16
Jul
काठमाडौँ, ३१ असार । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले नेपालको ऊर्जा क्षेत्रलाई दिगो विकासको बाटोमा अघि बढाउन सरकार दृढतापूर्वक लागिपरेको बताएका छन् । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल ९इप्पान० को २३औँ वार्षिक साधारण सभाको उद्घाटन समारोहमा मन्त्री खड्काले आगामी १० वर्षमा २८ हजार ५०० मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्यसहितको कार्ययोजना अनुसार काम अघि बढिसकेको जानकारी गराए। “ट्रान्समिसन लाइन पुगेको ठाउँमा विद्युत् उत्पादन गर्न दिनु पर्ने प्रधानमन्त्रीज्यूको नीति अनुरूप पिपिए भएको छ,” मन्त्री खड्काले बताए। साथै, उत्पादनका क्रममा देखिएका अवरोध हटाउन वन मन्त्रालयसँग पनि निरन्तर छलफल र समन्वय भइरहेको उनले जानकारी दिए। ऊर्जा क्षेत्रमा निजी क्षेत्रको भूमिका महत्त्वपूर्ण रहेको…