04
Dec
१८ मंसिर, तान्जानिया । उत्तरी तान्जानियामा बाढीका कारण आएको पहिरोमा परी कम्तीमा ४७ जनाको ज्यान गएको छ । सो बाढी र पहिरोमा परी अहिलेसम्म अन्य ८५ जना घाइते भएका स्थानीय अधिकारीले जनाएका छन् । राजधानी डोडोमाबाट करिब ३०० किलोमिटर उत्तरमा पर्ने कटेश सहरमा शनिबार भारी वर्षा भएको जिल्ला आयुक्त जेनेथ मायान्जाले बताए। ‘आइतबारे साँझसम्म मृत्यु हुनेको संख्या ४७ पुगेको छ र ८५ जना घाइते भएका छन्,” उत्तरी तान्जानियाको मन्यारा क्षेत्रका क्षेत्रीय आयुक्त क्वीन सेन्डिगाले स्थानीय सञ्चारमाध्यमलाई बताइन्। उनले मृत्यु हुनेको संख्या बढ्न सक्ने चेतावनी दिएकी छन् । मायन्जाले यस क्षेत्रका धेरै सडक हिलो, पानी र रुख र ढुङ्गाले अवरुद्ध भएकोसमेत…