health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131

नयाँ दिल्ली, ४ चैत । भारतले नागरिकता संशोधन ऐन (सीएए) को अधिसूचना जारी भएपछि देशमा रहेका विदेशी गैर–मुस्लिम शरणार्थीहरूलाई नागरिकता दिन सुरु गरेको छ ।
यसै सिलसिलामा गुजरातमा बस्ने १८ शरणार्थीलाई शनिवार अर्थात् १६ मार्चमा भारतीय नागरिकता दिइएको छ । यी सबै शरणार्थीहरू हिन्दु हुन् र पाकिस्तानबाट भारत आएका हुन्।
अहमदाबाद, गुजरातमा बसोबास गर्ने पाकिस्तानका यी १८ हिन्दु शरणार्थीहरूलाई शनिवार एक शिविरमा भारतीय नागरिकता प्रदान गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । सो नागरिकता वितरण शिविरमा गृह राज्यमन्त्री हर्ष सांघवी पनि सहभागी थिए ।
यी शरणार्थीहरूलाई भारतीय नागरिकता प्रदान गरेपछि एक आधिकारिक प्रेस विज्ञप्ति जारी गरिएको थियो, जस अनुसार अल्पसङ्ख्यक समुदायका मानिसहरूलाई भारतीय नागरिकता प्रदान गर्न राज्यको अहमदाबाद, गान्धी नगर र कच्छका जिल्ला कलेक्टरहरूलाई २०१६ र २०१८ को राजपत्र सूचनाहरू जारी गरिएको थियो। पाकिस्तान, अफगानिस्तान र बङ्गलादेशका गैर हिन्दु शरणार्थीलाई भारतले नागरिकता दिने अधिकार दिलाएको छ ।
विज्ञप्तिमा भनिएको छ कि यससँगै अहमदाबाद जिल्लामा बसोबास गर्ने पाकिस्तानबाट आएका कुल एक हजार १ सय ६७ हिन्दु शरणार्थीलाई अहिलेसम्म भारतीय नागरिकता दिइएको छ । जिल्ला कलेक्टरको कार्यालयमा आयोजित शिविरमा संघवीले शरणार्थीहरूलाई भारतीय नागरिकता प्रदान गर्दै नयाँ भारतको सपना साकार पार्न मिलेर काम गर्न आग्रह गरेका छन्।
उनले भने, ‘देशको विकास यात्रामा सबैको सहभागिता रहने दृढ सङ्कल्प छ भन्ने आशा छ ।’ संघवीले भारतीय नागरिकता पाएका सबैलाई समाजको मूलधारमा ल्याउन केन्द्र र राज्य सरकार प्रतिबद्ध रहेको बताए।
प्रधानमन्त्री नरेन्द्र मोदी र केन्द्रीय गृहमन्त्री अमित शाहले अफगानिस्तान, पाकिस्तान र बङ्गलादेशका उत्पीडित अल्पसङ्ख्यकहरूलाई सजिलै र छिटो भारतीय नागरिकता उपलब्ध गराउन विशेष प्रयास गरेको उनले बताए।