Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131
अन्टार्कटिकामा पहिलो पटक वर्ड फ्लु फेला, सिङ्गो महादेशको चरा सखाप हुने चिन्ता - Gyaan Ghar

Gyaan Ghar

Advertisement

अन्टार्कटिकामा पहिलो पटक वर्ड फ्लु फेला, सिङ्गो महादेशको चरा सखाप हुने चिन्ता


काठमाडौँ, १५ फागुन । अन्टार्कटिकाको मुख्य भूमिमा पहिलो पटक घातक प्रकारको वर्ड फ्लु पुष्टि भएको छ ।

अन्टार्कटिकामा अध्ययनरत वैज्ञानिकहरूका अनुसार सो महादेशको दक्षिणी क्षेत्रका विशाल पेङ्गुइन रहने क्षेत्रमा सो फेला परेको हो, जसले निकै जोखिम उत्पन्न गराइएको छ । 

‘यो खोजले पहिलो पटक देखाउँछ कि उच्च रोगजनक एभियन इन्फ्लुएन्जा भाइरस अन्य महाद्वीपहरूबाट अलग गर्ने दूरी र प्राकृतिक अवरोधहरूको बाबजुद अन्टार्कटिका पुगेको छ,’ अर्जेन्टिनाको वैज्ञानिक अनुसन्धानका लागि उच्च परिषद् (सीएसआइसी) ले भन्यो ।


उसका अनुसार गत फेब्रुअरी २४ मा मृत स्कुआ समुद्री चराहरूको नमुनामा भाइरसको उपस्थिति पुष्टि भएको थियो, जुन अर्जेन्टिनाका वैज्ञानिकहरूले अन्टार्कटिक बेस प्रिमावेरा नजिकै फेला पारेका थिए ।


अन्टार्कटिक प्रायद्वीपमा पहिलो पटक वर्ड फ्लु पुष्टि भए पछि नजिकैका टापुहरूमा गेन्टु पेङ्गुइनहरू लगायतका घटनाहरू पछि आउन सक्ने खतरा रहेको जनाइएको छ ।

यस क्षेत्रका उपनिवेशहरूलाई एच ५ एन १ एभियन फ्लुको जोखिमलाई हाई लाइट गर्दछ, जसले हालैका महिनाहरूमा विश्वभर चराहरूको जनसङ्ख्यालाई नष्ट गरेको थियो ।

‘विश्लेषणले निष्कर्षमा देखाएको छ कि चराहरू एभियन इन्फ्लुएन्जाको एच ५ सब टाइपबाट सङ्क्रमित थिए र कम्तीमा एक मरेका चराहरूमा अत्यधिक रोगजनक एभियन इन्फ्लुएन्जा भाइरस रहेको थियो,’ सो संस्थाले विज्ञप्तिमा भनिएको छ ।


हजारौँ पेङ्गुइनहरू अन्टार्कटिक महाद्वीप र नजिकैका टापुहरूमा धेरै चराहरू भेला हुन्छन्, जसले घातक भाइरसलाई सजिलै र चाँडै फैलाउन सक्छन् ।

अन्टार्कटिक अनुसन्धान सम्बन्धी वैज्ञानिक समितिको डाटाले पनि अनुसन्धान आधारमा अहिले पुष्टि भए पछि विश्व भरी चिन्ता व्यक्त गरिएको छ ।
 


प्रतिक्रिया दिनुहोस

राजनीति

पूर्व प्रधानमन्त्री, पूर्व गृहमन्त्री लगायत ५ जनालाई उपत्यका बाहिर जान रोक 

पूर्व प्रधानमन्त्री, पूर्व गृहमन्त्री लगायत ५ जनालाई उपत्यका बाहिर जान रोक 

१२ असोज, काठमाडौँ । जेन-जी आन्दोलनमा भएको दमन र क्षतिको जाँचबुझ गर्न गठित आयोगले पूर्व प्रधानमन्त्री केपी शर्मा ओली, पूर्व गृह...
चीनले बनायो विश्वको पहिलो स्वायत्त मानवीय रोबोट, ७ दिनसम्म आफैँ गर्ने क्षमता

चीनले बनायो विश्वको पहिलो स्वायत्त मानवीय रोबोट, ७ दिनसम्म आफैँ गर्ने क्षमता

काठमाडौँ, चिनियाँ कम्पनीले मानिसजस्तै देखिने रोबोट बनाएको छ । अचम्मको कुरा के छ भने यो रोबोटले मानिसको सहयोग ब...
विस्फोटको उच्च जोखिममा रहेका चार हिमताल

विस्फोटको उच्च जोखिममा रहेका चार हिमताल

छोटो अवधिमा गरिएका विगतका अध्ययनहरूको समीक्षा र दुई भिन्न वर्षका सेटेलाइट नक्साको अवलोकन गर्दा उक्त चार वट...
जीवनशैलीलाई स्वस्थ राख्न जनसचेतना अनिवार्य छ-कुलपति राई 

जीवनशैलीलाई स्वस्थ राख्न जनसचेतना अनिवार्य छ-कुलपति राई 

 काठमाडौँ। नेपाल प्रज्ञा-प्रतिष्ठान र नेपाल विद्यावारिधि सङ्घको सहकार्यमा श्रावण  ८ गते "हाम्रो जीवनशैलीको रूपान्तरण स्वास्थ्य र...