Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131
विज्ञान प्रविधि Archives - Page 6 of 9 - Gyaan Ghar

Gyaan Ghar

Advertisement

विज्ञान प्रविधि

अचानक पृथ्वी घुम्न छाडयो भने के हुन्छ ? थाहा पाउनुहोस् डरलाग्दो कुरा

अचानक पृथ्वी घुम्न छाडयो भने के हुन्छ ? थाहा पाउनुहोस् डरलाग्दो कुरा

काठमाडौँ, २५ माघ ।  हाम्रो पृथ्वी आफ्नो कक्षमा घुम्छ, जसको कारण दिन र रात हुन्छ। यसले हाम्रो ग्रहमा जीवन फस्टाउन मद्दत गर्दछ। यो परिक्रमाले पृथ्वीको गुरुत्वाकर्षण बललाई पनि असर गर्छ र समुद्री धारादेखि वायुमण्डलीय परिसंचरण ढाँचासम्म सबै कुरालाई आकार दिन्छ।  यदि हाम्रो ग्रह एक सेकेन्डको लागि पनि आफ्नो अक्षमा घुम्न रोक्छ भने के हुन्छ ? यो एक काल्पनिक प्रश्न हो, जसमा वैज्ञानिकहरूले धेरै पटक कुरा गरेका छन्। यसै विषयमा हलिउड फिल्म ‘द कोर’ पनि बनेको छ ।  यदि पृथ्वीको परिक्रमा रोकियो भने यो हाम्रो लागि कत्ति पनि राम्रो हुनेछैन । फिल्म ‘द कोर’ मा पृथ्वीको भित्री भाग अज्ञात बलका कारण…
Read More
एआईको चमत्कार ज्वालामुखीमा गाडिएको २ हजार वर्ष पुरानो स्क्रोल एआईले पढ्यो

एआईको चमत्कार ज्वालामुखीमा गाडिएको २ हजार वर्ष पुरानो स्क्रोल एआईले पढ्यो

वासिङ्टन, २३ माघ । असम्भव मानिएका र ठानिएका धेरै कार्यहरू अहिले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) मार्फत यस्ता धेरै उपलब्धिहरू पूरा भइरहेका छन्।  माउन्ट भिसुभियस विस्फोटबाट जलेका २,००० वर्ष पुरानो स्क्रोलहरू बुझ्न कृत्रिम बुद्धिमत्ता (एआई) प्रयोग गरेकोमा तीन अनुसन्धानकर्ताले ७ लाख डलर पुरस्कार जितेका छन् । ‘वेसुवियस चैलेंज’ को आयोजकहरूका अनुसार हरकुलेनियम पपीरी लगभग ८०० ग्रीक स्क्रोलहरू छन्, जुन ७९ एडी को ज्वालामुखी विस्फोटको समयमा गाडिएको थियो। यो उही ज्वालामुखी थियो, जसले पुरातन रोमन सहर पोम्पेईलाई गाडेको थियो। कडा खरानीको लगबाट बनेका यस्तै स्क्रोलहरू पेरिसको इन्स्टिच्युट डे फ्रान्स र नेपल्सको राष्ट्रिय पुस्तकालयमा राखिएका छन्। यी अत्यन्तै क्षतिग्रस्त छन् र खोल्ने प्रयास गर्दा…
Read More
एलन मस्कले गराए मानव मानव मस्तिष्कमा चिप प्रत्यारोपण

एलन मस्कले गराए मानव मानव मस्तिष्कमा चिप प्रत्यारोपण

न्युयोर्क, १६ माघ । पहिलो पटक मानव मस्तिष्कमा चीप हालिएको छ । एलन मस्कको न्यूरालिंकले पहिलो पटक गरे मानव मस्तिष्कमा ब्रेन चिप प्रत्यारोपण गरेको हो । संसारमा नै पहिलो पटक मस्कको कम्पनी ‘न्यूरालिङ्क’ले मानव मस्तिष्कमा चिप जडान गरेर नयाँ तहल्का मच्चाएको हो । जसका कारण टेस्ला र ट्विटरका मालिक एलन मस्क आफ्नो नयाँ कम्पनी न्यूरालिङ्कको साथ एक पटक फेरि चर्चामा आएका छन्।  उनको स्टार्टअप  ‘न्यूराेलिङ्क’ ले पहिलो मानव बिरामीमा मस्तिष्क प्रत्यारोपण गरेको हो । एलोन मस्कले मङ्गलवार यो जानकारी दिएका  हुन  । उनले भनेका छन ‘न्यूरालिंक स्टार्टअपले आफ्नो पहिलो मानव बिरामीमा मस्तिष्क प्रत्यारोपण गरेको छ। पहिलो पटक मानवमा न्यूरालिंकबाट गरिएको चिप प्रत्यारोपणले सफलता…
Read More
संसारको पहिलो पटक सेतो गैँडा आइभिएफवाट गर्भवती, विश्वमा दुई मात्रै बाँकी थिए

संसारको पहिलो पटक सेतो गैँडा आइभिएफवाट गर्भवती, विश्वमा दुई मात्रै बाँकी थिए

केन्या, १३ माघ । गैँडामा विश्वको पहिलो सफल भ्रूण स्थानान्तरण भएको छ । जुन भ्रूण स्थानान्तरणे उत्तरी सेतो गैँडालाई बचाउने बाटो खुला भएको छ । संसारमा अब दुई वटा उत्तरी सेतो गैँडा मात्र बाँकी छन् तर ती दुवै महिला रहेका छन् । तर अब, तिनीहरूको प्रजातिले बाँच्नको लागि मौका पाएको छ किनभने अन्वेषकहरूले पहिलो पटक आइभिएफ प्रविधिबाट गैँडालाई गर्भवती बनाएका छन् । बायो रेस्कु प्रोजेक्टले भनेको छ, ‘गैँडामा विश्वको पहिलो सफल भ्रूण स्थानान्तरण भएको छ, यो ठुलो उपलब्धि हो, उत्तरी सेतो गैँडालाई लोप हुनबाट बचाउने बाटो प्रशस्त खुलेको छ ।’ उसले सामाजिक सञ्जालमार्फत सो जानकारी दिएको हो । भनेको छ, ‘गैँडामा…
Read More
रुसको प्रसिद्ध जेनेटिक इन्स्टिच्युटका प्रमुखको दाबी, पहिले मानिस ९०० वर्ष बाँच्ने गर्दथे

रुसको प्रसिद्ध जेनेटिक इन्स्टिच्युटका प्रमुखको दाबी, पहिले मानिस ९०० वर्ष बाँच्ने गर्दथे

मस्को, १३ माघ । आजकल रुसमा एउटा समाचारको निकै चर्चा भइरहेको छ ।  वास्तवमा रुसी सरकारले आफ्नो एक प्रसिद्ध आनुवंशिक संस्थानका प्रमुखलाई उनको अनौठो बयानका कारण बर्खास्त गरेको छ।  रुसको विज्ञान तथा उच्च शिक्षा मन्त्रालयले यो कारबाही गरेको हो । जेनेटिक इन्स्टिच्युटका प्रमुखले पहिले मानव शताब्दीयौं सम्म बाँच्ने गरेको तर अहिले आधुनिक मानवको आयु लगातार छोटो हुँदै गएको बताएका थिए । उनका अनुसार छोटो जीवनको वास्तविक कारण उहाँका पुर्खाहरूले गरेका पापहरू रहेका हुन ।  समाचार एजेन्सी रिया–नोवोस्तीका अनुसार सोही बयानपछि उनलाई यो कारबाही गरिएको हो । यद्यपि मन्त्रालयले आफ्नो पोस्ट एक्सन रिपोर्टमा अलेक्जेन्डर कुद्र्याभत्सेभलाई बर्खास्त गर्नुको कुनै कारण बताएको छैन…
Read More
पत्ता लाग्यो अहिलेसम्मकै सबैभन्दा पुरानो र ठुलो ‘ब्ल्याक होल’

पत्ता लाग्यो अहिलेसम्मकै सबैभन्दा पुरानो र ठुलो ‘ब्ल्याक होल’

न्युयोर्क, ६ माघ । ब्ल्याक होलहरू विश्वभरका वैज्ञानिकहरूको लागि जिज्ञासाको सबैभन्दा ठुलो केन्द्र हो।   अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले जेम्स वेब स्पेस टेलिस्कोप सन् २०२१ मा प्रक्षेपण गरेको थियो। १०,००० करोड रुपैयाँको यो वेधशाला वैज्ञानिकहरूका लागि ब्ल्याक होल पत्ता लगाउने प्रमुख माध्यम बनेको छ। अब खगोलविद्हरूको टोलीले अहिलेसम्म पत्ता लागेको सबैभन्दा टाढाको र सबैभन्दा पुरानो ब्ल्याक होल पत्ता लगाएको छ। यो जानकारी नेचर जर्नलमा प्रकाशित छ ।   यो ब्ल्याक होल धेरै पुरानो ग्यालेक्सी जिएन–जेड ११ मा अवलोकन गरिएको छ, जुन १३.४ बिलियन प्रकाश वर्ष टाढा छ। यो ब्ल्याक होल सूर्यभन्दा करिब ६० लाख गुणा ठुलो छ र यसले आफ्नो…
Read More
जापानको मुन मिसन चन्द्रमामा अवतरण, चन्द्रमामा मिसन लैजाने पाँचौँ देश

जापानको मुन मिसन चन्द्रमामा अवतरण, चन्द्रमामा मिसन लैजाने पाँचौँ देश

टोकियो, ६ माघ । जापानको चन्द्रयान चन्द्रमामा सफलतापूर्वक अवतरण भएको छ ।   जुन सफलता पछि अमेरिका, रुस, चीन र भारतपछि जापान चन्द्रमामा अवतरण गर्ने पाँचौँ देश बनेको छ ।   जापानको अन्तरिक्ष एजेन्सीले आफ्नो स्मार्ट ल्यान्डर फर इन्भेस्टिगेटिङ मुन (स्लिम) ले चन्द्रमाको सतहमा सफ्ट ल्यान्डिङ गरेको जनाएको हो ।   जापान एरोस्पेस एक्सप्लोरेसन एजेन्सीले मुन स्पिनर नामक प्रोबलाई लक्ष्यको १०० मिटर (३२८ फिट) भित्र अवतरण गर्ने प्रयास गरेको छ।   जापानको अन्तरिक्ष एजेन्सी स्लिमले  आफ्नो सही लक्ष्य हासिल गरेको छ कि छैन भनेर प्रमाणित गर्न एक महिना लाग्ने बताएको छ।   बिबिसीका अनुसार जापानको अन्तरिक्ष एजेन्सीले ‘मून स्नाइपर’ भनेर…
Read More
चीनले बनायो बिना चार्ज ५० वर्षसम्म चल्ने ब्याट्री

चीनले बनायो बिना चार्ज ५० वर्षसम्म चल्ने ब्याट्री

बेइजिङ, ३ माघ । एक चिनियाँ स्टार्टअपले नयाँ ब्याट्री विकास गरेको छ, जसले ५० वर्षसम्म चार्ज वा मर्मत नगरी पावर उत्पादन गर्ने दाबी गरिएको छ ।   द इन्डिपेन्डेन्टका अनुसार यो बेइजिङस्थित बेटाभोल्टले बनाएको परमाणु ब्याट्री हो। यद्यपि, परमाणुको मतलब यो होइन कि यसको आकार धेरै ठुलो छ।   समाचारमा थप भनिएको छ कि बेटाभोल्टले सिक्का भन्दा सानो मोड्युलमा ६३ आइसोटोपहरू निकाल्न सफल भएको छ। कम्पनीले परमाणु ऊर्जालाई लघूकरण गर्ने यो संसारको पहिलो ब्याट्री भएको बताइएको छ । अर्को पुस्ताको ब्याट्री परीक्षण भइरहेको छ। यो फोन र ड्रोन जस्ता व्यावसायिक उपकरणहरूको लागि ठुलो मात्रामा उत्पादन गरिनेछ।   ‘बिटाभोल्ट परमाणु ऊर्जा…
Read More
भूकम्पका कारण जापानी समुन्द्री तट ८०० फिट पर पुग्यो, पानी घट्दा बन्दरगाह सुख्खा

भूकम्पका कारण जापानी समुन्द्री तट ८०० फिट पर पुग्यो, पानी घट्दा बन्दरगाह सुख्खा

टोकियो, ३ माघ । नयाँ वर्षको पहिलो दिन जनवरी १ मा जापानमा भूकम्प गएको थियो । ७.५ रेक्टर स्केलको भूकम्पले देशका धेरै क्षेत्रमा निकै क्षति पुर्‍याएको थियो ।   विशेष गरी नोटो प्रायद्वीपमा विनाशको दृश्य देखियो। अब स्याटलाइट तस्बिरले जापानमा भूकम्पका कारण त्यहाँका धेरै टापुहरू समुन्द्री सतहबाट अलि माथि गएको र तिनीहरूको तटीय क्षेत्र पनि सरेको खुलासा भएको छ । यसको मतलब समुद्र किनारबाट टाढा गएको छ।   स्याटलाइट तस्बिरहरूबाट नोटो प्रायद्वीपको बारेमा महत्त्वपूर्ण जानकारी प्राप्त भएको छ। नाहेल बेल्गारेज नामक एक ट्विटर प्रयोगकर्ताले जापानको नोटो प्रायद्वीपको तस्बिरहरू साझा गरेका छन्। त्यहाँका तटीय तस्बिरहरूले देखाउँछन् कि तटहरू समुद्रबाट टाढा सरेका…
Read More
फिंगर प्रिन्ट र फेस लकले होइन, अब साँस फेरेको भरमा खुल्ने छ मोबाइल

फिंगर प्रिन्ट र फेस लकले होइन, अब साँस फेरेको भरमा खुल्ने छ मोबाइल

नयाँ दिल्ली, २ माघ । भारतीय वैज्ञानिकहरूको एउटा समूहले एउटा ठुलो दाबी गरेका छन् कि अब आफ्नो मोबाइल वा ग्याजेट श्वास फेरेको भरमा नै खोल्न र बन्द गर्न सकिनेछ । भारतीय समाचार संस्था एनडिटीभीका अनुसार सास फेर्ने क्रममा हावाको हलचल प्रक्रिया ( टर्ब्युलन्स)ले बायोमेट्रिक प्रमाणीकरण विधिको रूपमा काम गर्न सक्ने उपाय पत्ता लागेको छ । यसको मतलब स्मार्टफोन र अन्य उपकरणहरू साँस फेरेको भरमा अनलक गर्न सकिन्छ। यसको सबैभन्दा ठुलो फाइदा वा बेफाइदा जे भने मृत व्यक्तिको व्यक्तिगत ग्याजेट अनलक हुने छैन। चेन्नईको इन्डियन इन्स्टिच्युट अफ टेक्नोलोजीका महेश पञ्चगुला र उनको टोलीले आफ्नो प्रयोगबाट यो जानकारी सङ्कलन गरेको हो ।…
Read More