27
Dec
काठमाडौँ, ११ पुस । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले देशी विदेशी प्रतिक्रियावादी शक्तिहरूले देशमा बुनिरहेको षड्यन्त्रको तानाबानाबारे छलफल भएको जानकारी दिएका छन् । बुधवार वाट ललितपुर सुरु भएको पार्टी केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै उनले बुधवार बिहान बसेको समाजवादी मोर्चाको बैठकमा देशी विदेशी प्रतिक्रियावादी शक्तिहरूले देशमा षड्यन्त्रको तानाबाना बुनिरहेको र यसबारे छलफल भएको बताएका हुन् । मोर्चा संयोजक रहेका उनले प्रतिगामी शक्तिहरूले संविधानमाथि आक्रमण हुने कार्य भएकाले पुनः दलहरू एक भएर गम्भीर रूपले अघि बढ्नुपर्ने बताए । संविधान रक्षाका लागि एमालेभित्र गरेको विद्रोहले विघटित गरिएको प्रतिनिधिसभा पुनः स्थापित गरेको स्मरण गराउँदै उनले अहिले फेरि संविधानमाथि आक्रमण भइरहेकाले गम्भीर…