26
Feb
छत्तिसगढ, १४ फागुन । भारतको निर्वाचन आयोगले पनि २०२४ को लोकसभा चुनावको तयारी गरिरहेको छ । निर्वाचन आयोगका टोलीहरूले प्रत्येक राज्यमा चुनावी तयारीको जानकारी लिइरहेका छन् र चुनावको मिति छिट्टै घोषणा हुने सम्भावना रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। यस्तो अवस्थामा हामी २०१४ को लोकसभा चुनावसँग सम्बन्धित एउटा घटना सुनाउँदै छौँ, जब छत्तीसगढको महासमुन्द सिटबाट एउटै नामका ११ जना उम्मेदवारले चुनाव लडेका थिए । यस सिटलाई लिएर पहिले भाजपा र त्यसपछि काँग्रेसले धेरै हङ्गामा गरेको थियो। छत्तीसगढको महासमुन्द सिटमा काँग्रेसले अजित जोगीलाई उम्मेदवार बनाएको थियो। भाजपाले चन्दुलाल साहुलाई टिकट दिएको थियो । तर, पछि सोही सिटबाट थप १० स्वतन्त्र उम्मेदवारले उम्मेदवारी…