02
Jul
काठमाडौँ, १७ असार । अहिले एउटा युरोपेली देशमा क्रान्तिको खबर आएको छ । सर्बियाको विद्यार्थी क्रान्ति सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । ८ महिनाअघि सर्बियाको रेलवे स्टेसनमा भएको दुर्घटनाबाट निस्केको विरोध अहिले विद्रोहको आगोमा परिणत भएको छ । सर्बियाका राष्ट्रपतिलाई अपदस्त गर्न हजारौँ विद्यार्थी सडकमा उत्रिएका छन् र सर्बियाका सडक गृहयुद्धको मैदान बनेका छन् । युरोपको शान्तिप्रिय देश अहिले रगतले रातो भएको छ । सर्बियाको राजधानी बेलग्रेडमा हजारौँ विद्यार्थी सडकमा उत्रिएका छन् । ठ्याक्कै त्यस्तै घटना सर्बियामा भइरहेको छ, जुन एक वर्ष पहिले बङ्गलादेशमा भएको थियो। प्रहरी र आन्दोलनरत विद्यार्थीबिच झडप भइरहेको छ । सर्बियामा ‘कु’को नारा गुन्जिरहेको छ…