Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131
विचार Archives - Page 4 of 11 - Gyaan Ghar

Gyaan Ghar

Advertisement

विचार

प्रधानमन्त्री प्रचण्ड र नेता खनालबिच भेटवार्ता

प्रधानमन्त्री प्रचण्ड र नेता खनालबिच भेटवार्ता

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका नेता झलनाथ खनालबिच भेटवार्ता भएको छ । एकीकृत समाजवादी सुदूरपश्चिम प्रदेशको विषयमा सत्ता समीकरणमा असन्तुष्ट रहेको बेला प्रधानमन्त्री प्रचण्डले नेता खनालसँग प्रधानमन्त्री निवास बालुवाटारमा छलफल गरेका हुन् । एकीकृत समाजवादीले यस अघि सत्ता समीकरणमा सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री आफूलाई दिने सहमति भएको भए पनि अहिले नागरिक उन्मुक्ति पार्टी (नाउपा) लाई दिएको भन्दै असन्तुष्ट रहेको छ । सुदूरपश्चिममा एकीकृत समाजवादीले केन्द्रको समीकरणको विपरीत काँग्रेससहितको समर्थनमा नाउपाकै रेसम चौधरी पक्षका लक्ष्मण किशोर चौधरीलाई समर्थन गरेपछि सत्ता समीकरण नै तरङ्गित बनेको छ ।
Read More
नेपालको वर्तमान राजनीतिक परिदृश्य: एक सिंहावलोकन

नेपालको वर्तमान राजनीतिक परिदृश्य: एक सिंहावलोकन

-डा चूडाप्रसाद ढकाल नेपालको राजनीतिक अखडा गतिशील त छ, तर अस्थिर छ। स्थिरता कुनै एउटा गुमनाम चराको नाम हो, जहाँ नेतृत्वको बारम्बार परिवर्तनले लामो समयको योजना र विकासका कामहरूलाई अक्सर छायामा पार्ने गरेको छ। यस प्रकार नेतृत्वको निरन्तर परिवर्तनले दिगो विकासको सम्भावनालाई अवरुद्ध गर्नुका साथै अल्पकालिक राजनीतिक लाभका लागि स्रोतहरूको चरम दुरुपयोग गर्ने गर्दछ। राजनीतिक उथलपुथलको यस प्रकारको  सार हामी कवि चूडा ढकालको एउटा मार्मिक हाइकुमा प्राप्त गर्न सक्दछौँ: हतार छैनधरती खन्न, बरु मुख्य/प्रधान-मन्त्री बन्न!! यो हाइकुले राष्ट्र निर्माणको लागि आवश्यक परिश्रम र सतत कार्यलाई राजनीतिक सत्ता प्राप्तिको लागि तुच्छ  र घृणित तँछाड-मछाडसँग तुलना गर्दछ। जो, नेपालका अधिकांश नेता (?)…
Read More
नेकपा (मसाल)को नवौ महाधिवेशनमा महामन्त्री मोहनविक्रम सिंहद्वारा प्रस्तुत उद्घाटन मन्तव्य

नेकपा (मसाल)को नवौ महाधिवेशनमा महामन्त्री मोहनविक्रम सिंहद्वारा प्रस्तुत उद्घाटन मन्तव्य

कमरेडस्,सर्वप्रथम ने.क.पा. (मसाल)को केन्द्रीय समितिका तर्फबाट हामीले हाम्रो पार्टीको नवौ“ महाधिवेशनमा आउनु भएकासबै प्रतिनिधि, पर्यवेक्षक, अतिथि, भाइचारा प्रतिनिधि तथा दर्शक र स्वयंसेवक समेतलाई क्रान्तिकारी अभिनन्दन गर्नचाहन्छौ“ ।यो नवौ“ महाधिवेशनले निर्णय गर्ने नीति, कार्यक्रम समेतबाट अहिले विश्वमा र नेपालमा समेत पैदा भएको गम्भीरप्रकारको परिस्थितिको सामना गर्नलाई हामीलाई समर्थ बनाउनेछ भन्ने कुरामा हामीले पूरा आशा र विश्वास गरेकाछौ“ । हाम्रो पार्टीको आठौ“ महाधिवेशन २०७६ सालको जेठमा सम्पन्न भएको थियो । त्यसको पुगनपुग ५ वर्षपछिहाम्रो यो नवौ“ महाधिवेशन हु“दैछ । आठौ“ महाधिवेशनदेखि यो महाधिवेशनसम्मको अवधिमा देशभित्र र विदेशमासमेत गम्भीर प्रकारका घटनाहरू घटेका छन्।यो बताउ“दा हामीलाई धेरै खुसी लागिरहेको छ कि अन्तर्राष्ट्रिय र देशभित्र…
Read More
कार्ल मार्क्स औ बौद्ध दर्शन: एक अन्तरविषयी अन्वेषण

कार्ल मार्क्स औ बौद्ध दर्शन: एक अन्तरविषयी अन्वेषण

-डा चूडाप्रसाद ढकाल परिचय विविधताले भरिएको हाम्रो संसारको प्रत्येक कुनामा भिन्न भिन्न विचार र संस्कृतिहरूको सम्मिश्रण छ। जसमा कार्ल मार्क्सका विचारहरू र बौद्ध दर्शनको सूक्ष्मता एक अर्कासँग जोडिएको देखिनु एक उल्लेखनीय उदाहरण हो। मार्क्सले समाजका संरचनात्मक चुनौतीहरूमाथि प्रश्नहरू उठाए, जसले हामीलाई त्यसमाथि विचार गर्न र तिनको समाधान खोज्न बाध्य पार्दछ। त्यसै गरी, बौद्ध दर्शनले मनको गहिराई र आत्मिक शान्तिको खोजीमा हामीलाई प्रेरित गर्दछ। जब यी दुई दार्शनिक धाराहरूको आपसमा भेट हुन्छ, त्यो भेटघाटले एक नयाँ यात्राको सुरुवात गर्दछ। यो यात्रामा, हामी सामाजिक बाधाहरूलाई पार गर्दै, मानवीय चेतना र समाजको परिवर्तनका नयाँ आयामहरूको खोजी गर्ने प्रयास गर्छौँ। बिचारको यस सङ्गम स्थलमा,…
Read More
Truth determination and reconciliation bill 2023

Truth determination and reconciliation bill 2023

Manoj Bhatta Our Party is in favor of ending the Peace process as soon as possible. But the Government itself wants to delay it and save the criminals who committed serious violation of human rights. According to the provision made in the Truth and Reconciliation Bill presented by the Government, the criminal given immunity. How does the Truth and Reconciliation Act presented by the Government try to protect the serious violators of Human Rights? I have tried to discuss it point to point in this article. Laws related to transitional justice, the discussion on the bill to amend the Act…
Read More
यस पटककाे विपश्यना : सधैँका भन्दा फरक अनुभूति 

यस पटककाे विपश्यना : सधैँका भन्दा फरक अनुभूति 

वाशिष्ठ विपश्यना गर्न के गर्नु पर्छ ? सबैभन्दा पहिला आचारसंहिता पालना गर्नुपर्छ । जसलाई पञ्चशील पनि भनिन्छ । १.म जीव हत्या(हिंसा)गर्ने छैन, २. चोरी गर्ने छैन, ३.म दुराचार गर्ने छैन, ४.म झुटो बोल्ने छैन र ५. म नशालु पदार्थ सेवन गर्ने छैन भनेर आफ्नो कुलत छ भने पनि यी पाँच प्रतिज्ञा पालन गरेको हुनु पर्छ । यही सिलसिलामा मलाई अहिले सम्म पनि याद छ । मेरो पहिलो शिविरको बेला क्षेत्रीय आचार्य रुपज्योतिले १३ वर्ष अघि  ओरेन्टेसनमा भनेको कुरा, जीव हत्यामा मच्छर पनि नमार्नु र दुराचारमा महिलाको शरीरतिर कर्के नजरले पनि नहेर्नु ।अहिले सम्म त्यो शब्द बिर्सेको छैन । यो वाणी…
Read More
का.विप्लवको अलमल

का.विप्लवको अलमल

मनाेज भट्ट क. विप्लवले २०८० साल चैत १९ गते राजधानी स्थित एउटा टिभीलाई अन्तरवार्ता दिनु भएको छ ।त्यो अन्तरवार्तामा उहाँले व्यक्त गर्नु भएका विचारमा प्रशस्तै अलमल देखिएको छ ।हुन त का. विप्लवका कैयौँ राजनीतिक कदम अलमलमा नै बितेको पाइन्छ । १.प्रचण्डले क्रान्तिलाई धोका दिएको भन्दै क्रान्तिलाई जारी राख्ने नाममा उहाँले शान्ति र संविधानमा जोड दिनुको सट्टा सशस्त्र कारबाहीमा लाग्नु भयो ।त्यो सशस्त्र कारबाही सफल हुने प्रश्न नै थिएन ।अन्तमा केही कार्यकर्ताहरूको अनाहकको बलिदानी पछि शान्तिपूर्ण राजनीतिमा आउनु पर्‍यो । २.शान्तिपूर्ण राजनीतिमा आए पनि वर्ग सङ्घर्ष,सशस्त्र सङ्घर्षको अनिवार्यता तथा सर्वहारा वर्गको अधिनायकत्वको सिद्धान्तलाई अङ्गीकार गर्दै पार्टीको कार्यदिशा तय गर्न सकिन्छ ।त्यो…
Read More
रामको अवतार, रामायणको कथा कति सत्य, कति मिथ्या ?

रामको अवतार, रामायणको कथा कति सत्य, कति मिथ्या ?

मोहन विक्रम सिंह कामरेड, गोपीरमण उपाध्यायको दर्शनको क्षेत्रमा लामो समयदेखि महत्त्वपूर्ण योगदान रहँदै आएको छ । माक्र्सवादी, लेनिनवादी दर्शणबारे पनि उहाँको महत्त्वपूर्ण योगदान रहेको छ । त्यही क्रममा उहाँले अध्यात्मवाद दर्शन र भौतिकवादी दर्शनको अन्तर्वस्तु विषयमा विचारगोष्ठीको आयोजना गर्नुभएको छ । उक्त विचारगोष्ठीका लागि उहाँले तयार पारेको अवधारणापत्र हाम्रा अगाडि छ । त्यो अवधारणापत्रमा उहाँले भौतिकवादी दर्शनको मूलभूत विषयवस्तु तथा अध्यात्मवादसम्बन्धी विभिन्न मिथ्या चेतनाबारे पनि विस्तृत रूपले चिरफार गर्नुभएको छ । का. गोपीरमणले आफ्नो अवधारणापत्रमा पुर्पुरो (भाग्यवाद) सम्बन्धी मान्यता, परमेश्वर (ईश्वर) सम्बन्धी मान्यता, परलोक (स्वर्ग–नर्कको विषय), भूगोलसम्बन्धी मिथ्या चेतना, विद्याविषयक मिथ्या चेतना, सृष्टिविषयक मिथ्या चेतना, काल निर्धारणसम्बन्धी मिथ्या चेतना, महिला…
Read More
बलियो पार्टी भनेको के हो ? 

बलियो पार्टी भनेको के हो ? 

समीर सिंह जर्मनीमा भएको दार्शनिक सेमिनारमा गएको बेला विभिन्न देशका व्यक्तिहरूले मलाई सोध्ने गर्दथे, ‘तपाईँको पार्टी नेपालमा कति बलियो छ ?’ मेरो जवाफ हुने गर्दथ्यो, ‘हाम्रो पार्टी नेपाल भन्दा भारतमा बलियो छ ।’ पार्टीको सङ्गठनात्मक संरचनाको आधारमा होइन कि विश्व दृष्टिकोणको आधारमा मेरो यस प्रकारको जवाफ हुने गर्दथ्यो । १४ दिनसम्म त्यहाँको सेमिनारमा सहभागी भएपछि मेरो विश्व दृष्टिकोणमा पनि केही फरक आउँदै गइरहेको थियो । त्यही दृष्टिकोणका तथा बुझाइका आधारमा मेरो त्यस प्रकारको जवाफ हुने गर्दथ्यो ।  कस्तो पार्टीलाई बलियो पार्टी भन्ने ? यो बहसको विषय हुने गर्दछ । यो प्रश्नको सन्दर्भमा दार्शनिक सेमिनारको निष्कर्ष यो हुने गर्दथ्यो, ‘निम्न पुँजीवादी…
Read More
धर्मनिरपेक्षताको दर्शन र नेपाल 

धर्मनिरपेक्षताको दर्शन र नेपाल 

गोविन्द शरण उपाध्याय  १. धर्म निरपेक्षता कि पन्थ निरपेक्षता भारतीय संविधानको प्रस्तावनामा secularism को प्रयोग इन्दिरा गान्धीको ४२ औँ संशोधनका माध्यमले गरेको थियो | मूलतः अङ्ग्रेजी भाषामा लेखिएको भारतीय संविधानको आधिकारिक अनुवादमा secularism लाई पन्थ-निरपेक्ष भनेर गरिएको छ | विक्रम संवत् २०१८ देखि २०६२ सम्म नेपाल संवैधानिक हिन्दु राष्ट्र थियो तर व्यावहारिक रूपमा आ-आफ्ना धर्म, संस्कृति तथा संस्कृति मान्न पाउने अधिकार थियो | विक्रम संवत् २०७२ को संविधानले नेपाली राज्य-व्यबस्थालाई धर्मनिरपेक्ष बनायो | नेपाली भाषामा लेखिएको नेपालको संविधान २०७२ ले secularism लाई धर्मनिरपेक्ष लेखेपछि यसको पक्ष र विपक्षमा निकै बहस हुने गरेको छ | धेरै नेपालीहरूको अभिमत secularism को अर्थ…
Read More