Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170
समाचार Archives - Page 42 of 84 - Gyaan Ghar

Gyaan Ghar

Advertisement

समाचार

रुसी सेनामा गएका लमजुङका साजन गुरुङको मृत्यु

रुसी सेनामा गएका लमजुङका साजन गुरुङको मृत्यु

काठमाडौँ, २ माघ । रुसी सेनामा भर्ना भएका लमजुङका अर्का युवाको मृत्यु भएको छ। लमजुङ दूधपोखरी गाउँपालिका-१ का ३२ वर्षीय साजन गुरुङको मृत्यु भएको हो। उनको रुस-युक्रेन युद्धमा मृत्यु भएको खबर आएको वडाध्यक्ष दुर्गामान गुरुङले बताए। गुरुङका अनुसार उनको मृत्युको खबर चार-पाँच दिनअघि आएको हो। वैदेशिक रोजगारीमै रहेका उनका भाइ कुमारले साजनको मृत्युको खबर पठाएका थिए। गुरुङका अनुसार साजन तीन-चार महिनाअघि मात्रै रुसी सेनामा गएका थिए। उनी के कसरी रुसी सेनामा पुगे भन्नेबारे खोजी थालिएको वडाध्यक्ष गुरुङले बताए। साजनको मृत्युको खबर पाएपछि परिवारले काज किरिया समेत गरेका छन्। पुस २९ गते नै परिवारले छोराको काज किरिया सकेको वडाध्यक्ष गुरुङले बताए। साजनका…
Read More
त्रिशूली नदीमा भारतीय जिप खस्यो, यात्रुको अवस्था अज्ञात

त्रिशूली नदीमा भारतीय जिप खस्यो, यात्रुको अवस्था अज्ञात

काठमाडौँ, २ माघ - त्रिशूली नदीमा भारतीय नम्बर प्लेटको जिप खसेको पाइएको छ। नारायणगढ-मुग्लिन सडक खण्ड अन्तर्गत इच्छा कामना गाउँपालिका-५ स्थित तीन नम्बर पुल नजिकबाट उक्त जिप त्रिशूली नदीमा खसेको पाइएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। सेतो रङ्गको सिङ्गल क्याप जिप त्रिशूली नदीमा फेला परेको जिल्ला प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक श्रीराम भण्डारीले बताए। 'बिहान राति नदीमा रातो बत्ती बलेपछि सवारीसाधन खसेको अनुमान गरी खोजी थालिएको थियो,' भण्डारीले भने। बिहान ४:५० बजे नदीभित्र बत्ती बलेको जस्तो देखिएपछि सशस्त्र प्रहरीको गोताखोर टोलीले परिचालन गरिएको थियो। खोजी सिलसिलामा भारतीय नम्बर प्लेट बिआर ०९जिसी १४३० नम्बरको बोलेरो जिप फेला परेको भण्डारीले बताए। जिप…
Read More
टुँडिखेल भिडभाडमा च्यापिएर घाइते हुनेको सङ्ख्या ११ पुग्यो, नामसहित

टुँडिखेल भिडभाडमा च्यापिएर घाइते हुनेको सङ्ख्या ११ पुग्यो, नामसहित

काठमाडौँ, १ माघ - टुँडिखेलमा आयोजित माघी कार्यक्रमको भिडभाडमा च्यापिएर घाइते हुनेको सङ्ख्या ११ पुगेको छ। माघे सङ्क्रान्तिको अवसरमा मगर र थारु समुदायले आयोजना गरेको अलग-अलग कार्यक्रममा सहभागी हुन गएका सर्वसाधारण अत्यधिक भिडभाडमा च्यापिएर घाइते भएका हुन्। घाइते भएका ११ जनालाई उपचारका लागि राष्ट्रिय ट्रमा सेन्टर लगिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक कुमोध ढुङ्गेलले बताए। घाइतेहरूको अवस्था सामान्य रहेको उनले बताए। भित्र प्रवेश गर्ने र बाहिर निस्कनेहरू धेरै हुँदा टुँडिखेलको गेटमा भिडभाड बढेको थियो। प्रहरीले यस क्रममा लाठी चार्ज गरी भीड नियन्त्रणमा लिएको छ। भीडमा परेर एक जना प्रहरी जवान पनि घाइते भएको परिसर प्रवक्ता ढुङ्गेलले बताए। घाइतेहरूको…
Read More
मेलम्ची उद्घाटनको विषयमा बालेन शाहको व्यङ्ग्य– हामीसँग भएको एउटा मन कतिपल्ट जित्नु हुन्छ प्रचण्ड सरकार !

मेलम्ची उद्घाटनको विषयमा बालेन शाहको व्यङ्ग्य– हामीसँग भएको एउटा मन कतिपल्ट जित्नु हुन्छ प्रचण्ड सरकार !

काठमाडौँ, १ माघ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले मेलम्चीको पानी वितरणमा भएका उद्घाटनका विषयमा सङ्घीय सरकारप्रति कटाक्ष गरेका छन् । सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मेलम्चीको पानी वितरणको उद्घाटन गरेपछि सामाजिक सञ्जालमार्फत काठमाडौँ महानगरका प्रमुख शाहले व्यङ्ग्य गर्दै आफूहरूसँग भएको एउटा मन पनि कतिपल्ट जित्नुहुन्छ भन्दै प्रधानमन्त्रीप्रति व्यङ्ग्य गरेका हुन् । २०७७ फागुनमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले, २०७७ चैतमा तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले, २०७९ वैशाख र मङ्सिरमा तत्कालीन खानेपानी मन्त्री उमाकान्त चौधरीले र सोमबार (आज) १ माघमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मेलम्चीको पानी उद्घाटन गरेको भन्दै व्यङ्ग्य गरेका शाहले फेसबुकमा लेखेका छन्, ‘हामीसँग भएको एउटा मन कति…
Read More
आज देखि मेलम्चीको पानी काठमाडौँवासी लाई नियमित: प्रधानमन्त्री

आज देखि मेलम्चीको पानी काठमाडौँवासी लाई नियमित: प्रधानमन्त्री

काठमाडौँ, १ माघ ।प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले काठमाडौँ उपत्यकाको बढ्दो जनसङ्ख्यालाई सुरक्षित तथा दिगो खानेपानी सेवा उपलब्ध गराउन नेपाल सरकार प्रयासरत रहेको बताएका छन्।   सोमबार बिहान सिंहदरबारमा आयोजित मेलम्ची खानेपानीको पुनर्वितरण शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले खानेपानीको दिगो व्यवस्थाका लागि दोस्रो चरणको याङग्री तथा लार्के नदी डाइभर्सनको कार्यसमेत निश्चित कार्य योजना बनाई अगाडि बढाइने बताएका हुन्।   कार्यक्रममा प्रधानमन्त्रीले काठमाडौँ उपत्यकाको जनसङ्ख्याको चापलाई मध्यनजर गरी खानेपानीको बढ्दो माग र आपूर्तिको सीमितताको विरोधाभास समाधान गर्नुपर्नेमा जोड दिए ।   प्रधानमन्त्रीले भने,  ‘‘काठमाडौँ उपत्यकाको बढ्दो जनसङ्ख्यालाई सुरक्षित तथा दिगो खानेपानी सेवा उपलब्ध गराउन नेपाल सरकार प्रयासरत छ। हाल मेलम्ची खानेपानी आयोजनाको हेडवक्र्सको निर्माणको…
Read More
साना किसान विकास लघुवित्तको साधारण सभा सम्पन्न, अध्यक्षमा पाठक पुनः चयन

साना किसान विकास लघुवित्तको साधारण सभा सम्पन्न, अध्यक्षमा पाठक पुनः चयन

काठमाडौँ, १ माघ  । साना किसान विकास लघुवित्त वित्तीय संस्थाको २२औँ वार्षिक साधारण सभा आइतबार सम्पन्न भएको छ । कम्पनीले सेयरधनीहरुलाई १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव सभामा पारित गरेको छ । थोक कर्जा प्रदायक संस्थाका रूपमा यसले ग्रामीण क्षेत्रमा रहेका साना किसान कृषि सहकारी संस्था, लघुवित्त संस्थाहरू र समान प्रकृतिका संस्थामार्फत सेवा दिँदै आएको छ । साना किसान र आरएमडीसी लघुवित्त वित्तीय संस्थाले गत असारमा मर्जरपछिको एकीकृत कारोबार सुरु गरेका थिए । साथै सभाले संस्थाको अध्यक्षमा खेमबहादुर पाठकलाई पुनः चयन गरेको हो । यो संस्थाको अध्यक्षमा पाठक तेस्रो पटक चयन भएका हुन् । पाठकको नेतृत्वमा सभाले ६ सदस्यीय सञ्चालक…
Read More
राष्ट्रिय सभा निर्वाचनका लागि सुदूरपश्चिममा सत्ता गठबन्धन दल सक्रिय

राष्ट्रिय सभा निर्वाचनका लागि सुदूरपश्चिममा सत्ता गठबन्धन दल सक्रिय

धनगढी, २९ पुस । राष्ट्रिय सभा निर्वाचन लागि सत्ता गठबन्धन दलका उम्मेदवार विजयी गराउन गठित सुदूरपश्चिम प्रदेश समन्वय समितिले आफ्नो कार्य थालनी गरेको छ। आइतबार  नेपाली काँग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलको कार्यालयमा राष्ट्रिय सभा निर्वाचन सुदूरपश्चिम प्रदेश समन्वय समितिका संयोजक एवं नेपाली काँग्रेस सुदूरपश्चिम प्रदेश महामन्त्री मेघराज खड्काको अध्यक्षतामा बसेको बैठकले सुदूरपश्चिम प्रदेशमा सत्ता गठबन्धन दलका उम्मेदवारलाई विजयी गराउन जिल्ला स्तरीय सत्ता गठबन्धन दलहरूलाई जिल्ला समन्वय समिति चाँडो गठन गर्न निर्णय गरेको छ। त्यस्तै राष्ट्रिय सभा निर्वाचनका लागि मतदातालाई मिति २०८० माघ ९ गतेभित्र कैलाली आइपुग्न निर्देशन दिने निर्णय गरिएको खडकाले बताए। बैठकमा समन्वय समितिका सदस्यहरू नेकपा माओवादी केन्द्रका जनक…
Read More
छोरी गङ्गासहित प्रधानमन्त्री प्रचण्ड माघ ४ मा युगान्डा जाने

छोरी गङ्गासहित प्रधानमन्त्री प्रचण्ड माघ ४ मा युगान्डा जाने

काठमाडौँ, २९ पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ असंलग्न आन्दोलन नामक १९औँ शिखर सम्मेलनमा भाग लिन माघ ४ गते युगान्डा जाने भएका छन्। परराष्ट्र मन्त्रालयले आइतबार विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीको युगान्डा भ्रमणबारे औपचारिक जानकारी गराएको हो। शिखर सम्मेलनमा असंलग्न आन्दोलनका सदस्य राष्ट्रका राष्ट्र तथा सरकार प्रमुख सहभागी हुनेछन्। असंलग्न आन्दोलनको शिखर सम्मेलन माघ ५ र ६ गते युगान्डामा हुँदै छ। शिखर सम्मेलनमा सहभागी हुन प्रधानमन्त्रीको साथमा उनकी छोरी गङ्गा दाहाल पनि जाने परराष्ट्रद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। प्रधानमन्त्रीको नेतृत्वमा युगान्डा जाने नेपाली प्रतिनिधिमण्डलमा परराष्ट्र मन्त्री नारायणप्रकाश साउद, परराष्ट्र सचिव सेवा लम्साल र नेपाल सरकारका वरिष्ठ अधिकारी समेत रहनेछन्। प्रधानमन्त्री प्रचण्डले…
Read More
न्यायाधीश गिरीकी श्रीमतीद्वारा सर्वोच्च परिसरमै आत्म दाहको प्रयास

न्यायाधीश गिरीकी श्रीमतीद्वारा सर्वोच्च परिसरमै आत्म दाहको प्रयास

काठमाडौँ, २९ पुस - सर्वोच्च अदालतअगाडि एक महिलाले आत्म दाहको प्रयास गरेकी छिन्। आइतबार दिउँसो न्यायाधीश भुवन गिरीकी श्रीमतीले सर्वोच्च अदालत परिसरमा आत्म दाहको प्रयास गरेकी हुन्। प्रहरीका अनुसार सर्वोच्च अदालत पुगेकी ती महिलाले आफूमाथि मट्टितेल छर्किएकी हुन्। प्रहरीले उनलाई तत्काल उद्धार गरी वीर अस्पताल लगेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक कुमोध ढुङ्गेलले बताए। ती महिलाले श्रीमान् गिरीमाथि वैवाहिक बलात्कारको मुद्दा हालेकी थिइन्। उनले गिरीलाई थुनामा राख्न माग गर्दै आएकी छिन्। गिरीविरुद्ध जिल्ला अदालत कपिलवस्तुले चैत २२ गते पक्राउ पुर्जी जारी गरेको थियो। जिल्ला प्रहरी परिसर काठमाडौँले गत चैत २८ गते पक्राउ गरी कपिलवस्तु लगेको थियो। गिरीलाई अदालतले २…
Read More
आलमको मुद्दाको अन्तिम सुनुवाइ आज देखी

आलमको मुद्दाको अन्तिम सुनुवाइ आज देखी

गौर, २९ पुस । जिल्ला अदालत रौतहटले पूर्व मन्त्री मोहम्मद अफताब आलमविरुद्धको मुद्दाको पेसी आइतबार लाई तोकेको छ ।   अदालतले काँग्रेस नेता आलम लगायतका ११ जनाविरुद्ध २०७६ साल कात्तिक १८ गते दायर गरेको विस्फोटक पदार्थ बम समेतको प्रयोग गरी ज्यान मार्ने उद्योग तथा कर्तव्य ज्यान सम्बन्धी कसुरमा अन्तिम सुनुवाइका लागि सो दिन पेसी तोकेको हो ।   गएको मङ्सिर २४ गतेभित्रै वादी नेपाल सरकार र प्रतिवादी तर्फका कानुन व्यवसायीले बहस नोट बुझाएको भए पनि अदालतले सुनुवाइको मिति तोकेको थिएन ।   सर्वोच्च अदालतबाट समेत उक्त मुद्दामा चासो राख्दै मुद्दा छिटो टुङ्ग्याउन दबाब दिएपछि रौतहट जिल्ला अदालतले आगामी पुस २९ गते…
Read More