health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131

छत्तिसगढ, १४ फागुन । भारतको निर्वाचन आयोगले पनि २०२४ को लोकसभा चुनावको तयारी गरिरहेको छ ।
निर्वाचन आयोगका टोलीहरूले प्रत्येक राज्यमा चुनावी तयारीको जानकारी लिइरहेका छन् र चुनावको मिति छिट्टै घोषणा हुने सम्भावना रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।
यस्तो अवस्थामा हामी २०१४ को लोकसभा चुनावसँग सम्बन्धित एउटा घटना सुनाउँदै छौँ, जब छत्तीसगढको महासमुन्द सिटबाट एउटै नामका ११ जना उम्मेदवारले चुनाव लडेका थिए । यस सिटलाई लिएर पहिले भाजपा र त्यसपछि काँग्रेसले धेरै हङ्गामा गरेको थियो।
छत्तीसगढको महासमुन्द सिटमा काँग्रेसले अजित जोगीलाई उम्मेदवार बनाएको थियो। भाजपाले चन्दुलाल साहुलाई टिकट दिएको थियो । तर, पछि सोही सिटबाट थप १० स्वतन्त्र उम्मेदवारले उम्मेदवारी दर्ता गराएका थिए, अचम्म त ती सबै उम्मेदवारको नाम चन्दुलाल साहु थियो । त्यसपछि भाजपाले निर्वाचन आयोगमा उजुरी समेत गरेको थियो ।
ती ११ उम्मेदवारको नाम उस्तै थियो र चन्दुलाल साहु कसलाई भोट हाल्ने भन्ने चिन्ता पनि मतदातामा रहेको थियो । तर सबैको चुनाव चिन्ह फरक–फरक थियो र उम्मेदवारको पहिचान यसरी गरिएको थियो । भाजपा उम्मेदवारको चुनाव चिन्ह कमल थियो भने स्वतन्त्र उम्मेदवारको चुनाव चिन्ह बेलुन, सिलिङ फ्यान, ब्याट, अटोरिक्शा, रोटी, टिभी, ब्याट्सम्यान, बेल्ट, कालो बोर्ड र बोतल राखिएको थियो।
बीजेपीले चुनाव आयोगमा भाजपा उम्मेदवार जस्तै अन्य १० जनाले चुनाव लडेको गुनासो गरेको थियो र काँग्रेसले यस मार्फत अजित जोगीलाई फाइदा पुर्याउन चाहेको बताएको थियो। भाजपाले अन्य १० उम्मेदवारहरूको मनोनयन खारेज गर्न र दोषी पाइएमा अजित जोगीको उम्मेदवारी रद्द गर्न पनि माग गरेको थियो।
तर, संयोगले मतगणनाको दिनमा अजित जोगी अधिकांश समय अगाडी थिए र अन्त्यमा बीजेपीका उम्मेदवार विजयी हुन पुगे ।
यसपछि अजित जोगीले ईभीएम छेडछाडको आरोप लगाउँदै छानबिनको माग गरेका थिए । तर, यस्तो केही भएको छैन । भाजपाका चन्दुलाल एक हजार मतको अन्तरले विजयी भएका छन् । अन्य १० चन्दुलालले जम्मा ६० हजार मत पाएका थिए ।