health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131

काठमाडौँ, ७ पुस । नेपाली काँग्रेसका प्रवक्ता एवम् अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपाली काँग्रेस पार्टीभित्र एकता र सद्भावको आवश्यकता रहेको औँल्याउनु भएको छ। शनिवार बागमती प्रदेश काँग्रेस प्रथम सम्मेलनको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रवक्ता एवम् मन्त्री डा. महतले भने, ‘पार्टीभित्र वडादेखि केन्द्रसम्म संस्थाभित्र छलफल र बहस गर्ने त्यसपछि निष्कर्ष निकाल्ने पद्धति स्थापित गर्न जरुरी छ। निस्केको निष्कर्ष जनताको बिचमा प्रस्तुत हुन जरुरी छ।’
बाहिर धेरै कुरा गर्ने, भित्र केही नगर्ने नेपाली काँग्रेसको समस्या भएको उनले बताए। आन्तरिक निर्वाचनमा आमनिर्वाचनभन्दा चर्को रूपमा सहभागी हुने, नीतिगत विषयमा छलफल गर्नुपर्यो भने, बैठकमै नआउने काँग्रेस पार्टीको समस्या भएको उनले स्पष्ट पारे।
‘केन्द्रमा छलफल भइरहेको छ र सर्वसम्मत निर्णय पनि भइरहेको छ। यो निर्णय हामीले एक स्वरमा जनताको बिचमा लिएर जान जरुरी छ,’ मन्त्री डा. महतले भने, ‘हामीभित्र एउटा निष्कर्ष निकालेपछि अलग अलग कुरा गर्नु पार्टीका लागि घातक हुन्छ।’
संसद्मा आफूहरूको तीन गुण बढी सङ्ख्या भए पनि विविध परिस्थितिमा गठबन्धन सरकार बनेको बताए। ‘हामीले लोभ गर्दा सत्ता गुमेको हो भनेर आलोचना भएकै हो। यो कुरालाई भुलेर हामी अर्को बहसमा लाग्यो भने हामी काहीँ पुग्दैनौँ। सङ्गठनको नेतृत्वमा निर्वाचन भएर बसेका हुन् वा बाहिर रहेकाले एक अर्कालाई सहने, सम्मान गर्ने, एक अर्कालाई सुन्ने मानसिकता बनाउनुपर्छ। यो मानसिकता भयो भने नेपाली काँग्रेसलाई बहुमत ल्याउन कसैले रोक्दैन,’ उनले भने।
उनले पार्टीभित्र सङ्घर्ष गर्दै, नेविसंघको राजनीतिमार्फत आफू यहाँसम्म आइपुगेको स्मरण गरे। ‘मेरो जरा कहाँ छ, कसको कारणले म यहाँ छु भन्ने कुरा मैले भुलेको छैन। इमानदार, पारदर्शी र समर्पित भएर देश र जनतालाई केन्द्रविन्दूमा राखेर काम गरिरहेको छु र गर्छु,’ उनले भने।
धेरै नकारात्मक परिस्थिति भएको अवस्थामा आफू अर्थमन्त्री बनेको र बजेट बनाउने समयमा आफूसँग दुई महिना पनि नरहेको उनले बताए। ‘बिना प्राथमिकताका ठेक्कामुखी आयोजनाहरू अगाडि बढाइएको थियो। समस्याको पहाड थियो। कोभिडका बेला मौद्रिक नीति सरल बनाइयो, ऋण उपयोग गर्ने ठाउँ नै थिएन,’ उनले भने।