health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131

फ्लोरिडा, ४ फागुन । अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले ५२ वर्षपछि फेरि चन्द्रमामा यान सुरु गरेको छ । मिसन अन्तर्गत फ्रेवुअरी १५ मा स्पेस एक्सले चन्द्रमा ल्यान्डर बोक्ने फ्याल्कन–९ रकेट प्रक्षेपण गर्यो।
यो रकेटले ओडिसियस ल्यान्डरलाई पृथ्वीको कक्षमा सफलतापूर्वक अलग गर्यो। रकेटमा नासाको प्रविधि प्रयोग गरिएको छ । यो अभियानले सन् २०२६ मा मानव अभियानको लागि मार्ग प्रशस्त गर्ने एजेन्सीले आशा राखेको छ।
फ्याल्कन–९ रकेट प्रक्षेपण भएको लगभग ४१ मिनेट पछि यसको इन्जिनहरू एक पटक फेरि सुरु भएका छन्, जसले चन्द्रमा ल्यान्डर ओडिसियसलाई चन्द्रमामा लैजानको गति बढाउने छ। आफ्नो रकेटको साथ ल्यान्डर पठाउने संस्था स्पेस एक्सले आफ्नो एक्स ह्यान्डलमा यससँग सम्बन्धित जानकारी साझा गरेको छ। ना
साले निजी कम्पनीको चन्द्रमा ल्यान्डर चन्द्रमामा अवतरण गर्ने भएको छ । यो ल्यान्डर इन्ट्युटिभ मेसिन कम्पनीले बनाएको हो । ल्यान्डरको नाम ओडिसियस ल्यान्डर राखिएको छ ।
स्पेसएक्सका अनुसार ओडिसियस ल्यान्डरलाई आईएम–१ नाम दिइएको छ। स्पेसएक्स रकेट फेब्रुअरी १४ मा प्रक्षेपण गर्ने तालिका थियो तर प्राविधिक समस्याका कारण प्रक्षेपण हुन सकेन। आज फेब्रुअरी १५ मा फ्याल्कन–९ रकेट सफलतापूर्वक प्रक्षेपण गरिएको हो । अहिलेसम्म सबै संयन्त्रले काम गरिरहेको छ ।
फ्लोरिडामा केनेडी स्पेस सेन्टरको प्रक्षेपणको बारेमा जानकारी दिइएको छ। यदि सबै कुरा ठिक छ भने आइएम ल्यान्डर २२ फेब्रुअरी २०२४ मा चन्द्रमाको दक्षिणी ध्रुवमा अवतरण हुनेछ।
यो सम्पूर्ण अभियान कुल १६ दिनको हो, अवतरणपछि आईएम–१ ल्यान्डर ७ दिनसम्म चन्द्रमामा सक्रिय रहनेछ र नासासँग महत्त्वपूर्ण जानकारी आदान प्रदान गर्नेछ । नासा र आईएम कम्पनीले यो ल्यान्डरलाई चन्द्रमाको दक्षिणी ध्रुवमा रहेको मालापर्ट क्रेटर नजिक अवतरण गर्न चाहन्छन्। यदि सबै कुरा ठिक भयो भने, आइएम १ ल्यान्डर ९ दिन पछि चन्द्रमाको सतहमा अवतरण हुनेछ। यो अभियान कुल दुई हप्ताको हो किनभने यसको दक्षिण ध्रुवमा अन्धकार रहेको छ ।
यसअघि सन् १९७२ मा अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले चन्द्रमामा पुग्न एपोलो–१७ नामक मिसन प्रक्षेपण गरेको थियो ।