Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131

Warning: Cannot modify header information - headers already sent by (output started at /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php:6131) in /home/unitedrukum/gyaanghar.com/wp-includes/feed-rss2.php on line 8
फिचर Archives - Gyaan Ghar https://gyaanghar.com/category/फिचर/ Welcome Wed, 18 Jun 2025 02:04:49 +0000 en-US hourly 1 https://wordpress.org/?v=6.9.4 https://gyaanghar.com/wp-content/uploads/2023/08/cropped-gyaan-ghr-logo-32x32.png फिचर Archives - Gyaan Ghar https://gyaanghar.com/category/फिचर/ 32 32 अन्धविश्वासको पराकाष्ठा: महिनावारीका सेतो वस्तु देखाउन नहुने https://gyaanghar.com/2025/06/18/%e0%a4%85%e0%a4%a8%e0%a5%8d%e0%a4%a7%e0%a4%b5%e0%a4%bf%e0%a4%b6%e0%a5%8d%e0%a4%b5%e0%a4%be%e0%a4%b8%e0%a4%95%e0%a5%8b-%e0%a4%aa%e0%a4%b0%e0%a4%be%e0%a4%95%e0%a4%be%e0%a4%b7%e0%a5%8d%e0%a4%a0%e0%a4%be/ https://gyaanghar.com/2025/06/18/%e0%a4%85%e0%a4%a8%e0%a5%8d%e0%a4%a7%e0%a4%b5%e0%a4%bf%e0%a4%b6%e0%a5%8d%e0%a4%b5%e0%a4%be%e0%a4%b8%e0%a4%95%e0%a5%8b-%e0%a4%aa%e0%a4%b0%e0%a4%be%e0%a4%95%e0%a4%be%e0%a4%b7%e0%a5%8d%e0%a4%a0%e0%a4%be/#respond Wed, 18 Jun 2025 02:04:49 +0000 https://gyaanghar.com/?p=10829 खड्क सुनार मुगु, ३ असार  । कर्णालीका मुगु सहित उपल्लो जिल्लाका महिलाहरू महिनावारी, छाउ भएको अवस्थामा महिलालाई दूध, दही अथवा सेतो वस्तु नदिने प्रचलन जिल्लामा कायमै रहेको छ  ।   गाई र भैँसीको दूध, दही र मोही सेतो वस्तु महिनावारी भएका महिलालाई उपभोग गर्न दिँदा गाईबस्तु बाँझो हुने, दूध दही नदिने अन्धविश्वास अझै कायमै रहेको हो । […]

The post अन्धविश्वासको पराकाष्ठा: महिनावारीका सेतो वस्तु देखाउन नहुने appeared first on Gyaan Ghar.

]]>

खड्क सुनार
मुगु, ३ असार  । कर्णालीका मुगु सहित उपल्लो जिल्लाका महिलाहरू महिनावारी, छाउ भएको अवस्थामा महिलालाई दूध, दही अथवा सेतो वस्तु नदिने प्रचलन जिल्लामा कायमै रहेको छ  ।

 

गाई र भैँसीको दूध, दही र मोही सेतो वस्तु महिनावारी भएका महिलालाई उपभोग गर्न दिँदा गाईबस्तु बाँझो हुने, दूध दही नदिने अन्धविश्वास अझै कायमै रहेको हो ।

छायाँनाथ रारा नगरपालिका-६ की मुनरुपा बोहराका अनुसार महिनावारी भएका  महिलालाई गाई, भैँसीको दूध दही दियो भने ती जनावर कहिल्यै नब्याउने भन्ने र फलफूलका  बिरुवालाई पनि छोए पछि सुक्ने फल नदिने भन्ने भ्रम रहेको छ ।

पुस्तौँ देखि प्रचलनमा रहेको यो अन्धविश्वास वर्तमान अवस्थामा पनि जीवितै छ । महिनावारी भएका महिलाले दूध, दही, मोही खान त के गाई भैँसीको शरीरमा समेत छुन नपाउने यो परम्परा कायमै रहेको उनीहरूले जनाए ।

यहाँका महिलाहरू छाउगोठमा हिउँदको चिसो र बर्खाको हिलोमा सुत्न बाध्य हुँदै आएका छन् । महिनावारी भएका महिलालाई दूध दिँदा दुहुनो गाई भैँसी बाँझो हुने, अशुभ हुने, महिनावारी भएका महिलालाई घरभित्र राखे देउता रिसाउँदा देउता लाग्ने जस्ता भ्रम हट्न नसकेको छायाँनाथ रारा नगर पालिका वडा नं ८ का समाजसेवी लाल बहादुर रावलले  बताए ।

यता स्वास्थ्य सेवा कार्यालय मुगुमा कार्यरत नर्सिङ प्रमुख मनीषा लामिछानेका अनुसार महिनावारी भएको बेला शरीरबाट रक्तस्राव बढी हुने, शरीर कमजोर महसुस हुने,  शरीरलाई बलियो बनाउन पौष्टिक खाना, हरियो सागसब्जी, तरकारी, फलफूल दूध, दही, गेडागुडीको झोल प्रशस्त मात्रामा खानुपर्ने, टुसा उमारेको गेडागुडी, चाकु, फलामको भाँडामा पकाएको दाल गहत आदिको प्रयोगले शरीर स्वास्थ्य बनाउनु पर्ने उनको भनाई छ ।

महिनावारी भएका बेला महिलालाई गाईको गहत (पिसाब) छर्काउने र कपडामा सुनपानीले छर्केर शुद्ध गराउने चलन रहेको यहाँका स्थानीय महिलाहरूले बताएका छन् ।

The post अन्धविश्वासको पराकाष्ठा: महिनावारीका सेतो वस्तु देखाउन नहुने appeared first on Gyaan Ghar.

]]>
https://gyaanghar.com/2025/06/18/%e0%a4%85%e0%a4%a8%e0%a5%8d%e0%a4%a7%e0%a4%b5%e0%a4%bf%e0%a4%b6%e0%a5%8d%e0%a4%b5%e0%a4%be%e0%a4%b8%e0%a4%95%e0%a5%8b-%e0%a4%aa%e0%a4%b0%e0%a4%be%e0%a4%95%e0%a4%be%e0%a4%b7%e0%a5%8d%e0%a4%a0%e0%a4%be/feed/ 0
सर्पहरूबाट पहिचान बनाउँदै सम्झना राई https://gyaanghar.com/2025/06/15/%e0%a4%b8%e0%a4%b0%e0%a5%8d%e0%a4%aa%e0%a4%b9%e0%a4%b0%e0%a5%82%e0%a4%ac%e0%a4%be%e0%a4%9f-%e0%a4%aa%e0%a4%b9%e0%a4%bf%e0%a4%9a%e0%a4%be%e0%a4%a8-%e0%a4%ac%e0%a4%a8%e0%a4%be%e0%a4%89%e0%a4%81%e0%a4%a6/ https://gyaanghar.com/2025/06/15/%e0%a4%b8%e0%a4%b0%e0%a5%8d%e0%a4%aa%e0%a4%b9%e0%a4%b0%e0%a5%82%e0%a4%ac%e0%a4%be%e0%a4%9f-%e0%a4%aa%e0%a4%b9%e0%a4%bf%e0%a4%9a%e0%a4%be%e0%a4%a8-%e0%a4%ac%e0%a4%a8%e0%a4%be%e0%a4%89%e0%a4%81%e0%a4%a6/#respond Sun, 15 Jun 2025 15:22:34 +0000 https://gyaanghar.com/?p=10819 मोरङ, १ असार । सर्प देख्नासाथ डराउने वा भाग्नेहरूको कमी छैन तर केही अपवाद पनि छन्।   सम्झना राई यस्तै एक साहसी युवती हुन्, जसले सर्पलाई मित्र मान्दै उद्धार गर्ने जिम्मेवारी उठाएकी छिन्। सङ्खुवासभाको खाँदवारिमा जन्मेकी सम्झना अहिले उर्लाबारी नगरपालिका–१मा बसोबास गर्दै एक सक्रिय सर्प उद्धारकर्ताको रूपमा चिनिन्छिन्। उनले २ वर्ष देखि सर्प उद्धार गर्न […]

The post सर्पहरूबाट पहिचान बनाउँदै सम्झना राई appeared first on Gyaan Ghar.

]]>


मोरङ, १ असार । सर्प देख्नासाथ डराउने वा भाग्नेहरूको कमी छैन तर केही अपवाद पनि छन्।

 

सम्झना राई यस्तै एक साहसी युवती हुन्, जसले सर्पलाई मित्र मान्दै उद्धार गर्ने जिम्मेवारी उठाएकी छिन्।

सङ्खुवासभाको खाँदवारिमा जन्मेकी सम्झना अहिले उर्लाबारी नगरपालिका–१मा बसोबास गर्दै एक सक्रिय सर्प उद्धारकर्ताको रूपमा चिनिन्छिन्। उनले २ वर्ष देखि सर्प उद्धार गर्न थालेकी छन् र अहिले सम्म तीन सय हाराहारी सर्प उद्धार गरिसकेकी छन्।

 

सम्झना राईको जीवन यात्रा सामान्य नभई विशेष छ। सामान्यतया सर्पको नाम सुन्दा मानिसको शरीर काँप्ने गर्छ, तर सम्झनाको लागि सर्प भने एक अजिब दोस्त बन्यो, जसको उद्धार गर्न उनले आफ्नो समय र श्रम खपत गर्न थालिन्। सर्पलाई मार्नुपर्ने सोचलाई चिर्दै, उनी सर्पप्रति चिन्ता र देखावटी डरको छाया हटाएर उनी आफ्नो समाजमा सर्प प्रतिको समझदारी र सहिष्णुता फैलाउने अभियानमा जुटेकी छन्।

 

‘सर्प हाम्रो शत्रु होइन, मित्र हो,’ सम्झना भन्छिन्, ‘सर्प बचाउन सके हामीलाई थाहा हुन्छ कि हामीले प्रकृतिको सन्तुलन र सम्पूर्ण पारिस्थितिकै प्रणालीलाई बचाउन सहयोग पुराएका छौँ। यही सोचले मलाई यस अभियानमा भाग लिन प्रेरित गर्‍यो।’ उनको यो सोच सामाजिक सन्देश र उद्धारका कार्यहरूमा ध्यान आकर्षित गरिरहेको छ।

 

सम्झनाको सर्प उद्धार कार्य यात्रा कुनै साधारण काम होइन। सुरुमा उनलाई धेरै जसो मानिसहरूको आलोचना र चिन्ता भोग्न पर्‍यो। २० वर्षकी उमेरमा उनले सर्पसँग सम्बन्ध बनाउने निर्णय गरिन्, जब उनले सर्पहरूको साँचो महत्त्व र सर्पहरूको संरक्षण विषयमा अध्ययन गर्न थालिन्।

‘सर्पलाई मानिसहरूले जस्तो डर र घृणा जनाएका छन्, त्यस्तै सर्पको वास्तविकता छैन,’ उनले भनिन्। ‘सर्पहरूले हामीलाई कुनै धोका दिँदैनन्। प्रकृतिमा तिनीहरूको विशेष स्थान छ।’

 

सम्झना राई लाई यिनीको प्रेरणा भनेको देव राई र मास्के श्रेष्ठजस्ता साथीहरू थिए, जसले उनलाई सर्प उद्धारमा लाग्नका लागि प्रेरित गरे। उनीहरू दुवै सर्प उद्धारका क्षेत्रमा कार्यरत छन् र उनीहरूको सँगसँगै काम गर्दै सम्झनाले यो क्षेत्रमा सशक्त स्थान बनाएको छ। उनी भन्छिन्, ‘सङ्गतले ठुलो प्रभाव पार्छ। देव र मास्के जस्ता साथीहरूको साथले मलाई यो कार्यमा साहस र हिम्मत प्रदान गरिदिए ।’

 

सम्झनाका लागि चुनौतीहरूको एक ठुलो हिस्सा भनेको महिला सर्प उद्धारकर्ता हुनु हो। हाम्रो समाजमा महिलाहरूलाई सर्पको नजिक जानेलाई अस्वीकृति र डरको दृष्टिले हेरिन्छ। ‘महिलाहरू सर्प देख्दा सात कोश टाढा भाग्छन्, तर म भने सर्प समाउँछु। यो कार्य गर्दा सामाजिक मान्यता र डरले पनि हामीलाई बारम्बार रोकेको छ,’ सम्झना भन्छिन्।

तर, सम्झनाले यो चुनौती स्विकारेर आफ्नो पथमा अडिग रहिन्। घरका सदस्यहरू सुरुआतमा चिन्तित भए पनि उनको अडान र दृढताले सबैलाई कन्भिन्स गर्न सफल बनायो। अहिले उनको परिवार पनि उनलाई समर्थन गर्दछ।

सम्झना राईलाई सर्पको सही संरक्षण र सम्हालका लागि आवश्यक ज्ञान प्राप्त गर्नको लागि उनले चितवनमा केही दिनको विशेष तालिम लिएकी थिइन्। सर्प विशेषज्ञहरूले उनलाई विषालु र अ विषालु सर्प बिचको भेद, सर्पहरूको बनावट, रङ्ग, र स्वभाव जस्ता विभिन्न पक्षहरूका बारेमा प्रशिक्षण पाएकी छिन्। यस तालिमले उनलाई सर्प समाउने क्रममा सर्पको वास्तविक पहिचान गर्ने क्षमता दिएको छ।

 

सम्झना सर्पप्रतिको आफ्ना ज्ञान र अनुभवलाई उन्नत बनाउन चाहन्छिन्। उनी भन्छिन्, ‘हामीले सर्पको खतरनाक वा न खतरनाक प्रवृत्तिलाई चिन्न आवश्यक छ। उदाहरणका रूपमा गोमन सर्पको टाउको फराकिलो र विषालु हुन्छ, यदि यसले टोक्यो भने आधा घण्टामा अस्पताल पुग्न सकिएन भने जान गुमाउन सक्छ।’

 

सम्झना राईको काम धेरै हदसम्म सशक्त भए तापनि, उनले सर्प उद्धारका लागि उपयोग गर्ने उपकरणहरूको अभाव छ। उर्लाबारी नगरपालिकाले केही उपकरण उपलब्ध गराए पनि उनले कार्य गर्नका लागि आवश्यक अन्य उपकरणहरूको लागि आफ्नै गोजीबाट खर्च गर्नु परेको छ। ‘महिनामा ४ देखि ५ हजार रुपैयाँ खर्च हुने गर्छ,’ उनी बताउँछिन्, ‘तर सरकारको तर्फबाट कुनै पनि दिगो सहयोग प्राप्त भएको छैन।’

 

सर्प उद्धारको काम साहसिक भए तापनि, यस्ता कामहरूमा सरकारी स्तरबाट विशेष सहयोगको आवश्यकता स्पष्ट देखिन्छ। ‘मलाई र अन्य सर्प उद्धारकर्ताहरूलाई राज्यको सहयोगको ठुलो आवश्यकता छ,’ उनी थप्छिन्।

 

सम्झनाको सर्पसँगको अनुभवको पहिलो क्षण भनेको उनको पहिलो सर्प समाउने पल हो। उनले भनिन, ‘पहिलो पटक सर्प समाउने सोच्दा पनि मलाई डर लागिरहेको थियो, तर त्यो एक अनौठो रोमाञ्चक अनुभव बन्यो।’ यो पल सम्झनाको जीवनको एक मील पत्थर बन्यो र उनले त्यसपछि सर्पको संरक्षकको रूपमा कसम खाइन्।

 

मिडियामा पनि सम्झनाले आफ्नो यात्रा सुरु गरिन्। उनले झापाको रेडियोमा आर्जेको रूपमा करिअर सुरु गरिन् र पछि बिर्तामोडको सेल्फी टिभीमा कार्य गर्दै हाल आफ्नै अनलाइन मिडिया प्लेटफर्म चलाउँदै छिन्।

 

सम्झनाको सर्प उद्धारको यात्रा केवल सर्पप्रतिको समर्पण मात्र होइन, यो सामाजिक भय र अज्ञानतासँगको सङ्घर्षको कथा पनि हो। उनले भनिन, ‘हामी सर्पलाई देख्दा मर्छौँ जस्तो सोच्दछौँ, तर साँचो कुरा भनेको हामी प्रकृतिलाई मारेका हौँ।’

 

सम्झनाले यस कार्यमा समाजलाई अज्ञानताको पर्दा हटाउन र सर्पको वास्तविक महत्त्व बुझ्न मद्दत गर्न चाहन्छिन्। उनको भनाइ छ, ‘सर्पलाई देख्दा भाग्नुको सट्टा, हामीले तिनको साथमा बाँच्न र समझदारीका साथ हिँड्न सिक्न आवश्यक छ।’

The post सर्पहरूबाट पहिचान बनाउँदै सम्झना राई appeared first on Gyaan Ghar.

]]>
https://gyaanghar.com/2025/06/15/%e0%a4%b8%e0%a4%b0%e0%a5%8d%e0%a4%aa%e0%a4%b9%e0%a4%b0%e0%a5%82%e0%a4%ac%e0%a4%be%e0%a4%9f-%e0%a4%aa%e0%a4%b9%e0%a4%bf%e0%a4%9a%e0%a4%be%e0%a4%a8-%e0%a4%ac%e0%a4%a8%e0%a4%be%e0%a4%89%e0%a4%81%e0%a4%a6/feed/ 0
विश्वभर २३३ करोड मानिस नियमित पर्याप्त खाना पाउन सङ्घर्ष गर्दै https://gyaanghar.com/2024/07/27/%e0%a4%b5%e0%a4%bf%e0%a4%b6%e0%a5%8d%e0%a4%b5%e0%a4%ad%e0%a4%b0-%e0%a5%a8%e0%a5%a9%e0%a5%a9-%e0%a4%95%e0%a4%b0%e0%a5%8b%e0%a4%a1-%e0%a4%ae%e0%a4%be%e0%a4%a8%e0%a4%bf%e0%a4%b8-%e0%a4%a8%e0%a4%bf/ https://gyaanghar.com/2024/07/27/%e0%a4%b5%e0%a4%bf%e0%a4%b6%e0%a5%8d%e0%a4%b5%e0%a4%ad%e0%a4%b0-%e0%a5%a8%e0%a5%a9%e0%a5%a9-%e0%a4%95%e0%a4%b0%e0%a5%8b%e0%a4%a1-%e0%a4%ae%e0%a4%be%e0%a4%a8%e0%a4%bf%e0%a4%b8-%e0%a4%a8%e0%a4%bf/#respond Sat, 27 Jul 2024 04:19:11 +0000 https://gyaanghar.com/?p=9992 काठमाडौँ । विश्वका प्रत्येक ११औँ व्यक्ति भोकसँग सङ्घर्ष गरिरहेका छन् । सन् २०२३ को तथ्याङ्क अनुसार विश्वभर ७३.३ करोड मानिसले पर्याप्त खाना पाउन सकेका छैनन् । एकै समयमा, २०१९ को तुलनामा, तिनीहरूको सङ्ख्या १५.२ करोडले बढेको छ । त्यस्तै अफ्रिकाको अवस्था भने अझ खराब छ । अफ्रिकामा प्रत्येक पाँचौँ व्यक्तिले खानाको समस्या सामना गर्दछ । […]

The post विश्वभर २३३ करोड मानिस नियमित पर्याप्त खाना पाउन सङ्घर्ष गर्दै appeared first on Gyaan Ghar.

]]>

काठमाडौँ । विश्वका प्रत्येक ११औँ व्यक्ति भोकसँग सङ्घर्ष गरिरहेका छन् । सन् २०२३ को तथ्याङ्क अनुसार विश्वभर ७३.३ करोड मानिसले पर्याप्त खाना पाउन सकेका छैनन् । एकै समयमा, २०१९ को तुलनामा, तिनीहरूको सङ्ख्या १५.२ करोडले बढेको छ ।

त्यस्तै अफ्रिकाको अवस्था भने अझ खराब छ । अफ्रिकामा प्रत्येक पाँचौँ व्यक्तिले खानाको समस्या सामना गर्दछ ।

विश्वमा खाद्य सुरक्षा र पोषणको अवस्थाबारे हालै सार्वजनिक गरिएको प्रतिवेदनमा यो जानकारी आएको हो । प्रतिवेदनका अनुसार विश्वभर २३३ करोड मानिसलाई नियमित रूपमा पर्याप्त खाना पाउन सङ्घर्ष गर्नुपरेको छ । विश्वव्यापी खाद्य असुरक्षा अझै पनि प्रि-कोभिड स्तर भन्दा उच्च छ । योसँगै विश्व पोषणका हिसाबले १५ वर्ष पछाडि गएको छ र कुपोषणको स्तर २००८–२००९ को स्तरमा पुगेको छ । ‘द स्टेट अफ फुड सेक्युरिटी एन्ड न्यूट्रिशन इन द वर्ल्ड २०२४’ प्रतिवेदन संयुक्त राष्ट्रसङ्घीय खाद्य तथा कृषि सङ्गठन, कृषि विकासका लागि अन्तर्राष्ट्रिय कोष, युनिसेफ, विश्व खाद्य कार्यक्रम र विश्व स्वास्थ्य सङ्गठनले संयुक्त रूपमा प्रकाशित गरेको हो ।

वर्तमान अवस्था यस्तै रहेमा सन् २०३० सम्म करिब ५८ करोड २० लाख मानिस दीर्घकालीन कुपोषणबाट ग्रस्त हुने प्रतिवेदनले चेतावनी दिएको छ । यो अवस्था अफ्रिकाका लागि झन् चिन्ताजनक छ, किनभने यीमध्ये आधा मानिस अफ्रिकी महादेशका हुनेछन् ।

खाद्य तथा कृषि सङ्गठनका प्रमुख अर्थशास्त्री म्याक्सिमो टोरेरोका अनुसार विश्वलाई भोकमरी, खाद्य असुरक्षा र कुपोषणबाट मुक्त गर्ने लक्ष्यबाट हामी अझै धेरै पछाडि रहेका छौँ । हाल, अफ्रिकाको २० प्रतिशतभन्दा बढी जनसङ्ख्या खाद्य अभावबाट ग्रस्त छ ।

रिपोर्टका अनुसार दक्षिण अमेरिकामा यस दिशामा स्थिति केही सुधार भएको छ । त्यहाँ ६.२ प्रतिशत जनता खाद्यान्न अभावबाट पीडित छन् । यदि हामीले २०२२-२३ बिचको अवधिलाई हेर्दा पश्चिम एसिया, क्यारेबियन देशहरू र अफ्रिकाका धेरैजसो भागको अवस्था पहिले नै बिग्रिएको छ । अफ्रिकाको ५८ प्रतिशत जनसङ्ख्या कुनै न कुनै रूपमा खाद्य असुरक्षाबाट प्रभावित छ ।

२०२२ मा, २८० करोडभन्दा बढी मानिसहरू पौष्टिक खाना किन्न असमर्थ थिएका थिए । यो समस्या कमजोर देशहरूमा अझ गम्भीर छ, जहाँ ७१.५ प्रतिशत जनसङ्ख्या स्वस्थ पौष्टिक आहार खर्च गर्न असमर्थ रहेको थियो ।

प्रतिवेदनका अनुसार विश्वका १५ प्रतिशत बालबालिका अझै पनि कम तौलको समस्याबाट ग्रसित छन् । त्यस्तै २२.३ प्रतिशत पाँच वर्ष मुनिका बालबालिकाको उचाइ उनीहरूको उमेरको लागि कम छ । महिलामा रक्त अल्पताको समस्या पहिलेभन्दा झनै बढेको छ भने कमजोरीबाट पीडित बालबालिकाको सङ्ख्यामा खासै सुधार आएको छैन ।

The post विश्वभर २३३ करोड मानिस नियमित पर्याप्त खाना पाउन सङ्घर्ष गर्दै appeared first on Gyaan Ghar.

]]>
https://gyaanghar.com/2024/07/27/%e0%a4%b5%e0%a4%bf%e0%a4%b6%e0%a5%8d%e0%a4%b5%e0%a4%ad%e0%a4%b0-%e0%a5%a8%e0%a5%a9%e0%a5%a9-%e0%a4%95%e0%a4%b0%e0%a5%8b%e0%a4%a1-%e0%a4%ae%e0%a4%be%e0%a4%a8%e0%a4%bf%e0%a4%b8-%e0%a4%a8%e0%a4%bf/feed/ 0
बागमतीको मुख्यमन्त्री नियुक्त लामा को हुन् ? https://gyaanghar.com/2024/07/24/%e0%a4%ac%e0%a4%be%e0%a4%97%e0%a4%ae%e0%a4%a4%e0%a5%80%e0%a4%95%e0%a5%8b-%e0%a4%ae%e0%a5%81%e0%a4%96%e0%a5%8d%e0%a4%af%e0%a4%ae%e0%a4%a8%e0%a5%8d%e0%a4%a4%e0%a5%8d%e0%a4%b0%e0%a5%80-%e0%a4%a8%e0%a4%bf/ https://gyaanghar.com/2024/07/24/%e0%a4%ac%e0%a4%be%e0%a4%97%e0%a4%ae%e0%a4%a4%e0%a5%80%e0%a4%95%e0%a5%8b-%e0%a4%ae%e0%a5%81%e0%a4%96%e0%a5%8d%e0%a4%af%e0%a4%ae%e0%a4%a8%e0%a5%8d%e0%a4%a4%e0%a5%8d%e0%a4%b0%e0%a5%80-%e0%a4%a8%e0%a4%bf/#respond Wed, 24 Jul 2024 02:52:59 +0000 https://gyaanghar.com/?p=9948 वसन्त भण्डारी /हेटौँडा | बागमती प्रदेशको नयाँ मुख्यमन्त्रीमा नेपाली काँग्रेस संसदीय दलका नेता बहादुरसिं लामा नियुक्त भएका छन्। प्रदेश प्रमुख यादवचन्द्र शर्माले संविधानको धारा १६८ को उपधारा २ बमोजिम लामालाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्। नेपाली काँग्रेस र नेपाल कम्युनिस्ट पार्टी (एमाले) का ६४ जना प्रदेशसभा सदस्यको हस्ताक्षरसहित लामाले प्रदेश प्रमुख शर्मासमक्ष मुख्यमन्त्रीमा दाबी पेस गरेका […]

The post बागमतीको मुख्यमन्त्री नियुक्त लामा को हुन् ? appeared first on Gyaan Ghar.

]]>

वसन्त भण्डारी /हेटौँडा | बागमती प्रदेशको नयाँ मुख्यमन्त्रीमा नेपाली काँग्रेस संसदीय दलका नेता बहादुरसिं लामा नियुक्त भएका छन्। प्रदेश प्रमुख यादवचन्द्र शर्माले संविधानको धारा १६८ को उपधारा २ बमोजिम लामालाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्। नेपाली काँग्रेस र नेपाल कम्युनिस्ट पार्टी (एमाले) का ६४ जना प्रदेशसभा सदस्यको हस्ताक्षरसहित लामाले प्रदेश प्रमुख शर्मासमक्ष मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए।

लामाको राजनीतिक यात्रा २०४३ सालदेखि विद्यार्थी सङ्गठनबाट सुरु भएको थियो। त्यसयता उनी नुवाकोटको क्षेत्रीय तथा राष्ट्रिय राजनीतिमा सक्रिय रहँदै आएका छन्। हाल उनी नेपाली काँग्रेसका केन्द्रीय सदस्य हुन्। २०७० सालमा भएको दोस्रो संविधानसभा निर्वाचनमा उनले तत्कालीन एकीकृत माओवादीका चर्चित नेता स्व. पोस्टबहादुर बोगटीलाई हराएर संविधानसभा सदस्य बनेका थिए।

लामाको राजनीतिक करियरमा २०५४ सालमा गाविस अध्यक्षको रूपमा काम गरेको अनुभव पनि छ। गत मङ्सिर ४ गते भएको निर्वाचनमा उनी नुवाकोट-२ (प्रदेशसभा-ख) बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए।

निर्माण व्यवसायी समेत रहेका लामाले नुवाकोटको विकासमा महत्त्वपूर्ण भूमिका खेलेका छन्। उनको नेतृत्वमा त्रिशूली खोलामा विभिन्न पुलहरू, सडक कालोपत्रे र अन्य पूर्वाधार निर्माणका काम भएका छन्। यी कामले नुवाकोटलाई बाह्रै महिना सडक सञ्चालन हुने अवस्थामा पुर्‍याउन मद्दत गरेको छ।

नवनियुक्त मुख्यमन्त्री लामाको शपथग्रहण आज बिहान ११ बजे हुने कार्यक्रम रहेको छ। त्यसपछि उनले नेपाली काङ्ग्रेसबाट सात र एमालेबाट छ गरी १३ सदस्यीय मन्त्रिपरिषद् गठन गर्ने तयारी गरेको काँग्रेस संसदीय दलका सचेतक गोविन्दप्रसाद लम्सालले जानकारी दिएका छन्।

The post बागमतीको मुख्यमन्त्री नियुक्त लामा को हुन् ? appeared first on Gyaan Ghar.

]]>
https://gyaanghar.com/2024/07/24/%e0%a4%ac%e0%a4%be%e0%a4%97%e0%a4%ae%e0%a4%a4%e0%a5%80%e0%a4%95%e0%a5%8b-%e0%a4%ae%e0%a5%81%e0%a4%96%e0%a5%8d%e0%a4%af%e0%a4%ae%e0%a4%a8%e0%a5%8d%e0%a4%a4%e0%a5%8d%e0%a4%b0%e0%a5%80-%e0%a4%a8%e0%a4%bf/feed/ 0
भरत महर्जनका परिवारले डुबाएको सुमेरु सहकारी उकास्न कस्सिए पूर्व राजाका ज्वाइँ राजबहादुर सिंह https://gyaanghar.com/2024/07/18/%e0%a4%ad%e0%a4%b0%e0%a4%a4-%e0%a4%ae%e0%a4%b9%e0%a4%b0%e0%a5%8d%e0%a4%9c%e0%a4%a8%e0%a4%95%e0%a4%be-%e0%a4%aa%e0%a4%b0%e0%a4%bf%e0%a4%b5%e0%a4%be%e0%a4%b0%e0%a4%b2%e0%a5%87-%e0%a4%a1%e0%a5%81/ https://gyaanghar.com/2024/07/18/%e0%a4%ad%e0%a4%b0%e0%a4%a4-%e0%a4%ae%e0%a4%b9%e0%a4%b0%e0%a5%8d%e0%a4%9c%e0%a4%a8%e0%a4%95%e0%a4%be-%e0%a4%aa%e0%a4%b0%e0%a4%bf%e0%a4%b5%e0%a4%be%e0%a4%b0%e0%a4%b2%e0%a5%87-%e0%a4%a1%e0%a5%81/#respond Thu, 18 Jul 2024 14:23:07 +0000 https://gyaanghar.com/?p=9903 साढे सात अर्ब बचत फिर्ताको प्रस्तावसहित दुवै पक्ष परामर्शमा, वकिल प्रहरीमा खिलानाथ ढकाल काठमाडौँ- ललितपुरका भरत महर्जन तथा उनको परिवारले डुबाएको सुमेरु बचत तथा सहकारी संस्था उकास्न राजबहादुर सिंहले अग्रसरता लिएका छन्। पूर्व राजा ज्ञानेन्द्र शाहका ज्वाइँ सिंहले सुमेरु सहकारीका बचतकर्ताको डुबेको साढे सात अर्ब निक्षेप फिर्ता गराउन सिंहले अग्रसरता लिएका हुन्। सहकारीको रकम अपचलनपछि महर्जन […]

The post भरत महर्जनका परिवारले डुबाएको सुमेरु सहकारी उकास्न कस्सिए पूर्व राजाका ज्वाइँ राजबहादुर सिंह appeared first on Gyaan Ghar.

]]>


साढे सात अर्ब बचत फिर्ताको प्रस्तावसहित दुवै पक्ष परामर्शमा, वकिल प्रहरीमा

खिलानाथ ढकाल

काठमाडौँ- ललितपुरका भरत महर्जन तथा उनको परिवारले डुबाएको सुमेरु बचत तथा सहकारी संस्था उकास्न राजबहादुर सिंहले अग्रसरता लिएका छन्।

पूर्व राजा ज्ञानेन्द्र शाहका ज्वाइँ सिंहले सुमेरु सहकारीका बचतकर्ताको डुबेको साढे सात अर्ब निक्षेप फिर्ता गराउन सिंहले अग्रसरता लिएका हुन्।

सहकारीको रकम अपचलनपछि महर्जन तथा उनको परिवारै बेलायत पलायन भएका बखत सिंहले उक्त सहकारीसहित बढे बढाइएको सम्पत्तिको स्वामित्व आफैँ लिने गरी निक्षेप फिर्ताको पहल गरिरहेका छन्।

भरतको पुलचोकस्थित सुमेरु सहकारी र उनका छोरा सचिन महर्जनले सञ्चालन गरेको कालीमाटीस्थित सुमेरु सहकारीका बचतकर्ताको निक्षेप फिर्ताको प्रस्तावसहित कानुन व्यवसायी बलराम सुवेदी कानुनी परामर्शमा छन्।

सुवेदी महर्जन परिवारनिकट कानुन व्यवसायी हुन्। उनले सहकारी ठगीको मुद्दा ब्युरोमा पुगेपछि कानुन व्यवसायीको रूपमा काम गरिरहेका छन्।

दुवै सहकारीको निक्षेप अपचलनबारे नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले अनुसन्धान गरिरहेको छ।

उक्त निक्षेप कानुनी परिबन्ध मिलाएर फिर्ताको प्रस्तावसहित सुवेदी बिहीबार केन्द्रीय अनुसन्धान ब्युरोमा पुगेका थिए।

त्यस क्रममा ब्युरोका अधिकृतसँग उनले छलफल गरेका थिए। बचतकर्ताको निक्षेप फिर्ता भए मुद्दामा मिलापत्र हुने कानुनी व्यवस्थाअनुसार उनले ब्युरोका अधिकृतसँग छलफल गरेको बुझिएको छ।

सुवेदी आफैँले बचतकर्ताको रकम फिर्ता गर्नेबारे छलफल चलिरहेको बताए। ‘दुवै सहकारीको समस्याबारे प्रहरीले अनुसन्धान गरिरहेको छ, बचत फिर्ताको विषयमा छलफल चलिरहेको हो,’ उनले भने, ‘अहिलेसम्म म कानुन व्यवसायीका नाताले मुद्दा हेर्नेबाहेक आधिकारिक व्यक्ति होइन, तर पहल भइरहेको छ।’

सिंहले बचतकर्ताको साढे सात अर्ब रुपैयाँ फिर्ता गर्ने सर्त राखेर दुवै सहकारीको स्वामित्व लिने तयारीबारे उनले ‘छलफलको क्रममा रहेको’ बताए।

निक्षेप फिर्ता भएको खण्डमा महर्जन परिवार कानुनी परिबन्धबाट मुक्त हुनेछन् भने अर्कोतर्फ सुमेरु सहकारीबाट बढे-बढाइएको सम्पत्तिको स्वामित्व सिंहले हात पार्नेछन्।

ब्युरोका अधिकृतहरूका अनुसार पुलचोकको सहकारीको मात्रै साढे सात अर्ब अपचलनको जाहेरी ब्युरोमा परेको छ। सो सहकारीका कोही पनि पक्राउ परेका छैनन्।

प्रमुख सञ्चालक भरत महर्जनविरुद्ध पक्राउ पुर्जी साथै नेपाल प्रहरीले इन्टरपोलमार्फत खोजीका लागि ‘रेड नोटिस’ जारी गरेको छ।

कालीमाटीको सहकारीबाट १५ करोड रुपैयाँ अपचलन भएको जाहेरी ब्युरोमा परेको छ। त्यहाँका दुई जना सञ्चालक सदस्य पक्राउ परेका छन्।

बाबु-छोरा र नातेदारहरू संलग्न दुवै सहकारी डुबेपछि महर्जन परिवारै बेलायत पलायन भएका छन्।

पुलचोकको सुमेरु सहकारी बागमती प्रदेश सहकारी रजिस्टारको कार्यालयमा दर्ता छ भने कालीमाटीको सुमेरु काठमाडौँ महानगरपालिकामा दर्ता छ।

‘अफिसियल्ली कुनै डकुमेन्ट आएको छैन, तर राजबहादुर सिंहले सहकारीको स्वामित्व लिने गरी बचत फिर्ताको कुरा आएको छ,’ ब्युरो स्रोतले भन्यो।

भरतले स्थापना गरेको पुलचोकको सुमेरु सहकारीको हालको अध्यक्ष उनकी श्रीमती राजमाया महर्जन छिन्। कालीमाटीको सहकारीको अध्यक्ष छोरा सचिन महर्जन छन्। यी दुवै सहकारीमा महर्जन परिवारका नातागोता मुख्य हर्ताकर्ता रहेका छन्।

पुलचोकको सुमेरुको धापाखेल र गठ्ठाघरमा शाखा छ। उक्त सहकारीको धापाखेलमा सुमेरु अस्पताल, पुलचोकमा सुमेरु सिटी अस्पताल, सात दोबाटोमा एसियन कलेज, शंकरापुर एकेडेमी छन्।

सुमेरु ग्रुपका नाममा हाउजिङ, मार्ट, मनी एक्सचेन्ज, टुर एन्ड ट्राभल्सलगायत डेढ एक दर्जन कम्पनी रहेका छन्।

डुबेको बचत फिर्ता र स्वामित्व जिम्मा लगाउने बारेमा दुई पक्षबिच कुराकानी भएको स्रोतले बतायो। तर, कानुनी व्यवसायी सुवेदीले भने यसबारे आधिकारिक आफूलाई थाहा नभएको बताए।

बचत फिर्तापछि पूर्वराजका ज्वाइँ राजबहादुरले ती सबै कम्पनीको स्वामित्व लिन सक्ने बताइएको छ। त्यो स्वामित्व लिँदा थप रकम गर्नुपरेको खण्डमा के गर्ने भन्नेबारे सिंह र महर्जन परिवार बिच आपसी छलफल चलिरहेको बताइएको छ।

महर्जनले २०५७ सालबाट ललितपुरको पुलचोकमा कार्यालय राखेर सुमेरु सहकारी सुरु गरेका थिए।

महर्जनले २०६८ मा धापाखेलमा ३०० शय्याको सुमेरु सामुदायिक अस्पताल स्थापना गरेका थिए। उनले २०६९ सालमा पुलचोकमै १०० शय्याको सुमेरु सिटी अस्पताल खोलेका थिए।

उनले सुमेरु मेडिकल कलेज, एसियन कलेज अफ एडभान्स स्टडिज, शंकरापुर एकेडेमी, रिपोर्ट, कृषि फार्मलगायत काठमाडौँ उपत्यकाका साथै बाहिरका जिल्लामा जग्गा खरिद गरेका थिए।

सहकारीको निक्षेप रकम अन्य कम्पनीहरूमा लगानी गरेकाले महर्जन परिवार सहकारी अपचलनमा फसेका हुन्।

कालीमाटीको सुमेरु सहकारीका ५८ निवेदकमध्ये जनामध्ये २६ जनाले बचत फिर्ता भए मिलापत्र गरिदिन भनी ब्युरोमा उजुरी दिएको प्रवक्ता प्रहरी उपरीक्षक होविन्द्र बोगटीले बताए। बचत फिर्ताको कुरा लिएर कानुन व्यवसायी सुवेदी सहजकर्ताको रूपमा ब्युरोमा आएको उनले बताए।

‘सबै बचतकर्ताले निवेदन दिए भने र उनीहरूको निक्षेप फिर्ता भएको खण्डमा सरकारी वकिलको कार्यालयमा मिलापत्र गराउन सकिन्छ,’ उनले भने, ‘अन्यथा, ठगी मुद्दा चलिरहन्छ।’

The post भरत महर्जनका परिवारले डुबाएको सुमेरु सहकारी उकास्न कस्सिए पूर्व राजाका ज्वाइँ राजबहादुर सिंह appeared first on Gyaan Ghar.

]]>
https://gyaanghar.com/2024/07/18/%e0%a4%ad%e0%a4%b0%e0%a4%a4-%e0%a4%ae%e0%a4%b9%e0%a4%b0%e0%a5%8d%e0%a4%9c%e0%a4%a8%e0%a4%95%e0%a4%be-%e0%a4%aa%e0%a4%b0%e0%a4%bf%e0%a4%b5%e0%a4%be%e0%a4%b0%e0%a4%b2%e0%a5%87-%e0%a4%a1%e0%a5%81/feed/ 0
कार्कीछापका दुई किशोरी जब पुगे जोगबनी … https://gyaanghar.com/2024/06/07/%e0%a4%95%e0%a4%be%e0%a4%b0%e0%a5%8d%e0%a4%95%e0%a5%80%e0%a4%9b%e0%a4%be%e0%a4%aa%e0%a4%95%e0%a4%be-%e0%a4%a6%e0%a5%81%e0%a4%88-%e0%a4%95%e0%a4%bf%e0%a4%b6%e0%a5%8b%e0%a4%b0%e0%a5%80-%e0%a4%9c/ https://gyaanghar.com/2024/06/07/%e0%a4%95%e0%a4%be%e0%a4%b0%e0%a5%8d%e0%a4%95%e0%a5%80%e0%a4%9b%e0%a4%be%e0%a4%aa%e0%a4%95%e0%a4%be-%e0%a4%a6%e0%a5%81%e0%a4%88-%e0%a4%95%e0%a4%bf%e0%a4%b6%e0%a5%8b%e0%a4%b0%e0%a5%80-%e0%a4%9c/#respond Fri, 07 Jun 2024 06:24:18 +0000 https://gyaanghar.com/?p=9514 विराटनगर- धनकुटा साँगुरीगढी कार्कीछाप टोलमा दुई अपरिचित युवा कार लिएर पुग्छन्। उनीहरू मानव बेचबिखन तथा ओसारपसार कार्यमा संलग्न हुन्छन्। नेपाली किशोरीहरूलाई वैदेशिक रोजगारी दिलाउने भन्दै फकाएर भारत पुर्‍याउने गिरोहका एजेन्ट उनीहरू त्यही सिलसिलामा कार लिएर कार्कीछाप टोल पुगेका हुन्छन्। गाउँका सोझासाझा किशोरी र उनीहरूका परिवार गाउँमा अपरिचित व्यक्ति आएकोबारे जानकारी त हुन्छ। तर, उनीहरू आफ्ना छोरी […]

The post कार्कीछापका दुई किशोरी जब पुगे जोगबनी … appeared first on Gyaan Ghar.

]]>
  • भोजराज घिमिरे

विराटनगर- धनकुटा साँगुरीगढी कार्कीछाप टोलमा दुई अपरिचित युवा कार लिएर पुग्छन्।

उनीहरू मानव बेचबिखन तथा ओसारपसार कार्यमा संलग्न हुन्छन्।

नेपाली किशोरीहरूलाई वैदेशिक रोजगारी दिलाउने भन्दै फकाएर भारत पुर्‍याउने गिरोहका एजेन्ट उनीहरू त्यही सिलसिलामा कार लिएर कार्कीछाप टोल पुगेका हुन्छन्।

गाउँका सोझासाझा किशोरी र उनीहरूका परिवार गाउँमा अपरिचित व्यक्ति आएकोबारे जानकारी त हुन्छ। तर, उनीहरू आफ्ना छोरी चेली बेच्ने सिलसिलामा आएका हुन्/हैनन् भन्ने शङ्काको मेसो नपाउँदै दुई किशोरी घरबाट बेपत्ता हुन्छन्।

ती किशोरीलाई फ्रि भिसा फ्रि टिकटमा वैदेशिक रोजगारीमा आकर्षक तलब-सुविधा हुने आश्वासन एजेन्टले दिएका हुन्छन्। एजेन्टको कुरामा मक्ख परेर किशोरी उनीहरूसँग हिँड्न तयार भएका हुन्छन्।

भोलिपल्टसम्म आफ्ना छोरी बेपत्ता भएपछि आफन्त प्रहरीको सम्पर्कमा पुग्छन्। प्रहरीले गाउँमा कोही नयाँ मानिस आएको हो/हैन र तिनीहरूको हुलियाबारे सोध्छन्।  

हुलिया तथा सङ्केतहरू प्राप्त गरेपछि प्रहरी परिचालन भएका हुन्छन्। यसबिचमा एजेन्टले कारमा राखेर युवतीलाई जोगबनीतिर हिँडाउने चाँजो मिलाइसकेका हुन्छन्। तर, युवतीलाई उनीहरूले वैदेशिक रोजगारीमा लैजाने कानुनी बाटो अपनाइरहेका हुँदैनन्।

‘काठमाडौँ देखेका छौँ बहिनीहरूले?,’ एजेन्टले सोधे।

युवती भन्छन्, ‘छैन नि!’

‘उसो भए जाने त?,’ एजेन्टले सोधे।

‘जाने नि!,’ किशोरीले स्वीकृति दिन्छन्।

यसपछि एजेन्टले भने, ‘रेल चढेका छौ? चढ्ने हो?’

किशोरीले ‘चढ्ने’ भनेपछि उनीहरूले जोगबनीतिर हिँडाउँछन्। जोगबनीबाट वीरगन्जको रेल चढ्दै त्यहाँबाट काठमाडौँ जाने बताउँछन्।

एजेन्टसँग कुरामा लट्ठिएर सोझा किशोरीलाई घुमाउरो र पहाडी बाटोमा चक्कर लाग्छ।  

बाटोमा चक्कर लागेपछि युवतीलाई एजेन्टले औषधी भन्दै बेहोस पार्ने ट्याब्लेट खुवाइदिन्छन्।

युवतीहरू बेहोस भएपछि ती दुई एजेन्टलाई बोर्डर पुर्‍याउन झन् सजिलो हुन्छ।

यसरी एजेन्टले उनीहरूलाई जोगबनी पुर्‍याउँदै गर्दा भारतमा रहेका चेलीबेटी बेचबिखनका नाइकेसँग संवाद गर्छन्। दुई युवती ल्याइरहेको सूचना दिन्छन्।

दुई युवती हराएको सूचना पाएको प्रहरीको टोली जोगबनी परिचालन भएर ती किशोरीको खोजीमा व्यापक सर्च गरिरहेको हुन्छ।

जोगबनी नाका पुगेपछि एजेन्ट समातिन्छन्। किशोरीलाई एजेन्टले भनेका कुराबारे प्रहरीले सोधी खोजी गर्दा उनीहरूले बेचिन लागेको सुइँको बल्ल पाउँछन्। सबै कुरा बताएपछि एजेन्ट प्रहरी खोरमा पुग्छन्।

वास्तवमा यो कथा चेलीबेटी बेचबिखन सम्बन्धी प्रहरीले तयार पारेको सचेतनामूलक भिडिओ हो। र, नेपाली युवतीलाई विदेशमा रोजगारीको लोभ देखाएर नाका कटाउँदै भारततिर बेचबिखनमा पुर्‍याउन एजेन्टले कस्तो तरिका अपनाउँछन् भन्ने त्यहाँ उल्लेख छ।

कोसी प्रदेश प्रहरी कार्यालय विराटनगरले बिहीबार एक कार्यक्रम गर्दै १५ मिनेट लामो यो सचेतनामूलक भिडिओ सार्वजनिक गरेको छ।

‘वास्तवमै हाम्रो गाउँ-घरमा गरिबी, बेरोजगार सोझासिदा दिदीबहिनीहरूलाई एजेन्टले कसरी फसाएर बेचबिखनसम्म पुर्‍याउँछन् भन्ने सन्देश दिन यो भिडिओ तयार पारिएको हो,’ कोसी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक चन्द्र कुबेर खापुङले भने।

उनका अनुसार ‘महिला हिंसा तथा मानव बेचबिखनविरुद्ध जनचेतनामूलक भिडिओ’ ‘सचेतना’ कोसी प्रदेश सामाजिक विकास मन्त्रालयको सहकार्यमा निर्माण गरिएको हो। उक्त भिडिओ सामाजिक विकास मन्त्री पाँच कर्ण राईले सार्वजनिक गरेका थिए।

कार्यक्रमका मुख्य अतिथि रहेका उनले मानव बेचबिखन सचेतनाको कार्यक्रम सार्वजनिक गर्दा चेलीबेटी र आफन्तले भोगिरहेको पीडा उजागर भएको तथा त्यसको रोकथामका लागि भूमिका खेल्ने बताए।

‘यो भिडिओले नेपाली समाजको सचित्र बिम्ब र वास्तविक चित्र उजागर गरेको छ,’ उनले भने, ‘चेलीबेटी बेचबिखनमा सक्रियता साथ लागेर सचेतना फैलाउने कार्य गरेकोमा प्रहरी कर्मचारीहरूलाई हार्दिक धन्यवाद।’

कार्यक्रममा प्रहरी नायब महानिरीक्षक खापुङले प्रहरीले केही न केही सामाजिक हितका लागि र विकृतिको विरुद्धमा कार्यक्रम ल्याइरहने भन्दै ‘सचेतना’ भिडिओ त्यसमध्येको एउटा रहेको बताए।

उनले यस्तो भिडिओले गाउँ-गाउँसम्म पुर्‍याएर चेलीबेटीहरू र आफन्तलाई सचेत गराउन महत्त्वपूर्ण भूमिका खेल्ने बताए।

खापुङले यो भिडिओ नेपाल प्रहरीको प्रदेशस्थित फेसबुक पेज, युट्युबलगायत च्यानलबाट व्यापक बनाइने बताए। ‘गाउँमा कोही अपरिचित व्यक्ति आएर डुलिरहेका छन् भने उनीहरूको गतिविधि हामीले बुझ्नुपर्ने हुन्छ,’ उनले भने, ‘कतै अपराध त हुन गइरहेको छैन भनेर हामी बेलैमा सचेत भयौँ भने घटना न्यूनीकरणमा सहयोग पुग्छ।’

The post कार्कीछापका दुई किशोरी जब पुगे जोगबनी … appeared first on Gyaan Ghar.

]]>
https://gyaanghar.com/2024/06/07/%e0%a4%95%e0%a4%be%e0%a4%b0%e0%a5%8d%e0%a4%95%e0%a5%80%e0%a4%9b%e0%a4%be%e0%a4%aa%e0%a4%95%e0%a4%be-%e0%a4%a6%e0%a5%81%e0%a4%88-%e0%a4%95%e0%a4%bf%e0%a4%b6%e0%a5%8b%e0%a4%b0%e0%a5%80-%e0%a4%9c/feed/ 0
भुमिपति बने पछिको खुसी : अव घर वास बनाएर तरकारी लगाउँछौ https://gyaanghar.com/2024/01/09/%e0%a4%ad%e0%a5%81%e0%a4%ae%e0%a4%bf%e0%a4%aa%e0%a4%a4%e0%a4%bf-%e0%a4%ac%e0%a4%a8%e0%a5%87-%e0%a4%aa%e0%a4%9b%e0%a4%bf%e0%a4%95%e0%a5%8b-%e0%a4%96%e0%a5%81%e0%a4%b8%e0%a5%80-%e0%a4%85%e0%a4%b5/ https://gyaanghar.com/2024/01/09/%e0%a4%ad%e0%a5%81%e0%a4%ae%e0%a4%bf%e0%a4%aa%e0%a4%a4%e0%a4%bf-%e0%a4%ac%e0%a4%a8%e0%a5%87-%e0%a4%aa%e0%a4%9b%e0%a4%bf%e0%a4%95%e0%a5%8b-%e0%a4%96%e0%a5%81%e0%a4%b8%e0%a5%80-%e0%a4%85%e0%a4%b5/#respond Tue, 09 Jan 2024 03:31:13 +0000 https://gyaanghar.com/?p=6408 विशाल बस्नेत/न्युज कारखाना  महोत्तरी, २३ पुस । महोत्तरी बर्दिबास-२ का अमृत आले पढ्न जान्दैनन् तर लालपुर्जामा टाँसेको उनकी श्रीमती सुकमाया आले र आफ्नै फोटो छाम्दै दङ्ग देखिन्छन् । उनको खुसी अनुहारमा छल्किरहेको छ ।   नगरले आइतबार वितरण गरेको लालपुर्जामा के लेखेको छ ? भन्ने उनलाई यसको प्रवाह त छैन तर  यो पुर्जा भुमिपती बनेको प्रमाण हो […]

The post भुमिपति बने पछिको खुसी : अव घर वास बनाएर तरकारी लगाउँछौ appeared first on Gyaan Ghar.

]]>

  • विशाल बस्नेत/न्युज कारखाना 

महोत्तरी, २३ पुस । महोत्तरी बर्दिबास-२ का अमृत आले पढ्न जान्दैनन् तर लालपुर्जामा टाँसेको उनकी श्रीमती सुकमाया आले र आफ्नै फोटो छाम्दै दङ्ग देखिन्छन् । उनको खुसी अनुहारमा छल्किरहेको छ ।

 

नगरले आइतबार वितरण गरेको लालपुर्जामा के लेखेको छ ? भन्ने उनलाई यसको प्रवाह त छैन तर  यो पुर्जा भुमिपती बनेको प्रमाण हो भन्ने चैँ थाहा छ ।

 

नगरले आयोजना गरेको एक समारोहमा आलेजस्तै ५२ घरधुरी लालपुर्जा हातमा बोकेर भुमिपती भएको खुसी साटासाट गरिरहेका थिए । जिन्दगीभरि कहाँ बस्ने र के खाने ? भन्ने त्राहि-त्राहीमा रहेका भूमिहीन तथा दलित भूमिहीन लालपुर्जा देखाउँदै अनेक सपनाहरू सुनाई रहँदा खुसी र सुख के हो ? भन्ने अनुभूति जो कोहीले गरिरहेका देखिन्थ्यो ।

 

प्रमुख अतिथि तथा अतिथिहरूले हस्तान्तरण गरेको लालपुर्जा हातमा लिएपछि आले र उनकी श्रीमतीले नगरबाट प्राप्त जग्गामा सानो घर बनाएर तरकारी खेती गर्ने योजना सुनाए । `बुढेसकालमा आफ्नै नाममा जग्गा भएको छ । यहाँ भन्दा ठुलो खुसी के हुन सक्छ र ?´ आले दम्पतीले भने, `कमसेकम मर्ने बेलामा भुमिपति भएर मर्न पाइने भयो ।´

 

उमेरले डाँडो काटे तापनि आले अहिले पनि ठेला चलाउँछन् । यही पेसाबाट नै भएको आम्दानीले उनले दुई छोरी र दुई छोराको विवाह गरिदिए । `छोराहरूले कमाउन थाले तापनि आफ्नै जग्गा र घर जोर्ने सपना सपनामा नै सीमित बन्यो,´ उनले भने, `अब जग्गा नगरले दियो, घर बनाउन छोराहरूलाई भन्छु ।´

वडा न.२ कै चतुरमाया परियार त लालपुर्जा हातमा परेपछि निक्कै बेर भावुक भइन । उमेरले ६९ वर्ष पुगेकी परियार छोराछोरी भएता पनि एक्लिएको अनुभूति भएता पनि नगरले जग्गा दिएर सहारा प्रदान गरेको बताइन । `एउटा छाप्रो बनाउँछु अनि तरकारी लगाएर भए पनि अब जीविकोपार्जन गर्छु,´ परियारले भनिन ।

 

अझ सोममाया लामिछानेको त आफ्नो जग्गा नहुँदा लामो समय देखी कोठामा बस्दै आएकी थिइन । घर बासको लागि आफ्नै जग्गा थिएन । बनिबुताे गरेर जीविकोपार्जन गर्दै आएकी उनको श्रीमान् बर्छौ पहिला बितेका थिए । `घर वास नहुँदाको पीडा मलाई जति अरू कसलाई थाहा होला र ?´ सोममायाले खुसी हुँदै भनिन, `कमसेकम भूमि आयोग र नगरले हाम्रो पिडालाई थोरै भएपनी मलम लगाउने प्रयास गरेको छ ।´

 

उनीहरू जस्तै बर्दिबास-२ स्थित २५ नम्बर बहादुरगन्ज ४ घ कित्ता न.३२ वाट प्रति घरधुरी १ कट्ठाका दरले पहिलो चरणमा लालपुर्जा पाउने ५३ घर परिवारको उस्तै खुसी छ । जग्गा पाएपछि उनीहरूले घरवास बनाउने मात्र योजना बनाएका छैनन्, तरकारी तथा अन्य उत्पादन गरेर व्यावसायिक बन्ने समेत सपना बुनेका छन् ।

 

पहिलो चरणमा परेका ६० आवेदन मध्य प्रक्रिया पूरा भएको ५७ जना पूर्ण भूमिहीनलाई जग्गा उपलब्ध गराउने निर्णय गर्दै राष्ट्रिय भूमि आयोग महोत्तरीले २२ मङ्सिरमा हकदावीको लागी नामावली प्रकाशन गरेको थियो ।

 

त्यसमध्ये ३ जनाको नाममा उजुरी परेपछि २९ मङ्सिरमा आयोगले ५३ जनालाई लालपुर्जा दिने निर्णय गरेको भूमि आयोग महोत्तरीका अध्यक्ष ज्ञान बहादुर गोलेले जानकारी दिए ।

 

सोहीअनुसार आज ५३ जना भूमिहीनलाई लालपुर्जा वितरण गरिएको अध्यक्ष गोलेको भनाई छ । अन्य भूमिहीनको नाममा छानबिन भइरहेको पनि उनले बताए ।

 

६० जना मध्ये  कसैको नाममा जग्गा देखिएको, कसैको नाममा उजुरी परेको हुनाले भूमि आयोगले छानबिनको लागी ३ जनाको विज्ञ सदस्य संयोजकत्वमा समिति बनाएको छ । समितिले पेस गरेको प्रतिवेदनको आधारमा प्रक्रिया अगाडी बढाइने भूमि आयोगले जनाएको छ ।

 

यता आफ्नै  कार्यकालमा नगरभित्र रहेका कसैलाई भूमिहीन हुन नदिने नगरप्रमुख प्रह्लाद कुमार क्षेत्रीले बताए । अव्यवस्थित वसोवासीको समेत काम तीव्र रूपमा गरेको बताउँदै कसैलाई पनि निराश हुने वातावरण सिर्जना हुन नदिने प्रमुख क्षेत्रीको प्रतिबद्धता छ ।

The post भुमिपति बने पछिको खुसी : अव घर वास बनाएर तरकारी लगाउँछौ appeared first on Gyaan Ghar.

]]>
https://gyaanghar.com/2024/01/09/%e0%a4%ad%e0%a5%81%e0%a4%ae%e0%a4%bf%e0%a4%aa%e0%a4%a4%e0%a4%bf-%e0%a4%ac%e0%a4%a8%e0%a5%87-%e0%a4%aa%e0%a4%9b%e0%a4%bf%e0%a4%95%e0%a5%8b-%e0%a4%96%e0%a5%81%e0%a4%b8%e0%a5%80-%e0%a4%85%e0%a4%b5/feed/ 0
फलफूल बेचर मासिक ४ लाख कमाउने व्यवसायी अग्नि कँडेल भन्छन्, ‘देशमै प्रशस्त सम्भावना छ’ https://gyaanghar.com/2024/01/04/%e0%a4%ab%e0%a4%b2%e0%a4%ab%e0%a5%82%e0%a4%b2-%e0%a4%ac%e0%a5%87%e0%a4%9a%e0%a4%b0-%e0%a4%ae%e0%a4%be%e0%a4%b8%e0%a4%bf%e0%a4%95-%e0%a5%aa-%e0%a4%b2%e0%a4%be%e0%a4%96-%e0%a4%95%e0%a4%ae%e0%a4%be/ https://gyaanghar.com/2024/01/04/%e0%a4%ab%e0%a4%b2%e0%a4%ab%e0%a5%82%e0%a4%b2-%e0%a4%ac%e0%a5%87%e0%a4%9a%e0%a4%b0-%e0%a4%ae%e0%a4%be%e0%a4%b8%e0%a4%bf%e0%a4%95-%e0%a5%aa-%e0%a4%b2%e0%a4%be%e0%a4%96-%e0%a4%95%e0%a4%ae%e0%a4%be/#respond Thu, 04 Jan 2024 06:11:07 +0000 https://gyaanghar.com/?p=6278 बाग्लुगको बिहुका अग्निधर कँडेल, वि.सं. २०५९ सालमा १२०० रुपैयाँ बोकेर काठमाडौँ पसेका हुन । त्यही अग्नि, राजधानी काठमाडौँमा सफल व्यवसायी बन्न सफल भए । उनी आफ मात्र सफल भएनन्, आफ्ना १५ जना आफन्तलाई पनि सफल व्यवसायी बनाए । धैर्यताका साथ काम गर्ने हो भने व्यवसायमा राम्रो प्रगति गर्न सकिने बताउँछन् फलफूल व्यवसायी, अग्निधर कँडेल । […]

The post फलफूल बेचर मासिक ४ लाख कमाउने व्यवसायी अग्नि कँडेल भन्छन्, ‘देशमै प्रशस्त सम्भावना छ’ appeared first on Gyaan Ghar.

]]>
बाग्लुगको बिहुका अग्निधर कँडेल, वि.सं. २०५९ सालमा १२०० रुपैयाँ बोकेर काठमाडौँ पसेका हुन । त्यही अग्नि, राजधानी काठमाडौँमा सफल व्यवसायी बन्न सफल भए । उनी आफ मात्र सफल भएनन्, आफ्ना १५ जना आफन्तलाई पनि सफल व्यवसायी बनाए ।
धैर्यताका साथ काम गर्ने हो भने व्यवसायमा राम्रो प्रगति गर्न सकिने बताउँछन् फलफूल व्यवसायी, अग्निधर कँडेल ।
स्कुले पढाई बागलुङको बिँहुमा पुरा गरेपछि उनी थप अध्ययनको लागि   चितवनको भरतपुरमा रहेको वीरेन्द्र बहुमुखी क्याम्पस पुगे । पढाई सकेपछि वि.सं. २०५२ सालदेखि २०५८सम्म सामुदायिक वनमा काम गरे । उनीको त्यसको संस्थापक अध्यक्ष पनि भए ।
आफूलाई आत्मनिर्भर बनाउनुपर्दछ भन्दै उनले गैँडाकोटमा धानको व्यापार सुरु गरे । तर उनी त्यसमा सफल  हुन सकेनन् ।
केही गर्छु भनेर उनी काठमाडौँ पसे । अनि साथी वसन्त मानन्धरको सुझाव लिएर एउटा साइकल किने र फलफूलको व्यवसाय व्यापार सुरु गरे । आफ्नो कामलाई उनले निरन्तरता दिँदै गए । जस्तोसुकै कठिन परिस्थितिमा पनि उनको धैर्यता टुटेन । आज उनी काठमाडौँको नयाँबजार क्षेत्रमा सफल फलफूल व्यसायि हुन सफल भएका छन् ।
नेपालमा कुनै पेसा व्यवसायको सम्भावना नदेख्दा थुप्रै नेपालीहरू विदेश पलायन भइरहेको अवस्था छ । तर फलफूल व्यवसायी कँडेल, कहिले विदेश पलायन हुने सोचेनन् । आफ्नै देशको एउटा व्यवसाय छानेर उनी लागि रहे । र, अहिले उनी आफ्नो व्यवसायबाट सबै खर्च कटाएर मासिक ४ लाख कमाउँछन् । उनले स्थापित गरिदिएका अन्य १५ जना व्यसायिहरुले पनि वार्षिक औसत २० लाख कमाउने बताउँछन्, व्यवसायी कँडेल ।
व्यवसायी कँडेल भन्छन्, ‘फलफूल व्यवसायबाट काठमाडौँमा घर घडेरी जोडियो । बच्चालाई पढाउन कुनै दुख  छैन । अन्य १५ जना परिवार पनि विदेश घुम्न जान सक्नुहुन्छ तर रोजगारीको लागि विदेश पलायन भइहाल्नुपर्ने अवस्था छैन । मासिक १ लाख कमाई सबैको हुन्छ ।’ उनी अगाडि भन्छन्, ‘अब हाम्रो उद्देश्य अहिलेसम्मको कमाई जोडेर पर्यटन क्षेत्रमा अगाडि बढ्ने हो । व्यवसायलाई अझ फराकिलो पार्ने हो ।’
नेपालमा व्यवसायमा धेरै सम्भावना रहेको बताउँदै व्यावसायिक कँडेल भन्छन्, ‘सामुदायिक व्यवसाय र सामुदायिक उद्यमशीलताको नेपालमा प्रचुर सम्भावना छ ।’ यस प्रकारको व्यवसायलाई पर्यटनसँग जोड्नुपर्ने भन्दै उनी भन्छन्, ‘नेपालमा पर्यटन उद्योग मार्फत ठुलो विदेशी मुद्रा भित्र्याउन सकिन्छ । यस्तो व्यवसाय, एक्लै गरेर हुँदैन । एकै पटक २० घरले सुरुवात गरिनुपर्दछ । यसरी अगाडि बढे चक्लाबन्दी तथा एकीकृत बस्तीको अवस्था समेत सिर्जना गर्दछ ।’
नेपालको फलफूल व्यवसायको समस्याप्रति केन्द्रित हुँदै व्यवसायी कँडेल भन्छन्, ‘जुम्लामा स्याउ उत्पादन गरेर मात्र भएन । त्यसको क्वालिटी, व्यवस्थापन र बजारीकरणमा पनि ध्यान दिनुपर्‍यो ।  उनी भन्छन्, ‘किवी प्रशस्त उत्पादन भयो तर त्यसको क्वालिटीमा ध्यान दिइएन । बाहिरको किवी ३०० रुपैयाँमा बेच्दा नेपालको १०० रुपैयाँमा बेच्न पनि गाह्रो हुन्छ । किनकि त्यसको क्वालिटी हुँदैन ।’
व्यावसायिक कँडेल भन्छन्, ‘अहिले भारतको केराले तथा चीनको स्याउले बजार कब्जा गरेको छ । त्यसलाई रोक्न सरकारसँग कुनै व्यवस्थित योजना छैन ।’ उनी भन्छन्, ‘माल्टाबाट प्रशस्त जुनार आउँछ । त्यो भन्दा सिन्धुलीको जुनार धेरै राम्रो छ । सिन्धुली जस्ता क्षेत्रहरूलाई चक्लाबन्दी तथा पकेट क्षेत्र बनाएर अगाडि नबढ्दा समस्या आएको उनी बताउँछन् ।’
व्यवस्थित रूपमा फलफूल खेती गर्‍यो भने विदेश जाने पैसा रोक्न सकिन्छ । त्यसको लागि पकेट क्षेत्र निश्चित गरिनुपर्ने भन्दै व्यवसायी कँडेल बताउँछन्, ‘सिन्धुलीमा जुनार, पूर्वी तराईमा आँप, पश्चिम तराईमा केरा, जुम्लामा स्याऊ, मध्य पहाडी क्षेत्रमा सुन्तला खेतीलाई व्यवस्थित रूपमा उत्पादन गर्न सकियो भने ठुलो मात्रामा विदेशी मुद्रालाई नेपालमै रोक्न सकिन्छ ।’
पकेट क्षेत्र निर्धारण गरिसकेपछि कुनै पनि उत्पादनमा कुनै एक दुई घरले मात्र सुरु गरेर हुँदैन । ५० घर एकै पटक लाग्यो भने सफल हुन सकिन्छ । त्यसरी उत्पादन गर्दै जाँदा हाम्रा अर्ग्यानिक वस्तुहरूको उत्पादनमा वृद्धि गरिनुपर्दछ । दूधजन्य सामान, फलफूलको उत्पादनको वृद्धि गरिनुपर्ने उनी बताउँछन्, ‘यो विषयको अनुसन्धान गर्दै सामुदायिक खेतीतर्फ क्रियाशील हुनुपर्दछ । त्यसरी नै समाज रूपान्तरण हुने हो ।’
‘अहिलेको सीमित उत्पादनको व्यवसयिकरण गर्न नसक्दा विदेशी उत्पादनसँग प्रतिस्पर्धा गर्न सक्ने अवस्था नै छैन । नेताको भाषण मात्र भयो, विकासको नाममा डोजर मात्र चल्यो तर विकासको वास्तविकतातर्फ अग्रसर हुनै सकिएन । कृषिको राम्रो अनुसन्धान नै भएन ।’ व्यवसायी कँडेल भन्छन्,– सामाजिक उद्यमशीलताबाट आधुनिकीकरण, प्रतिस्पर्धा, क्वालिटी, राम्रो व्यवस्थापन हुन्छ । त्यो भयो भने राज्यको पनि ध्यान जान सक्छ ।’
 व्यावसायिक कँडेल, अहिले बागलुङको ढोरपाटनतर्फ क्रियाशील छन् । उनी भन्छन्, ‘ढोरपाटनमा विकासको धेरै सम्भावना छ । त्यो क्षेत्रको अध्ययन गर्दै हामी विकास तर्फ अग्रसर हुनेछौ । कृषि र पर्यटनसँग सम्बन्धित हुँदै पौष ११ गते देखि १५ गतेसम्म ढोरपाटनमा विशेष कार्यक्रम गरिँदै छ । त्यो कार्यक्रमको नेतृत्व डा.प्रेम शर्माले गर्दै छन् ।’
सुन र गाडिमात्न जोड्न बढी क्रियाशील हुने नेपाली जनतालाई व्यवसायी कँडेलको सुझाव छ, ‘त्यसरी देशको विकास हुँदैन ।’ उनी भन्छन्, ‘देशमा प्रशस्त श्रोत साधन छ, त्यसलाई सही रूपमा प्रयोग गर्नुपर्दछ । कृषिबाट उत्पादन हुन्छ भने पर्यटनबाट विदेशी मुद्रा सञ्चय गर्न सकिन्छ । यी दुवैलाई जोड्दै एक्लै दुक्लै हिँड्ने होइन, सामुदायिक पद्धतिबाट अग्रसर हुनुपर्दछ । आफ पनि आत्मनिर्भर हुने र समुदायलाई पनि आत्मनिर्भर बनाउन सकियो भने विदेश पलायनको समस्यालाई समाधान गर्न सकिन्छ अनि देशको विकास पनि हुन्छ ।’
(नयाँबजारका फलफूल व्यवसायी अग्निधर कँडेल र ज्ञानघरबिच भएको कुराकानीको आधारमा) 

The post फलफूल बेचर मासिक ४ लाख कमाउने व्यवसायी अग्नि कँडेल भन्छन्, ‘देशमै प्रशस्त सम्भावना छ’ appeared first on Gyaan Ghar.

]]>
https://gyaanghar.com/2024/01/04/%e0%a4%ab%e0%a4%b2%e0%a4%ab%e0%a5%82%e0%a4%b2-%e0%a4%ac%e0%a5%87%e0%a4%9a%e0%a4%b0-%e0%a4%ae%e0%a4%be%e0%a4%b8%e0%a4%bf%e0%a4%95-%e0%a5%aa-%e0%a4%b2%e0%a4%be%e0%a4%96-%e0%a4%95%e0%a4%ae%e0%a4%be/feed/ 0
को हुन् लुम्बिनीका नवनियुक्त मन्त्री रोज राणा ? https://gyaanghar.com/2023/12/26/%e0%a4%95%e0%a5%8b-%e0%a4%b9%e0%a5%81%e0%a4%a8%e0%a5%8d-%e0%a4%b2%e0%a5%81%e0%a4%ae%e0%a5%8d%e0%a4%ac%e0%a4%bf%e0%a4%a8%e0%a5%80%e0%a4%95%e0%a4%be-%e0%a4%a8%e0%a4%b5%e0%a4%a8%e0%a4%bf%e0%a4%af/ https://gyaanghar.com/2023/12/26/%e0%a4%95%e0%a5%8b-%e0%a4%b9%e0%a5%81%e0%a4%a8%e0%a5%8d-%e0%a4%b2%e0%a5%81%e0%a4%ae%e0%a5%8d%e0%a4%ac%e0%a4%bf%e0%a4%a8%e0%a5%80%e0%a4%95%e0%a4%be-%e0%a4%a8%e0%a4%b5%e0%a4%a8%e0%a4%bf%e0%a4%af/#respond Tue, 26 Dec 2023 10:21:56 +0000 https://gyaanghar.com/?p=6091 बुटवल, १० पुस । लुम्बिनी प्रदेश सरकारका नवनियुक्त दुई मन्त्रीले पद तथा गोपनीयताको शपथ लिए । शनिवार मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले मन्त्रिपरिषद् विस्तार गरेका थिए । प्रदेश प्रमुख अमिक शेरचनले नेकपा (माओवादी केन्द्र)बाट सहरी विकास मन्त्री बनेकी कृष्ण केसी र नेपाली काङ्ग्रेसबाट उद्योग तथा यातायात व्यवस्था मन्त्री बनेका सरोज थापा( रोज राणा) लाई आइतबार बुटवलमा शपथ खुवाएका […]

The post को हुन् लुम्बिनीका नवनियुक्त मन्त्री रोज राणा ? appeared first on Gyaan Ghar.

]]>

बुटवल, १० पुस । लुम्बिनी प्रदेश सरकारका नवनियुक्त दुई मन्त्रीले पद तथा गोपनीयताको शपथ लिए । शनिवार मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले मन्त्रिपरिषद् विस्तार गरेका थिए । प्रदेश प्रमुख अमिक शेरचनले नेकपा (माओवादी केन्द्र)बाट सहरी विकास मन्त्री बनेकी कृष्ण केसी र नेपाली काङ्ग्रेसबाट उद्योग तथा यातायात व्यवस्था मन्त्री बनेका सरोज थापा( रोज राणा) लाई आइतबार बुटवलमा शपथ खुवाएका हुन् ।

 

बाँकेकी केसी र प्युठानका थापालाई नयाँ सरकार गठन भएको ८ महिनापछि मन्त्री बनाए पनि मुख्यमन्त्री चौधरीले अझैँ मन्त्रिपरिषद्लाई पूर्णता दिन सकेका छैनन् । केसी र राणा दुवै प्रत्यक्ष निर्वाचित प्रदेशसभा सदस्य हुन् । लुम्बिनीमा माओवादी केन्द्रबाट धनबहादुर मास्की अर्थमन्त्री, काङ्ग्रेसबाट राजु खनाल स्वास्थ्य मन्त्री, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)बाट सन्तोषकुमार पाण्डेय गृहमन्त्री, जनता समाजवादी पार्टी (जसपा)बाट भण्डारीलाल अहिर कृषि तथा भूमि व्यवस्था मन्त्री, जनमत पार्टीबाट चन्द्रकेश गुप्ता सामाजिक विकास मन्त्री, नागरिक उन्मुक्ति पार्टीबाट धर्मबहादुर चौधरी भौतिक पूर्वाधार मन्त्री छन् । थप गरिएका दुई मन्त्रीसँगै लुम्बिनीको मन्त्रिपरिषद् ९ सदस्यीय बनेको छ ।

 

थपिएका दुई मन्त्रीमध्ये सरोज थापाको विषयलाई लिएर भने टिका टिप्पणी सुरु भएको छ । गुण्डागर्दी पृष्ठभूमिबाट आएका थापालाई मुख्यमन्त्री चौधरीले एकाएक मन्त्री बनाएपछि सरकारको नेतृत्व गरेको काङ्ग्रेससँगै सत्तारुढ दलभित्र चर्को आलोचना सुरु भएको छ । काङ्ग्रेसबाट संस्थापन इतर समूहबाट एक जनालाई पनि सरकारमा नलैजाने मुख्यमन्त्री चौधरीको निर्णयप्रति काँग्रेस प्रदेश नेतृत्व असन्तुष्ट बनेको छ ।

 

मुख्यमन्त्री चौधरी सभापति शेरबहादुर देउवा निकट हुन् । मुख्यमन्त्री चौधरीले वन वातावरण पर्यटन तथा खानेपानी मन्त्रालय आफैँले राखेका छन् । १० सदस्यीयभन्दा ठुलो ‘क्याबिनेट’ नबनाउने भनिए पनि भागबन्डा नपुग्ने भएपछि मन्त्रालय फुटाउने गरी सरकारले निर्णयसमेत गरेको छ । गत साताको मन्त्रिपरिषद्को बैठकले प्रदेश सरकार कार्य विभाजन नियमावली–२०७९ को अनुसूची १ र २ हेरफेर गर्ने निर्णय गरेको हो । नियमावलीको अनुसूची १ मा लुम्बिनी प्रदेशमा रहने मन्त्रालयको सङ्ख्या किटान गरेको छ ।

काँग्रेसभित्रको विवाद मिलाउन नसक्दा मन्त्रिपरिषद्ले अझैँ पूर्णता पाउन सकेको छैन । काँग्रेसका डिल्लीबहादुर चौधरी नेतृत्वको सरकारलाई सोही पार्टीका २७, माओवादी केन्द्रका ११, नागरिक उन्मुक्ति पार्टीका चार, जनमत पार्टी, जनता समाजवादी पार्टी (जसपा) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का तीन–तीन, राष्ट्रिय जनमोर्चा, नेकपा (एकीकृत समाजवादी)का एक–एक जना र स्वतन्त्र एक सांसद गरी ५३ जना सांसदको समर्थन छ ।
१० राजनीतिक दलको प्रतिनिधित्व रहेको प्रदेशसभा ८७ सदस्यीय छ । प्रदेशसभामा सबैभन्दा ठुलो दल नेकपा (एमाले) हो । एमालेका २९ सांसद छन् ।

 

यस्तो छ रोजको पृष्ठभूमि

सरोजबाट रोज बनेका उनको पहिलो सार्वजनिक छवि फिल्म निर्माता नै हो । उनले ‘दादागिरी’, ‘डन’, ‘खलनायक’, ‘महान्’, ‘टक्कर दुई मुटुको’ लगायतका फिल्म निर्माण गरेका थिए । उनले ‘मेरो पैसा खोइ’ र ‘जय परशुराम’को निर्देशन समेत गरे ।

फिल्म क्षेत्रका कलाकार उनको डनगिरीबाट हैरान थिए । आफ्नो फिल्म अभिनय गर्न नमान्ने कलाकारलाई उनी अपहरणै गर्थे । त्यो बेलाका स्टार निखिल उप्रेतीले उनको फिल्ममा अभिनय गर्न नमान्दा घरैबाट उडाउने धम्की दिएको घटना प्रहरीसम्म पुगेको थियो ।

 

फिल्म त एउटा देखाउने धन्दा भइहाल्यो । उनको असली धन्दा रात्रिकालीन व्यवसाय थियो । त्यो बेलामा काठमाडौँमा नग्न डान्स बारको बिगबिगी थियो । रोजको बागबजार अनि गंगबुमा डान्सबार थियो । बागबजारमा रहेको उनको डान्सबार नग्न नृत्यका लागि कुख्यात थियो ।

काठमाडौँमा तत्कालीन एसएसपी थिए, रमेश खरेल । बागबजारमा रहेको टप भिआइपी डान्सबारमा छापा मार्ने क्रममा पक्राउ परेका युवतीहरूले बार सञ्चालकले जबरजस्ती नाङ्गै नचाउने गरेको बयान दिएपछि खरेलले रोजमाथि मानव बेचबिखनको आरोपमा अनुसन्धान प्रक्रिया अगाडि बढाए । केही महिना लुकेका उनी बागबजार क्षेत्रमै पक्राउ परे । काठमाडौँ जिल्ला अदालतको आदेशमा उनी केन्द्रीय कारागारमा सात महिना जेल पनि बसे । पछि उनले मानव बेचबिखनको अभियोगबाट सफाइ पाएका थिए । त्यसअघि २०७३ साउन ३१ गते मध्य बानेश्वरको एक रेस्टुरेन्टमा गुन्डाको परिचय बनाएका फिल्म निर्माता रोज राणामाथि खुकुरी प्रहार भयो । बेलुका ७ बजेतिर सेन्ट्रल क्याफे अगाडि राणाको हात ताकेर खुकुरी हानेका थिए । उनी गम्भीर घाइते भएका थिए ।

 

रोजमाथि आक्रमण गरेको आरोपमा तत्कालीन महानगरीय प्रहरी अपराध महाशाखा(काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय) ले विवेचना प्रजापति र सूर्य लामालाई पक्राउ गर्‍यो । उनीहरू पक्राउपछि रोजको हात छिनाल्ने गरी आक्रमण गर्न उनीहरूले ३० लाखमा काम पाएको खुल्यो । राणामाथिको आक्रमणको घटना २०७१ साउन २१ मा काठमाडौँको भीम ढुङ्गा भन्ज्याङ नर्सरीमा भएको इन्काउन्टर घटनामा गएर जोडियो । त्यो दिन एमाले निकट अर्का गुन्डा नाइके दिनेश अधिकारी (चरी) प्रहरी इन्काउन्टरमा मारिएका थिए ।

 

नेपालमा खोजी सुरु भएपछि त्यो बेला सुजन पौडेल(रमेश बाहुन) अनि चरी भागेर भारतमा बसेका थिए । रोज पनि उतै थिए । प्रहरीले पहिला रमेश बाहुनको इन्काउन्टरको योजना बनाएर पक्राउ गरेर नेपाल ल्याएको थियो । तर उनी पक्राउ परेको पोल खुल्दा उनको ज्यान जोगियो । प्रहरीमा आपराधिक रेकर्ड पनि भएको र फरार रहेको गुन्डा नाइकेको चयन गर्दा चरी परे ।

 

उनी नेपालमा आएर आफ्नो मुद्दा मिलाउने तयारीमा थिए । उनी काठमाडौँमा आएर आफ्नो वकिलसँग भेट गरी धादिङ जाने तयारीमा रहेको सूचना चुहिएपछि ट्र्यापमा परेर मारिए । प्रहरीले पच्छ्याउने क्रममा प्रहरीमाथि प्रहार गर्न खोजेपछि प्रतिकारमा मारिएको दाबी गरेको थियो । भारतबाट ल्याइएका रमेश बाहुन कलङ्कीको खसी बजारमा हिँडिरहेको बेलामा पक्राउ परेको भन्दै अवैध हतियार र लागु औषधमा केन्द्रीय कारागार पुगिसकेका थिए ।

 

चरीबारे सूचना खुश्बु ओली र रोजलाई थियो । चरीको सूचना प्रहरीसम्म पु¥याउन रोजको भूमिका रहेको भन्दै चरी समूहका अन्य सदस्यले उनको हात छिनाल्न सुपारी दिएका थिए । रोज राणा उनको नक्कली नाम थियो । मन्त्री हुँदा सक्कली नाममै शपथ खाए । उनी काँग्रेसको राजनीतिमा लागेको धेरै लामो समय भएको छैन । साङ्घातिक हमलापछि नै हो उनी रात्रिकालीन व्यवसाय र फिल्म निर्माणको काम छाडेर राजनीतिमा लागेको ।

 

नेपाली काङ्ग्रेसभित्र आरजु राणा देउवाको प्रिय पात्रको छवि बनाएका उनी जिल्ला फर्किएर राजनीतिमा लागे । आरजुको आशीर्वादले उनी छोटो समयमै काँग्रेसको राजनीतिमा जम्दै गए । उनी प्युठान २ को पार्टीको क्षेत्रीय सभापति निर्वाचित भए । २०७९ मा प्रदेशको टिकट पाएर गठबन्धनबाट निर्वाचित भए पनि मन्त्रीको सूचीमा थिएनन् । संस्थापन पक्षको तारन्तार दबाबपछि चौधरीले संस्थापन इतर समूहको असहमतिमा थापालाई मन्त्री बनाए । आइतबार मन्त्रीको शपथका लागि आयोजित समारोह काँग्रेस संस्थापन इतर समूहले बहिष्कार गरेका थिए ।

The post को हुन् लुम्बिनीका नवनियुक्त मन्त्री रोज राणा ? appeared first on Gyaan Ghar.

]]>
https://gyaanghar.com/2023/12/26/%e0%a4%95%e0%a5%8b-%e0%a4%b9%e0%a5%81%e0%a4%a8%e0%a5%8d-%e0%a4%b2%e0%a5%81%e0%a4%ae%e0%a5%8d%e0%a4%ac%e0%a4%bf%e0%a4%a8%e0%a5%80%e0%a4%95%e0%a4%be-%e0%a4%a8%e0%a4%b5%e0%a4%a8%e0%a4%bf%e0%a4%af/feed/ 0
तीन पुस्तादेखि बस्दै आएको मुसहर बस्तीमा जमिनदारको गिद्धे नजर https://gyaanghar.com/2023/12/25/%e0%a4%a4%e0%a5%80%e0%a4%a8-%e0%a4%aa%e0%a5%81%e0%a4%b8%e0%a5%8d%e0%a4%a4%e0%a4%be%e0%a4%a6%e0%a5%87%e0%a4%96%e0%a4%bf-%e0%a4%ac%e0%a4%b8%e0%a5%8d%e0%a4%a6%e0%a5%88-%e0%a4%86%e0%a4%8f%e0%a4%95/ https://gyaanghar.com/2023/12/25/%e0%a4%a4%e0%a5%80%e0%a4%a8-%e0%a4%aa%e0%a5%81%e0%a4%b8%e0%a5%8d%e0%a4%a4%e0%a4%be%e0%a4%a6%e0%a5%87%e0%a4%96%e0%a4%bf-%e0%a4%ac%e0%a4%b8%e0%a5%8d%e0%a4%a6%e0%a5%88-%e0%a4%86%e0%a4%8f%e0%a4%95/#respond Mon, 25 Dec 2023 13:14:40 +0000 https://gyaanghar.com/?p=6063 मुकेशकुमार यादव  सिराहा, ८ पुस । सिराहाको मिर्चैया नगरपालिका–११ सोनी स्थित सदाय (मुसहर)बस्ती उठाउने षडयन्त्र भइरहेको स्थानीयले बताएका छन् । आफ्नै गाउँ ब्लकको जग्गा साटफेर गरेर तीन पुस्तादेखि बस्दै आएको मुसहर बस्ती अहिले हटाउने षडयन्त्र भएको गुनासो आएको छ ।   मुसहर बस्ती गाउँको बिचमा परेपछि तत्कालीन जमिनदारसमेत रहेका सुवेलाल अरगरियाले गाउँदेखि उत्तरको आफ्नो जमिनमा […]

The post तीन पुस्तादेखि बस्दै आएको मुसहर बस्तीमा जमिनदारको गिद्धे नजर appeared first on Gyaan Ghar.

]]>

मुकेशकुमार यादव 

सिराहा, ८ पुस । सिराहाको मिर्चैया नगरपालिका–११ सोनी स्थित सदाय (मुसहर)बस्ती उठाउने षडयन्त्र भइरहेको स्थानीयले बताएका छन् । आफ्नै गाउँ ब्लकको जग्गा साटफेर गरेर तीन पुस्तादेखि बस्दै आएको मुसहर बस्ती अहिले हटाउने षडयन्त्र भएको गुनासो आएको छ ।

 

मुसहर बस्ती गाउँको बिचमा परेपछि तत्कालीन जमिनदारसमेत रहेका सुवेलाल अरगरियाले गाउँदेखि उत्तरको आफ्नो जमिनमा मुसरबस्ती सारेको वडा सदस्यसमेत रहेका स्थानीय ७५ वर्षीय झगडु माझीले जानकारी दिए।
साटफेर गरेको भए पनि जमिनदारको अगाडि कोही बोल्न नसक्दा उनीहरूको नाममा जमिन आउन नसकेको वडा सदस्य माझीले बताए । उनले त्यस बेल जमिनदारसँग कुरा गर्ने आँट कसैको हुँदैन थियो, त्यसैले पनि यो जमिन अहिलेसम्म साहुकै नाममा रह्यो । आज बाटो, बिजुली, बस्ती नजिकै विद्यालय भएसँगै जमिनको मूल्य बढेपछि उनीहरू नदिने पक्षमा पुगेका उनले बताए।

यहाँ बस्न दिएको सट्टामा जमिनदारले मुसहरहरू बस्दै आएको गाउँ ब्लकको जमिन लिएका थिए । त्यो जमिन अहिले उनीहरूले विभिन्न व्यक्तिलाई बेचिसकेका छन्। ‘त्यस बेला जमिनदारलाई जमिन पास गराउन बाख्रा, भैँसी बेचेर पनि थप पैसा बुझाए । तर, जमिन पास गराउन सकिएन,’ ७७ वर्षीय कुशवा सदायले बताए। उनले भने, ‘त्यस बेला जमिनदारको जमाना थियो । जमिनको मूल्य पनि थिएन । बुबाले जमिन पास गराउन भनेर भैँसी, बाख्रा बेचेर पैसा दिएको पनि हो। तर, जमिन पास हुन सकेन उनीहरूकै नाममा रह्यो ।’

 

जमिनको मूल्य बढेपछि अहिले आएर सुवेलालका नाति हेमशंकर अरगरियाले बस्तीका ११ घर परिवारविरुद्ध मुद्दा दायर गरेका छन् । उनले आफ्नो जमिनमा रातारात घर बनाएर कब्जा गरेकोले खाली गराउन मागसहित जिल्ला अदालत सिराहामा मुद्दा हालेका छन् ।

 

स्थानीय ६४ वर्षीय मंगनिया मुखियाले स्थानीय जग्गा दलालहरूको उक्साहटमा जमिनदारले दलितहरूलाई दुःख दिने नियतले मुद्दा हालेको बताए । उनले भने, ‘हामी स–सानै छँदा यहाँ सदायहरुको बस्ती थियो। यहाँका सबै सदाय जमिनदारकैमा काम गर्थे। सदायहरुको बस्दै आएको गाउँ ब्लकको जग्गा पनि जमिनदारले नै बेचेर खाए । अहिले गरिब दलितहरूलाई दुःख दिइरहेका छन् । अरगरिया परिवार अहिले जनकपुरमा बसोबास गरिरहेको छ ।’
७० वर्षीय कुवली सदायको जन्म यहीँ भएको हो । उनले आफ्नो बुबाले जङ्गल फडानी गरेर बसेका बताए । उनले भने, ‘हामी यहाँ आज आएर बसेको होइन । मेरो जन्म यहीँ भएको हो । बुबाहरूले यहाँको खोरिया फाँडेको सुनाउनुहुन्थ्यो। आज विभिन्न प्रपञ्च रचेर हामीलाई बेघर गर्ने प्रयास भइरहेको छ। हामीलाई सबैको सहयोग चाहिएको छ ।’

 

करिब ३० घर परिवार रहेको मुसहर बस्तीका रामदयाल सदा, कवली सदा, कुशवा सदा, पति रदा, भिडिया सदा, इन्दल सदा, शिवु सदासहित ११ जनाविरुद्ध मुद्दा परेको छ । उनीहरू ५÷१० धुर गरी ३ कट्ठा १५ धुर जमिनमा घर बनाएर बसेका छन् ।

बाँकी सदाय बस्ती अरगरीया परिवारकै मोहीबापत पाएको जमिनमा रहेको छ । रामदयाल सदायको नाममा रहेको १९ कट्ठा मोही जमिनमध्ये ९ कट्ठा १० धुर पाएका थिए । त्यस बेला पनि अरगरिया परिवारले बस्तीको जमिन राम दयाललाई दिएका थिए । उनै रामदयालले थोरै पैसा लिएर अर्कैको नाममा जमिन पास गराएको बताए ।

 

पुरै बस्ती अरगरिया परिवारसँगै आफ्नो जमिन साटेर बसेको भए पनि सदायरूले पुनः रकम तिरेर बस्नु परेको उनीहरूले बताए । अब उनीहरूकै नाममा रहेको जमिनमा भने मुद्दा हालेको छ । मुद्दा परेपछि गाउँलेहरू अहिले चिन्तित भएका छन् । सदायहरु उठीबासको चिन्ताले पिरोलिएका छन्।

 

जिल्ला हरुवा–चरुवा अधिकार मञ्चले सदाय बस्तीमै पुगेर आफ्नो सङ्गठनको साथ रहेको भन्दै नडराउन आश्वासन दिएको छ । मञ्चका अध्यक्ष श्यामसुन्दर सदायले बस्तीमा पुगेर भने, ‘तपाईँहरू आफ्नो जमिनको लागि आवाज उठाउनुहोस्, हामी तपार्इंहरुको साथमा छौँ। तपाईँहरू खुट्टा कमाउनु पर्दैन, हामी तपाईँहरूको साथमा छौँ।’

 

उठीबासविरुद्धको सङ्घर्ष समितिले मिर्चैया नगरपालिकाका मेयर श्रवण कुमार यादवलाई ज्ञापन पत्र बुझाइसकेको छ। ज्ञापन पत्र बुझ्दै मेयर यादवले आफू पीडितहरूको साथमा रहने प्रतिबद्धता जनाएका छन् । उनले, ‘पीडितको तर्फबाट न्याय समितिमा उजुरी दिनुहोस्, हामी तत्काल उनलाई पत्र लेखेर बोलाउँछौँ, यहीँ बसेर टुङ्गो लगाउने प्रयास गर्छु।’

The post तीन पुस्तादेखि बस्दै आएको मुसहर बस्तीमा जमिनदारको गिद्धे नजर appeared first on Gyaan Ghar.

]]>
https://gyaanghar.com/2023/12/25/%e0%a4%a4%e0%a5%80%e0%a4%a8-%e0%a4%aa%e0%a5%81%e0%a4%b8%e0%a5%8d%e0%a4%a4%e0%a4%be%e0%a4%a6%e0%a5%87%e0%a4%96%e0%a4%bf-%e0%a4%ac%e0%a4%b8%e0%a5%8d%e0%a4%a6%e0%a5%88-%e0%a4%86%e0%a4%8f%e0%a4%95/feed/ 0