Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170
समाचार Archives - Page 43 of 84 - Gyaan Ghar

Gyaan Ghar

Advertisement

समाचार

नागरिक उन्मुक्तिको महाधिवेशन रौनक (फाेटाेफिचर)

नागरिक उन्मुक्तिको महाधिवेशन रौनक (फाेटाेफिचर)

टीकापुर, २६ पुस । नागरिक उन्मुक्ति पार्टीको प्रथम राष्ट्रिय महाधिवेशन बिहीबारबाट सुरु हुँदै छ  । पुस २६, २७ र २८ गते कैलालीको टीकापुरमा हुने सो पार्टीको महाधिवेशनको बिहीबार उद्घाटन हुँदै छ । उद्घाटनअघि  थरुहट आन्दोलनका सहिद टेकबहादुर साउँदको सालिकमा माल्यार्पण गरिएको छ । नागरिक उन्मुक्ति पार्टीको प्रथम राष्ट्रिय महाधिवेशनको  साउँदको सालिकमा माल्यार्पण गरिएको हो । पार्टीका संरक्षक रेसमलाल चौधरी र पार्टी अध्यक्ष रन्जिता श्रेष्ठ चाैधरीी सहितका नेता कार्यकर्ताले उनको सालिकमा माल्यार्पण गरेका हुन् । थरुहट/थारुवान आन्दोलनका क्रममा २०७२ सालमा भएको टीकापुर घटनामा १८ महिने नाबालक साउदको मृत्यु भएको थियो । उनलाई सहिद घोषणा गरिएको छ । गत ७ भदौ २०८० गते टीकापुर घटनाको ८ वर्ष…
Read More
शान्ति सुरक्षा कायम गर्ने नाममा नागरिकको हत्या, सरकारकै कारण सामाजिक अराजकता : शङ्कर पोखरेल

शान्ति सुरक्षा कायम गर्ने नाममा नागरिकको हत्या, सरकारकै कारण सामाजिक अराजकता : शङ्कर पोखरेल

  काठमाडौँ, २५ पुस । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले सरकार शान्ति सुरक्षाका नाममा नागरिक हत्यामा उत्रिएको बताएका छन्।   सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै महासचिव पोखरेलले भिड नियन्त्रणका मापदण्ड प्रयोग नगरी नागरिकलाई गोली नै हान्ने काम सरकार पक्षबाट भएको बताए । ‘गलत ढङ्गले शक्तिको प्रयोग गर्ने र त्यसबाट निहत्था नागरिक मारिने क्रम बढेको छ’, पोखरेलले भने ।   कोरिया जान चाहने विद्यार्थीको परीक्षाका विषयमा उत्पन्न विवाद पछि जुलुस निस्किएको ठाउँमा मन्त्रीको गाडी जाने, त्यसलाई सुरक्षा निकायले यथोचित सुरक्षा दिन नसक्ने, मन्त्रीलाई रोकियो भनेर अन्धाधुन्ध गोली चलाउने घटनाले सरकार कति गैर जिम्मेवार छ भन्ने कुरा देखाएको पोखरेलले बताए ।   ‘सरकार…
Read More
नागरिक उन्मुक्तिको प्रथम महाधिवेशन: अध्यक्षमा रन्जिता कि रेसम ?

नागरिक उन्मुक्तिको प्रथम महाधिवेशन: अध्यक्षमा रन्जिता कि रेसम ?

टिकापुर, २६ पुस । नागरिक उन्मुक्ति पार्टीको प्रथम राष्ट्रिय महाधिवेशन आजदेखि कैलालीको टिकापुरमा हुँदै छ । २०७२ सालको थरुहट आन्दोलनको जगमा डिल्लीबजार कारागारबाट स्थापित यस पार्टीको महाधिवेशन तीन दिन हुने आयोजकले जनाएको छ महाधिवेशनबाट पार्टीको नेतृत्व हेरफेर हुने स्रोतले बताएको छ । नाउपाका अनुसार महाधिवेशनबाट २९ पदाधिकारी, ५०१ केन्द्रीय सदस्य निर्वाचित हुनेछन् । जसमा एक अध्यक्ष, एक सहध्यक्ष, सात उपाध्यक्ष, एक महासचिव, ७ सहसचिव र एक कोषाध्यक्ष निर्वाचित हुनेछन् । महाधिवेशनमा सहभागी हुनका लागि देशभरका ५५ जिल्लाबाट ८ हजार प्रतिनिधि सहभागी हुँदै छन् । पार्टीका संरक्षक रेसमलाल चौधरीले पार्टीको राजनीति दस्ताबेज प्रस्तुत गर्नेछन् । अध्यक्षमा रेसम कि रन्जिता ? २०७२ सालको…
Read More
नागरिक उन्मुक्ति पार्टीको महाधिवेशन आजबाट

नागरिक उन्मुक्ति पार्टीको महाधिवेशन आजबाट

टिकापुर, २६ पुस । नागरिक उन्मुक्ति पार्टीको प्रथम राष्ट्रिय महाधिवेशन आजबाट सुरु हुँदै छ ।   पुस २६, २७ र २८ गते कैलालीको टिकापुरमा महाधिवेशन सुरु हुन लागेको हो ।   महाधिवेशनमा सहभागी हुनका लागि देशभरका ५५ जिल्लाबाट ८ हजार प्रतिनिधि सहभागी हुने पार्टीका केन्द्रीय सदस्य अरुण कुमार चौधरीले जानकारी दिए ।   महाधिवेशनबाट २८ पदाधिकारीसहित ५०१ सदस्यीय केन्द्रीय समितिको निर्वाचन हुनेछन् । नाउपामा अध्यक्ष, सहध्यक्ष, सात उपाध्यक्ष, महासचिव, ७ सहसचिव र एक कोषाध्यक्ष निर्वाचित हुनेछन् ।   महाधिवेशनको उद्घाटन सत्रमा देशभरका राजनीतिक दलका प्रतिनिधिहरू सहभागी हुनेछन् ।
Read More
बमजन पक्रने ‘अपरेसन ब्लु’का कमान्डर डिएसपी भण्डारी, यसरी गरियो पक्राउ (अन्तर कथा)

बमजन पक्रने ‘अपरेसन ब्लु’का कमान्डर डिएसपी भण्डारी, यसरी गरियो पक्राउ (अन्तर कथा)

काठमाडौँ, २५ पुस । केन्द्रीय अनुसन्धान ब्युरोमा विगत १९ महिनादेखि कार्यरत छन् प्रहरी नायब उपरीक्षक (डिएसपी) धर्मराज भण्डारी।   उनी पिलर नम्बर १ का इन्चार्ज हुन्। उक्त पिल्लरले जघन्य तथा सङ्गठित अपराध अनुसन्धान गर्ने गर्छ। हत्या अपहरण, बलात्कार, बम विस्फोटलगायत घटनाहरूको अनुसन्धान गर्ने उक्त टोलीलाई ‘टिओआर’ छ।   उनै भण्डारीको नेतृत्वमा मङ्गलवार बेलुका प्रहरीहरू रामबहादुर बमजनलाई पक्रन काठमाडौँ बुढानीलकण्ठ नगरपालिका-६ हात्तीगौंडा पुगेका थिए। बमजनको स्थायी ठेगाना बारा निजगढ नगरपालिका-१२ हो। २० वर्षीय उनको नाम रामलाल बमजन हो। तर, उनी रामबहादुर बमजन, तपस्वी बमजन, लिटिल बुद्धलगायत नामले चिनिएका थिए।   भण्डारी नेतृत्वको टोली १९ महिनादेखि बमजनको खोजीमा लागिरहेको थियो। त्यसअघि पनि ब्युरोले बमजनको खोजी…
Read More
रामबहादुर बम्जनको आश्रमबाट को कहिले बेपत्ता भएका थिए ?

रामबहादुर बम्जनको आश्रमबाट को कहिले बेपत्ता भएका थिए ?

काठमाडौँ, २५ पुस  । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले तपस्वी भनेर चिनिने रामबहादुर बम्जनलाई मङ्गलवार साँझ पक्राउ गर्‍यो।  बुढानीलकण्ठ नगरपालिका-६ हात्तीगौंडाबाट पक्राउ परेका बम्जनलाई ब्युरोले बुधवार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ। बम्जनको आश्रमबाट हालसम्म चार जना बेपत्ता भएको खुलेको छ।  तिनीहरूमध्ये एक हुन् २९ बर्सिया चुन्मो भनिने चिनीमाया तामाङ। नुवाकोट मेधाङ गाउँपालिका-३ घर भएकी उनी सिन्धुपाल्चोकस्थित बाडेगाउँको आश्रमबाट बेपत्ता भएकी थिइन्।   ब्युरोका एसएसपी दिनेश आचार्यका अनुसार उनी २०६९ साल असोज महिनाबाट बेपत्ता छिन्। उनी अहिलेसम्म कहाँ छिन् खुलेको छैन। यस्तै, सिन्धुपाल्चोक बाडे गाउँ आश्रमबाट बेपत्ता भएका अर्का व्यक्ति हुन् ५१ वर्षीय सञ्चालन वाइबा। हेटौँडा उपमहानगरपालिका-१३ घर भएका उनी २०७१ साल चैत १४…
Read More
बम्जनको घरमा १७ देशका विदेशी मुद्रा, अर्कैले किनिदिएका थिए ५ करोडको गाडी

बम्जनको घरमा १७ देशका विदेशी मुद्रा, अर्कैले किनिदिएका थिए ५ करोडको गाडी

काठमाडौँ, २५ पुस । नेपाल प्रहरीको  केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरेका तपस्वी रामबहादुर बम्जनको घरबाट १७ देशका विदेशी मुद्रा फेला परेका छन्। ब्युरोले बुढानीलकण्ठ नगरपालिका-६ हात्तीगौंडाबाट मङ्गलवार पक्राउ गरेका बम्जनको घरमा छापा मार्दा १७ देशका विदेशी मुद्रा फेला परेको हो।   ब्युरोका एक अधिकृतका अनुसार १७ देशका विदेशी मुद्राको नेरु ३० लाख ९२ हजार ४०६ हुन जान्छ। बम्जनको घरबाट प्रहरीले नेपाली रकम ३ करोड ३ लाख ७५ हजार ५०० रुपैयाँ बरामद गरेको छ। बम्जनको घरबाट विदेशी मुद्रा र नेपाली गरी ३ करोड ३४ लाख ३७ हजार ९०६ रुपैयाँ बरामद भएको ती अधिकृतले बताए।   बरामद अन्यमा गाडी तथा मोटरसाइकल रहेका…
Read More
वन अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा, एक करोड २५ लाख गैर कानुनी आर्जन गरेको आरोप

वन अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा, एक करोड २५ लाख गैर कानुनी आर्जन गरेको आरोप

काठमाडौँ, २३ पुस । डिभिजन वन कार्यालय, मकवानपुरका वन अधिकृत दीर्घ नारायण कोइरालाविरुद्ध गैर कानुनी सम्पत्ति आर्जन गरेको अभियोगमा भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीमाथि एक करोड २५ लाख रुपैयाँ गैर कानुनी रूपमा आर्जन गरेको अभियोग लगेको हो। २०४६ साल जेठदेखि सार्वजनिक पदमा पुगेका उनले यो अवधिमा ८१ लाख ८६ हजार रुपैयाँ मात्रै आर्जन गरेको तर दुई करोड ७ लाख रुपैयाँको सम्पत्ति भेटिएको अख्तियारको दाबी छ। अख्तियारले सम्पत्ति लुकाएको आरोपमा उनकी श्रीमती गीता पौडेल कोइरालाविरुद्ध पनि मुद्दा दायर गरेको छ।
Read More
नेकपा एसले टुङ्गायो राष्ट्रियसभा उम्मेदवार, बागमतीमा रिजाल तथा कर्णालीमा मल्ल

नेकपा एसले टुङ्गायो राष्ट्रियसभा उम्मेदवार, बागमतीमा रिजाल तथा कर्णालीमा मल्ल

काठमाडौँ, २३ पुस । आसन्न राष्ट्रिय सभा निर्वाचनका लागि नेकपा एकीकृत समाजवादीले दुई जना उम्मेदवार टुङ्गाएको छ ।   नेकपा माओवादी नेतृत्वको सत्तारूढ गठबन्धनको भागबन्डामा परेको २ सिटमा नेकपा एसले उम्मेदवारी टुङ्ग्याएको हो ।   नेकपा एसका उपाध्यक्ष राजेन्द्र पाण्डेका अनुसार बागमती प्रदेशमा दलित क्लस्टर र कर्णाली प्रदेशमा महिला क्लस्टरमा उम्मेदवारी टुङ्गो लगाएर आज नै उम्मेदवारी दिन लागिएको हो । जसअनुसार बागमतीमा घनश्याम रिजाल विश्वकर्मा तथा कर्णाली प्रदेशमा सावित्री मल्ललाई उम्मेदवार बनाउने निर्णय गरेको उनले जानकारी दिए ।   नेकपा एसको सचिवालय बैठकले अध्यक्ष माधवकुमार नेपालसहित तीन जनालाई उम्मेदवार टुङ्गाउने जिम्मेवारी दिएको थियो ।
Read More
राष्ट्रियसभा निर्वाचनका लागि आज उम्मेदवारी दर्ता हुँदै

राष्ट्रियसभा निर्वाचनका लागि आज उम्मेदवारी दर्ता हुँदै

काठमाडौँ, २३ पुस । राष्ट्रियसभा निर्वाचनका लागि आज उम्मेदवारी दर्ता हुँदै छ ।   निर्वाचन आयोगले यसअघि सार्वजनिक गरेको निर्वाचन कार्य तालिका अनुसार आज उम्मेदवारी दर्ता हुन लागेको हो ।   कार्यालय समय अनुसार बिहान १० बजे देखी साँझ ५ बजेसम्म उम्मेदवारी दर्ता गरिसक्नु पर्ने निर्वाचन आयोगले जनाएको छ ।   फागुन २० गते रिक्त हुन गइरहेको २० जना राष्ट्रिय सभा सदस्यका लागि उक्त निर्वाचन हुन लागेको हो । सो दिन २० जना राष्ट्रियसभा सदस्यको पदावधि सकिने भएकाले १९ वटा पदका लागि सरकारले माघ ११ गते निर्वाचनको मिति घोषणा गरिसकेको छ । जसमध्ये एक १ रिक्त पद भने सरकारको सिफारिसमा…
Read More