Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170
Breaking news 3 Archives - Page 29 of 43 - Gyaan Ghar

Gyaan Ghar

Advertisement

Breaking news 3

रुसी सेनामा गएका लमजुङका साजन गुरुङको मृत्यु

रुसी सेनामा गएका लमजुङका साजन गुरुङको मृत्यु

काठमाडौँ, २ माघ । रुसी सेनामा भर्ना भएका लमजुङका अर्का युवाको मृत्यु भएको छ। लमजुङ दूधपोखरी गाउँपालिका-१ का ३२ वर्षीय साजन गुरुङको मृत्यु भएको हो। उनको रुस-युक्रेन युद्धमा मृत्यु भएको खबर आएको वडाध्यक्ष दुर्गामान गुरुङले बताए। गुरुङका अनुसार उनको मृत्युको खबर चार-पाँच दिनअघि आएको हो। वैदेशिक रोजगारीमै रहेका उनका भाइ कुमारले साजनको मृत्युको खबर पठाएका थिए। गुरुङका अनुसार साजन तीन-चार महिनाअघि मात्रै रुसी सेनामा गएका थिए। उनी के कसरी रुसी सेनामा पुगे भन्नेबारे खोजी थालिएको वडाध्यक्ष गुरुङले बताए। साजनको मृत्युको खबर पाएपछि परिवारले काज किरिया समेत गरेका छन्। पुस २९ गते नै परिवारले छोराको काज किरिया सकेको वडाध्यक्ष गुरुङले बताए। साजनका…
Read More
फिंगर प्रिन्ट र फेस लकले होइन, अब साँस फेरेको भरमा खुल्ने छ मोबाइल

फिंगर प्रिन्ट र फेस लकले होइन, अब साँस फेरेको भरमा खुल्ने छ मोबाइल

नयाँ दिल्ली, २ माघ । भारतीय वैज्ञानिकहरूको एउटा समूहले एउटा ठुलो दाबी गरेका छन् कि अब आफ्नो मोबाइल वा ग्याजेट श्वास फेरेको भरमा नै खोल्न र बन्द गर्न सकिनेछ । भारतीय समाचार संस्था एनडिटीभीका अनुसार सास फेर्ने क्रममा हावाको हलचल प्रक्रिया ( टर्ब्युलन्स)ले बायोमेट्रिक प्रमाणीकरण विधिको रूपमा काम गर्न सक्ने उपाय पत्ता लागेको छ । यसको मतलब स्मार्टफोन र अन्य उपकरणहरू साँस फेरेको भरमा अनलक गर्न सकिन्छ। यसको सबैभन्दा ठुलो फाइदा वा बेफाइदा जे भने मृत व्यक्तिको व्यक्तिगत ग्याजेट अनलक हुने छैन। चेन्नईको इन्डियन इन्स्टिच्युट अफ टेक्नोलोजीका महेश पञ्चगुला र उनको टोलीले आफ्नो प्रयोगबाट यो जानकारी सङ्कलन गरेको हो ।…
Read More
घट्यो पेट्रोलियम पदार्थको मूल्य

घट्यो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौँ, १ माघ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। निगमले पेट्रोलको मूल्यमा प्रति लिटर १.२६ रुपैयाँ र डिजेल/मट्टितेलको मूल्यमा प्रति लिटर ०.८३ रुपैयाँले घटाएको हो। अब पेट्रोलको मूल्य पहिलो वर्गका लागि प्रति लिटर १६३.५० रुपैयाँ, दोस्रो वर्गका लागि प्रति लिटर १६५ रुपैयाँ र तेस्रो वर्गका लागि प्रति लिटर १६६ रुपैयाँ कायम भएको छ। त्यस्तै, डिजेल/मट्टितेलको मूल्य पहिलो वर्गका लागि प्रति लिटर १५३.५० रुपैयाँ, दोस्रो वर्गका लागि प्रति लिटर १५५ रुपैयाँ र तेस्रो वर्गका लागि प्रति लिटर १५६ रुपैयाँ कायम भएको छ। भारतीय आयल कर्पोरेसनबाट सोमबार प्राप्त नयाँ खरिद मूल्यअनुसार मूल्य समायोजन गरिएको निगमले जनाएको छ। घटाइएको मूल्य…
Read More
मेलम्ची उद्घाटनको विषयमा बालेन शाहको व्यङ्ग्य– हामीसँग भएको एउटा मन कतिपल्ट जित्नु हुन्छ प्रचण्ड सरकार !

मेलम्ची उद्घाटनको विषयमा बालेन शाहको व्यङ्ग्य– हामीसँग भएको एउटा मन कतिपल्ट जित्नु हुन्छ प्रचण्ड सरकार !

काठमाडौँ, १ माघ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले मेलम्चीको पानी वितरणमा भएका उद्घाटनका विषयमा सङ्घीय सरकारप्रति कटाक्ष गरेका छन् । सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मेलम्चीको पानी वितरणको उद्घाटन गरेपछि सामाजिक सञ्जालमार्फत काठमाडौँ महानगरका प्रमुख शाहले व्यङ्ग्य गर्दै आफूहरूसँग भएको एउटा मन पनि कतिपल्ट जित्नुहुन्छ भन्दै प्रधानमन्त्रीप्रति व्यङ्ग्य गरेका हुन् । २०७७ फागुनमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले, २०७७ चैतमा तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले, २०७९ वैशाख र मङ्सिरमा तत्कालीन खानेपानी मन्त्री उमाकान्त चौधरीले र सोमबार (आज) १ माघमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मेलम्चीको पानी उद्घाटन गरेको भन्दै व्यङ्ग्य गरेका शाहले फेसबुकमा लेखेका छन्, ‘हामीसँग भएको एउटा मन कति…
Read More
आर्टिफिसियल इन्टेलिजेन्सले ४० प्रतिशत रोजगारी कटौती गर्न सक्छ: आईएमएफ प्रमुख

आर्टिफिसियल इन्टेलिजेन्सले ४० प्रतिशत रोजगारी कटौती गर्न सक्छ: आईएमएफ प्रमुख

जेनेभा, १ माघ । आईएमएफका प्रमुखले आर्टिफिसियल इन्टेलिजेन्सले विश्वभरको रोजगारीको सुरक्षामा खतरा निम्त्याउने बताएकी छिन ।   यद्यपि, उनले यो पनि भने कि आर्टिफिसियल इन्टेलिजेन्सले उत्पादकत्व स्तर बढाउन र विश्वव्यापी विकासलाई प्रवर्द्धन गर्न ठुलो अवसर प्रदान गर्ने भने जनाएकी छिन् ।   अन्तर्राष्ट्रिय मुद्रा कोषका प्रबन्ध निर्देशक क्रिस्टालिना जर्जिएभाले स्विट्जरल्याण्डको डाभोसमा वार्षिक विश्व आर्थिक मञ्चमा भाग लिनु अघि वाशिंगटनमा एक अन्तर्वार्तामा भनिन् कि एआईले विकसित देशहरूमा ६० प्रतिशत रोजगारीलाई असर गर्नेछ।   आईएमएफको नयाँ प्रतिवेदनलाई उद्धृत गर्दै उनले विकासोन्मुख देशहरूमा एआईको प्रभाव कम हुने अपेक्षा गरिएको छ । ‘विश्वव्यापी रूपमा करिब ४० प्रतिशत रोजगारी प्रभावित हुने सम्भावना छ,’ उनले अगाडी…
Read More
मालदिभ्सका राष्ट्रपतिले भारतलाई भने, ‘१५ मार्चसम्म आफ्ना सेना फिर्ता लैजानु’

मालदिभ्सका राष्ट्रपतिले भारतलाई भने, ‘१५ मार्चसम्म आफ्ना सेना फिर्ता लैजानु’

माले, १ माघ । मालदिभ्सका राष्ट्रपति डा मोहम्मद मुइज्जुले भारतलाई मार्च १५, २०२४ सम्ममा आफ्नो देशबाट सबै सैनिक फिर्ता लैजान भनेका छन् ।   भारतीय सेना फिर्ता गर्ने विषयमा औपचारिक वार्ता सुरु हिजोबाट त्यहाँस्थित परराष्ट्र मन्त्रालयमा भएको पहिलो समूहको बैठकमा उनले यस्तो जानकारी गराएका हुन् ।   भारत र मालदिभ्स बिच पछिल्लो समय तनाव बढिरहेको बेला राष्ट्रपति मुइज्जुकाे यो भनाइ आएको हो ।   राष्ट्रपतिका सार्वजनिक नीतिका प्रमुख सचिव अब्दुल्लाह नाजिम इब्राहिमले राष्ट्रपति भवनमा आयोजित पत्रकार सम्मेलनमा मालदिभ्सबाट भारतीय सेना फिर्ता गर्ने विषयमा हालसम्म विभिन्न तहमा ११ वटा बैठक भइसकेको जानकारी दिए ।   बैठकमा मालदिभ्सका लागि भारतीय उच्चायुक्त मुनु महावर,…
Read More
करोडौँको अस्पतालमा कवाडी छड हाल्न खोजे पछि पूर्व मेयरले रोके निर्माण

करोडौँको अस्पतालमा कवाडी छड हाल्न खोजे पछि पूर्व मेयरले रोके निर्माण

सञ्जय मिश्रा रौतहट २९  पुस। रौतहटको कटहरिया स्थित प्राथमिक स्वास्थ्य केन्द्रको  १५ बेडको  भवनको निर्माणको ठेक्का लिएका निर्माण व्यवसायी उपेन्द्र चौधरीले गुणस्तरहीन काम गरेको भन्दै पूर्व मेयर सियाराम कुशवाहाले रोक लगाईएका छन्।   सङ्घीय सरकारको १९ करोड ७५ लाख भ्याट सहितको लगानीमा भवन निर्माणको लागि कटहरिया नगरपालिकाले आव्हान गरेको टेन्डर घटाघट प्रक्रिया मार्फत महालक्ष्मी धनञ्जय, चौधरी जेबीले ११ करोडमा साकार गरेको थियो । प्राथमिक स्वास्थ्य केन्द्र कटहरियाको हाता भित्र १५ सैंयाको भवन निर्माण अवधि  २ वर्ष रहेको  छ।   पूर्व मेयर कुशवाहाले शनिवार स्थलगत अनुगमन निरीक्षण गर्दा निर्माण कम्पनीका निर्देशक उपेन्द्र प्रसाद चौधरीले जग निर्माणमा रोलर नै नचलाई ढलान सुरु…
Read More
जाजरकोटमा सुन्तला खेर जान नदिन सेलार स्टोर

जाजरकोटमा सुन्तला खेर जान नदिन सेलार स्टोर

हेमन्त केसी  सुर्खेत  , २९ पुस । सडकको पहुँचदेखि अन्य कारणले सुन्तलाले बजार पाउन नसकेको भन्दै समस्या भोगिरहेका किसानहरूका लागि सेलार स्टोर स्थापना गरेर बजारीकरण गर्न लागिएको छ । जाजरकोटका विभिन्न ठाउँमा सेलार स्टोर स्थापना गरेर यस्तो काम गरिएको हो । किसानले उत्पादन गरेका सुन्तलाबाट राम्रो आम्दानी गरी आर्थिक रूपमा सक्षम बनाउनका लागि जाजरकोटमा छ ठाउँमा सेलार स्टोर स्थापना गरिएको छ ।  सिजनमा ४० रुपैयाँ प्रतिकिलो सुन्तला बिक्री गर्न समेत हैरानी भोग्दै आएका किसानहरू अब सेलार स्थापनासँगै खुसी भएका छन् ।   सुन्तला  सेलार स्टोरमा राखेर  फागुन देखि चैत सम्म बिक्री गर्न पाएमा राम्रो मूल्य पाउने सम्भावना रहेको छेडागाड नगरपालिका–१० का नरेश…
Read More
तीन जना आइटीविद्ले ल्याए प्रविधिमैत्री ‘फेस्ट इआरपि केन्द्रीकृत शिक्षा व्यवस्थापन प्रणाली‘

तीन जना आइटीविद्ले ल्याए प्रविधिमैत्री ‘फेस्ट इआरपि केन्द्रीकृत शिक्षा व्यवस्थापन प्रणाली‘

काठमाडौँ, २८ पुस । यो विज्ञान र प्रविधिको युग हो। प्रविधिले संसारलाई एक गाउँ जस्तो बनाइदिएको छ । कामलाई छिटो छरितो पारिदिएको छ। सबै क्षेत्रमा प्रविधिको प्रयोग हुँदा शिक्षा क्षेत्र त्यसबाट अछुतो रहने कुरै भएन। अहिले त झनै प्रविधिमैत्री शिक्षाको आवाज चर्को रूपमा उठिरहेको छ। नेपालमा पनि थुप्रै शैक्षिक संस्थामा विभिन्न प्रविधिको प्रयोग गरेर अध्ययन/अध्यापन गराउन थालिएको छ। बाउ–बाजेको पालामा सहज र सुलभ रूपमा कापी–कलम पाउन मुस्किल हुने हुन्थ्यो । अहिले समय फेरिएको छ। नेपालमै पनि थुप्रै शैक्षिक प्रविधिमैत्री एपहरू निर्माण भइरहेका छन्। तीनै मध्येको एक हो फेस्ट इआरपी कम्प्लिट स्कुल म्यानेजमेन्ट सिस्टम। फ्युचर एजुकेसन अफ साइन्स एन्ड टेक्नोलोजी कम्पनीले…
Read More
नागरिक उन्मुक्तिको प्रथम महाधिवेशन: अध्यक्षमा रन्जिता कि रेसम ?

नागरिक उन्मुक्तिको प्रथम महाधिवेशन: अध्यक्षमा रन्जिता कि रेसम ?

टिकापुर, २६ पुस । नागरिक उन्मुक्ति पार्टीको प्रथम राष्ट्रिय महाधिवेशन आजदेखि कैलालीको टिकापुरमा हुँदै छ । २०७२ सालको थरुहट आन्दोलनको जगमा डिल्लीबजार कारागारबाट स्थापित यस पार्टीको महाधिवेशन तीन दिन हुने आयोजकले जनाएको छ महाधिवेशनबाट पार्टीको नेतृत्व हेरफेर हुने स्रोतले बताएको छ । नाउपाका अनुसार महाधिवेशनबाट २९ पदाधिकारी, ५०१ केन्द्रीय सदस्य निर्वाचित हुनेछन् । जसमा एक अध्यक्ष, एक सहध्यक्ष, सात उपाध्यक्ष, एक महासचिव, ७ सहसचिव र एक कोषाध्यक्ष निर्वाचित हुनेछन् । महाधिवेशनमा सहभागी हुनका लागि देशभरका ५५ जिल्लाबाट ८ हजार प्रतिनिधि सहभागी हुँदै छन् । पार्टीका संरक्षक रेसमलाल चौधरीले पार्टीको राजनीति दस्ताबेज प्रस्तुत गर्नेछन् । अध्यक्षमा रेसम कि रन्जिता ? २०७२ सालको…
Read More