01
May
नयाँदिल्ली, १९ वैशाख । भारतका पूर्व प्रधानमन्त्री एचडी देवेगौडाको परिवार सेक्स स्क्यान्डलमा फसेको छ । एचडी देवगौडाका नाति र कर्नाटकको हसनका सांसद प्रज्वल रेवन्नाको यौन काण्ड बाहिरिएपछि उनलाई जनता दल (सेक्युलर) बाट हटाउने माग पार्टीभित्र उठ्न थालेको छ । हुबल्लीमा जेडीएस कोर कमिटीको बैठक बस्दै छ, जसमा प्रज्वल रेवन्नालाई पार्टीबाट निष्कासन गर्ने निर्णय गर्न सक्छ । यहाँ विशेष अनुसन्धान टोलीले कारबाही थालेको छ । प्रज्वल रेवन्ना हाल विदेशमा छन् । उनका बुबाले यी अडियो–भिडियो क्लिपलाई आफ्नो परिवार विरुद्धको षड्यन्त्र भनेका छन् । उही समयमा कुमार स्वामीले आफूलाई आफ्नो भाइको परिवारभन्दा भिन्न भएको बताएका छन् । कर्नाटकको हसनमा जेडियु सांसद र…