health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले काँग्रेस र एमालेले षड्यन्त्रपूर्वक माओवादी केन्द्रलाई सत्ताबाट बहिर्गमन गराएको टिप्पणी गरेका छन् ।
शनिवार पार्टी कार्यालय पेरिस डाँडामा आयोजित पोस्ट बहादुर बोगटीको स्मृति सभामा बोल्दै अध्यक्ष प्रचण्डले षडयन्त्रमूलक तरिकाले मध्यरातमा हटाइएको बताएका हुन् ।
उनले भने, ‘हामीले मुख्य त सुशासनको प्रयास गरे बापत सङ्ख्या भएका भनिएकाहरूले बडो अपारदर्शी तरिकाले, बडो षडयन्त्रमूलक तरिकाले सरकार हटाउने मध्यरातमा हटाउने, आफ्नै पङ्तिलाई पनि जानकारी नदिई गर्ने जमर्को गरियो ।’
अध्यक्ष प्रचण्डले सरकारबाट बाहिरिँदा विजेताका रूपमा बाहिरिएको बताउँदै अब आफूहरू जनतामा जान चुनौती र अवसर रहेको बताए । उनले पार्टीभित्रका नेताहरूले नबुझेजस्तो गरे पनि जनताले बुझिरहे पनि आफ्नै सङ्गठन भित्रका नेताले नबुझेको गुनासो गरे ।
प्रचण्डले सङ्गठनात्मक अराजकता, कुण्ठा र विचलनको समस्या देखा परेकाले पार्टीभित्र एकताबद्ध बनाएर अगाडि पार्टी पुन निर्माणको गति अगाडि बढाउन खोजिएको बताए ।
अर्को प्रसङ्गमा अध्यक्ष प्रचण्डले जनार्दन शर्माले पार्टी फुटाउने आशङ्का निराधार भएको बताउँदै स्थायी कमिटी बैठकबाट पार्टी फुटाउन खोजेको आशङ्का मेटिएको बताए ।
उनले शर्माले बैठकमा उठाएका केही गम्भीर, व्यवहारिक र आशङ्का रहेको बताउँदै व्यवहारिक आशङ्काका विषयमा अनुसन्धान हुने स्पष्ट गरे ।