27
Feb
काठमाडौँ, १५ फागुन । नेपाली काँग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घको पहिलो केन्द्रीय समिति बैठक काठमाडौँको कमलादीस्थित नेपाल प्रज्ञा भवनमा बसेकोमा संस्थापन इतर समूहले बहिष्कार गरेको छ। दुजाङ शेर्पाको अध्यक्षतामा रहेको नेवि सङ्घ तदर्थ समितिले केन्द्रीय समिति बैठक आह्वान गरेकोमा पहिलो बैठक नै विवादमा परेको हो। काँग्रेस संस्थापन इतर समूहनिकट केन्द्रीय सदस्यहरू बैठकमा सहभागी भएका छैनन्। उनीहरूले सभापति शेरबहादुर देउवाले मङ्गलवार बिहान भेटेर विवाद समाधान गरेर मात्रै बैठक गर्न पहल गरिदिन आग्रह गरेका थिए। उनीहरूको आग्रहपछि देउवाले अध्यक्ष शेर्पालाई टेलिफोन गरी विवाद समाधान गरेर बैठक गर्न निर्देशन दिएका थिए। सभापति देउवानिकट नेवि सङ्घले केन्द्रीय समिति बैठक सुरु गराएको हो। बैठक…