Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131
१२४ वर्ष पछि लाग्न लागेको महाकुम्भ मेलाको आध्यात्मिक तथा वैज्ञानिक मान्यता - Gyaan Ghar

Gyaan Ghar

Advertisement

१२४ वर्ष पछि लाग्न लागेको महाकुम्भ मेलाको आध्यात्मिक तथा वैज्ञानिक मान्यता


काठमाडौँ, २५ पुस । भारतको प्रयागराजमा महाकुम्भ मेला सुरु हुन अब केही दिन मात्रै बाँकी रहेको छ ।

 

नदीको यो सङ्गममा डुब्नका लागि देश तथा विदेशका कुना–कुनाबाट यहाँ करोडौँ हिन्दु भक्तहरू आउने  गर्दछन् । प्राचीन हिन्दु ग्रन्थहरूमा यो लगभग २ हजार वर्षदेखि चलिआएको प्रचलन हो ।  यति मात्र होइन कुम्भ मेलालाई हिन्दु धर्मको महान् पर्व पनि मानिन्छ ।

 

महाकुम्भ मेला धार्मिक कार्यक्रम मात्र होइन, यो मानव र ब्रह्माण्डबिचको सम्बन्धको अद्भुत सङ्गम भएको विश्वास गरिन्छ। सन २०२५ जनवरी १३ वाट सुरु हुने महाकुम्भले करोडौँ भक्तहरूलाई मात्र आकर्षित गर्दछ । यो मेलाले  खगोलीय र वैज्ञानिक तथ्यहरूलाई पनि पष्ट पार्दछ। महाकुम्भ मेला १२४ वर्ष पछि लाग्न लागेको हो ।

 

महाकुम्भको सुरुवात
महाकुम्भको सुरुवात सागर मन्थनको पौराणिक कथासँग जोडिएको छ। यस पौराणिक कथा अनुसार देवता र दानवहरूले अमृत प्राप्त गर्न समुन्द्र मन्थन गरेका थिए । यसरी मन्थन गरिएको अमृत कलशबाट चार ठाउँमा खसे, ती ठाउँ हुन– प्रयागराज, हरिद्वार, उज्जैन र नासिक। अहिले यो ठाउँमा कुम्भ मेला आयोजना गर्ने केन्द्र बनेको छ ।  ‘कुम्भ’ शब्द आफैँमा अमृत भाँडाको प्रतीक हो, जुन अमरता र आध्यात्मिक पोषणको प्रतीक भएको विश्वास गरिन्छ ।

 

खगोलीय घटना
महाकुम्भको समय खगोलीय घटनाहरूमा आधारित छ। बृहस्पति, सूर्य र चन्द्रमाको विशेष संयोजन हुँदा यो मेला आयोजना गरिन्छ। बृहस्पतिको १२ वर्षको परिक्रमा चक्र र पृथ्वीसँगको यसको विशेष स्थितिले घटनालाई शुभ बनाउँछ।

२०२४ मा डिसेम्बर ७ मा बृहस्पति यसको ठिक उल्टो दिशामा हुनेछ तर पृथ्वी भने सूर्य र बृहस्पतिको बिचमा हुनेछ। यो स्थितिले बृहस्पतिलाई रातको आकाशमा अत्यन्त उज्यालो बनाउने गर्दछ । जनवरी २०२५ मा यो ग्रहले विशेष ध्यान आकर्षित गर्नेछ। यसका साथै शुक्र, शनि, बृहस्पति र मङ्गल ग्रहको विशेष खगोलीय घटनाले उत्साह थपिने छ।

 

खगोल विज्ञान
महाकुम्भको सङ्गठनले प्राचीन भारतीय खगोलीय विज्ञानको गहिरो समझ प्रकट गर्दछ। घटना स्थल र समय दुवै पृथ्वीको चुम्बकीय क्षेत्र र ग्रह स्थितिको आधारमा निर्धारण गरिन्छ। यसले देखाउँछ कि हाम्रा पुर्खाहरूलाई खगोलीय विज्ञान र जैविक प्रभावहरूको बारेमा कति धेरै गहिरो ज्ञान थियो।

 

कुम्भ राशिको भौगोलिक महत्त्व
कुम्भ मेला स्थलहरू भू चुम्बकीय ऊर्जाको आधारमा छनोट गरिएको हो। यी स्थानहरू विशेष गरी नदी सङ्गम क्षेत्रहरू आध्यात्मिक विकासको लागि अनुकूल मानिन्छन्। प्राचीन ऋषिहरूले यी स्थानहरूमा ध्यान, योग र आध्यात्मिक प्रगतिको लागि उपयुक्त ऊर्जाको प्रवाह अनुभव गरेका थिए र तिनीहरूलाई पवित्र घोषित गरिदिए ।

 

कुम्भमा स्नान गर्ने विज्ञान
वैज्ञानिक दृष्टिकोणबाट कुम्भ मेला मानव शरीरमा ग्रह र चुम्बकीय क्षेत्रको प्रभाव बुझ्नको लागि उत्तम समय हो। जैविक चुम्बकत्वका अनुसार मानव शरीरले चुम्बकीय क्षेत्रहरू उत्सर्जन गर्छ र बाह्य ऊर्जा क्षेत्रहरूद्वारा प्रभावित हुन्छ। कुम्भमा स्नान र ध्यान गर्दा महसुस हुने शान्ति र सकारात्मकताको कारण यी ऊर्जा प्रवाहहरूमा निहित रहेका हुन्छन् ।

 

वैज्ञानिक दृष्टिकोण
ग्रहहरूको स्थितिले आध्यात्मिक मात्रै नभई वैज्ञानिक दृष्टिकोणले पृथ्वी र मानिसमा पार्ने प्रभावलाई पनि देखाउँछ। बृहस्पति, सूर्य र चन्द्रमाको विशेष संयोजनले पृथ्वीको चुम्बकीय क्षेत्रलाई असर गर्छ।

जनवरी १३ बाट सुरु हुने सन् २०२५ को महाकुम्भमा प्रयागराजमा करोडौँ भक्तजन भेला हुँदै छन् । यो एक धार्मिक घटना मात्र होइन, यो विज्ञान र संस्कृतिको एक अद्वितीय सङ्गम पनि हो। खगोल विज्ञान, भूगोल र अध्यात्मको संयोजन भएको यस मेलाले मानवताको ब्रह्माण्डीय सम्बन्ध बुझ्ने अद्भुत अवसर प्रदान गर्नेछ ।

प्रतिक्रिया दिनुहोस

राजनीति

पूर्व प्रधानमन्त्री, पूर्व गृहमन्त्री लगायत ५ जनालाई उपत्यका बाहिर जान रोक 

पूर्व प्रधानमन्त्री, पूर्व गृहमन्त्री लगायत ५ जनालाई उपत्यका बाहिर जान रोक 

१२ असोज, काठमाडौँ । जेन-जी आन्दोलनमा भएको दमन र क्षतिको जाँचबुझ गर्न गठित आयोगले पूर्व प्रधानमन्त्री केपी शर्मा ओली, पूर्व गृह...
चीनले बनायो विश्वको पहिलो स्वायत्त मानवीय रोबोट, ७ दिनसम्म आफैँ गर्ने क्षमता

चीनले बनायो विश्वको पहिलो स्वायत्त मानवीय रोबोट, ७ दिनसम्म आफैँ गर्ने क्षमता

काठमाडौँ, चिनियाँ कम्पनीले मानिसजस्तै देखिने रोबोट बनाएको छ । अचम्मको कुरा के छ भने यो रोबोटले मानिसको सहयोग ब...
विस्फोटको उच्च जोखिममा रहेका चार हिमताल

विस्फोटको उच्च जोखिममा रहेका चार हिमताल

छोटो अवधिमा गरिएका विगतका अध्ययनहरूको समीक्षा र दुई भिन्न वर्षका सेटेलाइट नक्साको अवलोकन गर्दा उक्त चार वट...
जीवनशैलीलाई स्वस्थ राख्न जनसचेतना अनिवार्य छ-कुलपति राई 

जीवनशैलीलाई स्वस्थ राख्न जनसचेतना अनिवार्य छ-कुलपति राई 

 काठमाडौँ। नेपाल प्रज्ञा-प्रतिष्ठान र नेपाल विद्यावारिधि सङ्घको सहकार्यमा श्रावण  ८ गते "हाम्रो जीवनशैलीको रूपान्तरण स्वास्थ्य र...