21
Nov
काठमाडौँ । ‘जीवन तथा जगत्प्रतिको स्पष्ट विश्व दृष्टिकोण नहुँदा मानव स्वतन्त्रता र समृद्धिको दिशामा अवरोध सिर्जना भइरहेको’ विभिन्न दार्शनिक व्यक्तिहरूले धारणा राखेका छन् । ज्ञानशाला अनुसन्धान केन्द्र र दर्शनशास्त्र विभाग, त्रिचन्द कलेजको आयोजना भएको अन्तरक्रिया कार्यक्रममा उनीहरूले सो धारणा राखेका हुन् । विश्व दर्शन दिवसको अवसरमा मानव स्वतन्त्रता र समृद्धिको दिशामा दर्शनशास्त्र विषयक अन्तरक्रिया कार्यक्रममा मङ्सिर ६ गतेका दिन नयाँबजारस्थित ज्ञानशाला अनुसन्धान केन्द्रको सभा हलमा विभिन्न दार्शनिक व्यक्तित्वहरूको जमघट रह्यो । कार्यक्रममा विषयवस्तु प्रस्तोताहरूमा श्याम श्रेष्ठ, डा.गोविन्दशरण उपाध्याय र मनोहरि तिमिल्सेना हुनहुन्थ्यो । ज्ञानशाला अनुसन्धान केन्द्रका अध्यक्ष भोलानाथ ढकालले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रमको सहजीकरण समीर सिंहले गर्नुभएको थियो । अन्तरक्रिया कार्यक्रममा…