Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170
Breaking news 3 Archives - Page 5 of 43 - Gyaan Ghar

Gyaan Ghar

Advertisement

Breaking news 3

 सिरियाका पूर्व राष्ट्रपतिलाई विष हालेर मार्ने प्रयास !

 सिरियाका पूर्व राष्ट्रपतिलाई विष हालेर मार्ने प्रयास !

मस्को, १८ पुस । सिरियाबाट ज्यान जोगाएर परिवारसहित रुस भागेका पूर्व राष्ट्रपति बसर अल असदलाई मार्ने प्रयास गरिएको खुलासा भएको छ।   बेलायती पत्रिका ‘द सन’मा प्रकाशित एक रिपोर्टका अनुसार मस्कोमा बसर अल असदलाई विष खुवाएर मार्ने प्रयास गरिएको थियो तर उनी बालाबाल बाँचेका छन् । सिरियामा कु’ भएयता असद आफ्नो परिवारसँग रुसको राजधानी मस्कोमा छन् । लामो समयदेखि मध्यपूर्वमा उनीहरूको महत्त्वपूर्ण सहयोगी रहेको रुसले मस्कोमा असद परिवारलाई सुरक्षा दिएको छ । राष्ट्रपति भ्लादिमर पुटिनले असद र उनका परिवारका लागि एक गोप्य अपार्टमेन्टमा बस्ने व्यवस्था मिलाइ दिएका छन् ।   बेलायती ट्याब्लोइड ‘द सन’को रिपोर्टका अनुसार असदलाई उनको आफ्नै घरमा…
Read More
भीम रावलले भने, ‘मेरो सदस्यता नै तपाईँले खान मिल्छ र ?’

भीम रावलले भने, ‘मेरो सदस्यता नै तपाईँले खान मिल्छ र ?’

  काठमाडौँ - पूर्व उपप्रधानमन्त्री भीम रावलले पार्टीबाट निष्कासनपछि गरेका प्रतिक्रियाले नेकपा एमालेको आन्तरिक विवादलाई पुनः सतहमा ल्याएको छ। प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई ७४ बुँदामा प्रश्न सोध्दै रावलले आफूलाई सोधिएको स्पष्टीकरणलाई पूर्वाग्रहपूर्ण र प्रतिशोधमुखी भएको बताएका छन्। रावलले पार्टीको आन्तरिक प्रक्रियाबारे प्रश्न उठाउँदै, कुनै पनि सदस्यलाई कारबाही अघि संवाद र छलफल गर्नुपर्ने राजनीतिक परिपाटीको उल्लङ्घन भएको बताएका छन्। साथै, उनले विगतका घटनालाई आधार बनाएर सोधिएको स्पष्टीकरणलाई हास्यास्पद रहेको बताएका छन्। ‘पाँच दशक पार्टीको सेवा र जिम्मेवारी सम्हालेको व्यक्तिसँग छलफल नगरी गरिएको स्पष्टीकरणपूर्वक कारबाही प्रतिशोध र पूर्वाग्रहको उपज हो। तीन वर्षअघिका कुरा निकालेर गरिएको स्पष्टीकरण हास्यास्पद मात्र होइन, नियत…
Read More
शेरा दरबारको जग्गासँग जोडेकोमा आपत्ति, भन्छन्, ‘ती पार्टी छाडेका मान्छे हुन्’

शेरा दरबारको जग्गासँग जोडेकोमा आपत्ति, भन्छन्, ‘ती पार्टी छाडेका मान्छे हुन्’

झापा, १५ पुस । नेकपा माओवादीका अध्यक्ष प्रचण्डले नुवाकोटको शेरा दरबार प्रकरणमा पार्टीलाई जोडेकोमा आपत्ति जनाएका छन् । विगत १२–१५ वर्षअघि नै पार्टी छाडेका व्यक्तिसँग जोडेर नुवाकोटको शेरा दरबारको जग्गासँग पार्टी नेतृत्वलाई जोड्ने प्रयास गरेको भन्दै यसप्रति प्रचण्डले आपत्ति जनाएका हुन् ।   झापाको गौरीगञ्ज गाउँपालिकामा आयोजित खबरदारी सभा तथा वृहत् पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन प्रचण्डले आपत्ति जनाउँदै भने,  ‘हाम्रो सुशासनको आन्दोलन तुहाउने षड्यन्त्र स्वरूप १२–१५ वर्षअघि पार्टी छाडेका व्यक्तिसँग जोडेर शेरा दरबारको जग्गामा पार्टी नेतृत्वलाई जोड्न थालिएको छ, शेरा दरबारको जग्गा सार्वजनिक हो भने तत्काल सरकारको मातहतमा ल्याऊ, हाम्रो पूर्ण साथ रहने छ, अन्यथा यसरी प्रायोजित प्रचार गर्नुको कुनै…
Read More
मानव स्वतन्त्रता र समृद्धिको दिशामा दर्शनशास्त्र क्रियाशील हुनुपर्ने

मानव स्वतन्त्रता र समृद्धिको दिशामा दर्शनशास्त्र क्रियाशील हुनुपर्ने

काठमाडौँ । ‘जीवन तथा जगत्प्रतिको स्पष्ट विश्व दृष्टिकोण नहुँदा मानव स्वतन्त्रता र समृद्धिको दिशामा अवरोध सिर्जना भइरहेको’ विभिन्न दार्शनिक व्यक्तिहरूले धारणा राखेका छन् । ज्ञानशाला अनुसन्धान केन्द्र र दर्शनशास्त्र विभाग, त्रिचन्द कलेजको आयोजना भएको अन्तरक्रिया कार्यक्रममा उनीहरूले सो धारणा राखेका हुन् । विश्व दर्शन दिवसको अवसरमा मानव स्वतन्त्रता र समृद्धिको दिशामा दर्शनशास्त्र विषयक अन्तरक्रिया कार्यक्रममा मङ्सिर ६ गतेका दिन नयाँबजारस्थित ज्ञानशाला अनुसन्धान केन्द्रको सभा हलमा विभिन्न दार्शनिक व्यक्तित्वहरूको जमघट रह्यो । कार्यक्रममा विषयवस्तु प्रस्तोताहरूमा श्याम श्रेष्ठ, डा.गोविन्दशरण उपाध्याय र मनोहरि तिमिल्सेना हुनहुन्थ्यो । ज्ञानशाला अनुसन्धान केन्द्रका अध्यक्ष भोलानाथ ढकालले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रमको सहजीकरण समीर सिंहले गर्नुभएको थियो । अन्तरक्रिया कार्यक्रममा…
Read More
विश्व दर्शन दिवसमा अन्तरक्रिया हुने 

विश्व दर्शन दिवसमा अन्तरक्रिया हुने 

काठमाडौँ । विश्व दर्शन दिवसको अवसरमा अन्तरक्रिया कार्यक्रम हुने भएको छ । ज्ञानशाला अनुसन्धान केन्द्र, नयाँबजार र त्रिचन्द्र कलेजको संयुक्त आयोजनामा हुने सो अन्तरक्रिया कार्यक्रमको शीर्षक मानव स्वतन्त्रता र समृद्धिको दिशामा दर्शनशास्त्र रहेको छ । युनेस्कोले प्रत्येक वर्ष फरक–फरक एजेन्डामा नोभेम्बरको तेस्रो हप्ता विश्व दर्शन  दिवस मनाउँदै आइरहेको छ । यो वर्ष पनि ‘दर्शनशास्त्र ः सामाजिक खाडलहरू कम गर्दै’ शीर्षकमा बहस चलाएको छ । सोही विषयमाथि केन्द्रित हुँदै राजधानी काठमाडौँमा पनि अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको हो । मङ्सिर ६ गतेका दिन, दिउँसो २ बजेबाट नयाँबजार, उत्तम चोकस्थित ज्ञानशाला अनुसन्धान केन्द्रको सभाहलमा आयोजनामा हुने कार्यक्रममा डा.गोविन्दशरण उपाध्याय, श्याम श्रेष्ठ र मनोहरि तिमिल्सेना…
Read More
कीर्तिमानी चलचित्र पूर्णबहादुरको सारङ्गी !

कीर्तिमानी चलचित्र पूर्णबहादुरको सारङ्गी !

* सरोज न्यौपाने, स्ट्रगल प्रदर्शनको १६ औँ दिनमै ३० करोड हाराहारीमा व्यापार गरिसकेको नेपाली चलचित्र इतिहासकै कीर्तिमानी चलचित्र 'पूर्णबहादुरको सारङ्गी' हेरियो । ६ दशक लामो इतिहास बोकेको नेपाली चलचित्र उद्योगमा तरङ्ग नै पैदा गरिरहेको `पूर्णबहादुरको सारङ्गी´ ०३० को दशकदेखि ०६० को मध्ये( ०३६ सालको जनमत सङ्ग्रहदेखि ०६२/६३ को जनआन्दोलनसम्म) दशकसम्मको नेपाली समाज र खास गरी ग्रामीण परिवेशका विविध आयामहरूको दुरुस्त चित्रसहितको पूर्ण दस्ताबेज नै हो ।  एक जना गन्धर्व समुदायका पिताले आफ्नो छोरालाई डक्टर बनाउन गन्धर्व पेसामार्फत गर्दै गरेको सङ्घर्ष, त्यस क्रममा पूर्णबहादुरले भोग्नुपरेको दुःख, सहनु परेको अपमान र खप्नुपरेको कष्टलाई बडा मिहिन ढङ्गले प्रस्तुत गरिएको छ । आजको चलचित्र…
Read More
आत्मघाती आँसु !

आत्मघाती आँसु !

* डा.गोविन्दशरण उपाध्याय काली दासले आफू बसेको हाँगो काटिरहेका थिए | शुभेच्छुकले आत्मघाती हुन्छ भन्दा कालिदासले तिनको तिरस्कार गरेका थिए | अहिलेको आफूलाई मोडर्न मान्ने समाजको मनोविज्ञान यस्तै दिशातिर अगाडी बढिरहेको छ | जब कुनै चलचित्र वा सिरियलले आफ्नो धर्म, संस्कृति, परम्परा र संस्कारको निन्दा गर्छ, त्यो हिट हुन्छ | अचम्मको कुरा त के भने आफ्नै परिचयको बदख्वाइँ देखेर, सुनेर आँसु बगाउँदै गरेका दर्शकहरू विश्वका सबैभन्दा अनौठा पात्र लाग्छन् | कुनै पनि अमेरिकी नागरिकले अमेरिकाको आलोचना गर्दैन तर इतिहासका विषयहरूलाई इतिहासझैँ लिन्छ तर नेपालका मोडीफाइड नागरिकहरूले इतिहासका कथाहरूलाई वर्तमान ठानेर झूटो प्रायश्चित्तको अभिनय गर्छन् | चिनीयाहरूले आफ्नो मौलिक परिचयसँग नाता…
Read More
हवाई यात्रुको पिडा: महँगो टिकट पनि पाइँदैन, बेखबर मन्त्री !

हवाई यात्रुको पिडा: महँगो टिकट पनि पाइँदैन, बेखबर मन्त्री !

काठमाडौँ । बाढी र पहिरोले देशका धेरै स्थानमा सडक सञ्जाल अवरुद्ध भएको मौका छोपेर हवाई कम्पनीहरूले अन्य समयको भन्दा भाडा बढाएका छन् । एकातिर हवाई कम्पनीले अन्य समयको भन्दा बढी भाडा लिएका छन् भने अर्को तर्फ यात्रुले हवाई टिकट पाएका छैनन् । महँगोमा टिकट किन्न तयार हुँदा पनि टिकट नपाइएको हवाई यात्रुको गुनासो रहेको छ । हवाई कम्पनीहरूले अकुपेन्सीका आधारमा सामान्य अवस्थामा ७० प्रतिशत न्यूनतम भाडादारमा हवाई टिकट बेच्ने गरेका थिए भने १५ प्रतिशत मध्यम दर र त्यसपछि १५ प्रतिशत उच्चतम भाडादारमा बेच्ने गरेका थिए । तर अहिले प्राकृतिक विपद् र दसैँको अवसरमा उनीहरूले मौका छोपेर न्यूनतम दरका टिकट नै…
Read More
कमरेड चे : एक अद्वितीय व्यक्तित्व

कमरेड चे : एक अद्वितीय व्यक्तित्व

 * डा चूडाप्रसाद ढकाल    चे ग्वेवाराः विश्वका चर्चित र प्रेरणादायक व्यक्तित्वहरूमध्ये एक हुन्। उनका जीवन र क्रियाकलापहरूले विशेष गरी क्रान्तिकारी आन्दोलन र उत्पीडित जनतामा अमिट छाप छोडेका छन्। चे ग्वेवाराले आफ्नो जीवन सामाजिक र आर्थिक असमानताविरुद्ध सङ्घर्ष गर्न समर्पित गरे। उनले उपनिवेशवाद, तानासाही, र उत्पीडनमा परेका जनतालाई प्रेरणा दिएका छन्। चे ग्वेवाराको जीवन, प्रमुख ऐतिहासिक क्षणहरू, र उनको दीर्घकालीन प्रभावलाई जाँच गर्दा, हामीले उनको आदर्श र योगदानलाई उच्च मूल्याङ्कन गर्नुपर्छ। उनका विचार र कार्यहरूले आजको समयमा पनि मानिसहरूलाई प्रेरित गर्न जारी राखेका छन्, जसले उनलाई एक अमर क्रान्तिकारी बनाएको छ। चे ग्वेवाराको प्रारम्भिक जीवन र शिक्षा उनको क्रान्तिकारी करियरको लागि…
Read More
मोबाइल फोनको प्रयोगबारे डब्लुएचओकाे धारणा के हाे ?

मोबाइल फोनको प्रयोगबारे डब्लुएचओकाे धारणा के हाे ?

काठमाडौँ । मोबाइल फोनको प्रयोगले क्यान्सर निम्त्याउँछ भन्ने डर र भ्रम प्रायः फैलिन्छ । तर के यो वैज्ञानिक रूपमा सही छ ? हालै विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले यसबारे एक प्रतिवेदन सार्वजनिक गरेको छ । यस समीक्षा प्रतिवेदनमा मोबाइल फोन र क्यान्सर बिचको सम्बन्ध जान्नका लागि विश्वभर गरिएका धेरै अध्ययनहरूको समीक्षा गरिएको छ । यो प्रतिवेदन तयार गर्न अस्ट्रेलियन विकिरण संरक्षण र आणविक सुरक्षा एजेन्सीले नेतृत्व गरेको थियो । यसमा विश्वभरबाट जम्मा ५,००० भन्दा बढी अध्ययनहरू समावेश गरिएको थियो । यी धेरै वैज्ञानिक पक्षहरूमा मूल्याङ्कन गरियो, क्रमबद्ध गरियो र अन्तमा १९९४ र २०२२  बिच प्रकाशित ६३ सबैभन्दा सटीक अध्ययनहरू समीक्षा…
Read More