24
Feb
रवि पौडेल ,दक्षिण भारत पाण्डेचरि मुक्तक :१ मैले अप्ठ्यारोबाट लड्नेहरूलाई उठाउन खोजेको हुँजानीजानी समाज भाँड्ने हरूलाई जुटाउन खोजेको हुँतिमिले कुरा नबुझीकन, किन झम्टन्छौ मलाईइलाका राम्रो बनाउन पोहोरको ट्याङ्क फुटाउन खोजेको हुँ ।मिति:१६ फेब्रुअरी २०२४फागुन ४ ,२०८० मुक्तक :२ तिमीहरू प्रजातन्त्र दिवस बनाउँछौ किनटुँडिखेलमा प्रत्रकार लाई रोक लगाउँछौ किनमौलिक हक अधिकार छिनेर आज के गर्दै छौ झन्डा साझा हो तिमिले मात्रै समाउँछौ किन१९ फेब्रुअरी २०२४७ फागुन २०८० मुक्तक :३ आफ्नै गार्डेनमा लहलह फलेका फलकलकल बग्ने अागन नजिकैको जलभन्छन् छिमेकीहरू पनि अहा कति राम्रोएकै छिन साेचाै त यो कति राम्रो हुन्छ पल !मिति २२ फेब्रुअरी २०२४ मुक्तक : ४ मैले तिमी अघि बढ…
24
Feb
काठमाडौँ, १२ फागुन । प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रको संसदीय दलका नेता पुष्पकमल दाहाल प्रचण्डले तीन करोडभन्दा साना योजना सङ्घमा नराखी प्रदेश र स्थानीय तहमा पठाइने बताएका छन् । शनिवार बिहान सिंहदरबार माओवादी केन्द्रको संसदीय दलको बैठकमा बोल्दै प्रधानमन्त्री प्रचण्डले सङ्घीयतालाई बलियो बनाउन वित्तीय हस्तान्तरणमा जोड दिइएको बताएका हुन । प्रधानमन्त्रीले भने, ‘बजेटमा कनिका छर्ने तरिकाले विकास र समृद्धि हासिल गर्न सकिँदैन। अलि रणनीतिक महत्वका योजना मात्र सङ्घमा राख्छौँ। तीन करोडभन्दा साना योजना प्रदेश र स्थानीय तहले नै गर्छन्। बजेटको क्षेत्र तोकेर पठाइन्छ। आयोजना छनोटको अधिकार प्रदेश र स्थानीय तहलाई नै दिइन्छ ।’ नयाँ योजना धेरै नथपीकन पूरा…
24
Feb
गाजा, १२ फागुन । गत शुक्रवार इजरायलले गाजामा फेरि हवाई आक्रमण गरेको थियो । यस आक्रमणमा एक प्रसिद्ध प्यालेस्टिनी हास्य कलाकारको घर ध्वस्त भएको थियो, जसमा कम्तीमा २३ जनाको मृत्यु भएको थियो र दर्जनौँ घाइते भएका थिए। उक्त क्षेत्रमा हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले घटनाको जानकारी दिएको हो । स्वास्थ्य मन्त्रालयले मध्य गाजाको देइर अल बालाह क्षेत्रमा महमूद जुएटरको परिवारको घर ध्वस्त भएको र आक्रमणमा मारिएका अधिकांश महिला र बालबालिका रहेको बताएको छ। आक्रमणमा घाइते भएका जुएटरका इन्स्टाग्राममा १२ लाखभन्दा बढी फलोअर्स छन् भने उनका भिडियोहरू युट्युबमा पनि व्यापक रूपमा हेरिन्छन् । सन २०१४ को सुरुमा बेल्जियमको मार्सल आर्टको प्यालेस्टिनी प्यारोडी…
24
Feb
-डा चूडाप्रसाद ढकाल आजको युग, जहाँ आर्थिक असमानता र सामाजिक अशान्ति अधिक चर्चाको विषय हुने गर्दछन्, कार्ल मार्क्सका सिद्धान्तहरूको प्रासङ्गिकता अझै पनि उत्तिकै महत्त्वपूर्ण छ। १९औँ शताब्दीका विश्व विख्यात दार्शनिक कार्ल मार्क्स (१८१८-१८८३) जसले उस बेलाको पुँजीवादी समाजको गहिरो विश्लेषण गर्दै वर्ग सङ्घर्षको सिद्धान्तको प्रतिपादन द्वारा एक अधिक न्यायपूर्ण समाज स्थापनाको कल्पना गरे, का विचारहरूले आज पनि हामीलाई विश्व व्यवस्थामा रहेका चुनौतीहरूसँग निरन्तर जुधिरहन शक्ति प्रदान गरिराखेका छन्। आधुनिक संसारका विभिन्न समस्याहरू जस्तै- आर्थिक असमानता, पर्यावरणीय क्षति, र सामाजिक अशान्ति आदि सम्बोधन गर्ने हाम्रो प्रयासमा मार्क्सको विरासतले हामीलाई निरन्तर मार्गदर्शन गरिरहेको छ। उनका विचारहरूले यस्ता चुनौतीहरूलाई बुझ्न र समाधान गर्ने…
24
Feb
काठमाडौँ , १२ फागुन । नेपाल साउदी अरेबियामा जारी पश्चिम एशिया फुटबल एसोसिएसन (वाफ) च्याम्पियनसिप अन्तर्गत समुह चरणको अन्तिम खेलमा नेपालले आज अन्तिम खेल खेल्दै छ । नेपालले आज प्यालेस्टाइनसँग खेल्दै छ । नेपाल र प्यालेस्टाइन यसअघि नै प्रतियोगिताको सेमिफाइनलमा पुगिसकेका छन् । प्यालेस्टाइनले आफ्नो दोस्रो खेलमा सिरियालाई पराजित गरेसँगै समुह बी बाट नेपाल र प्यालेस्टाइनले सेमिफाइनलमा आफ्नो स्थान सुरक्षित गरेका हुन् ।अब समुह चरणको अन्तिम खेलमा नेपालले प्यालेस्टाइनको सामना गर्ने छ भने सिरियाले इराकको सामना गर्ने छ । यो खेलपछि समुह विजेता र उपविजेताको टुंगो लाग्ने छ ।त्यसैगरी समुह ए बाट पनि सेमिफाइनलमा पुग्ने देशको टुंगो लागेको छ । समुह ए…
24
Feb
विराटनगर, ११ फागुन - गृहकार्य पूरा नगरेको भन्दै मोरङको उर्लाबारीमा एक शिक्षकले विद्यार्थीमाथि निर्घात कुटपिट गरेको घटना बाहिरिएको छ। बुधवार शिक्षकको कुटाइबाट विद्यार्थी घाइते भएका छन्। उर्लाबारी वडा नम्बर ७ स्थित पशुपति आवासीय माविमा कक्षा ८ मा अध्ययनरत विद्यार्थीलाई पाइपले अन्धाधुन्ध शिक्षकले कुटपिट गम्भीर घाइते भएका हुन्। गृहकार्य पूरा नगरेको भन्दै सामाजिक पढाउने शिक्षक केशव भण्डारीले विद्यार्थी अनुकूल श्रेष्ठलाई कुटपिट गरेका थिए। शिक्षकको कुटाइबाट गम्भीर बनेका श्रेष्ठको जिउमा नीलडाम छ। अनुकूलकी आमा कल्पना श्रेष्ठले आफ्ना छोरालाई शिक्षकले कुटेको र घटनालाई ढाकछोप गर्न दबाब आएको बताइन्। आफ्नो छोरामाथि पटक पटक कुटपिट भए पनि यस्ता शिक्षकलाई कारबाहीको साटो उल्टै विद्यालय प्रशासनले संरक्षण गरेको…