10
Jul
काठमाडौँ, २६ असार । त्रिभुवन विश्वविद्यालयको आजको वार्षिक साधारण सभा बैठकले विभिन्न सङ्काय र तहमा उत्तीर्ण भएका ८९ हजार एक सय ९१ विद्यार्थीहरूसहितको ६३ औँ ग्रेसलिष्ट पारित गरेको छ । प्रधानमन्त्री निवास, बालुवाटारमा भएको बैठकले प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीका अध्यक्षतामा भएको बैठकले रजिस्ट्रार प्रा डा केदारप्रसाद रिजालद्वारा प्रस्तुत ग्रेस लिस्ट पारित गरेको हो । बैठकमा आर्थिक वर्ष २०८२–०८३ का लागि बजेट तथा कार्यक्रम प्रस्तुत भएको छ । कुलपति ओलीले विश्वविद्यालयलाई २१ औँ शताब्दीको समय सुहाउँदो प्रतिस्पर्धी र सक्षम विश्वविद्यालयका रूपमा स्थापित गर्न आग्रह गरे । शिक्षा, सहकुलपति एवं विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तले ‘समृद्ध नेपाल, सुखी नेपाली’…