Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170
March 28, 2024 - Gyaan Ghar

Gyaan Ghar

Advertisement

Day: March 28, 2024

बागमतीमा हानेपा सरकारमा सामेल, मुख्यमन्त्री जम्मकट्टेललाई राहत

बागमतीमा हानेपा सरकारमा सामेल, मुख्यमन्त्री जम्मकट्टेललाई राहत

हेटौँडा । बागमती प्रदेश सरकार विस्तार भएको छ । मुख्यमन्त्री सालिकराम जम्मकट्टेलले बिहीबार हाम्रो नेपाली पार्टी (हानेपा) का प्रदेशसभा सदस्य शैलेन्द्रमान बज्राचार्यले संस्कृति पर्यटन तथा सहकारी मन्त्री बनाएर सरकार विस्तार गरेका हुन् ।बज्राचार्यले आजै मन्त्री पदको शपथ लिएका छन् । अब बागमती प्रदेश सरकारमा माओवादी केन्द्र, एकीकृत समाजवादी र हाम्रो नेपाली पार्टी सामेल भएको छ भने एमाले केही दिनभित्र सरकारमा सामेल हुने जनाइएको छ । ११० सदस्यीय बागमती प्रदेशमा हालको नयाँ सत्ता समीकरणसँग ५५ सिट मात्र रहेकाले २ सिट रहेको हानेपा निर्णायक रहेको थियो ।
Read More
नयाँ गठबन्धनले भूमि बैङ्कको प्रस्ताव ल्याएकोमा ६ किसान सङ्गठनको आपत्ति

नयाँ गठबन्धनले भूमि बैङ्कको प्रस्ताव ल्याएकोमा ६ किसान सङ्गठनको आपत्ति

काठमाडौँ । ६ किसान सङ्गठनहरूले भूमि बैङ्कको प्रस्ताव नल्याउन र राष्ट्रिय भूमि आयोग तत्काल गठन गर्न माग गरेका छन् ।   बिहीबार अखिल नेपाल किसान महासङ्घ (क्रान्तिकारी केन्द्र), अखिल नेपाल किसान महासङ्घ, अखिल नेपाल किसान महासङ्घ (अप्फा), अखिल नेपाल किसान महासङ्घ (क्रान्तिकारी), अखिल नेपाल किसान युनियन र अखिल नेपाल प्रगतिशील किसान सङ्घसहित ६ कम्युनिस्ट पार्टी निकट किसान सङ्गठनहरूले नयाँ गठबन्धनले आफ्नो सङ्कल्पमा भूमि बैङ्कको प्रस्ताव ल्याएको प्रति आफूहरूको गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरेका छन् । उनीहरूले भनेका छन्- 'भूमि बैङ्कजस्तो किसान विरोधी कार्यक्रमलाई अविलम्ब खारेज गर्न जोडदार माग गर्दछौँ । साथै, भूमि समस्या समाधान गर्न तत्काल अधिकार सम्पन्न आयोग गठन गरी…
Read More
रामको अवतार, रामायणको कथा कति सत्य, कति मिथ्या ?

रामको अवतार, रामायणको कथा कति सत्य, कति मिथ्या ?

मोहन विक्रम सिंह कामरेड, गोपीरमण उपाध्यायको दर्शनको क्षेत्रमा लामो समयदेखि महत्त्वपूर्ण योगदान रहँदै आएको छ । माक्र्सवादी, लेनिनवादी दर्शणबारे पनि उहाँको महत्त्वपूर्ण योगदान रहेको छ । त्यही क्रममा उहाँले अध्यात्मवाद दर्शन र भौतिकवादी दर्शनको अन्तर्वस्तु विषयमा विचारगोष्ठीको आयोजना गर्नुभएको छ । उक्त विचारगोष्ठीका लागि उहाँले तयार पारेको अवधारणापत्र हाम्रा अगाडि छ । त्यो अवधारणापत्रमा उहाँले भौतिकवादी दर्शनको मूलभूत विषयवस्तु तथा अध्यात्मवादसम्बन्धी विभिन्न मिथ्या चेतनाबारे पनि विस्तृत रूपले चिरफार गर्नुभएको छ । का. गोपीरमणले आफ्नो अवधारणापत्रमा पुर्पुरो (भाग्यवाद) सम्बन्धी मान्यता, परमेश्वर (ईश्वर) सम्बन्धी मान्यता, परलोक (स्वर्ग–नर्कको विषय), भूगोलसम्बन्धी मिथ्या चेतना, विद्याविषयक मिथ्या चेतना, सृष्टिविषयक मिथ्या चेतना, काल निर्धारणसम्बन्धी मिथ्या चेतना, महिला…
Read More
एमडीएमएस प्रकरणमा प्राधिकरणका तत्कालीन दुई अध्यक्षसहित २० जनाविरुद्ध मुद्दा दायर

एमडीएमएस प्रकरणमा प्राधिकरणका तत्कालीन दुई अध्यक्षसहित २० जनाविरुद्ध मुद्दा दायर

काठमाडौँ । नेपाल टेलिकमको मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) खरिद तथा उपकरण जडानमा अनियमितता गरेको आरोपमा  दूरसञ्चार प्राधिकरणका तत्कालीन अध्यक्ष दिगम्बर झा र पुरुषोत्तम खनालसहित २० जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्वीकृत गरेको भन्दा बढी रकममा एमडीएमएसको उपकरण खरिद गरी भ्रष्टाचार गरेको आरोपमा उनीहरू विरुद्ध बिहीबार विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेको हो । अख्तियारले उनीहरू विरुद्ध ९१ करोड ९८ लाख ३० हजार ८८२ बिगो माग गरेको छ । आयोगका  अनुसार  एमडीएमएस खरिद तथा उपकरण जडानमा अनियमितता गरेको पुष्टि हुन आएकाले प्राधिकरणका तत्कालीन अध्यक्ष  झा,  खनाल, पूर्व वरिष्ठ निर्देशक आनन्दराज खनालसहित २० जनाविरुद्ध भ्रष्टाचार मुद्दा…
Read More
नेपाल ए र आयरल्यान्ड वोल्भ्सबीचको सिरिजको नयाँ तालिका सार्वजनिक

नेपाल ए र आयरल्यान्ड वोल्भ्सबीचको सिरिजको नयाँ तालिका सार्वजनिक

काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले नेपाल ए र आयरल्यान्ड वोल्भ्सबीचको टी-२० सिरिजको नयाँ तालिका सार्वजनिक गरेको छ । आजको लागि तोकिएको टी-२० सिरिजको पहिलो खेल वर्षाले हुन नसकेपछि क्यानले नयाँ तालिका सार्वजनिक गरेको हो ।   नयाँ तालिका अनुसार अब नेपाल ए ले मार्च  २९, ३० र अप्रिल १ मा आयरल्यान्ड वोल्भ्ससँग टी-२० सिरिज र अप्रिल ३, ५ र ७ मा एक दिवसीय सिरिजका खेल्ने तालिका रहेको छ । टी-२० सिरिज खेल्ने नेपाली ए टिम : विनोद भण्डारी (कप्तान), लोकेस बम, देव खनाल, पवन सराफ, किरण ठगुन्ना, आरिफ सेख, अर्जुन घर्ती, नारायण जोशी, बशीर अहमद, रसिद खान, सागर…
Read More
गगन थापाको टिप्पणी- बा र भगवान् प्रश्नभन्दा माथि !

गगन थापाको टिप्पणी- बा र भगवान् प्रश्नभन्दा माथि !

नेका महामन्त्री थापा नारायणगढ (चितवन),२ फागुनः नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा बुधबार भरतपुर विमानस्थलमा सञ्चारकर्मीसँग समसामयिक विषयमा कुराकानी गर्दै । तस्बिरः सनद अधिकारी÷रासस काठमाडौँ ।  नेपाली काँग्रेसका महामन्त्री गगन थापाले बा र भगवान्लाई प्रश्न गर्न नपाइने टिप्पणी गरेका छन् ।  नवलपरासीबाट स्थगित संवाद यात्राको थालनी गर्दै नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीमा नेतृत्वलाई प्रश्न गर्न नपाइने टिप्पणी गरेका हुन् ।  उनले भने- एमाले कस्तो पार्टी बन्यो भने पार्टीको अध्यक्षलाई कसैले प्रश्न गर्नै नपाइने, पार्टीको अध्यक्ष सबैभन्दा माथि बा, बा प्रश्न भन्दा माथि ।' महामन्त्री थापाले रास्वपा माथि अनि व्यङ्ग्य गर्दै नयाँ पार्टीमा पनि अध्यक्षलाई भगवान्को दर्जा दिइएको बताए ।  उनले…
Read More
मैले अर्को उथलपुथल गर्न सक्छु- प्रधानमन्त्री

मैले अर्को उथलपुथल गर्न सक्छु- प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूले अर्को उथलपुथल गर्न सक्ने बताएका छन् । बिहीबार राष्ट्रिय विकास समस्या समाधान समितिको ५२औँ बैठकमा बोल्दै उनले नयाँ सत्ता समीकरणबाट काम गर्न नसके फेरी पनि उथलपुथल गर्न बेर नलाग्ने उल्लेख गरेका हुन् । उनले कामै गर्न नसकिने स्थिति भयो भने पद ओगटेर बसिराख्न जरुरी हुँदैन भन्दै आफूले यस अघि पनि सार्वजनिक रूपमै त्यस अवस्था कायमै रहे पद ओगटी राख्नुको औचित्य पुष्टि नहुने बताउँदै आएको स्पष्ट गरे । प्रधानमन्त्री दाहालले अझै पनि काम गर्न सकिने सम्भावना देखेर नै आफू पदमा बसिरहेको बताए । प्रधानमन्त्री दाहालले मन्त्रालयहरूले बजेट होल्ड गरेर राख्ने र आर्थिक वर्षको अन्त्यतिर…
Read More