16
Jan
काठमाडौँ, २ माघ - माल्टा पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा एक महिला पक्राउ परेकी छिन्। पक्राउ पर्नेमा पाल्पा बग्नासकाली गाउँपालिका-१ घर भई हाल काठमाडौँ-१५ स्वयम्भू बस्ने ३० बर्सिया मायादेवी राना छिन्। उनलाई प्रहरीले तीन दिनअघि स्वयम्भूबाट पक्राउ गरेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ। कार्यालयका सूचना अधिकारी प्रहरी उपरीक्षक मिलन केसीका अनुसार उनले दीपकराज कँडेलसहितका व्यक्तिबाट माल्टा पठाउने बहानामा ४३ लाख रुपैयाँ ठगी गरेको आरोप छ। प्रतिव्यक्ति आठ लाख रुपैयाँ लागत लाग्ने र माल्टा पुगेपछि होटेलमा काम लगाइदिने भन्दै उनले रकम सङ्कलन गरेकी थिइन्। रकम लिएर सम्पर्कविहीन भएपछि रानाविरुद्ध पीडितले अपराध अनुसन्धान कार्यालयमा उजुरी दिएका थिए। यसपछि खोजीका…
16
Jan
काठमाडौँ, २ माघ । श्रीमतीको हत्यामा अदालतले जन्मकैद सजाय तोकेका फरार अभियुक्त पक्राउ परेका छन्। पक्राउ पर्नेमा धादिङ ज्वालामुखी गाउँपालिका-१ का ७० वर्षीय सूर्यबहादुर दवाडी रहेका छन्। दवाडीलाई केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले सोमबार रुपन्देही सिद्धार्थनगर नगरपालिका-१ बेलहियाबाट पक्राउ गरेको हो। श्रीमतीको हत्याको २१ वर्षपछि दवाडीलाई पक्राउ गरिएको ब्युरोका प्रहरी उपरीक्षक नवराज अधिकारीले बताए। दवाडीले अंशसम्बन्धी विषयमा झगडा हुँदा २औ५९ साल फागुन २८ गते बारीमा श्रीमती सानुमाया दवाडीलाई कुटपिट गरी नाम्लोले घाँटी कसेर रुखमा झुन्ड्याएका थिए। उनले सानुमायाको शव धादिङ साबिक मैकी गाविसस्थित ग्याल्मा र बुढीगण्डकी दोभानमा लगेर जलाएका थिए। जिल्ला अदालतले उनलाई २०६१ साल जेठ ५ गते सर्वस्वसहित जन्मकैदको फैसला गरेको…
16
Jan
काठमाडौँ ,२ माघ । नेपाल इन्टरनेसनल फिल्म फेस्टिभल (निफ)को सातौँ संस्करण चैतको १ देखि ५ गतेसम्म हुने भएको छ । आयोजक नेपाल फिल्म एन्ड कल्चरल एकेडेमीले मङ्गलवार नेपाल पर्यटन बोर्डको हलमा महोत्सवमा प्रदर्शन हुने फिल्महरूको सूची सार्वजनिक गर्दै महोत्सव अवधिभर समसामयिक विषयमा स्वदेशी तथा विदेशी चलचित्रकर्मीका रोचक र अर्थपूर्ण छलफलका सत्र पनि सञ्चालन हुने जानकारी गराएको छ । महोत्सवका अध्यक्ष केपी पाठकले फिल्मको लाइन अप सार्वजनिक गर्दै यो संस्करणमा ६० देशका ५०० बढी प्राप्त भएकोमा छनौट समितिले ४० देशका ८८ वटा फिल्म छानिएको बताए । ‘निफलाई प्राप्त फिल्मको सङ्ख्याले हामीलाई उत्साहित बनाएको छ । फिल्म आउने यो अनुपात हेर्दा ५…
16
Jan
काठमाडौँ, २ माघ । त्रिशूली नदीमा खसेको भारतीय नम्बर प्लेटको जिपका चालक फरार भएको आशङ्का गरिएको छ। नारायणगढ-मुग्लिन सडक खण्ड अन्तर्गत इच्छाकामना गाउँपालिका-५ स्थित तीन नम्बर पुलनजिकबाट मङ्गलवार बिहान त्रिशूली नदीमा जिप खसेको थियो। खोजी सिलसिलामा भारतीय नम्बर प्लेट बिआर ०९जिसी १४३० नम्बरको बोलेरो जिप फेला परेको थियो। बिहान ४:५० बजे नदीभित्र बत्ती बलेको जस्तो देखिएपछि सशस्त्र प्रहरीको गोताखोर टोलीले परिचालन गरिएको थियो। त्यस क्रममा सेतो रङ्गको सिङ्गल क्याप जिप त्रिशूली नदीमा फेला परेको जिल्ला प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक श्रीराम भण्डारीले बताए। उनका अनुसार एक जना ट्याङ्कर चालकले जिपबाट चालक निस्केको देखेको बताएका छन्। ‘ट्याङ्कर चालकले जिपका चालक भागेको देखेको…
16
Jan
काठमाडौँ, २ माघ । रुसी सेनामा भर्ना भएका लमजुङका अर्का युवाको मृत्यु भएको छ। लमजुङ दूधपोखरी गाउँपालिका-१ का ३२ वर्षीय साजन गुरुङको मृत्यु भएको हो। उनको रुस-युक्रेन युद्धमा मृत्यु भएको खबर आएको वडाध्यक्ष दुर्गामान गुरुङले बताए। गुरुङका अनुसार उनको मृत्युको खबर चार-पाँच दिनअघि आएको हो। वैदेशिक रोजगारीमै रहेका उनका भाइ कुमारले साजनको मृत्युको खबर पठाएका थिए। गुरुङका अनुसार साजन तीन-चार महिनाअघि मात्रै रुसी सेनामा गएका थिए। उनी के कसरी रुसी सेनामा पुगे भन्नेबारे खोजी थालिएको वडाध्यक्ष गुरुङले बताए। साजनको मृत्युको खबर पाएपछि परिवारले काज किरिया समेत गरेका छन्। पुस २९ गते नै परिवारले छोराको काज किरिया सकेको वडाध्यक्ष गुरुङले बताए। साजनका…
16
Jan
रवि पौडेल गजबको छ जिन्दगी कहिले हाँसो र कहिले आँसु कलिलैमा फुल निमाेठ्छन यहाँ पापी रक्तपिपासु फुल खेलौना सम्झने अपराधी हरूको कस्ता छन् कोपिला फक्रिन नपाउँदै लुछ्ने र फ्याँक्ने निस्ठुरी छन् ।। काँडा भित्रको फुल पनि सुरक्षित छैन यहाँ बगैँचाभरि सजावट देखाएका हुन्छन् त्यहाँ बगैँचा मानिसको आनन्दित थलो हुन्छ सुगन्धले भरिएको हरियाली हुन्छ जहाँ ।। खै के भनाै तिमी निस्ठुरी किन यादहरू झल्किन्छ खै किन झुटो इतिहास बनेको छैन कहीँ मनहरू सधैँ उपस्थित त्यहीँ किन ।। पुलहरूको बिचमा भमरा रमाउँछन् असल मानिसले फुल चुँड्न खुट्टा कमाउँछन् भुँ र भुँ र आवाज ले फूलबारी गुन्जिएको हुन्छ त्यहाँ मालीहरूले नै भरपुर बगैँचा…
16
Jan
काठमाडौँ, २ माघ । लियोनेल मेसीले फिफा वर्ष खेलाडीको अवार्ड जितेका छन् । गए राती लन्डनमा आयोजित फिफाको वार्षिक कार्यक्रममा मेसीलाई २०२३ को वर्ष खेलाडीको उपाधि दिइएको हो । मेसीले किलीयन एम्बाप्पे र इर्लिंग हालाण्डलाई पछि पार्दै फिफाको वर्ष खेलाडीको अवार्ड जितेका हुन् । मेसीले यस अघि २०२३ को बेलुन डो अर अवार्ड जितेपछि फिफा वर्ष खेलाडीको अवार्ड समेत जितेका छन् । उनले यसअघि २०१९ र २०२२ मा पनि फिफाको वर्ष खेलाडीको अवार्ड जितेका थिए । त्यसै गरी स्पेनकी ऐटाना बोनमाटीले फिफा महिला वर्ष खेलाडीको अवार्ड जितेकी छन् । त्यस्तै म्यानचेस्टर सिटीका प्रशिक्षक पेप गुआर्डिओलाले फिफाको वर्ष प्रशिक्षकको अवार्ड जितेका छन्…
16
Jan
यारेन, नाउरू, २ माघ । दक्षिण प्रशान्त महासागरको राष्ट्र नाउरुले सोमबार ताइवानसँगको कूटनीतिक सम्बन्ध तोडेको घोषणा गरेको छ । प्रशान्त महासागरको टापु राष्ट्र नाउरुले ताइवानबाट कूटनीतिक मान्यता फिर्ता लिएर चीनसँग सबन्ध जोडिएको बताएको छ। राष्ट्रपति डेभिड अडियाङले आधिकारिक फेसबुक पेजमा पोस्ट गरेको राष्ट्रिय सम्बोधनमा उक्त निर्णयको घोषणा गरेका हुन्। एक मिडिया विज्ञप्तिका अनुसार नाउरु सरकारले अब ताइवानलाई ‘पृथक् देश तर चीनको क्षेत्रको अभिन्न अङ्ग’ भनेर मान्यता दिने बताएको छ। नाउरुले तुरुन्तै ताइवानसँग ‘कूटनीतिक सम्बन्ध तोड्नेछ’ र ‘ताइवानसँग कुनै पनि आधिकारिक सम्बन्ध वा आधिकारिक आदानप्रदान विकास गर्दैन।’ कूटनीतिक आधारमा ताइवानलाई आधिकारिक रूपमा मान्यता दिने केही देशहरूमध्ये नाउरु पनि…
16
Jan
काठमाडौँ, २ माघ - त्रिशूली नदीमा भारतीय नम्बर प्लेटको जिप खसेको पाइएको छ। नारायणगढ-मुग्लिन सडक खण्ड अन्तर्गत इच्छा कामना गाउँपालिका-५ स्थित तीन नम्बर पुल नजिकबाट उक्त जिप त्रिशूली नदीमा खसेको पाइएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। सेतो रङ्गको सिङ्गल क्याप जिप त्रिशूली नदीमा फेला परेको जिल्ला प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक श्रीराम भण्डारीले बताए। 'बिहान राति नदीमा रातो बत्ती बलेपछि सवारीसाधन खसेको अनुमान गरी खोजी थालिएको थियो,' भण्डारीले भने। बिहान ४:५० बजे नदीभित्र बत्ती बलेको जस्तो देखिएपछि सशस्त्र प्रहरीको गोताखोर टोलीले परिचालन गरिएको थियो। खोजी सिलसिलामा भारतीय नम्बर प्लेट बिआर ०९जिसी १४३० नम्बरको बोलेरो जिप फेला परेको भण्डारीले बताए। जिप…