Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131
2023 - Page 15 of 82 - Gyaan Ghar

Gyaan Ghar

Advertisement

Year: 2023

यू-१९ एसिया कप: भारतले टस जित्यो, नेपालले पहिला ब्याटिङ गर्दै

यू-१९ एसिया कप: भारतले टस जित्यो, नेपालले पहिला ब्याटिङ गर्दै

काठमाडौँ, २६ मङ्सिर । युएईको दुबईमा जारी एसीसी यू-१९ एसिया कप अन्तर्गत आज नेपालले भारतको सामना गर्दै छ । यस खेलमा भारतले टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेको छ । योसँगै नेपालले पहिला ब्याटिङ गर्ने भएको छ । यस प्रतियोगितामा नेपालले आफ्ना सुरुका दुवै खेलमा हार बेहोरेको छ । नेपालले पहिलो खेलमा पाकिस्तानसँग ७ विकेटको हार बेहोरेको छ भने दोस्रो खेलमा अफगानिस्तानसँग ७३ रनले हार बेहोरेको थियो । त्यस्तै समूह ए मा रहेको भारतले भने २ मध्ये एक खेलमा जित हासिल गरेको छ एक खेलमा हार बेहोरेको छ । भारतले पहिलो खेलमा अफगानिस्तानलाई ७ विकेटले पराजित गरेको थियो भने…
Read More
काँग्रेसलाई कस्तो पार्टी बनाउने ? जनतासँग गुगल फर्ममार्फत सुझाव मागिँदै !

काँग्रेसलाई कस्तो पार्टी बनाउने ? जनतासँग गुगल फर्ममार्फत सुझाव मागिँदै !

काठमाडौँ, २६ मङ्सिर । नेपाली काँग्रेसका केन्द्रीय सदस्य ननसिंह महरले महासमिति बैठक (नीति महाधिवेशन) अघि जनताको मत सर्वेक्षण गर्ने भएका छन्। जनभावना अनुसार पार्टीलाई अगाडि बढाउनु पर्ने धारणा राख्दै आएका महरले आफूले नीति महाधिवेशनमा पनि जनताकै भावनालाई जोडदारका साथ उठाउने बताए। उनले नीति महाधिवेशनमा कुन-कुन विषय उठाउनु पर्ला भनेर प्रविधिको प्रयोग (गुगल फर्म)का माध्यमबाट पार्टीका क्रियाशील सदस्य, शुभेच्छुक र जनतासँग आगामी नीति कस्तो बनाउने भन्ने बारेमा सुझाव माग गरेका हुन्। नेता महरले ८ लाख ६६ हजार क्रियाशील सदस्य, शुभेच्छुकलगायत आमजनतासँग समेत,आगामी नीति कस्तो बनाउने भन्ने बारेमा सुझाव लिन आफूले गुगल फर्मको व्यवस्था गरेको बताए। ‘राजनीतिक दल कस्तो हुनुपर्छ भन्ने आम चासो हुन्छ। हामीले…
Read More
अनौठो प्रचलन, जहाँ चुरोट दिएपछि मात्रै बेहुलाले लान पाउँछन् बेहुली

अनौठो प्रचलन, जहाँ चुरोट दिएपछि मात्रै बेहुलाले लान पाउँछन् बेहुली

बेइजिङ, २६ मङ्सिर । संसारमा विवाहसँग सम्बन्धित धेरै प्रकारका परम्पराहरू छन्। तिनीहरूलाई प्रदर्शन गर्ने तरिकाहरू पनि फरक छन्। कहिले बेहुलीले काँधमा बोकेर दौडनु पर्ने हुन्छ त कहिले दुलहाले बेहुलीलाई बिहेको बदलामा ह्वेलको दाँत दिनु पर्ने हुन्छ । छिमेकी देश चीनमा पनि विवाहसँग सम्बन्धित अनौठो परम्परा रहेको छ । यसमा दर्जनौँ ताला लगाएर लक्जरी कार लक गरिएको छ, त्यसपछि चुरोटको प्याकेटको सट्टामा कार अनलक गर्नुपर्छ, त्यसपछि मात्र दुलहाले दुलहीलाई लिन पाउँछन्।   चीनको पूर्वी जिआङ्सु प्रान्तको नान्टोङमा चुरोटको चलन निकै प्रचलित छ। यससँग सम्बन्धित एउटा भिडियो पनि भाइरल भइरहेको छ, जसमा फूलहरूले सजाइएको कालो पोर्श र टायरमा ४० वटा ताला देखिएका…
Read More
नयाँबजारमा रक्तदान कार्यक्रम सम्पन्न

नयाँबजारमा रक्तदान कार्यक्रम सम्पन्न

काठमाडौँ, मङ्सिर २३ ।  रक्तदान जीवनदान, रक्तदान महादान भन्ने मूल नाराका साथ राजधानीको नयाँबजारमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । ज्ञानशाला अनुसन्धान केन्द्र र ‘हलिं नेवाः दबू, नेपाः देय् मूकवः’ मुख्य आयोजक रहेको खुल्ला रक्तदान कार्यक्रम, मङ्सिर २३ गतेका दिन नयाँबजार, खुसिबुँस्थित ज्ञानशालाको कार्यालय उत्तमचोकमा सम्पन्न भएको हो । ४३ जना स्थानीय व्यक्तित्वहरू, विद्यार्थी एवं शिक्षकबाट रक्तदान भएको कार्यक्रमको प्रमुख अतिथि काठमाडौँ क्षेत्र नं.७का सांसद गणेश पराजुली थिए । ज्ञानशाला अनुसन्धान केन्द्रका अध्यक्ष भोलानाथ ढकालको अध्यक्षतामा भएको रक्तदान कार्यक्रमको स्वागत तथा सहजीकरण उत्तम कुमार श्रेष्ठले गरेका थिए । प्रमुख अतिथि गणेश पराजुलीले आफूसँग पनि रक्तदानको अनुभव भएको र यस्तो कार्यले…
Read More
मोदी फेरी पनि विश्वको लोकप्रिय नेतामा नम्बर १ मा, अमेरिकी राष्ट्रपतिलाइ ३७% मात्रै मत

मोदी फेरी पनि विश्वको लोकप्रिय नेतामा नम्बर १ मा, अमेरिकी राष्ट्रपतिलाइ ३७% मात्रै मत

२३ मंसिर, न्युयोर्क। भारतीय  प्रधानमन्त्री मोदी देशमा मात्र नभई विश्वभर निकै लोकप्रिय छन् । मर्निङ कन्सल्टले गरेको सर्वेक्षणमा पीएम मोदीलाई दिइएको रेटिंगबाट यसको अनुमान लगाउन सकिन्छ। सर्वेक्षणका अनुसार, पीएम मोदी फेरि एक पटक विश्व नेताहरूमा शीर्षमा छन्, उनले ७६ प्रतिशतको अनुमोदन रेटिंग पाएका छन्। अमेरिकी कन्सल्टेन्सी फर्मको ‘ग्लोबल लिडर अप्रुभल रेटिङ ट्र्याकर’का अनुसार भारतका ७६ प्रतिशत जनताले मोदीको नेतृत्वलाई स्वीकार गर्छन् भने १८ प्रतिशतले उनको नेतृत्वलाई मन पराउँदैनन् । जबकि ६ प्रतिशतले यस विषयमा कुनै प्रतिक्रिया दिएका छैनन् । रेटिंगको मामिलामा प्रधानमन्त्री मोदीको नजिक कोही छैन। सर्वेक्षणमा मेक्सिकोका राष्ट्रपति एन्ड्रेस म्यानुएल लोपेज ओब्राडोर दोस्रो स्थानमा छन्, उनले ६६ प्रतिशत रेटिङ पाएका…
Read More
सरकारले राष्ट्रिय स्वाधिनताको रक्षा गरेनःओली

सरकारले राष्ट्रिय स्वाधिनताको रक्षा गरेनःओली

२३ मंसिर, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्वाधिन र सार्वभौम राष्ट्र हुदा हुदै आफ्नो स्वतन्त्रताको प्रयोग गर्न नसक्नु लज्जाको कुरा भएको बताएका छन् । समृद्धिका लागि संकल्प यात्राका क्रममा गोरखा बजारमा शनिवार आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले भने, - `लिम्पीयाधुरा, लिपुलेक, कालापानीका प्रश्न उच्च स्तरीय संवादहरुमा किन उठ्दैन ? यो भन्दा गएगुज्रेका कुरा के हुन्छ । त्यो भन्दा देश प्रतिको बेइमानी के हुन्छ । ” पुष्पलाल मध्यपहाडी लोकमार्ग केन्द्रीत झुलाघाट चिवाभन्जाङ्ग यात्राका क्रममा शुक्रवार गोरखा आइपुग्नुभएका एमाले अध्यक्ष ओली शनिवार बिहान गोरखा सदरमुकाममा अन्तरक्रिया कार्यक्रममा सहभागी भएका हुन् । कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले मध्यपहाडी लोकमार्ग निर्माणमा भइरहेको ढिलासुस्ती…
Read More
कमल एक्चैले आलिङ्गन बनाऊँदै

कमल एक्चैले आलिङ्गन बनाऊँदै

२३ मंसिर, काठमाडौं । निर्देशक कमल एक्चै मगरको निर्देशनमा बन्ने नयाँ चलचित्र ‘आलिङ्गन’ को औपचारिक घोषणा गरिएको छ। गत बर्ष आजकै दिन अर्थात मङ्सिर २३ गते उनि निर्देशित चलचित्र ‘डेसान’ प्रदर्शनमा आएको थियो। चलचित्र ‘डेसान’ बाट उनले राम्रै प्रसंशाको साथै बिभिन्न अवार्ड पनि प्राप्त गर्न सफल भएका थिए। मगरले चलचित्र ‘शिरफूल’ मार्फत निर्देशनमा पाइला चालेका हुन्। ‘आलिङ्गन’ उनको निर्देशनमा बन्ने तेस्रो चलचित्र हो। सामाजिक प्रेमकथामा बन्ने चलचित्रको कथा स्वयम् मगरले लेखेका हुन्। चलचित्रको पटकथा संवाद आरुष जंग सारु र कमल एक्चै मगरले मिलेर लेखेका हुन्। कृशला मगर कार्यकारी निर्माता रहेको चलचित्रलाई चक्र बहादुर महर्जनले छायांकन गर्नेछन्।   परफर्मिंग आर्ट क्रियसनको…
Read More
जयपुरमा बनाइन्छ विश्वकाे सबैभन्दा ठुलाे पराठा, एक्लै खानसक्नेलाई १ लाख इनाम

जयपुरमा बनाइन्छ विश्वकाे सबैभन्दा ठुलाे पराठा, एक्लै खानसक्नेलाई १ लाख इनाम

२३ मंसिर, जयपुर। राजस्थानको राजधानी जयपुर आफ्नो मसालेदार स्वादका लागि विश्वभर प्रसिद्ध छ। त्यसैगरी, जाडोमा जयपुरका हरेक क्षेत्रमा केही विशेष खानको लागि मानिसको भीड जम्मा हुन्छ । जयपुरको ३२ इन्चकाे पराठाका लागि पनि उस्तै भीड देखिन्छ । विश्वको सबैभन्दा ठूलो पराठा जयपुरको मानसरोवरको नयाँ सांगानेर रोड विजय पथमा रहेको जयपुर पराठा जंक्शनमा बनाइन्छ। यो पराठाको साइज देखेर मानिसहरु छक्क पर्छन् । जयपुर पराथा जंक्शनमा ३२ इन्च र १८ इन्चको पराठाबाहेक ७४ प्रकारका पराठा बनाइन्छ। जयपुर पराठा जंक्शनको ३२ इन्चको पराठा थालीलाई बाहुबली भनिन्छ, जसमा पराठासँगै तीन प्रकारको चटनी, राइता, अचार र तरकारी दिइन्छ। यो ३२ इन्चको पराठा ५ जनाले सँगै खान…
Read More
जर्मन वैज्ञानिकले बनाए विशेष प्रजातिको गहुँ, अब बर्षमा ६ पटक काटन सकिने

जर्मन वैज्ञानिकले बनाए विशेष प्रजातिको गहुँ, अब बर्षमा ६ पटक काटन सकिने

मंशिर २३ , बर्लिन। गहुँ एक यस्तो अन्न हो, जुन धेरै चीजहरूमा प्रयोग गरिन्छ। यसैबाट रोटी र बिस्कुटसहित बिभिन्न परिकार पनि बनाइन्छ । त्यसैले विश्वले अधिकतम गहुँ उत्पादनमा जोड दिइरहेको छ । तर, युक्रेन युद्धको प्रारम्भिक दिनमा रुस–युक्रेनबाट गहुँको निर्यात रोकिए पछि विश्वभर खाद्यान्न संकट उत्पन्न भयो। जसले संसार भर गहुँ खाद्यान्नको अभाव भोग्नु परयो । जसका कारण अफ्रिकामा मात्र नभई युरोपेली देशहरूमा पनि रोटी पाउन मुस्किल भएको थियो। त्यसोभए विकल्प के छ ? हामी सबैलाई थाहा छ कि गहुँ एक पटक छरिएको छ र यसको बाली ४ महिना पछि मात्र तयार हुन्छ। यो एक वर्षमा धेरै पटक बढ्न सक्दैन।…
Read More
गाजामा थप २ इजरायली सैनिक मारिए, मारिनेको संख्या ९३ नाघ्यो

गाजामा थप २ इजरायली सैनिक मारिए, मारिनेको संख्या ९३ नाघ्यो

मंशिर २२,तेल अहिव। गाजामा भएको भिडन्तमा थप दुई इजरायली सैनिकको मृत्यु भएको छ । इजरायली सेनाले गाजामा लडाइँमा मारिएका थप दुई सैनिकको मृत्यु भएको घोषणा गरेको छ भने एक तिहाइ गम्भीर घाइते भएको जनाएको छ । २७१औं इन्जिनियरिङ बटालियनका ४१ वर्षीय एक सैनिक दक्षिणी गाजामा भएको युद्धमा मारिएका थिए भने दोस्रो ६९९ औं बटालियनमा २८ वर्षीया गाजा पट्टीको उत्तरमा लडाइँको क्रममा मारिएका हुन । संयुक्त राष्ट्र संघले आधिकारिक इजरायली स्रोतलाई उद्धृत गर्दै गाजामा भूमि आक्रमण सुरु भएदेखि ९३ इजरायली सैनिक मारिएको रिपोर्ट गरेको छ। पछिल्लो यी दुइ मृत्युमा, त्यो कुलमा समावेश छ कि छैन भन्ने कुनै जानकारी दिइएको छैन।
Read More