health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170

काठमाडौँ । आज एसीसी प्रिमियर कपको सेमिफाइनलका दुवै खेल हुँदै छन् । बुधवार समूह चरणका खेल सकिएसँगै सेमिफाइनलको समीकरण पुरा भएको थियो ।
समूह ए बाट नेपाल समूह विजेता र हङकङ उपविजेता हुँदै सेमिफाइनलमा पुगेका छन् भने समूह बी बाट ओमान विजेता र युएई उपविजेता बन्दै सेमिफाइनलमा पुगेका छन् । अब पहिलो सेमिफाइनलमा नेपाल र युएई खेल्दै छन् । यो खेल नेपाली समय अनुसार बिहान ११: ४५ बजेदेखि सुरु हुने छ ।
नेपाल र युएई एसोसियट्स देशका चिरपरिचित प्रतिद्वन्द्वी मानिन्छन् । यी दुई बिचको खेललाई एसोसियट्स देशको क्लासिको समेत भनिन्छ । नेपाल र युएईबिच अहिलेसम्म ९ टी-२० खेल भएका छन् । जसमा नेपालले ५ खेल जितेको छ भने युएईले ४ खेल जितेको छ ।
त्यस्तै दोस्रो सेमिफाइनलमा ओमान र हङकङ खेल्दै छन् । यो खेल अपराह्न ४: १५ बजेदेखि सुरु हुने छ ।
यस प्रतियोगिताको विजेताले २०२५ मा हुने टी-२० एसिया कपमा खेल्न पाउने छ भने शीर्ष तीन देशले एसीसी इमर्जिङ टिम्म एसिया कपमा छनौट हुने छन् ।