20
Apr
काठमाडौँ, ८ वैशाख । नेकपा एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक आजबाट सुरु हुँदै छ । आज देखी सुरु हुने सो बैठकमा २ हजार ४ सय ५४ जना प्रतिनिधिले सहभागी जनाउँदै छन् । शनिवार देखी सुरु हुने प्रतिनिधि परिषद्को बैठक वैशाख १० गतेसम्म ललितपुरको गोदावरीस्थित सनराइज हलमा हुनेछ । शुक्रवार पत्रकार सम्मेलनमा एमालेका महासचिव शङ्कर पोखरेलले बैठकमा अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्ने जानकारी दिएका छन् । उनले यस बैठकले पार्टीलाई आगामी दिनमा कसरी अगाडि बढाउने भन्ने विषयको निर्क्योल गर्नेसमेत बताए । बैठकमा मिसन ग्रास रुट सङ्गठन सुदृढीकरण अभियान र समृद्धिका लागि सङ्कल्प यात्राका रूपमा गरेको झुलाघाट–चिवाभज्याङ यात्राको…