Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170
Breaking news 3 Archives - Page 6 of 43 - Gyaan Ghar

Gyaan Ghar

Advertisement

Breaking news 3

३१ बर्सपछि कुलेखानी ड्याम भरियो,  हनुमन्ते खोलाले ग्याँस बुलेट बगायो

३१ बर्सपछि कुलेखानी ड्याम भरियो,  हनुमन्ते खोलाले ग्याँस बुलेट बगायो

काठमाडौँ । अविरल वर्षाका कारण कुलेखानी जलाशय भरिएपछि शनिवार बिहान ५: ४० बजे ड्यामको ढोका खोलिएको छ । कुलेखानीको ड्याम ३१ वर्षपछि जलाशय भरिएर खोलिएको हो । यसअघि २०५० सालमा ढोका खोलिएको थियो । नेपाल विद्युत् प्राधिकरणको व्याकअपको रूपमा रहेको जलाशय शनिवार बिहान भरिएको थियो । जलाशयको भण्डारण गर्ने क्षमता एक हजार ५ सय ३० मिटर रहेको छ । अझ जलाशयमा क्षमता भन्दा बढी ३५ सेन्टिमिटर पानी सङ्कलन गरिएको थियो । गत वर्ष कुलेखानी जलाशयमा एक हजार ५२६ मिटर मात्र पानी सङ्कलन भएको थियो । कुलेखानी जलाशय भरिएको अवस्थामा पानी खपत गर्न कुलेखानीका तीन वटै विद्युत् गृह सञ्चालन गरिएको छ।…
Read More
राष्ट्रसङ्घ महासभामा प्रधानमन्त्री ओलीको सम्बोधन, के के भने ?

राष्ट्रसङ्घ महासभामा प्रधानमन्त्री ओलीको सम्बोधन, के के भने ?

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभालाई सम्बोधन गर्दै राष्ट्रसङ्घीय शान्ति अभियानमा सेना र प्रहरीको सबैभन्दा ठुलो योगदानकर्ताका रूपमा नेपाल विश्व शान्ति र सुरक्षामा आफ्नो योगदानलाई थप वृद्धि गर्न तयार रहेको बताएका छन् । महासभामा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अमेरिकाको न्युयोर्कमा रहेका प्रधानमन्त्री ओलीले स्थानीय समय अनुसार बिहीबार साँझ ५:३० बजे महासभामा सम्बोधन गरेका हुन् । प्रधानमन्त्री ओलीले कसैलाई पनि पछाडि नपारी वर्तमान र भावी पुस्ताका लागि शान्ति, दिगो विकास र मानव मर्यादाको उन्नतिका लागि एकजुट हुन विश्व समुदायलाई आह्वान गरे । सशस्त्र द्वन्द्वपछि नेपालको शान्ति स्थापनाका प्रयासका आरोह अवरोहको व्याख्या गर्दै प्रधानमन्त्री ओलीले आफ्नो…
Read More
प्रचण्ड र मिश्रको भेटमा बाबुरामको टिप्पणी- ‘बिरालो म्यॉउ’ गर्‍यो !

प्रचण्ड र मिश्रको भेटमा बाबुरामको टिप्पणी- ‘बिरालो म्यॉउ’ गर्‍यो !

काठमाडौँ । पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र राप्रपा नेता रवीन्द्र मिश्रबिच भएको भेटमा टिप्पणी गर्दै 'बिरालो म्यॉउ' गरेको संज्ञा दिएका छन् । भट्टराईले प्रचण्ड र मिश्रको भेट बारे टिप्पणी गर्दै केही राजावादीहरू चिच्याउँदैमा र प्रचण्डहरू सत्तालिप्साको चास्नीमा डुब्दैमा जनताको रगतसँग साटिएका यी उपलब्धीहरू नखोसिने बताएका छन् । बाबुरामले भनेका छन्- वयोवृद्ध वामपन्थी नेता चित्रबहादुर केसीले बारम्बार सुनाउने लोकोक्ति  सापटी लिएर भन्नुपर्दा- बिरालोलाई जति खास्टोले छोपे पनि आखिरमा म्याउँ गरिहाल्छ रे ! प्रचण्ड र रवीन्द्र मिश्र वीरको अन्तरङ्ग कुराकानीको सत्य तथ्य वहाँहरूले नै जान्ने र भन्ने कुरा हो । तर माओवादी आन्दोलनभित्रको भीषण अन्तरसंघर्ष देखी…
Read More
किन फ्लप भयो नेपालको ब्याटिङ ?

किन फ्लप भयो नेपालको ब्याटिङ ?

  काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमको लगातारको खराब प्रदर्शनले यसका समर्थकलाई निराश बनाएको छ । आइसिसी विश्वकप लिग-२ मा नेपालले लगातार पाँच खेलमा हार बेहोरेपछि अब टिममाथि नै प्रश्न उठ्न थालेको छ । हाल क्यानडामा जारी सिरिजमा नेपालले लगातार तीन खेलमा हार बेहोरेको छ भने आज चौथो खेल ओमानसँग खेल्दै छन् । यस सिरिजमा नेपालको मुख्य समस्या ब्याटिङमा देखिएको छ । नेपालका शिर्षक्रमका ब्याट्सम्यानहरूले आफ्नो जिम्मेवारी बुझ्न सकेको देखिँदैन । हरेक पटक उनीहरू गैर जिम्मेवारीपूर्वक आउट भएका छन् । पहिलो खेलमा कुशल भुर्तेल, कुशल मल्ल असफल भएपछि ल्याइएका अर्जुन साउद र अनिल शाहले निराश बनाएका छन् ।  अर्जुन साउद…
Read More
वामपन्थी नेता अनुरा कुमारा दिसानायके श्रीलङ्काका नयाँ राष्ट्रपति 

वामपन्थी नेता अनुरा कुमारा दिसानायके श्रीलङ्काका नयाँ राष्ट्रपति 

काठमाडौँ । श्रीलङ्काको नवनिर्वाचित राष्ट्रपतिमा वामपन्थी नेता अनुरा कुमारा दिसानायके शपथ लिएका छन् । नेशनल पिपुल्स पावर (एनपीपी) गठबन्धनका प्रमुख समेत रहेका ५५ वर्षीय दिसानायाकले सोमबार पद तथा गोपनीयताको शपथ लिएको श्रीलङ्काको मिडिया डेली मिररले उल्लेख गरेको छ । दिसानायाके श्रीलङ्काको नवौँ कार्यकारी राष्ट्रपति बनेका हुन् । शनिवार सम्पन्न मतदानपछि पहिलो चरणको मतगणनामा कुनै पनि उम्मेदवारले ५० प्रतिशतभन्दा बढी मत ल्याउन सकेनन् । पहिलो राउन्डमा अनुरा दिसानायकेले ४२.३१ प्रतिशत र उनका प्रतिद्वन्द्वी सजित प्रेमदासाले ३२.७६ प्रतिशत मत प्राप्त गरे । यसै कारण निर्वाचन आयोगले दोस्रो चरणको मतगणना सुरु गरेपछि साँझ अनुरा दिसानायके श्रीलङ्काको नवौँ राष्ट्रपतिमा निर्वाचित भएका हुन् । श्रीलङ्काको…
Read More
प्रगतिशील स्रष्टाहरु सम्मानित हुने 

प्रगतिशील स्रष्टाहरु सम्मानित हुने 

काठमाडौँ । प्रगतिशील लेखक सङ्घ, नेपालको ७३औँ स्थापना दिवसको सन्दर्भमा विभिन्न प्रगतिशील सृष्टाहरु सम्मानित हुने भएका छन् । आश्विन ५ गते, पद्म कन्या क्याम्पसको सभा हल डेनिस हलमा आयोजित कार्यक्रममा प्रमुख अतिथि पूर्व प्रधानमन्त्री तथा लेखक झलनाथ खनालबाट उनीहरू सम्मानित हुने भएका हुन् । आफ्नो स्थापना दिवसको अवसर पारेर सङ्घले विभिन्न चार विधामा स्रष्टाहरुहलाई सम्मान तथा पुरस्कार अर्पण गर्ने भएको छ । यसरी सम्मानित हुनेहरूमा प्रलेस श्याम प्रसाद स्मृति पुरस्कारबाट झापाका साहित्यकार पुण्य खरेल, प्रलेस प्रतिभा पुरस्कारबाट धनकुटाकी लेखक तथा साहित्यकार झमक कुमारी घिमिरे, प्रलेस बाल-साहित्य पुरस्कारबाट ललितपुरकी नानीमैया अधिकारी तथा प्रलेस युवा पुरस्कारबाट रुकुम पश्चिमकी समष्टि बुढा रहेको सङ्घका…
Read More
सहकारी छानबिन समितिको प्रतिवेदन कार्यान्वयन गर्ने मन्त्रिपरिषद्को निर्णय

सहकारी छानबिन समितिको प्रतिवेदन कार्यान्वयन गर्ने मन्त्रिपरिषद्को निर्णय

काठमाडौँ । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिको प्रतिवेदन मन्त्रिपरिषद्‌ले स्वीकृत गरेको छ । बुधवार बसेको मन्त्रिपरिषद्‌ले सहकारी संस्था बचत रकम दुरुपयोगसम्बन्धी संसदीय छानबिन विशेष समितिको प्रतिवेदन स्वीकृत गर्दै कार्यान्वयनका लागि सम्बन्धित मन्त्रालयमा पठाउने निर्णय गरेको हो । सहकारी छानबिन समितिको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय भएको सरकारका प्रवक्ता एवं सञ्चार मन्त्री पृथ्वी सुब्बा गुरुङले जानकारी दिएका छन् । संसदीय विशेष समितिले सूर्य दर्शन, सुप्रिम लगायतका सहकारीको रकम गोर्खा मिडियामा अपचलन भएको निष्कर्षसहित रास्वपाका सभापति रवि लामिछानेसहित जीबी राई, कुमार रम्तेलर र छविलाल जोशीलाई प्रचलित कानुन बमोजिम कारबाही गर्न सिफारिस गरेको छ ।
Read More
रवि लामिछानेको प्रस्ताव- प्रदेश खारेज, वैशाख २५ गते पार्टीको पहिलो राष्ट्रिय महाधिवेशन

रवि लामिछानेको प्रस्ताव- प्रदेश खारेज, वैशाख २५ गते पार्टीको पहिलो राष्ट्रिय महाधिवेशन

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले प्रदेश खारेजको प्रस्ताव राखेका छन् । काठमाडौँमा सम्पन्न राष्ट्रिय भेलामा सभापति लामिछानेले राजनीतिक प्रतिवेदन पेस गर्दै प्रदेश खारेजीको प्रस्ताव गरेका हुन् । लामिछानेले आफ्नो प्रतिवेदनमा गैर दलीय राष्ट्रपति र प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको प्रस्ताव गरेका छन् । उनले प्रदेश सभा खारेज गर्दै स्थानीय तहका जनप्रतिनिधि सम्मिलित प्रदेश परिषद्लाई विधायीकी अधिकार दिने व्यवस्था गर्नुपर्ने प्रस्ताव गरेका छन्। उनले उल्लेख गरेका छन्- 'प्रदेश सभा खारेज गर्दै स्थानीय तहका जनप्रतिनिधि सम्मिलित प्रदेश परिषद्लाई विधायीकी अधिकार दिने दिन सकिने उन्नत विकल्पबारे छलफल सुरु गरिनेछ। साथै विज्ञले नेतृत्व गर्ने गरी प्रत्यक्ष निर्वाचित मुख्यमन्त्रीसहित पाँच वटा…
Read More
दिल्लीमा केजरीवालको राजीनामापछि आतिशीले गरिन सरकारको दाबी पेस

दिल्लीमा केजरीवालको राजीनामापछि आतिशीले गरिन सरकारको दाबी पेस

काठमाडौँ । भारतको दिल्ली राज्यका मुख्यमन्त्री अरविन्द केसरीवालले राजीनामा दिएका छन् । केसरीवालले राज्यका उपराज्यपाललाई आफ्नो राजीनामा बुझाएका हुन् । केसरीवालले राजीनामा दिएसँगै आम आदमी पार्टीकी नेतृ आतिशी मार्लेनाले मुख्यमन्त्रीको दाबी समेत पेस गरेकी छन् । केजरीवाल र आतिशी दुवैले उपराज्यपाललाई सँगै भेट गरेको आम आदमी पार्टीले जानकारी दिएको छ । यस अघि आजै बसेको आम आदमी पार्टीको विधायक दलको बैठकले आतिशीलाई मुख्यमन्त्री बनाउने निर्णय गरेको थियो । कथित मदिरा घोटाला प्रकरणमा जेलमा रहेका केजरीवाल सर्वोच्च अदालतले जमानत दिएपछि बाहिर आउनासाथ मुख्यमन्त्रीबाट राजीनामा दिने र फेरी जनताबाट निर्वाचित भएपछि मात्र मुख्यमन्त्री बन्ने घोषणा गरेका थिए । ४३ वर्षीय आतिशी हालको…
Read More
पश्चिम अस्ट्रेलियामा नेपाल महोत्सव सम्पन्न

पश्चिम अस्ट्रेलियामा नेपाल महोत्सव सम्पन्न

पर्थ (अस्ट्रेलिया) । अस्ट्रेलियाकै सबैभन्दा ठुलो राज्य पश्चिम अस्ट्रेलियामा नेपाल महोत्सव सम्पन्न भएको छ । नेपाली कला संस्कृति, परम्परा तथा पर्यटनको प्रवर्द्धन गर्ने उद्देश्यले प्रत्येक राज्यमा हरेक दुई वर्षमा गैर आवासीय नेपाली सङ्घ अष्ट्रेलयाले नेपाल महोत्सवको आयोजना गर्दै आएको छ । पर्थ सहरको मुटु  सुप्रिम कोर्ट पार्कमा आयोजना गरिएको कार्यक्रममा करिब १२ हजार बढी नेपाली सहभागी भएका थिए । नेपाली कला संस्कृति झल्कने झाँकीसहित नेपाली पोसाकमा सजिएका हजारौँ नेपाली तथा स्थानीयवासीले करिब ५ किलोमिटर सहरी पदयात्रा गरेका थिए । एकाबिहानै निकालिएको पदयात्रालाई व्यवस्थित पार्न सयौँको सङ्ख्यामा स्वयंसेवक  स्थानीय प्रहरीले सुरक्षा प्रदान गरेको थियो । महोत्सवमा नेपाल हाउस अन्तर्गत राखिएको धरहरा, सगरमाथा, ढुंगेधारा, ढिकी,…
Read More