21
Jan
काठमाडौँ, ७ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड स्वदेश फर्किएका छन् । युगान्डामा आयोजित असंलग्न राष्ट्रहरूको आन्दोलनको उन्नाइसौँ शिखर सम्मेलनमा सहभागी भएर प्रचण्ड आज बिहान स्वदेश फर्केका हुन । युगान्डाबाट उनी नेपाली समयानुसार बिहान २ः४५ बजे कतारको दोहा अवतरण गरेका प्रधानमन्त्री प्रचण्ड भर्खरै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन । सो सम्मेलनमा भाग लिन प्रधानमन्त्री प्रचण्ड गत बुधवार युगान्डाको राजधानी कम्पला पुगेका थिए। स्वदेश फर्के लगत्तै प्रधानमन्त्रीले जारी गरेको वक्तव्यको पूर्ण पाठ: सम्माननीय प्रधानमन्त्री श्री पुष्पकमल दाहाल ’प्रचण्ड’ युगान्डाको कम्पालामा सम्पन्न भएको असंलग्न आन्दोलनको १9औँ शिखर सम्मेलनमा सहभागी भई स्वदेश फर्किनुहुँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरूसँग…