10
Jan
काठमाडौँ, २५ पुस । केन्द्रीय अनुसन्धान ब्युरोमा विगत १९ महिनादेखि कार्यरत छन् प्रहरी नायब उपरीक्षक (डिएसपी) धर्मराज भण्डारी। उनी पिलर नम्बर १ का इन्चार्ज हुन्। उक्त पिल्लरले जघन्य तथा सङ्गठित अपराध अनुसन्धान गर्ने गर्छ। हत्या अपहरण, बलात्कार, बम विस्फोटलगायत घटनाहरूको अनुसन्धान गर्ने उक्त टोलीलाई ‘टिओआर’ छ। उनै भण्डारीको नेतृत्वमा मङ्गलवार बेलुका प्रहरीहरू रामबहादुर बमजनलाई पक्रन काठमाडौँ बुढानीलकण्ठ नगरपालिका-६ हात्तीगौंडा पुगेका थिए। बमजनको स्थायी ठेगाना बारा निजगढ नगरपालिका-१२ हो। २० वर्षीय उनको नाम रामलाल बमजन हो। तर, उनी रामबहादुर बमजन, तपस्वी बमजन, लिटिल बुद्धलगायत नामले चिनिएका थिए। भण्डारी नेतृत्वको टोली १९ महिनादेखि बमजनको खोजीमा लागिरहेको थियो। त्यसअघि पनि ब्युरोले बमजनको खोजी…