Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170
ज्ञान घर, Author at Gyaan Ghar - Page 18 of 205

Gyaan Ghar

Advertisement

ज्ञान घर

2049 Posts
कमरेड चे : एक अद्वितीय व्यक्तित्व

कमरेड चे : एक अद्वितीय व्यक्तित्व

 * डा चूडाप्रसाद ढकाल    चे ग्वेवाराः विश्वका चर्चित र प्रेरणादायक व्यक्तित्वहरूमध्ये एक हुन्। उनका जीवन र क्रियाकलापहरूले विशेष गरी क्रान्तिकारी आन्दोलन र उत्पीडित जनतामा अमिट छाप छोडेका छन्। चे ग्वेवाराले आफ्नो जीवन सामाजिक र आर्थिक असमानताविरुद्ध सङ्घर्ष गर्न समर्पित गरे। उनले उपनिवेशवाद, तानासाही, र उत्पीडनमा परेका जनतालाई प्रेरणा दिएका छन्। चे ग्वेवाराको जीवन, प्रमुख ऐतिहासिक क्षणहरू, र उनको दीर्घकालीन प्रभावलाई जाँच गर्दा, हामीले उनको आदर्श र योगदानलाई उच्च मूल्याङ्कन गर्नुपर्छ। उनका विचार र कार्यहरूले आजको समयमा पनि मानिसहरूलाई प्रेरित गर्न जारी राखेका छन्, जसले उनलाई एक अमर क्रान्तिकारी बनाएको छ। चे ग्वेवाराको प्रारम्भिक जीवन र शिक्षा उनको क्रान्तिकारी करियरको लागि…
Read More
गोरखाबाट काठमाडौँका लागि छुटेको यात्रुवाहक बस शुक्रवारदेखि सम्पर्कविहीन

गोरखाबाट काठमाडौँका लागि छुटेको यात्रुवाहक बस शुक्रवारदेखि सम्पर्कविहीन

गोरखा । गोरखाको लापुबेसिबाट काठमाडौँका लागि छुटेको  यात्रुवाहक बस सम्पर्कविहीन भएको छ । शुक्रवार बिहान ७ बजे गोरखाको लापुबेसिबाट काठमाडौँका लागि छुटेको ना ४ ख २२७० नम्बरको बस अहिलेसम्म पनि सम्पर्कमा नआएको बताइएको छ । गोरखा दरौदी यातायात प्रालिका अध्यक्ष नारायण खत्रीका अनुसार राति १० बजेसम्म खानि खोलासम्म सम्पर्कमा रहे पनि त्यसपछि कोही कसैसँग सम्पर्क भएको छैन । उक्त बसमा कति यात्रु थिए भन्नेबारे पनि यकिन भएको छैन ।
Read More
झ्याप्ले खोलामा अर्को बस पुरिएको अवस्थामा भेटियो

झ्याप्ले खोलामा अर्को बस पुरिएको अवस्थामा भेटियो

धादिङ । पृथ्वी राजमार्गको झ्याप्ले खोलामा पहिरोले पुरिएको अवस्थामा अर्को सवारी साधन भेटिएको छ । नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले पहिरो उत्खनन गर्दा अर्को बस भेटिएको हो । प्रहरीले अहिलेसम्म २ शव समेत फेला परेको बताएको छ । अहिले पुरिएको अवस्थामा रहेको बसको केही भाग मात्र देखिएकोले कस्तो बस हो भन्ने बारेमा केही बेरपछि जानकारी हुने भएको छ । शुक्रवार गोरखाबाट काठमाडौँका लागि हिँडेको यात्रु बस र शुक्रवार नै चितवनबाट काठमाडौँका लागि हिँडेको माइक्रो बस अहिलेसम्म सम्पर्कविहीन भएको बताइएको छ । बस र माइक्रोको खोजी जारी रहेको र झ्याप्ले खोलामा सवारी साधन पुरिएको अवस्थामा भेटिएकाले यही पहिरोमा परेको…
Read More
नख्खुमा भेटिएन सरकार !

नख्खुमा भेटिएन सरकार !

काठमाडौँ । शनिबार बिहान उज्यालो हुदा नहुदै काठमाडौँ उपत्यका बाढीको चपेटामा पर्यो । खास गरि कोरिडोर र नदी किनारका बस्ती उज्यालो हुदा नहुदै डुबानमा पर्न शुरु भएका थिए । यसैबीच ललितपुर महानगरपालिका–१४ नखिपोटस्थित नख्खु खोलाको घटनाले सरकारको विपदमा राहत तथा उद्धारमा तयारी कस्तो छ भन्ने एक्सपोज भएको छ । नख्खु खोलाको बाढीले नदी किनारमा रहेको टहरो डुबाउँदा बिहानैदेखि चार जना टहरोमाथि चढेर उद्धारको याचना गरिरहे । टहरोको छतमा घन्टौं बस्दा पनि उद्धार हुन सकेन् । अन्तत: टहरो भत्कियो र चारै जनालाई बाढीले बगायो । बाढीले उनीहरुलाई बगाइरहेको भिडियो सामाजिक सञ्जालमा भाइरल भयो र आम मानिसले राजधानीमै नदेखिएको आक्रोस व्यक्त गर्न…
Read More
मोबाइल फोनको प्रयोगबारे डब्लुएचओकाे धारणा के हाे ?

मोबाइल फोनको प्रयोगबारे डब्लुएचओकाे धारणा के हाे ?

काठमाडौँ । मोबाइल फोनको प्रयोगले क्यान्सर निम्त्याउँछ भन्ने डर र भ्रम प्रायः फैलिन्छ । तर के यो वैज्ञानिक रूपमा सही छ ? हालै विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले यसबारे एक प्रतिवेदन सार्वजनिक गरेको छ । यस समीक्षा प्रतिवेदनमा मोबाइल फोन र क्यान्सर बिचको सम्बन्ध जान्नका लागि विश्वभर गरिएका धेरै अध्ययनहरूको समीक्षा गरिएको छ । यो प्रतिवेदन तयार गर्न अस्ट्रेलियन विकिरण संरक्षण र आणविक सुरक्षा एजेन्सीले नेतृत्व गरेको थियो । यसमा विश्वभरबाट जम्मा ५,००० भन्दा बढी अध्ययनहरू समावेश गरिएको थियो । यी धेरै वैज्ञानिक पक्षहरूमा मूल्याङ्कन गरियो, क्रमबद्ध गरियो र अन्तमा १९९४ र २०२२  बिच प्रकाशित ६३ सबैभन्दा सटीक अध्ययनहरू समीक्षा…
Read More
हिजबुल्लाहको मुख्यालयमा इजरायलको आक्रमण

हिजबुल्लाहको मुख्यालयमा इजरायलको आक्रमण

काठमाडौँ । इजरायलले लेबनानमा हिजबुल्लाहको लक्ष्यमा हवाई आक्रमण जारी राखेको छ । इजरायलले शनिवार बिहान दक्षिणी बेरुतमा हिजबुल्लाहको स्थानमा हवाई आक्रमण गरेको थियो । इजरायली सेनाले एक विज्ञप्ति जारी गर्दै हिजबुल्लाहको मिसाइल इकाईका प्रमुख मोहम्मद अली इस्माइल आफ्नो आक्रमणमा मारिएको जनाएको छ । यसका साथै इजरायली आक्रमणमा मोहम्मद अली इस्माइलका सहायक हुसेन अहमद इस्माइल पनि मारिएका छन् । इजरायली सेनाले मोहम्मद इस्माइल इजरायलमा धेरै रकेट आक्रमणको पछाडि रहेको बताएको छ । यसअघि हिजबुल्लाहका मिसाइल र रकेट फोर्सका प्रमुख मोहम्मद काबिसी र अन्य धेरै शीर्ष कमान्डर पनि इजरायली आक्रमणमा मारिएका थिए । यसअघि इजरायलले शुक्रवार लेबनानमा ठुलो हवाई हमला गरेको थियो…
Read More
साफ यू-१७ च्याम्पियनसिप: सेमिफाइनलमा आज नेपालको सामना भारतसँग

साफ यू-१७ च्याम्पियनसिप: सेमिफाइनलमा आज नेपालको सामना भारतसँग

काठमाडौँ । नेपाल साफ यू-१७ च्याम्पियनसिपको सेमिफाइनलमा आज भारतको सामना गर्दै छ । थिम्पुस्थित चाङलिमिथाङ स्टेडियममा आज हुने खेल नेपाली समय अनुसार अपराह्न १: ४५ बजेदेखि हुनेछ । नेपाल समूह बी मा उपविजेता हुँदै सेमिफाइनलमा पुगेको हो भने भारत समूह ए मा समूह विजेता बनेर सेमिफाइनल खेल्दै छ । नेपाल समूह चरणमा पाकिस्तानसँग १-० गोल अन्तरले पराजित भएको थियो भने श्रीलङ्कालाई ४-० र भुटानलाई २-१ ले पराजित गरेको थियो । त्यसै गरी समूह ए मा भारतले बङ्गलादेशलाई १-० र मालदिभ्सलाई ३-० ले पराजित गर्दै समूह विजेता बनेको थियो । आजै दोस्रो सेमिफाइनल साँझ ५: ४५ बजेदेखि  पाकिस्तान र बङ्गलादेशबिच हुँदै…
Read More
आजको मौसम: बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा भारी वर्षा

आजको मौसम: बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा भारी वर्षा

काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।साथै  भारतको मध्य प्रदेश र आसपासको क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको प्रभाव नेपालमा रहेको छ । हाल देशभर साधरणतया बदली देखि पूर्णतया बदली रहेको छ।देशभरका अधिकांश स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा भइरहेको छ । आज दिउँसो देशभर साधरणतया बदली देखि पूर्णतया बदली रहने छ । कोसी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली  प्रदेशका धेरै स्थानहरूमा तथा सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा भारी वर्षाको पनि सम्भावना रहेको छ…
Read More
३१ बर्सपछि कुलेखानी ड्याम भरियो,  हनुमन्ते खोलाले ग्याँस बुलेट बगायो

३१ बर्सपछि कुलेखानी ड्याम भरियो,  हनुमन्ते खोलाले ग्याँस बुलेट बगायो

काठमाडौँ । अविरल वर्षाका कारण कुलेखानी जलाशय भरिएपछि शनिवार बिहान ५: ४० बजे ड्यामको ढोका खोलिएको छ । कुलेखानीको ड्याम ३१ वर्षपछि जलाशय भरिएर खोलिएको हो । यसअघि २०५० सालमा ढोका खोलिएको थियो । नेपाल विद्युत् प्राधिकरणको व्याकअपको रूपमा रहेको जलाशय शनिवार बिहान भरिएको थियो । जलाशयको भण्डारण गर्ने क्षमता एक हजार ५ सय ३० मिटर रहेको छ । अझ जलाशयमा क्षमता भन्दा बढी ३५ सेन्टिमिटर पानी सङ्कलन गरिएको थियो । गत वर्ष कुलेखानी जलाशयमा एक हजार ५२६ मिटर मात्र पानी सङ्कलन भएको थियो । कुलेखानी जलाशय भरिएको अवस्थामा पानी खपत गर्न कुलेखानीका तीन वटै विद्युत् गृह सञ्चालन गरिएको छ।…
Read More