Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131
अन्पाको सातौँ साहित्यिक पदयात्रा सम्पन्न - Gyaan Ghar

Gyaan Ghar

Advertisement

अन्पाको सातौँ साहित्यिक पदयात्रा सम्पन्न

काठमाडौँ, भाद्र १ । प्रकृतिका रमणीय दृश्यहरूबाट रमाउँदै साहित्यिक पदयात्रालाई निरन्तरता दिँदै आएको अखिल नेपाल प्रगतिशील लेखक सङ्घ(अन्पा)ले आफ्नो सातौँ पदयात्रा सम्पन्न गरेको छ ।
 भाद्र १ गतेका दिन कागेश्वरी मनहरा नगरपालिकाको कौवा पार्क देखि कागेश्वरी झरना हुँदै सुन्दरी जलसम्म सङ्घले आफ्ना पदयात्रा सम्पन्न गरेको थियो । पदयात्रामा १६ जना सृष्टाहरुको उपस्थिति रहेको थियो ।
सहयात्रामा निरन्तर सहभागिता हुँदै आएकी ७ वर्षीय सान्वी जोशीले कविता प्रस्तुत गरेकी थिइन् । उनी भन्छिन्, यात्रा एकदमै रमाइलो भयो । अलि अलि थकाई लागे पनि यहाँको प्रकृतिसँग रमाउँदा एकदमै आनन्दित भएकी छु ।’
 नयाँ तथा पुराना सृष्टाहरुलाई प्रगतिशील साहित्यिक आन्दोलनमा उत्प्रेरित गर्ने उद्देश्यका साथ सञ्चालित पदयात्रामा कविता, गीत, यात्रा संस्मरण, साहित्यिक आन्दोलनको महत्त्व लगायतको विषयमा प्रस्तुति दिइएको थियो । पदयात्रामा समीर सिंह, भीष्म जोशी, मेष्मा पुन, कविता चौधरी, मदन पाण्डे, समष्टि बुढा, ईश्वरी भट्ट, ध्रुव बस्याल, गोविन्द शर्मा, किरण थापा, कुसुम राना, रन्जु थापामगर, युग सर्वनाम, रविन पुन मगर, टोपेन्द्र राना मगर लगायतको सहभागिता थियो । स्मरण रहोस्, सगरमाथाको चुचुरो सम्म यात्रा सम्पन्न गरेकी ईश्वरी भट्ट साहित्यिक पदयात्रामा निरन्तर रूपमा सहभागी हुँदै आएकी छन् ।
काठमाडौँ उपत्यकाको धुलो र धुवाँमा बस्न बाध्य सृष्टाहरु कागेश्वरीको रमणीय दृश्यहरूमा रमाउँदा सबैलाई उत्साहित बनाएको थियो । प्राकृतिक सौन्दर्यमा रमाउँदै यस प्रकारको पदयात्रालाई अझ व्यवस्थित तथा उपलब्धिमूलक तरिकाले अगाडि बढाउनुपर्ने सृष्टाहरुको ठहर थियो । यस प्रकारको रचनात्मक गतिविधिहरूका साथ सिर्जना र विचारबिचको संयोजनलाई अझ सशक्त प्रकारले अगाडि बढाउनुपर्ने उनीहरूले बताए ।

प्रतिक्रिया दिनुहोस

राजनीति

पूर्व प्रधानमन्त्री, पूर्व गृहमन्त्री लगायत ५ जनालाई उपत्यका बाहिर जान रोक 

पूर्व प्रधानमन्त्री, पूर्व गृहमन्त्री लगायत ५ जनालाई उपत्यका बाहिर जान रोक 

१२ असोज, काठमाडौँ । जेन-जी आन्दोलनमा भएको दमन र क्षतिको जाँचबुझ गर्न गठित आयोगले पूर्व प्रधानमन्त्री केपी शर्मा ओली, पूर्व गृह...
चीनले बनायो विश्वको पहिलो स्वायत्त मानवीय रोबोट, ७ दिनसम्म आफैँ गर्ने क्षमता

चीनले बनायो विश्वको पहिलो स्वायत्त मानवीय रोबोट, ७ दिनसम्म आफैँ गर्ने क्षमता

काठमाडौँ, चिनियाँ कम्पनीले मानिसजस्तै देखिने रोबोट बनाएको छ । अचम्मको कुरा के छ भने यो रोबोटले मानिसको सहयोग ब...
विस्फोटको उच्च जोखिममा रहेका चार हिमताल

विस्फोटको उच्च जोखिममा रहेका चार हिमताल

छोटो अवधिमा गरिएका विगतका अध्ययनहरूको समीक्षा र दुई भिन्न वर्षका सेटेलाइट नक्साको अवलोकन गर्दा उक्त चार वट...
जीवनशैलीलाई स्वस्थ राख्न जनसचेतना अनिवार्य छ-कुलपति राई 

जीवनशैलीलाई स्वस्थ राख्न जनसचेतना अनिवार्य छ-कुलपति राई 

 काठमाडौँ। नेपाल प्रज्ञा-प्रतिष्ठान र नेपाल विद्यावारिधि सङ्घको सहकार्यमा श्रावण  ८ गते "हाम्रो जीवनशैलीको रूपान्तरण स्वास्थ्य र...