23
Dec
काठमाडौँ, ७ पुस । नेपाली काँग्रेसका प्रवक्ता एवम् अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपाली काँग्रेस पार्टीभित्र एकता र सद्भावको आवश्यकता रहेको औँल्याउनु भएको छ। शनिवार बागमती प्रदेश काँग्रेस प्रथम सम्मेलनको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रवक्ता एवम् मन्त्री डा. महतले भने, ‘पार्टीभित्र वडादेखि केन्द्रसम्म संस्थाभित्र छलफल र बहस गर्ने त्यसपछि निष्कर्ष निकाल्ने पद्धति स्थापित गर्न जरुरी छ। निस्केको निष्कर्ष जनताको बिचमा प्रस्तुत हुन जरुरी छ।’ बाहिर धेरै कुरा गर्ने, भित्र केही नगर्ने नेपाली काँग्रेसको समस्या भएको उनले बताए। आन्तरिक निर्वाचनमा आमनिर्वाचनभन्दा चर्को रूपमा सहभागी हुने, नीतिगत विषयमा छलफल गर्नुपर्यो भने, बैठकमै नआउने काँग्रेस पार्टीको समस्या भएको उनले स्पष्ट पारे। ‘केन्द्रमा छलफल भइरहेको…
23
Dec
बेइजिङ, ६ पुस । उत्तरी छिमेकी चीन अनेक कारणले चर्चा परिचर्चामा रहँदै आएको छ । चीनमा भएका अद्भुत विकासको दृश्य त तपाई हामीले हेर्दै आएको छौँ तर अहिले भने हामी चीनमा हिउँको संसारमा बनाइएका मूर्तिहरू देखाउने छौँ । चाइना डेलीका अनुसार तल उल्लेखित मूर्तिहरू चाइनाका मूर्तिकारहरू उत्तर पूर्वी चीनको हेलोङजियाङ प्रान्तको हार्बिनमा बनाएका हुन । ३६ औँ सन आइल्याण्ड अन्तर्राष्ट्रिय हिउँ मूर्तिकला प्रदर्शनीको लागि मूर्तिकारहरू यतिखेर हिउँको मूर्तिकला कार्यमा व्यस्त छन्।
23
Dec
पोखरा, ७ पुस । पोखरामा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि खोया प्रहार भएको छ। अमरसिंहचौर स्थित खेल मैदानमा चलिरहेको सभालाई सम्बोधन गरिरहेका लामिछानेमाथि एक जनाले खोया प्रहार गरेका हुन्। लामिछानेले सम्बोधन गरिरहेको समयमा अगाडीबाट खोयाले हानिएको सहभागीहरूले बताएका छन्। उनीमाथि खोया प्रहार गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीले भने मकै खाँदै गरेका युवकले खोया फाल्ने क्रममा झुक्किएर स्टेजतिर गएको बताएको छ। कास्की प्रहरी प्रमुख एसपी मोहनबहादुर थापाले लमजुङका २८ वर्षीय सन्तोष रानाभाटलाई नियन्त्रणमा लिएको बताए।
23
Dec
काठमाडौँ, पौष ७ गते । विभिन्न साहित्यिक व्यक्तित्वहरूलाई एकै ठाउँमा जमघट गराएर सिर्जनाको प्रस्फुटित गर्ने उद्देश्यका साथ ज्ञानशाला अनुसन्धान केन्द्रले ज्ञानशाला उद्बोधन कार्यक्रमको सुरुवात गरेको छ । पौष ७ गतेका दिन अनुसन्धान केन्द्रको हलमा भएको पहिलो शृङ्खलामा विभिन्न साहित्यिक व्यक्तित्वहरूमा कविता, गजल, मुक्तक, गीत, हाइकु प्रस्तुत गरिएको थियो । उद् बोधन कार्यक्रममा पेरिशा भट्टबाट मनका रङ्गहरू, दुर्गा तिवारीबाट कवि महोदय, डा.कौशिला रिसालबाट अह म झुक्दिन अब, मिसन अधिकारीबाट एउटा सादा कागज बदल्न लेख कविता प्रस्तुत भएको थियो । त्यस्तै विमला दाहालबाट पल पलको हिसाब शीर्षकमा गजल, राजेन्द्र अधिकारीबाट तीन वटा मुक्तकहरू तथा डा.चूडा ढकालबाट तीन वटा हाइकुहरू प्रस्तुत गरिएको थियो…
23
Dec
पेरिस, ६ पुस । संयुक्त अरब इमिरेट्स (युएई) बाट ३०३ भारतीय यात्रु बोकेर निकारागुआको उडान फ्रान्समा अवतरण गरिएको छ । मानव बेचबिखनको डरले यस्तो कारबाही गरिएको हो । फ्रान्सेली स्थानीय सञ्चारमाध्यमका अनुसार फ्रान्सको राष्ट्रिय सङ्गठित अपराध विरुद्धको एकाइ जुनाल्कोले घटनाको अनुसन्धानको जिम्मा लिएको छ । अनुसन्धान एजेन्सीले सबै यात्रुसँग सोधपुछ गरिरहेको छ। समाचार एजेन्सी रोयटर्सका अनुसार युनिटले थप सोधपुछका लागि दुई जनालाई हिरासतमा लिएको छ। यति मात्र होइन भारतीय दूतावासको टोली घटनास्थल पुगेको छ । दूतावासले यात्रुको हित र सुरक्षा महत्त्वपूर्ण रहेको बताएको छ । वास्तवमा, रोमानियाली कम्पनी लेजेन्ड एयरलाइन्सको ए ३४० विमान दुबईबाट निकारागुवा उडेको थियो।…
23
Dec
काठमाडौँ, ७ पुस । मिस नेपाल-२०१२ की सेकेन्ड रनर अप शुभेक्षा खड्काको बुझाइ हो यो। बाबु छोरीका लागि हौसला हुँदा एउटी छोरीले सपना देख्ने मात्र होइन साकार बनाउन सक्छिन् । नेपाली बाबुहरूले आफ्ना छोरीहरूको अध्ययनमा लगानी गरिदिए उनीहरू आत्मनिर्भर भएर स्वाभिमानी जीवन बाँच्न पाउने उनको बुझाइ छ। आत्मनिर्भर भएपछि खुम्चिन पर्दैन। आफ्नो आगामी फिल्म 'चित्रा'का बारेमा गफ्फिदा उनले यस्तो बताएकी हुन्। बाबु छोरीको सम्बन्धको कथा भन्ने यो सिनेमामा आफू महत्त्वपूर्ण भूमिकामा रहेको उनको भनाइ छ। फिल्मको विषय सबैका लागि रुचिकर हुने उनी बताउँछिन् । फिल्मलाई लिएर आशावादी उनीसँग गरिएको भलाकुसारी यस्तो छ - अभिनेत्री शुभेक्षा खड्काले 'चित्रा'मा अभिनय गरेको…