27
Feb
काठमाडौँ, १५ फागुन । अन्टार्कटिकाको मुख्य भूमिमा पहिलो पटक घातक प्रकारको वर्ड फ्लु पुष्टि भएको छ । अन्टार्कटिकामा अध्ययनरत वैज्ञानिकहरूका अनुसार सो महादेशको दक्षिणी क्षेत्रका विशाल पेङ्गुइन रहने क्षेत्रमा सो फेला परेको हो, जसले निकै जोखिम उत्पन्न गराइएको छ । ‘यो खोजले पहिलो पटक देखाउँछ कि उच्च रोगजनक एभियन इन्फ्लुएन्जा भाइरस अन्य महाद्वीपहरूबाट अलग गर्ने दूरी र प्राकृतिक अवरोधहरूको बाबजुद अन्टार्कटिका पुगेको छ,’ अर्जेन्टिनाको वैज्ञानिक अनुसन्धानका लागि उच्च परिषद् (सीएसआइसी) ले भन्यो । उसका अनुसार गत फेब्रुअरी २४ मा मृत स्कुआ समुद्री चराहरूको नमुनामा भाइरसको उपस्थिति पुष्टि भएको थियो, जुन अर्जेन्टिनाका वैज्ञानिकहरूले अन्टार्कटिक बेस प्रिमावेरा नजिकै फेला पारेका थिए ।…