Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170
विश्व दर्शनशास्त्र दिवसको अवसरमा  शुभकामना ! - Gyaan Ghar

Gyaan Ghar

Advertisement

विश्व दर्शनशास्त्र दिवसको अवसरमा  शुभकामना !

* डा.गोविन्दशरण उपाध्याय
(१) नेपाली समाज तथा व्यक्तिमा बढ्दो असन्तोषको कारण वर्तमान राजनीतिले स्थायित्व र अडान लिन नसक्नु नै हो | सबै राजनैतिक दलका घोषणापत्रहरू उत्कृष्ट छन् तर घोषणापत्र, व्यावहारिक धरातल र दलका नेतृत्व तथा तर्काकर्ताहरूको रहनसहनमा एकताका लागि हरेक पार्टीको नेतृत्वले इमानदार भएर सैद्धान्तिक तथा व्यावहारिक तहमा चिन्तन, मनन र क्रियान्वयन गर्न आवश्यकता छ | देश, जनता र समय हामीसँग छ | यसको सदुपयोग गर्नुपर्छ |
(२) राजनीतिले मानवको चिन्तन, स्वभाव तथा गतिलाई निर्दिष्ट गरेर समाजलाई सुसभ्य, समुन्नत तथा सहृदयी बनाउँछ | यी सबै थोक केवल सुशासनबाट प्राप्त हुन्छन् | नेपाली समाजमा मात्र होइन विश्वभरिका राजनैतिक प्रणालीहरूप्रति प्रश्न र असन्तोष फैलिरहेको छ | अगुवाहरूले बोलेको कुरा र व्यवहारमा कत्ति पनि समानता देखिन्न | नैतिक जिम्मेवारीलाई बलियो बनाउने आवश्यकता छ | नेतृत्वमा रहेकाले पुनः सकारात्मक निर्णयसहितको व्यवहार प्रदर्शन गर्नुपर्छ |
(३) राजनीतिमा वैचारिक मतभेद हुनु स्वाभाविक हो तर समग्र समुन्नतिका लागि निम्नतम सहमति सबैमा हुनुपर्छ | उदाहरणका लागि विद्यालयहरू, महाविद्यालयहरू, विश्वविद्यालयहरू र चिकित्सालयहरूमा राजनैतिक उद्देश्यसहित कुनै नियुक्तिहरू नगर्ने र राजनैतिक उद्देश्य प्राप्तिका लागि विद्यार्थीहरूलाई “मोहरा” नबनाउने सहमति गर्न सबै दलहरू तयार हुनु निम्नतम सहमतिको आरम्भ हुन सक्छ | शिक्षा क्षेत्रको बेथितिबाट अपरिचित र असहमत एउटा सर्व सामान्य मान्छे असहमत हुँदैन भने क्षमतावान् राजनैतिक नेतृत्वले बुझेको छैन भन्न मिल्दैन |
(४) आधुनिक सञ्चारमाध्यमको विकासले विश्वको जुनसुकै घटना वा विचारले जुनसुकै व्यक्ति, समाज वा राष्ट्र प्रभावित हुन सक्छ | यस्तो प्रभावमा असल र कसल दुवै विचार वा घटनाको प्रवेश हुन्छ | अहिलेको नेपाली समाज आफ्नो मौलिक पहिचान र विभिन्न माध्यमहरूबाट प्रवेश गरेका विदेशी वाद, जीवनशैली तथा व्यवहारका बिचमा आकुल व्याकुल छ | भौतिक सुमुन्नातिका लागि विदेशीवाद र जीवनशैलीले आकर्षण गरिरहेको छ भने आफ्नो मौलिक परिचयले निर्मित व्यक्तित्वले “आफ्नोपन जीवित राख्न सङ्घर्ष” गरिरहेको छ | यस्तो अवस्थामा, हाम्रो समाजलाई विदेशी प्रभावबाट कति प्रभावित हुने दिने, कति ती प्रभावलाई स्वीकार गर्ने भन्ने विषयमा निश्चित तहबाट नीतिगत निर्णय लिनै पर्छ | नत्र देश मात्र होइन एउटा सामान्य नागरिक पनि “विद्रोही” बनेर अशान्तिको कारण बन्छ | दुर्भाग्यवश, नेपाली मन विद्रोहप्रति बढी आकर्षित भएको छ |
(५) आधुनिक सञ्चार माध्यमहरू उन्नत समाजका लागि सहयोगी छन् वा छैनन् ? यो कुराको बस्तुगत विश्लेषण आवश्यक भएको छ | सबैभन्दा सुरक्षित मानिने बेड रुममा समेत मानवीय चिन्तनलाई प्रभावित पार्ने क्षमता भएको आमसञ्चारको नैतिक धरातल बलियो छैन | दुर्भाग्यवश, आधुनिक सञ्चारमाध्यमहरूमा असल तथ्य. चिन्तन र नैतिक धरातल भन्दा कमसल, अनैतिक र भावनालाई उत्तेजित पारेर मान्छेको मन र स्वभावलाई “विद्रोहतिर प्रेरित गर्ने सन्देशहरू शीघ्र गतिमा फैलिने गर्छन् र यसको कुनै सीमा छैन | चिन्तनमा अविश्वास, विद्रोह र घृणावादको बीजारोपण र त्यसको विकासलाई नीतिगत तहमै सम्बोधन गर्नु आज विश्वको आवश्यकता रहेको छ भने नेपाली राजनैतिक नेतृत्वले दार्शनिकहरूसँग छलफल गरेर यी विषयवस्तुहरूलाई उचित सम्बोधन गर्नुपर्छ |
(६) विश्वले १९ दर्शनशास्त्र दिवस मनाउँदै गर्दा यस पटक चिन्तन र समाजका बिचको सम्बन्धका विषयमा छलफल हुँदै छ | नेपाली समाजको हकमा भन्नुपर्दा नेपाली राजनैतिक नेतृत्व र राजनैतिक गतिविधिहरूप्रति सर्वसाधारणको विश्वास गुमेको अवस्था छ | स्वीकार गर्न गाह्रो होला तर यस्तो अविश्वासको परिवेशमा असल सोच्ने, असल बोल्ने र असल कर्म गर्ने नियत लिएर प्रधानमन्त्री मन्त्री बन्ने व्यक्तिप्रति पनि जनताले विश्वास गर्न सक्ने छैनन् | सम्भवतः जनताको अविश्वास खिसेउटीका रूपमा प्रकट हुन्छ | गाईजात्राका बखतमा राजनैतिक नेतृत्वप्रति हुने व्यङ्ग्यहरूले सर्वसाधारणको चासोलाई अभिव्यक्त गर्छन् | तर राजनैतिक नेतृत्व ती चासोहरूप्रति गम्भीर हुँदैन | नेतृत्व तहमा हुने यो गम्भीर भूल हो |
(७) सिद्धान्त असल हुनुपर्छ, प्रस्ट हुनुपर्छ | देशको सामाजिक, धार्मिक, सांस्कृतिक तथा नैतिक धरातलसँग जोडिएको हुनुपर्छ | असल कुराहरू विश्वको जुनसुकै व्यक्ति, समाज वा राष्ट्रबाट ग्रहण गर्नुपर्छ | अमेरिकाले सर्वसाधारण नेपालीलाई भिजा नदिएझैँ कमसल कुराहरूलाई नियन्त्रण गर्ने नैतिक धरातल निर्माण गर्नुपर्छ | नेपाली समाज स्वाभाविक रूपमा अति धेरै उदारवादी (Open) छ | यसको प्रमाण हो – नेपाली कानुनले सेम-सेक्स म्यारिजलाई मान्यता दिनु र गर्भपतनलाई वैध बनाउनु | आज पनि अमेरिकाका धेरै राज्यहरूमा यी दुवै व्यवहारहरू बन्देज छन् | तर नेपालीको यो प्राकृतिक उदारतामा खेलेर शक्तिशाली राष्ट्रहरू र शक्तिशाली धार्मिक सम्प्रदायहरूले नेपाली समाजमा घृणावादको खेती गरिरहेका छन् र यस्तो घृणावाद राष्ट्र राज्य, द्वीराष्ट्रियता, बहुराष्ट्रियताका रूपमा प्रकट भइरहेको छ भने अर्कोतिर अब्रहमिक रिलिजनले एकलकाँटे धार्मिक, सांस्कृतिक तथा चिन्तन भएका मान्छेहरू तयार गर्दै छन् | नेपाली समाजबाट प्राकृतिक उदारता नष्ट हुँदै जानु र नक्कली उदारताको अनुहारमा प्रवेश गरेका कट्टरपन्थीहरूको उपस्थिति बाक्लो हुनु देश, समाज र व्यक्तिका लागि हितकर हुँदैन | सैद्धान्तिक धरातलमा सही “सबै सुखी होउन्, सबै सबै स्वास्थ्य होउन्, सबैको कल्याण होस् र सबैले उन्नति गरूँन् भन्ने उपनिषद्को उदात्त भावना र मान्छेहरूले आ-आफ्नो समाज, संस्कृति तथा परिवेश अनुसार आत्म उत्थानको अभ्यास गरूँन् भन्ने राजा मनुको चिन्तन प्रगाढ हुँदा नेपाल मात्र होइन विश्वको कल्याण हुन्छ |
हामी यसरी काम गर्ने सङ्कल्प गरौँ कि हाम्रो सोच, हाम्रो बोली र काममा एकरूपता स्थापित होस् |

प्रतिक्रिया दिनुहोस

राजनीति

पूर्व प्रधानमन्त्री, पूर्व गृहमन्त्री लगायत ५ जनालाई उपत्यका बाहिर जान रोक 

पूर्व प्रधानमन्त्री, पूर्व गृहमन्त्री लगायत ५ जनालाई उपत्यका बाहिर जान रोक 

१२ असोज, काठमाडौँ । जेन-जी आन्दोलनमा भएको दमन र क्षतिको जाँचबुझ गर्न गठित आयोगले पूर्व प्रधानमन्त्री केपी शर्मा ओली, पूर्व गृह...
चीनले बनायो विश्वको पहिलो स्वायत्त मानवीय रोबोट, ७ दिनसम्म आफैँ गर्ने क्षमता

चीनले बनायो विश्वको पहिलो स्वायत्त मानवीय रोबोट, ७ दिनसम्म आफैँ गर्ने क्षमता

काठमाडौँ, चिनियाँ कम्पनीले मानिसजस्तै देखिने रोबोट बनाएको छ । अचम्मको कुरा के छ भने यो रोबोटले मानिसको सहयोग ब...
विस्फोटको उच्च जोखिममा रहेका चार हिमताल

विस्फोटको उच्च जोखिममा रहेका चार हिमताल

छोटो अवधिमा गरिएका विगतका अध्ययनहरूको समीक्षा र दुई भिन्न वर्षका सेटेलाइट नक्साको अवलोकन गर्दा उक्त चार वट...
जीवनशैलीलाई स्वस्थ राख्न जनसचेतना अनिवार्य छ-कुलपति राई 

जीवनशैलीलाई स्वस्थ राख्न जनसचेतना अनिवार्य छ-कुलपति राई 

 काठमाडौँ। नेपाल प्रज्ञा-प्रतिष्ठान र नेपाल विद्यावारिधि सङ्घको सहकार्यमा श्रावण  ८ गते "हाम्रो जीवनशैलीको रूपान्तरण स्वास्थ्य र...