27
Mar
काबुल, १४ चैत । अफगानिस्तानमा फेरी अवैध सबन्ध राख्ने महिलालाई ढुङ्गाले हानेर मारिने नियम बनाइएको छ । तालिबान सरकारका सर्वोच्च नेता मुल्ला हिबतुल्लाह अखुन्दजादाले महिलाविरुद्ध नयाँ आदेश जारी गर्दै अवैध सबन्ध राख्ने महिलालाई सार्वजनिक स्थलमा ढुङ्गाले हानेर मारिनेछ । उनका अनुसार कुनै पनि महिला व्यभिचार गरेको अर्थात् आफ्नो पति बाहेक अरूसँग यौन सम्बन्ध राखेको दोषी पाइएमा ढुङ्गाले हानेर मारिने छ। एक अडियो सन्देशमा अखन्दजादाले पश्चिमी देशहरूको लोकतन्त्रलाई चुनौती दिँदै इस्लामिक कानुन सरियालाई कडाइका साथ लागू गर्न आदेशसमेत दिएका छन् । उनले भने, ‘ढुङ्गाले हानेर मार्दा महिलाको अधिकार हनन हो भनी तिमी भन्छौ तर छिट्टै यो सजाय व्यभिचारमा लागु हुनेछ ।…