Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131
August 17, 2024 - Gyaan Ghar

Gyaan Ghar

Advertisement

Day: August 17, 2024

अन्पाको सातौँ साहित्यिक पदयात्रा सम्पन्न

अन्पाको सातौँ साहित्यिक पदयात्रा सम्पन्न

काठमाडौँ, भाद्र १ । प्रकृतिका रमणीय दृश्यहरूबाट रमाउँदै साहित्यिक पदयात्रालाई निरन्तरता दिँदै आएको अखिल नेपाल प्रगतिशील लेखक सङ्घ(अन्पा)ले आफ्नो सातौँ पदयात्रा सम्पन्न गरेको छ ।  भाद्र १ गतेका दिन कागेश्वरी मनहरा नगरपालिकाको कौवा पार्क देखि कागेश्वरी झरना हुँदै सुन्दरी जलसम्म सङ्घले आफ्ना पदयात्रा सम्पन्न गरेको थियो । पदयात्रामा १६ जना सृष्टाहरुको उपस्थिति रहेको थियो । सहयात्रामा निरन्तर सहभागिता हुँदै आएकी ७ वर्षीय सान्वी जोशीले कविता प्रस्तुत गरेकी थिइन् । उनी भन्छिन्, यात्रा एकदमै रमाइलो भयो । अलि अलि थकाई लागे पनि यहाँको प्रकृतिसँग रमाउँदा एकदमै आनन्दित भएकी छु ।’  नयाँ तथा पुराना सृष्टाहरुलाई प्रगतिशील साहित्यिक आन्दोलनमा उत्प्रेरित गर्ने उद्देश्यका साथ…
Read More
यू-१९ क्रिकेट विश्वकपको एसिया क्वालिफायरको आयोजना नेपालले गर्ने

यू-१९ क्रिकेट विश्वकपको एसिया क्वालिफायरको आयोजना नेपालले गर्ने

काठमाडौँ । नेपालले आसीसी यू-१९ क्रिकेट विश्वकपको एसिया क्वालिफायर २०२५ को आयोजना गर्ने भएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) का अनुसार आगामी अप्रिल १२ देखि २१ सम्म काठमाडौँमा सो प्रतियोगिता आयोजना हुने भएको हो । प्रतियोगिताको विजेताले २०२६ मा हुने आइसिसी यू-१९ विश्वकपमा भाग लिन पाउने छ । यू-१९ एसिया क्वालिफायरमा आयोजक नेपालसहित अफगानिस्तान, ओमान, हङकङ र युएईले भाग लिने छन् । १६ देशले भाग लिने यो प्रतियोगिता जिम्बाबेले आयोजना गर्ने बताइएको छ ।
Read More
टर्कीको संसदमा सत्ता पक्ष र विपक्षी सांसदबिच हानाहान

टर्कीको संसदमा सत्ता पक्ष र विपक्षी सांसदबिच हानाहान

काठमाडौँ । टर्कीको संसदमा भीषण झडप भएको छ । संसद्को भिडियोमा सांसदहरूले एक अर्कालाई लात र मुक्का प्रहार गरेको देखिएका छन् । यो झगडा करिब ३० मिनेटसम्म चलेको थियो । जसमा तीन विपक्षी सांसद घाइते भएका छन् । एक विपक्षी सांसदले टर्कीका राष्ट्रपति एर्दोगानको पार्टीलाई आतङ्कवादी सङ्गठन भनेपछि संसदमा झडप भएको थियो । त्यसपछि एर्दोगनको एकेपी पार्टीका एक नेताले विपक्षी नेता अहमद सिकमाथि हमला गरेका थिए । झगडा चर्किएपछि र सांसदहरूले एक अर्कालाई मुक्का प्रहार गर्न थालेका थिए । यो घटनासँग जोडिएको भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । शुक्रवार टर्कीको संसदमा विशेष सत्रको बैठक बसेको थियो । यसमा सांसद…
Read More
षड्यन्त्रपूर्वक माओवादीलाई सत्ताबाट बाहिर पुर्‍याइयो- प्रचण्ड

षड्यन्त्रपूर्वक माओवादीलाई सत्ताबाट बाहिर पुर्‍याइयो- प्रचण्ड

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले काँग्रेस र एमालेले षड्यन्त्रपूर्वक माओवादी केन्द्रलाई सत्ताबाट बहिर्गमन गराएको टिप्पणी गरेका छन् । शनिवार पार्टी कार्यालय पेरिस डाँडामा  आयोजित पोस्ट बहादुर बोगटीको स्मृति सभामा बोल्दै अध्यक्ष प्रचण्डले षडयन्त्रमूलक तरिकाले मध्यरातमा हटाइएको बताएका हुन् । उनले भने, ‘हामीले मुख्य त सुशासनको प्रयास गरे बापत सङ्ख्या भएका भनिएकाहरूले बडो अपारदर्शी तरिकाले, बडो षडयन्त्रमूलक तरिकाले सरकार हटाउने मध्यरातमा हटाउने, आफ्नै पङ्तिलाई पनि जानकारी नदिई गर्ने जमर्को गरियो ।’ अध्यक्ष प्रचण्डले सरकारबाट बाहिरिँदा विजेताका रूपमा बाहिरिएको बताउँदै अब आफूहरू जनतामा जान चुनौती र अवसर रहेको बताए । उनले पार्टीभित्रका नेताहरूले नबुझेजस्तो गरे पनि जनताले बुझिरहे…
Read More
क्यानडा अध्ययन गर्न जाने विद्यार्थीलाई दूतावासको सुझाव

क्यानडा अध्ययन गर्न जाने विद्यार्थीलाई दूतावासको सुझाव

काठमाडौँ । क्यानडास्थित नेपाली राजदूतावासले निकट भविष्यमै नयाँ शैक्षिक सत्रको सुरुआत हुन लागेकाले अध्ययनका लागि क्यानडा आउने  तयारी गरिरहेका नेपाली विद्यार्थीलाई सुझाव दिएको छ । दूतावासले क्यानडा बसाइ र अध्ययन सहज एवं समस्यारहित बनाउनका लागि विभिन्न सुझाव जारी गर्दै ध्यान पुर्‍याएर तयारी गर्न अनुरोध गरेको छ । विद्यार्थीका लागि दूतावासबाट यसअघि गत वैशाख १७ मा जारी गरिएको जानकारी मूलक सूचना राम्ररी अध्ययन गरेर मात्र क्यानडाको तयारी गर्न उचित हुने दूतावासले जनाएको छ। आफूले अध्ययन गर्ने कलेज, अध्ययन गर्ने विषय, लाग्ने खर्च, कलेज रहेको सहर आदिबारे पर्याप्त खोजी गरी बुझेर आउँदा कम समस्या व्यहोर्नु पर्ने उल्लेख गर्दै दूतावासले अवास्तविक, अपर्याप्त र…
Read More