Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170
मानव स्वतन्त्रता र समृद्धिको दिशामा दर्शनशास्त्र क्रियाशील हुनुपर्ने - Gyaan Ghar

Gyaan Ghar

Advertisement

मानव स्वतन्त्रता र समृद्धिको दिशामा दर्शनशास्त्र क्रियाशील हुनुपर्ने

काठमाडौँ । ‘जीवन तथा जगत्प्रतिको स्पष्ट विश्व दृष्टिकोण नहुँदा मानव स्वतन्त्रता र समृद्धिको दिशामा अवरोध सिर्जना भइरहेको’ विभिन्न दार्शनिक व्यक्तिहरूले धारणा राखेका छन् । ज्ञानशाला अनुसन्धान केन्द्र र दर्शनशास्त्र विभाग, त्रिचन्द कलेजको आयोजना भएको अन्तरक्रिया कार्यक्रममा उनीहरूले सो धारणा राखेका हुन् ।
विश्व दर्शन दिवसको अवसरमा मानव स्वतन्त्रता र समृद्धिको दिशामा दर्शनशास्त्र विषयक अन्तरक्रिया कार्यक्रममा मङ्सिर ६ गतेका दिन नयाँबजारस्थित ज्ञानशाला अनुसन्धान केन्द्रको सभा हलमा विभिन्न दार्शनिक व्यक्तित्वहरूको जमघट रह्यो । कार्यक्रममा विषयवस्तु प्रस्तोताहरूमा श्याम श्रेष्ठ, डा.गोविन्दशरण उपाध्याय र मनोहरि तिमिल्सेना हुनहुन्थ्यो । ज्ञानशाला अनुसन्धान केन्द्रका अध्यक्ष भोलानाथ ढकालले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रमको सहजीकरण समीर सिंहले गर्नुभएको थियो ।
अन्तरक्रिया कार्यक्रममा प्रस्तुत धारणाहरू–
श्याम श्रेष्ठ
अरूलाई दुःख दिँदा आनन्दित हुने दर्शन बलिया हुँदा मानव स्वतन्त्रतामा अवरोध सिर्जना भइरहेको छ । मानव स्वतन्त्रता र समृद्धिको यात्रामा अगाडि बढ्नको लागि सहीलाई सही र गलतलाई गलत भन्ने सक्ने दर्शनलाई बलियो बनाउनुपर्दछ । गौतम बुद्धले भनेको दर्शन अर्थात् वस्तु जस्तो छ, त्यही रूपमा बुझ्नु नै दर्शन हो लाई सही रूपमा कार्यान्वयन गर्ने हो भने मानव स्वतन्त्रता र समृद्धिले मूर्त रूप लिन सक्दछ । त्यस्तै मार्क्सले भनेजस्तो जगत्लाई सही रूपमा व्याख्या गर्दै सत्यको पक्षमा परिवर्तन गर्न सक्ने दर्शन नै अहिलेको २१औँ शताब्दीमा पनि सान्दर्भिक छ ।
डा.गोविन्दशरण उपाध्याय
अहिले विज्ञानले धेरै विकास गरेको छ । त्यो विज्ञानलाई निर्देशन गर्ने दर्शनशास्त्र हो । दर्शनशास्त्र प्रति प्रष्टता नहुँदा विज्ञानले स्पष्ट बाटो समात्न सकिरहेको अवस्था छैन । समाजमा निरन्तर रूपमा अध्यात्मवाद र भौतिकवादी दर्शनको धारा चलिरहन्छ । त्यही आधारमा फरक फरक प्रकारका दृष्टिकोणहरू निर्माण भइरहेको हुन्छ । राजनैतिक पार्टी तथा विभिन्न संघसंस्थाहरुको भनाई र गराइबिचको ठुलो खाडलले मानव स्वतन्त्रताले मूर्त रूप लिन सकेको अवस्था छैन । फेरि पनि मानव जातीले स्वतन्त्रताको पक्षमा आवाज उठाइरहेका हुन्छन् र चलिरहन्छ ।
मनोहरि तिमिल्सेना
दर्शन कसको निम्ति ? यो नै सबैभन्दा महत्त्वपूर्ण विषय हो । दर्शनले प्रकृति, समाज, मानव र चिन्तनलाई मूल रूपमा अध्ययन गर्दछ । मार्क्सले भनेजस्तै १) दर्शनले मानवको पक्षमा सोच्नुपर्दछ, २) प्रकृतिको आफ्नै नियम हुन्छ र समाजको आफ्नो नियम हुन्छ । जसले समाजले ठिक ढङ्गले बुझ्छ, अर्थात् समाजको नियम बुझ्छ त्यसले समाजलाई परिवर्तन गर्न सक्दछ । ३) संसारमा परिवर्तनबाहेक सबै कुरा परिवर्तनशील हुन्छ । दर्शनशास्त्रलाई सही रूपमा बुझ्न यी तीन मान्यताहरू प्रति प्रस्ट हुनुपर्दछ । विभिन्न साम्राज्यवादी शक्तिहरू दर्शनशास्त्र प्रति  प्रस्ट नहुँदा मानव स्वतन्त्रता र समृद्धिको दिशामा अवरोध सिर्जना भइरहेको छ । त्यस कारण दर्शनशास्त्र, मानव मुक्तिको प्रस्ट अवधारणा सहित अगाडि बढ्नुपर्दछ ।

प्रतिक्रिया दिनुहोस

राजनीति

पूर्व प्रधानमन्त्री, पूर्व गृहमन्त्री लगायत ५ जनालाई उपत्यका बाहिर जान रोक 

पूर्व प्रधानमन्त्री, पूर्व गृहमन्त्री लगायत ५ जनालाई उपत्यका बाहिर जान रोक 

१२ असोज, काठमाडौँ । जेन-जी आन्दोलनमा भएको दमन र क्षतिको जाँचबुझ गर्न गठित आयोगले पूर्व प्रधानमन्त्री केपी शर्मा ओली, पूर्व गृह...
चीनले बनायो विश्वको पहिलो स्वायत्त मानवीय रोबोट, ७ दिनसम्म आफैँ गर्ने क्षमता

चीनले बनायो विश्वको पहिलो स्वायत्त मानवीय रोबोट, ७ दिनसम्म आफैँ गर्ने क्षमता

काठमाडौँ, चिनियाँ कम्पनीले मानिसजस्तै देखिने रोबोट बनाएको छ । अचम्मको कुरा के छ भने यो रोबोटले मानिसको सहयोग ब...
विस्फोटको उच्च जोखिममा रहेका चार हिमताल

विस्फोटको उच्च जोखिममा रहेका चार हिमताल

छोटो अवधिमा गरिएका विगतका अध्ययनहरूको समीक्षा र दुई भिन्न वर्षका सेटेलाइट नक्साको अवलोकन गर्दा उक्त चार वट...
जीवनशैलीलाई स्वस्थ राख्न जनसचेतना अनिवार्य छ-कुलपति राई 

जीवनशैलीलाई स्वस्थ राख्न जनसचेतना अनिवार्य छ-कुलपति राई 

 काठमाडौँ। नेपाल प्रज्ञा-प्रतिष्ठान र नेपाल विद्यावारिधि सङ्घको सहकार्यमा श्रावण  ८ गते "हाम्रो जीवनशैलीको रूपान्तरण स्वास्थ्य र...