health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131

न्युयोर्क, ६ वैशाख । खगोलविद्हरूले पृथ्वीबाट २ हजार प्रकाश वर्षभन्दा कम दूरीमा एउटा विशाल ‘सुतिरहेको विशाल ब्ल्याक होल’ पत्ता लगाएका छन् ।
खगोलविद्हरूले अन्तरिक्षमा असामान्य तर हल्का डगमगाएको पत्ता लगाए पछि आकाश गङ्गा ग्यालेक्सीमा सबैभन्दा ठुलो ज्ञात तारकीय ब्ल्याक होल भेट्टाएका हुन ।
‘जिएआइए बिएच ३ नामक ‘स्लीपिङ जायन्ट’ हाम्रो सूर्यको भन्दा लगभग ३३ गुणा बढी द्रव्यमान छ र यो अक्विला तारा मण्डलमा १,९२६ प्रकाश वर्ष टाढा अवस्थित छ, जसले यसलाई पृथ्वीको दोस्रो सबैभन्दा नजिकको ब्ल्याक होलको रूपमा लिन सकिन्छ,’ वैज्ञानिकहरूले भनेका छन् । सबैभन्दा नजिकको ब्ल्याक होल जिएआइए बिएच ३ हो, जुन लगभग १५०० प्रकाश वर्ष टाढा अवस्थित छ र यसको द्रव्यमान हाम्रो सूर्यको भन्दा लगभग १० गुणा मात्रै ठुलो रहेको छ ।
खगोलविद्हरूले वैज्ञानिक समुदायलाई आगामी डाटा रिलिजको लागि युरोपेली अन्तरिक्ष एजेन्सीको ग्याया स्पेस टेलिस्कोपको माध्यमबाट ब्ल्याक होल पत्ता लगाएका हुन । अन्वेषकहरूले केही फेला पार्ने आशा गरेका थिएनन् तर एक विचित्र गति नजिकैको जिएआइए बिएच ३ को गुरुत्वाकर्षण प्रभाव परिरहेको देखे पछि उनीहरूको आँखा एक टक्क भएका थिए ।
‘धेरै निष्क्रिय ब्ल्याक होलहरू पहिचान गर्न पर्याप्त नजिकको साथी हुँदैन, त्यसैले तिनीहरू पत्ता लगाउन धेरै गाह्रो हुन्छन् र कुनै प्रकाश उत्पन्न गर्दैनन्। तर अन्य तारकीय ब्ल्याक होलहरूले साथी ताराहरूबाट सिफन सामग्री र पदार्थको आदानप्रदानले चम्किलो एक्स किरणहरू जारी गर्दछ, जुन टेलिस्कोपहरू मार्फत देख्न सकिन्छ,’ युरोपियन ग्यागा स्पेसका एक अधिकारीले भने ।
अक्विला तारा मण्डलमा पुरानो विशाल ताराको डगमगाउने हलचलले यो सुप्त ब्ल्याक होलको साथ कक्षीय नृत्यमा रहेको खुलासा गर्यो । र, यो गायाले देखेको तेस्रो यस्तो निष्क्रिय ब्ल्याक होल हो।
अन्वेषकहरूले चिलीको अटाकामा मरुभूमिमा रहेको युरोपेली दक्षिणी अब्जर्भेटरीको धेरै ठुलो टेलिस्कोप र अन्य भू–आधारित वेधशालाहरू प्रयोग गरी गाया बि ३ को द्रव्यमान पुष्टि गर्न प्रयोग गरेका थिए । र तिनीहरूको अध्ययनले यस्तो विशाल ब्ल्याक होल कसरी भयो भन्ने नयाँ सङ्केतहरू पनि प्रदान गरेको छ। यो निष्कर्ष मङ्गलवार एस्ट्रोनोमी एन्ड एस्ट्रोफिजिक्स जर्नलमा प्रकाशित भएको छ ।
फ्रान्सको नेशनल सेन्टर फर साइन्टिफिक रिसर्चको एक हिस्सा र अब्जर्भेटोयर डे पेरिसका खगोलविद् पास्क्वाले पानुज्जोले भने, ‘कसैले पनि उच्च द्रव्यमानको ब्ल्याक होल नजिकै लुकेको अहिलेसम्म पत्ता लगाएका थिएनन् तर फेला पार्ने आशा पनि गरेको थिएनन् । उनले अगाडी भने, ‘यो खोजको प्रकार हो जुन तपाईँले आफ्नो अनुसन्धान जीवनमा एक पटक गर्नुहुन्छ ।’