Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131
March 17, 2024 - Gyaan Ghar

Gyaan Ghar

Advertisement

Day: March 17, 2024

दीपेश पुनलाई आठ दिन हिरासतमा राख्न अनुमति

दीपेश पुनलाई आठ दिन हिरासतमा राख्न अनुमति

काठमाडौँ, ४ चैत । पूर्व उपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेश पुनलाई ८ दिन हिरासतमा राख्न जिल्ला अदालत रुपन्देहीले आइतबार अनुमति दिएको छ।  अदालतले गत शुक्रवारदेखि लागू हुने गरी पुनलाई ८ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो। शुक्रवार काठमाडौँबाट पक्राउ परेका उनलाई प्रहरी प्रधान कार्यालयले मुद्दा अघि बढाउन विमानबाट रुपन्देही पठाएको थियो।   जीबी भन्ने गितेन्द्रबाबु राईले सञ्चालन गरेको रुपन्देहीस्थित सुप्रिम सहकारीले ठगी गरेको भन्दै बचतकर्ताले जाहेरी दिएका थिए। दीपेश उक्त सहकारीका पूर्व कोषाध्यक्ष हुन्। उनी समेतको संलग्नतामा बचतकर्ताको रकम हिनामिना भएको पाइएपछि जिल्ला अदालत रुपन्देहीले पक्राउ पुर्जी जारी गरेको थियो। 
Read More
सांसद मञ्जु शर्मा अन्सारीको निधन

सांसद मञ्जु शर्मा अन्सारीको निधन

काठमाडौँ, ४ चैत । प्रतिनिधि सभा सदस्य  मञ्जु शर्मा अन्सारीको निधन भएको छ । उनको उपचारको क्रममा मिनभवनस्थित सिभिल अस्पतालमा निधन भएको हो । २०२० साल माघ १९ गते जन्मिएकी अन्सारी २०७९ साल चैत १९ गते प्रतिनिधि सभा सदस्य भएकी थिइन् ।  जसपाबाट समानुपातिक निर्वाचन प्रणालीबाट प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित शहनाज रहमानको २०७९ फागुन १३ गते हृदयाघातका कारण निधन भएपछि रिक्त रहेको स्थानमा उनी सांसद भएकी थिइन् ।  सभामुख देवराज घिमिरेले आज नै सिभिल अस्पतालमा पुगेर शोक प्रकट गरेका छन् ।  २०४६ सालको आन्दोलनदेखि राजनीतिक यात्रा सुरुवात गरेकी उनी सद्भावना पार्टीमा आबद्ध भई २०४६ सालदेखि २०५६ सम्म उपत्यका महिला इन्चार्ज भएकी थिइन्…
Read More
प्रचण्डको गिर्दो सत्ता-साख, प्रसङ्गविहीन राजनीतिक

प्रचण्डको गिर्दो सत्ता-साख, प्रसङ्गविहीन राजनीतिक

विगत दशक बढीदेखि नै नेपाली राजनीतिको लोकतान्त्रिक अभ्यासमा कमरेड प्रचण्डको ठुलो लगानी रहेकोबारे बुझ्न सकिन्छ। तर, न त उनले आफ्ना पूर्ववर्ती चिन्तक र विचारकहरूबाट केही सिक्न पाए न त देशका भोका नाङ्गा गरिब र सताइएका नागरिकहरू तथा दबाइएका जातजाति तथा समुदायलाई सम्मानित नागरिक जीवनको स्वाद दिलाउन सके। सत्येन्द्र लाल कर्ण विगत आम चुनावताका जनताले देशको सङ्घीय संसद्मा निर्वाचित भएर जाने कुनै पनि सिङ्गो राजनीतिक दलहरूलाई एक्लै सत्तारुढ हुने जनादेश नदिएपछि ठुला-साना सबैजसो दलका नेताहरूले नेपालको पुरानै प्रचलन अनुसार मिलीजुली सरकार बनाउने गरी नेकपाका कमरेड केपी ओली प्रधानमन्त्री रहने गरी समय सीमासमेत निर्धारण गरी मुख्य रूपमा एमाले, माओवादी र रास्वपा तथा…
Read More
भारतले दिन थाल्यो ‘हिन्दु शरणार्थी’लाई भारतीय नागरिकता

भारतले दिन थाल्यो ‘हिन्दु शरणार्थी’लाई भारतीय नागरिकता

नयाँ दिल्ली, ४ चैत । भारतले नागरिकता संशोधन ऐन (सीएए) को अधिसूचना जारी भएपछि देशमा रहेका विदेशी गैर–मुस्लिम शरणार्थीहरूलाई नागरिकता दिन सुरु गरेको छ ।  यसै सिलसिलामा गुजरातमा बस्ने १८ शरणार्थीलाई शनिवार अर्थात् १६ मार्चमा भारतीय नागरिकता दिइएको छ । यी सबै शरणार्थीहरू हिन्दु हुन् र पाकिस्तानबाट भारत आएका हुन्। अहमदाबाद, गुजरातमा बसोबास गर्ने पाकिस्तानका यी १८ हिन्दु शरणार्थीहरूलाई शनिवार एक शिविरमा भारतीय नागरिकता प्रदान गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । सो नागरिकता वितरण शिविरमा गृह राज्यमन्त्री हर्ष सांघवी पनि सहभागी थिए ।  यी शरणार्थीहरूलाई भारतीय नागरिकता प्रदान गरेपछि एक आधिकारिक प्रेस विज्ञप्ति जारी गरिएको थियो, जस अनुसार अल्पसङ्ख्यक समुदायका…
Read More
पुटिनसँग तीन जना लडदैँ छन् राष्ट्रपति निर्वाचनमा, छैटौँ पटक राष्ट्रप्रमुख बन्ने लगभग पक्का

पुटिनसँग तीन जना लडदैँ छन् राष्ट्रपति निर्वाचनमा, छैटौँ पटक राष्ट्रप्रमुख बन्ने लगभग पक्का

मस्को, ४ चैत । भ्लादिमर पुटिन छैटौँ पटक राष्ट्रपति बन्ने लगभग पक्का भएको छ । तीन दिनसम्म चलेको मतदान प्रक्रिया आज सकिएसँगै आजै साँझ सम्भवतः नयाँ राष्ट्रपतिमा निर्वाचित भएको घोषणा हुनेछ । रुसको राजनीति हेर्दा चुनाव अघि नै पुटिन फेरि राष्ट्रपति बन्ने निश्चित मानिएको छ । वास्तवमा, पुटिन विगत २४ वर्षदेखि रुसको सत्ता र राजनीतिको केन्द्रमा रहेका छन् । पुटिनका धेरैजसो विपक्षी अहिले जेलमा छन् वा निर्वाचन आयोगले उनीहरूलाई चुनावका लागि अयोग्य घोषित गरिसकेको छ। जसका कारण पनि पुटिन छैंटो पटक राष्ट्रपति बन्ने लगभग पक्का भएको हो ।  यस बाहेक पुटिनले सन् २०२१ मा यस्तो कानुन बनाएका थिए, जसअन्तर्गत उनी…
Read More
गौरबाट पोखरा जाँदै गरेको बस दुर्घटना, १ को मृत्यु

गौरबाट पोखरा जाँदै गरेको बस दुर्घटना, १ को मृत्यु

रौतहट ४ चैत। रौतहटको सदरमुकाम गौरबाट पोखरातर्फ जाँदै गरेको यात्रुवाहक बस चितवनमा रोकिराखेको ट्रकमा ठोक्किँदा एक जनाको मृत्यु हुनुका साथै ट्रक चालकसहित चार जना घाइते भएका छन्। चितवनको इच्छा कामना गाविस-६ जलबिरेस्थित नारायणगढ-मुग्लिङ सडक खण्डमा ग १ ख ८५२४ नम्बरको बसले बाटो छेउमा रोकी राखेको ना ६ ख ३२८० नम्बरको ट्रकलाई ठक्कर दिएको हो। दुर्घटनामा परेर गम्भीर घाइते भएका बसका यात्रु भारत बिहार मोतिहारी जिल्ला पूर्वी चम्पारण घर भएका ३७ वर्षीय गौरी दासलाई उपचारका लागि भरतपुर लैजाने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी श्रीराम भण्डारीले जानकारी दिएका छन्। अन्य घाइतेहरूमा ट्रक चालक वीरगन्ज उप महानगरपालिका २३ का ३३…
Read More
बाबुरामले बोलाए आकस्मिक कार्यकारिणी समितिको बैठक, यादव र श्रेष्ठलाई कारबाही गर्न सक्ने

बाबुरामले बोलाए आकस्मिक कार्यकारिणी समितिको बैठक, यादव र श्रेष्ठलाई कारबाही गर्न सक्ने

काठमाडौँ, ४ चैत । बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीको आकस्मिक केन्द्रीय कार्यकारिणीका बैठक आज बस्दै छ । महेन्द्र राय यादव र गङ्गानारायण श्रेष्ठलगायतका नेता नेकपा माओवादी केन्द्रमा समाहित हुने घोषणा गरे लगत्तै अध्यक्ष भट्टराइले आकस्मिक रूपमा सो बैठक बोलाएका हुन । जसअनुसार आज कार्यकारिणी र पर्सी केन्द्रीय समितिको बैठक बोलाइएको नेसपाले जनाएको छ । महेन्द्र राय यादव पक्षधर नेताहरूले पार्टी विभाजन गरेर माओवादी केन्द्रसँग एकता गर्ने हिजो सहमति गरेका थिए । मूलतः कार्यकारिणी समितिको बैठकमा सोही विषयमा छलफल हुने जनाएको छ । शनिवार बिहान माओवादी अध्यक्ष पुष्पकमल दाहालको उपस्थितिमा नेसपाका यादव र श्रेष्ठलगायतले ४ बुँदे सहमति गर्दै पार्टी एकता…
Read More