Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170
ज्ञान घर, Author at Gyaan Ghar - Page 19 of 205

Gyaan Ghar

Advertisement

ज्ञान घर

2049 Posts
मुग्लिङ-काठमाडौँ सडक खण्डमा एक दर्जनभन्दा बढी स्थानमा पहिरो

मुग्लिङ-काठमाडौँ सडक खण्डमा एक दर्जनभन्दा बढी स्थानमा पहिरो

काठमाडौँ । शुक्रवार बिहानै देखि परेको वर्षाका कारण मुग्लिङ-काठमाडौँ सडक खण्डमा एक दर्जन भन्दा बढी स्थानमा पहिरो जाँदा सडक अवरुद्ध भएको छ । यस सडक खण्डमा कोइराले, ८ किलो, नाग ढुङ्गा, सुरुङ मार्ग लगायतका लगायतका ठाउँमा खसेको पहिरोका कारण यातायात अवरुद्ध रहेको छ । प्रहरीले पहिरो पन्छाएर सडक सुचारु गर्ने प्रयास जारी रहेको बताएको छ । वर्षा नरोकिएकाले अत्यावश्यक बाहेक यात्रा नगर्न समेत प्रहरीले आग्रह गरेको छ ।
Read More
सहकारी ठगीमा फरार ढोरपाटनका मेयर नेपाली दिल्लीबाट पक्राउ

सहकारी ठगीमा फरार ढोरपाटनका मेयर नेपाली दिल्लीबाट पक्राउ

काठमाडौँ । बागलुङको ढोरपाटन नगरपालिकाका फरार मेयर देवकुमार नेपाली पक्राउ परेका छन् । सहकारी ठगी प्रकरणमा फरार रहेका मेयर नेपाली भारतको दिल्लीस्थित विमानस्थलबाट पक्राउ परेका हुन् । उनीमाथि इमेज सहकारीको बचत अपचलन गरेको आरोप छ । उनले यो सहकारीको एक अर्ब ८० करोड ठगी गरेर फरार भएका थिए । नेपालीले सहकारी बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिलाई हुलाकमार्फत पत्र पठाउँदै मुद्दा फिर्ता लिएर ऋण तिर्ने वातावरण नबाइदिन आग्रह गरेका थिए । उनी विरुद्ध सहकारी बचत रकम अपचलन अभियोगमा मुद्दा चलिसकेको छ । तर, महान्यायाधिवक्ताको कार्यालयले बैङ्किङ कसुर र सहकारी ऐनअन्तर्गतका मुद्दामा ऋण तिरेको खण्डमा मिलापत्र गर्न सकिने व्यवस्था…
Read More
 फरक आत्मा !

 फरक आत्मा !

* रबी पौडेल ,दक्षिण भारत पाण्डेचरी मानिसको आत्मा एउटै हुन्छ भन्थे तर फरक हुँदो रहेछ हेर ! तिमी अकासबाट उड्यौ म जमिनबाट गुडे तिमी एक्सिडेन्ट् भयौ म पनि एक्सिडेन्ट् भएँ तिमी अन्तर्राष्ट्रिय एयरपोर्टमा जलेर मर्याै म सिमलतालकाे लेदोले बगाउँदा त्रिशूली नदिमा डुबेर मरेँ तिमी दुई घण्टा नहुँदै भेटियौ म दुई हप्ता हुँदा पनि भेटिन सकिन् तिम्रो परिवारमा रुवाबासी छ मेरो परिवारमा पनि रुवाबासी छ तर , तिम्रो महँगो टिकट थियो त्यसैले तिमिलाई आत्मसम्मान मिल्याे आधा झन्डा झुकाइयो तर , म सस्तो टिकट लिएको थिएँ त्यसैले , सम्मान पाउन सकिन आँसु एउटै हुन्छ भन्थे तर ,,यहाँ आँसु पनि फरक फरक हुँदा…
Read More
आज र भोली रात्रि बस नचलाउन निर्देशन

आज र भोली रात्रि बस नचलाउन निर्देशन

काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शुक्रवार र शनिवार राति ५६ जिल्लामा रात्रि बस चलाउन रोक लगाएको छ । विपद्का घटना बढ्न सक्ने भन्दै मनसुन पूर्व तयारी तथा प्रतिकार्य कमान्ड पोस्टले रातको समयमा असोज ११ र १२ गते रात्रिकालीन बस चलाउन नदिने निर्णय गरेको हो। बिहीबारदेखि आइतबारसम्म चार दिन भारी वर्षा एवं अति भारी मनसुनी वर्षा हुने मौसम विभागले जनाएको छ ।  प्राधिकरणले धान नकाट्ने, काटिसकेको भए तत्काल थन्काउने, तराई तथा मधेस क्षेत्रमा भुइँतालमा अन्नपात नराख्ने, पहिरो जोखिम भएका स्थानमा र नदी किनारा बस्तीमा उच्च सतर्कता अपनाउन र दाउरा निकाल्न तथा माछा मार्न नदी किनारामा नजाने सूचना…
Read More
राष्ट्रसङ्घ महासभामा प्रधानमन्त्री ओलीको सम्बोधन, के के भने ?

राष्ट्रसङ्घ महासभामा प्रधानमन्त्री ओलीको सम्बोधन, के के भने ?

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभालाई सम्बोधन गर्दै राष्ट्रसङ्घीय शान्ति अभियानमा सेना र प्रहरीको सबैभन्दा ठुलो योगदानकर्ताका रूपमा नेपाल विश्व शान्ति र सुरक्षामा आफ्नो योगदानलाई थप वृद्धि गर्न तयार रहेको बताएका छन् । महासभामा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अमेरिकाको न्युयोर्कमा रहेका प्रधानमन्त्री ओलीले स्थानीय समय अनुसार बिहीबार साँझ ५:३० बजे महासभामा सम्बोधन गरेका हुन् । प्रधानमन्त्री ओलीले कसैलाई पनि पछाडि नपारी वर्तमान र भावी पुस्ताका लागि शान्ति, दिगो विकास र मानव मर्यादाको उन्नतिका लागि एकजुट हुन विश्व समुदायलाई आह्वान गरे । सशस्त्र द्वन्द्वपछि नेपालको शान्ति स्थापनाका प्रयासका आरोह अवरोहको व्याख्या गर्दै प्रधानमन्त्री ओलीले आफ्नो…
Read More
बुद्ध उपदेशले निराशा र पलायनको लागि प्रेरित गर्छ

बुद्ध उपदेशले निराशा र पलायनको लागि प्रेरित गर्छ

* डा.गोविन्दशरण उपाध्याय संसार दुःखरहित छैन तर संसार केवल दुःख मात्र पनि छैन | जन्मको बखतमा जन्म लिँदै गरेको नवजात शिशुलाई दुःख सुखको कुनै वेदना भएको स्मरणमा रहेको भेटिन्न | मृत्यु त मृत्यु नै भयो | त्यसपछिको अनुभव कसैसँग हुँदैन | पुनर्जन्म मान्नेहरूले शास्त्रमा विश्वास गर्छन् | नमान्नेहरूका लागि दुःख र सुख दुवैको अन्त्य मृत्युसँग हुन्छ | बुद्धले संसारलाई दुःखमय अनुभव गर्नु उनको निजी अनुभूति हो | यदि बुद्धले संसार सबैका लागि दुःखमय छ भन्छन्, यस्तो भनाई बुद्धमा बुद्धको पूर्वाग्रह झल्किन्छ | यदि संसारका हरेक मान्छेले आजीवन दुःख र दुःखको मुक्तिका लागि प्रयत्न मात्र गरिरह्यो भने पनि जीवनको कुनै पनि…
Read More
सुडानमा हैजाको प्रकोप, अहिलेसम्म ४३० को मृत्यु

सुडानमा हैजाको प्रकोप, अहिलेसम्म ४३० को मृत्यु

काठमाडौँ । सुडानमा पछिल्लो महिना हैजाको प्रकोपका कारण मृत्यु हुनेको सङ्ख्या ४३० नाघेको छ । देशमा जारी गृहयुद्धका बिच सुडानको स्वास्थ्य मन्त्रालयले हैजाका बिरामी झन्डै १४ हजार पुगेको जानकारी दिएको छ । सुडानको स्वास्थ्य मन्त्रालयले हैजाबाट मुक्ति पाउन हर सम्भव प्रयास गरिरहेको बताएको छ । सुडानका लागि अमेरिकी विशेष दूत टम पेरिलोका अनुसार देशमा द्वन्द्वको अवस्थाका कारण खाँचोमा परेकाहरूलाई स्वास्थ्य सेवा उपलब्ध गराउन निकै कठिन छ । गत वर्षदेखि हालसम्म यो द्वन्द्वमा डेढ लाखले ज्यान गुमाएका छन् । सुडानमा जारी द्वन्द्वका कारण उनीहरूले नियमित अवरोधको सामना गर्नुपर्ने चिकित्सा सहायता सङ्गठन डक्टर्स विदाउट बोर्डर्स (एमएसएफ) ले रिपोर्ट गरेको छ। अप्रिल २०२३…
Read More
स्थानीय तहको उपनिर्वाचनका लागि दल दर्ता आजदेखि

स्थानीय तहको उपनिर्वाचनका लागि दल दर्ता आजदेखि

काठमाडौँ । निर्वाचन आयोगले स्थानीय तह सदस्य उपनिर्वाचनका लागि आजदेखि दल दर्ता खुला गरेको छ । आयोगले २०८१ मङ्सिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनमा भाग लिनका लागि राजनीतिक दलहरूलाई आजदेखि दर्ता खुला गरेको हो । आयोगमा दर्ता कायम रहेका राजनीतिक दलहरूलाई नेपालको संविधानको धारा २१७ र राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ४ बमोजिम आजदेखि असोज १६ गतेसम्म कार्यालय समयभित्र राजनीतिक दल सम्बन्धी नियमावली, २०७४ को अनुसूची १२ बमोजिमको ढाँचामा निर्वाचन आयोगको कार्यालयमा दल दर्ताका लागि निवेदन दिन सूचना प्रकाशित गरेको छ । आयोगले असोज २० गते दल दर्ता स्वीकृत गर्ने, निर्वाचन सम्बन्धी निर्देशिका, कार्यविधि, मापदण्ड तथा आचारसंहिता…
Read More
रवीन्द्र मिश्र भन्छन्- गणतन्त्रको नायक प्रचण्ड नै हुन्

रवीन्द्र मिश्र भन्छन्- गणतन्त्रको नायक प्रचण्ड नै हुन्

काठमाडौँ । राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले संघीय लोकतान्त्रिक गणतन्त्रका नायक प्रचण्ड नै भएको बताएका छन् । मिश्रले यस अघि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँगको भेट बारे गरेको टिप्पणी प्रचण्डको सचिवालयले खण्डन गरेपछि गणतन्त्रको नायक प्रचण्ड नै भएको बताएका हुन् । साथै मिश्रले काँग्रेस, एमाले र नागरिक समाज प्रचण्डका पथगामी भएको टिप्पणी समेत गरेका छन् । आफ्नो अघिल्लो टिप्पणी प्रचण्ड पक्षले खण्डन गरेपछि मिश्रले भनेका छन् -  ठुला नेताहरूसँग भेट्दा "यो कुराचाहिँ बाहिर नगरौँ/हामी बिचमा रहोस्" भनिएका कुरा म कहिल्यै पनि सार्वजनिक गर्दिन। र हिजोको हाम्रो संवादका हकमा पनि त्यही नै नीति अवलम्बन गरेको छु । सङ्घीय लोकतान्त्रिक…
Read More
श्रीलङ्काको संसद् भङ्ग, नोभेम्बर १४ मा निर्वाचनको घोषणा

श्रीलङ्काको संसद् भङ्ग, नोभेम्बर १४ मा निर्वाचनको घोषणा

काठमाडौँ । श्रीलङ्काका राष्ट्रपति अनुरा कुमार दिसानायकेले संसद् विघटन गरेका छन् । राष्ट्रपति दिसानायकेले आगामी नोभेम्बर १४ मा आम निर्वाचन गर्ने गरी संसद् विघटन गरेका हुन् । श्रीलङ्कामा पछिल्लो संसद् अधिवेशन अगस्ट २०२० मा बोलाइएको थियो । संसद् विघटन निर्धारित समयभन्दा ११ महिना अगाडि भएको छ । राष्ट्रपति चुनावको अभियानका क्रममा नै दिसानायकेले आफू विजयी भए तत्काल संसद् विघटन गर्ने स्पष्ट पारेका थिए । गत शनिवार भएको निर्वाचनको नतिजापछि राष्ट्रपति बनेका ५६ वर्षीय दिसायनाकेले संसद् भङ्ग गरेर निर्वाचनको मिति तोकेका हुन् । श्रीलङ्काको नवौँ राष्ट्रपतिको रूपमा शपथ ग्रहण गरेपछि उनले आफू लोकतन्त्र जोगाउन र नेताहरूको सम्मान पुनर्स्थापनाका लागि सक्दो प्रयास…
Read More