15
Sep
काठमाडौँ । महान् भौतिक शास्त्री वैज्ञानिक अल्बर्ट आइन्स्टाइनको हस्ताक्षरित पत्र ५१ करोड २० लाख बराबरको नेपाली रुपैयाँमा लिलामी भएको छ । आइन्स्टाइनले सन् १९३९ मा तत्कालीन अमेरिकी राष्ट्रपति फ्र्याङ्कलिन रुजवेल्टलाई पठाएको पत्र लिलामी गरिएको हो । यस पत्रमा आइन्स्टाइनले आणविक हतियारको विकास विरुद्ध चेतावनी दिएका थिए । यो पत्र न्यूयोर्कमा फ्रान्कलिन डी रुजवेल्टको पुस्तकालयमा फेला परेको थियो । यस पत्रमा अल्बर्ट आइन्स्टाइनले अमेरिकी राष्ट्रपतिलाई जर्मनीले आणविक हतियार विकास गरिरहेको चेतावनी दिएका थिए । पत्रमा आइन्स्टाइनले भनेका छन्, 'आणविक भौतिकीमा हालैका कामहरू भएका छन्, त्यहाँ युरेनियमलाई नयाँ र महत्त्वपूर्ण ऊर्जा स्रोतमा परिणत गर्ने सम्भावना छ ।' आइन्स्टाइनले चेतावनी दिएका थिए, 'यो…