Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131
का. जलजला उपन्यासमा प्रेम र दर्शन  - Gyaan Ghar

Gyaan Ghar

Advertisement

का. जलजला उपन्यासमा प्रेम र दर्शन 

* भरत पोख्रेल
लेखक मोहन विक्रम सिंहका अनुसार कमरेड जलजला उपन्यास प्रेमको कथा र विश्वको दर्शन हो । यो उपन्यासका प्रेम र दर्शनमा प्रवेश गर्ने धेरै बाटाहरू खुला छन् मैले चाहिँ पहिला स्थान, पात्र अनि प्रेम र दर्शन विषयहरूमा चर्चा गर्न चाहेको छु ।
एक समय नेपालको भूभाग रहेको पहिला भारतको उत्तर प्रदेश हाल उत्तराखण्ड राज्यको कुमाउँ गढवालको कौसानीबाट का. जलजला उपन्यासको सुरुवात हुन्छ । उपन्यासले आयतन बढाउँदै जाँदा लक्ष्मी आश्रम जहाँ सुनन्दाको पर्वतारोहण जीवन सरला बहनको प्रेरणाले समाजसेवामा परिवर्तन हुन्छ । नेपालको भैरहवा (जेल) मा बस्दा सुनन्दा गान्धीवादीबाट मार्क्सवादी बन्दछिन् । काष्ठमण्डप अन्तर्गत काठमाडौँका विभिन्न स्थानहरूसँग परिचित हुन्छिन् । जलजला हुर्किएको चितवनको तोरीखेत, बुद्ध जन्मभूमि लुम्बिनी, तिलौराकोट, कुस्मा, कर्णाली प्रदेश, बनारस, अयोध्या, विश्व राज्यक्रान्ति र पेरिस कम्युनको देश फ्रान्स (पेरिस), मार्क्स र एँगेल्सको देश जर्मनी, विश्वको पहिलो समाजवादी लेनिन र स्तालिनको देश रुस अनि प्राचीन सभ्यताको देश युनान (ग्रिस) परेका छन् । उपन्यासको अन्तिम भाग प्युठानको ओखरकोट, गौमुखी, सुनछहरी र रोल्पाको जलजलाधुरी अनि थवाङ रहेका छन् । उपन्यासमा अरू पनि धेरै स्थानहरू उद्धृत गरिएका छन् तर केही स्थानको कमी मैले महसुस गरेको छु । पेरिस कम्युनको देश फ्रान्स, मार्क्स–एँगेल्सको देश जर्मनी र लेनिन–स्तालिनको देश रुस त छन् तर माओको देश चीनबारे उपन्यासमा उल्लेख नहुँदा अपुरो जस्तो लाग्छ । लेखकलाई चीन जाने अवसर नमिलेकाले यो पक्ष नसमेटिएको हुन सक्छ तर कम्युनिस्ट आन्दोलनको विश्व इतिहासमा चीन छाड्न मिल्दैन । उपन्यासमा धेरै चर्चा भएका दुई सहर लखनउ जहाँ जलजला र सुनन्दाको पहिलो भेट हुन्छ र गोरखपुर मछलीदफ्तर जुन मसाल पार्टीको एक समय हेडक्वार्टर नै थियो बनारस र अयोध्या जस्तो यी दुई सहरलाई परिच्छेदमा राखेको भए अझ राम्रो हुने थियो ।
उपन्यासका पात्रहरूमा उपन्यासकी शीर्षक पात्र जलजला का. जलजला उपन्यासकी प्रमुख पात्र हुन् । उपन्यासका दुई खण्डमा पहिलो खण्ड आधी उपन्यासमा जलजलाको सशरीर प्रवेश पात्र हुन्छ र दोस्रो खण्डमा आधी पुगेपछि जलजलाको मृत्यु हुन्छ तर उपन्यासभरि जलजलाको चर्चा नै सबैभन्दा बढी रहेको छ । उपन्यासकी दोस्रो मुख्य मात्र सुनन्दा हुन् जो उपन्यासमा सुरुदेखि अन्तसम्म सक्रिय देखिन्छिन् । उपन्यासबाट सुनन्दालाई झिक्ने हो भने यो उपन्यास लेखकको स्मरण मात्र रहन्छ । सुनन्दा जलजलाकी परिष्कृत पात्र हुन् जसले उपन्यासलाई अन्तिमसम्म जीवन्त पार्छिन् । तेस्रो प्रमुख पात्र का. अजित जो का. जलजलाका प्रेमीका रूपमा रहेका छन् अलि तिलस्मी रहस्य, विरोधाभाषी पात्रका रूपमा चरितार्थ हुन्छन् र उपन्यासको रिमोट कन्ट्रोल उनको हातमा रहेको देखिन्छ । उपन्यासका लेखक मोहन विक्रम सिंहसँग जीवनको ५० वर्ष अर्धभूमिगत जीवन बिताएको अनुभव छ भने का. अजित अर्धभूमिगत कम्युनिस्ट पार्टी भित्रका पूर्ण भूमिगत व्यक्ति देखिन्छन् । का. अजितलाई का. जलजला र कान्ता बाहेक कसैले चिनेको देखिँदैन । पार्टीका जिम्मेवार नेताहरूले का. अजित नाम गरेका पार्टीमा कोही परिचित नभएको बताइएको छ । डा. जगदीश उपन्यासका एक उम्दा पात्र हुन् जसको अवसरवादी राजनीतिले सुनन्दालाई गुमाउँछन् । कान्ता, विद्या, दिव्या, कमरेड गढवाली, सरस्वती, खगुलाल गुरुङ, हर्के, उजेली, दुर्गा, योगमाया, देवकोटा, बर्मन बुढा, अनुप सिंह, जुलियट, अर्चना, नताशा, भेलेन्टिना आदि उपन्यासका ५०० पात्रहरूमा प्रमुख पात्र रहेका देखिन्छन् । यी पात्रमा केही वास्तविक र केही काल्पनिक पात्रहरू छन् । उपन्यासमा नेपालका तीन महत्त्वपूर्ण जातिहरू थारु, मगर र खसबारे विस्तृत चर्चा गरिएको छ । उपन्यासमा परिच्छेद १६ योगमायाका विषयमा बारबरा निम्री अजिज र निलम कार्की निहारिकाका योगमायाबारे विस्तृत बखान प्रकाशित छन् । परिच्छेद २० रामापिथेकसमा मानव उत्पत्ति र विकासबारे चर्चा छ यसबारे ओडेड गेलोर र नोभल हरारीका होमो सापियन्स अनुसन्धानहरू उम्दा उदाहरण छन् । परिच्छेद ३१ अन्तरिक्ष यात्राबारे उपन्यासमा उल्लेख गरेभन्दा धेरै नयाँ आविष्कारहरू जानकारीमा आइसकेका छन् । परिच्छेद ३२ विश्वको संरचना, परिच्छेद ३३ धर्तीको कथा, परिच्छेद ३५ सूक्ष्म पदार्थहरूको दर्शन छिपछिपे रूपमा मात्र देखिएको छ । परिच्छेद ४१ अपाङ्गता र परिच्छेद ४२ देवकोटाबारे कुमारबहादुर जोशी र देवकोटाका छोरा पदम देवकोटाले धेरै लेखेका छन् ।
उपन्यासले समय सीमावधि २०४१ साल (सन १९८४) सम्म तोकेको छ तर उपन्यासमा यो सीमावधि धेरै ठाउँ अतिक्रमणमा परेको छ । झमककुमारी घिमिरेको २०४१ पछिको उदाहरण, जङ्गबहादुर बोगटी २०६६ साल, माओवादी सशस्त्र विद्रोह २०५२ पछिको परिघटना, सात प्रदेश संविधान २०७२ पछिको प्रगति, एक वर्ष अघि मात्र इन्डियन आइडलमा गाउने मेनुका पौडेल चर्चा समेत उपन्यासमा रहेका छन् । का. जलजला उपन्यासमा निर्विकल्प पञ्चायती व्यवस्थालाई विकल्पमा ल्याउने २०३६ सालको विद्यार्थी आन्दोलन, २०४६ सालको पञ्चायत फालेर बहुदल ल्याउने जनआन्दोलन, २०६२–६३ सालको जनआन्दोलन, एक्काइसौँ शताब्दीमा नेपाली जनताको सबैभन्दा ठुलो उपलब्धि गणतन्त्रबारे पुस्तकमा एक–एक परिच्छेद लेखिनु आवश्यक थियो । चौथो महाधिवेशनको एउटा मुख्य माग संविधानसभाबाट संविधान निर्माण २०७२ सालको संविधानलाई अपनत्व ग्रहण गर्नुपर्थ्यो । का. जलजला उपन्यास लेखकको जीवनभरि पढेर नोट बनाएका दस्ताबेजको उपन्यासीकरण हो जसमा अधिकांश हिन्दी भाषामा पढिएका पुस्तकहरूको फ्लेभर आउँछ जस्तो चेहरा, पैमाना, किराया, नास्ता, अगर, पैदा, जलेबी, मुर्झाएको, लैन छोकडी आदि । उपन्यासका कतिपय सन्दर्भहरू पहिला नै प्रकाशित भइसकेका छन् । झिम्रुक नदी र चिवेचरा, हर्के र उजेली, गङ्गा कावेरी एक्सप्रेस कविता आदि । अजितका नोटहरू उपन्यासमा जलजला र सुनन्दालाई धेरै पढाइएको छ । उपन्यासमा सोभियत संशोधनवाद, भारतीय विस्तारवाद, पेरुको जनयुद्ध, चीनको सर्वहारा सांस्कृतिक क्रान्ति, २०३४ साल असार ७ गतेको पर्चा काण्ड, फागुन २४ को किसान सङ्घर्ष सकारात्मक राजनीतिक विश्लेषण रहेका छन् ।
का. जलजला उपन्यासमा अजित र जलजलाको प्रेम प्रसङ्ग जटिल मुद्दा देखिन्छ । अजितले जलजलासँगको प्रेम सम्बन्ध जति पुष्टि गर्न खोजे पनि त्यो पुष्टि हुन् सक्दैन । अजितको पत्नीसँग सम्बन्ध विच्छेद पनि थिएन जसबाट छोराछोरी समेत थिए । जलजलासँगको प्रेमपछि अजित आत्मगत रूपले समर्थनका लागि समाज, कानुन, पार्टीसमेतलाई दोषी देख्छन् । विवाहेतर सम्बन्धमा नेपाल त के अमेरिकामा पनि यसबारे सजिलो छैन । सर्वशक्तिमान् अमेरिकी राष्ट्रपति विल क्लिन्टनले विवाहेतर सम्बन्धका कारण महाअभियोगको सामना गर्नु परेको थियो । उपन्यासमा अजितले जलजलालाई प्रेमका लागि घरपरिवार छाडिदिने पत्र लेखाएका छन् । एक पटक प्युठान जाँदा रहमा फसेर पानी खाएर अचेत भएका अजितलाई कुमालले बचाउँछन् र जलजलालाई वहाँ तपाईँको को पर्नुहुन्छ भन्ने प्रश्नमा जलजलालाई अकमकाएर पतिसम्म भन्न लाइएको छ । द्वन्द्वात्मक भौतिकवादका विश्लेषक कम्युनिस्ट पार्टीका नेता अजित दक्ष प्रजापतिको यज्ञमा होमिएकी सतीदेवीको मृतलास बोकेर हिँडेका महादेवले पार्वतीमा सतीदेवी अवतार देखेँ झैँ सुनन्दामा जलजला देखेको उपन्यासको उपसंहारमा उल्लेख छ र सुनन्दालाई जलजला भनेर अँगालो हालेको प्रसङ्ग पनि छ । यो प्रयोग नेपाली उपन्यासमा विश्वेश्वरप्रसाद कोइरालाले सुम्निमा उपन्यासमा पहिला नै गरिसकेका छन् । सोमदत्तको पुलोमासँग विवाह हुन्छ तर उसले अँगालोमा पुलोमालाई सुम्निामा सम्झन्छ । पुलोमाले सोमदत्तलाई पूर्व प्रेमी भिल्ल केटा सम्झन्छे । यो त हिन्दी सिनेमाको तुँ मुझ में समा जाओ मैँ तुझ में समा जाऊँ जस्ता भयो । जलजलाको मृत्युपछि अजित आध्यात्मिक सोचमा परेको पनि देखिन्छ । अजितलाई सपनामा सर्पले लघारेको, बाघले झम्टन खोजेको, कसैले काट्न थालेको आदि । मार्क्सवादी द्वन्द्ववादमा यो कुन दर्शन हो ?
का. जलजला उपन्यासका दुई विन्दु कौसानी र थवाङबीचको सीधा रेखालाई उपन्यासमा लेखकले उपसंहार वक्र रेखा खिचेर विद्रुप पारिदिनु भएको छ । उपन्यास सुनन्दाले अजितलाई जलजलाधुरी थवाङमा पहिलोपल्ट भेट्दा उपन्यास त्यहीँ अन्त्य गरिदिएको भए राम्रो हुने थियो । सुनन्दा र अजितको बनारस वर्माघाट मोटरबोटका जन्ती उपन्यासको अनावश्यक प्रहसन बनाइएको छ । उपन्यासमा सुनन्दासँग पनि न्याय नभएको देखिएको छ । जवाहरलाल नेहरु विश्वविद्यालयकी इतिहास पिएचडी शोध छात्रालाई उपन्यासभरि पिएचडी गरिरहेकी भनेर अनेक ठाउँ परिचय गराइएको छ तर सुनन्दाको पिएचडीको उपन्यासमा कुनै खोजखबर नै छैन । का. जलजला उपन्यास एक दशक पहिलादेखि प्रकाशनको चर्चामा रहेको थियो । आजभन्दा ठिक एक महिना अगाडि मङ्सिर १५ गते यसको विमोचन भयो । मैले उपन्यास पढेर चार वटा फेसबुक स्ट्याटस लेखेँ । पहिलो उपन्यास विमोचनबारे, दोस्रो उपन्यासको आकार, तेस्रो उपन्यासको आवरण र चौथो उपन्यासमा रहेका नमिल्दा नाम र तथ्यहरूबारे । आजको मेरो यो अहिलेलाई अन्तिम आलेख हो । म अर्थशास्त्रको विद्यार्थी आख्यान थोरै नै पढ्ने बानी छ । का. जलजला उपन्यासबारे साहित्यकारहरूको समालोचना आउने आशा गरौँ । का. जलजला उपन्यासका लेखक मोहन विक्रम सिंहसँगको एउटा परिचित पाठकको नाताले मैले उपन्यास पढेर लेखकलाई समुचित सम्मान दिएको सम्झनु हुनेछ भन्ने आशा गरेको छु ।

प्रतिक्रिया दिनुहोस

राजनीति

पूर्व प्रधानमन्त्री, पूर्व गृहमन्त्री लगायत ५ जनालाई उपत्यका बाहिर जान रोक 

पूर्व प्रधानमन्त्री, पूर्व गृहमन्त्री लगायत ५ जनालाई उपत्यका बाहिर जान रोक 

१२ असोज, काठमाडौँ । जेन-जी आन्दोलनमा भएको दमन र क्षतिको जाँचबुझ गर्न गठित आयोगले पूर्व प्रधानमन्त्री केपी शर्मा ओली, पूर्व गृह...
चीनले बनायो विश्वको पहिलो स्वायत्त मानवीय रोबोट, ७ दिनसम्म आफैँ गर्ने क्षमता

चीनले बनायो विश्वको पहिलो स्वायत्त मानवीय रोबोट, ७ दिनसम्म आफैँ गर्ने क्षमता

काठमाडौँ, चिनियाँ कम्पनीले मानिसजस्तै देखिने रोबोट बनाएको छ । अचम्मको कुरा के छ भने यो रोबोटले मानिसको सहयोग ब...
विस्फोटको उच्च जोखिममा रहेका चार हिमताल

विस्फोटको उच्च जोखिममा रहेका चार हिमताल

छोटो अवधिमा गरिएका विगतका अध्ययनहरूको समीक्षा र दुई भिन्न वर्षका सेटेलाइट नक्साको अवलोकन गर्दा उक्त चार वट...
जीवनशैलीलाई स्वस्थ राख्न जनसचेतना अनिवार्य छ-कुलपति राई 

जीवनशैलीलाई स्वस्थ राख्न जनसचेतना अनिवार्य छ-कुलपति राई 

 काठमाडौँ। नेपाल प्रज्ञा-प्रतिष्ठान र नेपाल विद्यावारिधि सङ्घको सहकार्यमा श्रावण  ८ गते "हाम्रो जीवनशैलीको रूपान्तरण स्वास्थ्य र...