरुङको स्थलगत निरीक्षणपछि सामाजिक सञ्जालमा टिप्पणी गर्दै जमिन र पानी सबभन्दा ठुलो प्राकृतिक श्रोत र कृषि नै अझै मुख्य रोजगारी भएको देशमा कृषि क्रान्ति नै हाम्रो दिगो आर्थिक समृद्धिको पहिलो आधार भएको बताएका हुन् । उनले भनेका छन्- सुनकोसी-मरिण डाइभर्सन प्रोजेक्टको सुरूंग निर्माणको सफलता सबैका निम्ति खुसीको कुरा हो । यस सन्दर्भमा हामीले ध्यान दिनुपर्ने सबभन्दा महत्त्वपूर्ण कुरा के हो भने जमिन र…
09
May
विराटनगर । कोसीमा एमालेका हिकमत कार्कीलाई मुख्यमन्त्री बनाएको भन्दै नयाँ सरकार गठनविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । बिहीबार निवर्तमान मुख्यमन्त्री केदार कार्कीले रिट दायर गरेका हुन् । कार्कीले रिट निवेदनमा अन्तरिम आदेशमार्फत प्रदेश प्रमुखको आह्वानलाई बदर गर्न माग गर्दै आफ्नो सरकारलाई निरन्तरता दिन माग गरेका छन् । प्रदेश प्रमुख परशुराम खापुङले बुधवार राति सरकार गठनको आव्हान गरेर आजै दाबी पेस गरेका एमालेका कार्कीलाई मुख्यमन्त्री नियुक्ति समेत गरिसकेका छन् ।
09
May
काठमाडौँ । उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादव मन्त्रिपरिषद् बैठकमा अनुपस्थित भएका छन् । आज बसेको मन्त्रिपरिषद्को बैठकमा उनी अनुपस्थित भएका हुन् । उपेन्द्रले जसपा नेपाल विभाजनमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको भूमिका देखिएपछि असन्तुष्ट बनेको बताइएको छ । प्रधानमन्त्री प्रचण्डले सार्वजनिक रूपमा नै सरकार टिकाउन जसपा फुटाएको स्वीकार गरेका छन् । अब जसपा नेपालको नेतृत्वमा रहेको मधेस सरकारबाट पनि एमाले र माओवादी केन्द्र बाहिरिने तयारी गरेपछि यादव केन्द्रको समीकरणबाट बाहिरिने सम्भावना बढेको छ ।
09
May
काठमाडौँ । गण्डकी प्रदेश सरकारविरुद्ध परेको रिटको पेसी आजलाई तोकिएको छ । प्रदेश सरकारले पाएको विश्वासको मतको संविधान विपरीत रहेको भन्दै काँग्रेसका गण्डकी प्रदेशसभा संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले मङ्गलवार सर्वोच्च अदालतमा रिट दर्ता गराएका थिए । रिटमा उनले सरकारले पाएको विश्वासको मत संविधान विपरीत भएको भन्दा ठुलो दलको हैसियतमा आफूलाई मुख्यमन्त्रीमा नियुक्त गर्न परमादेश जारी गर्न समेत माग गरेका छन् । गएको आइतबार प्रदेशसभामा मुख्यमन्त्री खगराज अधिकारीले राखेको विश्वासको मतबारेको प्रस्तावमा सभामुख कृष्ण धितालले ६० सदस्यमा ३० सांसदको समर्थनलाई विश्वासको मत प्राप्त भनी गरेको घोषणाविरुद्ध रिट दायर गरेका थिए । संविधानको धारा १८८ (३) अनुसार बहुमतको लागि ३१ सांसदको…
09
May
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव सरकारमै रहने की बाहिरिने भन्ने विषयमा अन्योलमा परेको देखिएको छ । बुधवार पत्रकार सम्मेलन गरेर सरकारमै रहने बताए पनि उनको आगामी योजना स्पष्ट देखिएको छैन । प्रधानमन्त्री पुष्पकमल दाहाल र एमाले अध्यक्ष केपी शर्मा ओलीको सक्रियतामा जसपा नेपाल फुटाइएको स्पष्ट भएपछि पनि उपेन्द्र यादवले सरकार छोड्ने साहस गर्न सकेनन् । उनले जसपा नेपालले वैकल्पिक गठबन्धन बनाउन थालेको कु प्रचार गरेर पार्टी विभाजन गरिएको बताए पनि सरकारमा रहने या बाहिरिने भन्ने बारे अन्योलमै रहेको देखिए । उनले पत्रकार सम्मेलनमा आफूहरू सरकारमै रहेको बताउँदै नयाँ दल गठनको प्रक्रिया असंवैधानिक रहेको जिकिर गरे…