Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170
November 2023 - Page 19 of 23 - Gyaan Ghar

Gyaan Ghar

Advertisement

Month: November 2023

गाजापट्टीको समस्या हाम्रो आफ्नै समस्या हो

गाजापट्टीको समस्या हाम्रो आफ्नै समस्या हो

* मोहनविक्रम सिंह “कमरेड जलजला” उपन्यासको ‘दर्शन, क्रान्ति र बलिदानको महाद्वीप’ शीर्षकको सातौँ भागमा हिट्लरको फासिवाद, यहुदीहरू माथिका बर्बर अत्याचारसित सम्बन्धित केही परिच्छेदहरू छन् । ती परिच्छेदहरूमा हिट्लरले यहुदीहरूमाथि गरेका अमानवीय र बर्बर अत्याचारहरूको विस्तृत रूपले वर्णन गरिएको छ । त्यस सिलसिलामा पोल्यान्डमा मात्र ६० लाख यहुदीहरूको हत्या गरिएको थियो भने जर्मनी सहित युरोपका कैयौँ देशहरूमा उनीहरूमाथि भीषण बर्बर अत्याचारहरू गरिएका थिए । वृद्ध, महिला र बालबालिकाहरू समेतमाथि त्यस प्रकारका अत्याचारहरू गरिएका थिए । हिट्लरद्वारा युरोपमा यहुदीहरूमाथि गरिएका त्यस प्रकारका अत्याचारहरूसित सम्बन्धित कैयौँ म्युजियमहरू युरोप भरी नै बनाइएका छन् । पार्टीको कामको सिलसिलामा युरोपका विभिन्न देशहरूको भ्रमण गर्दा मैले त्यस…
Read More
आइसिसी टी-२०ः नेपाल र ओमानका बिचमा प्रतिस्पर्धा हुँदै, टिकट बिक्रीबाट प्राप्त ५० प्रतिशत रकम भूकम्प पीडितलाई

आइसिसी टी-२०ः नेपाल र ओमानका बिचमा प्रतिस्पर्धा हुँदै, टिकट बिक्रीबाट प्राप्त ५० प्रतिशत रकम भूकम्प पीडितलाई

काठमाडौँ, १९ कार्तिक । नेपाल र ओमानका बिचमा प्रतिस्पर्धा हुदैँछ । आइसिसी टी–२० विश्वकप एसिया क्षेत्र छनोटको फाइनलमा नेपालले आज ओमानसँग खेल्न लागेको हो । त्रिभुवन विश्वविद्यालय कीर्तिपुरस्थित खेल मैदानमा सो प्रतिस्पर्धा हुनेछ । जसअनुसार सो खेल आइतबार बिहान ११ बजेबाट सुरु हुनेछ । छनौट प्रतियोगिताको फाइनल पुगेका नेपाल र ओमानले टी–२० विश्वकपमा स्थान भने यसअघि नै पक्का गरिसकेका छन् । नेपालले  संयुक्त अरब ईमिरेट्स (युएई) लाई ८ विकेटले हराउँदै तथा ओमानले बहराइनलाई १० विकेटले हराएर आज हुने फाइनलका लागि स्थान बनाएर प्रतिस्पर्धामा उत्रन लागेका हुन् । यसैबिच, नेपाल क्रिकेट सङ्घले आज हुने फाइनल खेलको टिकट बिक्रीबाट प्राप्त ५० प्रतिशत…
Read More
प्यालेस्टाइनको पक्षमा प्रदर्शन गर्ने २९ जना लन्डनबाट पक्राउ

प्यालेस्टाइनको पक्षमा प्रदर्शन गर्ने २९ जना लन्डनबाट पक्राउ

लन्डन, १९ कार्तिक । प्यालेस्टाइनको पक्षमा प्रदर्शन गर्ने २९ जना लन्डनमा पक्राउ परेका छन् । जातीय घृणा, जातीय उत्प्रेरित अपराध, हिंसा र एक प्रहरी अधिकारीलाई आक्रमण गर्ने जस्ता अपराध गरेको भन्दै उनीहरूलाई पक्राउ गरिएको लन्डन प्रहरीले जनाएको छ । शनिवार प्यालेस्टिनी समर्थकहरूले लन्डनको मुख्य सडकमा र्‍याली निकालेका थिए । लन्डनको मेट्रोपोलिटन पुलिस सेवाका अनुसार हजारौँ प्रदर्शनकारीहरू विरोधका लागि ट्राफलगर स्क्वायरमा भेला भएका थिए र धेरैजसो शान्तिपूर्ण रूपमा प्रदर्शन गरिरहेका थिए। लन्डन प्रहरीका अनुसार एक व्यक्तिले आफ्नो भाषणको क्रममा शान्ति विरोधी टिप्पणी गरेका थिए । सो संदिग्धलाई पहिचान प्रविधि प्रयोग गरी सामाजिक सञ्जालबाट पहिचान गरेर पक्राउ गरिएको छ, प्रहरीले भन्यो । पक्राउ…
Read More
गाजामा युद्ध विरामको आह्वान गर्दै ह्वाइट हाउस अगाडी विशाल प्रदर्शन

गाजामा युद्ध विरामको आह्वान गर्दै ह्वाइट हाउस अगाडी विशाल प्रदर्शन

वासिंगटन डिसी, १८ कार्तिक । गाजामा मानवीय अवस्था बिग्रँदै गएपछि इजरायल र हमासबीचको शत्रुतामा युद्ध विरामको लागि आह्वान गर्दै शनिवार वासिङ्टन, डिसी र युरोपका प्रमुख सहरहरूमा हजारौँ प्रदर्शनकारीले जुलुस निकालेका छन्। अमेरिकाको सङ्घीय राजधानी वासिङ्टन, डिसीमा प्यालेस्टाइन समर्थक प्रदर्शनकारीहरूको भीड शनिवार दिउँसो संयुक्त राज्य अमेरिकाको राजधानीको ‘फ्रिडम प्लाजा’ मा भरिएको थियो । सो क्रममा प्रदर्शनकारीका तर्फबाट बोल्दै वक्ताहरूले गाजामा युद्ध विराम र इजरायललाई अमेरिकी सहयोग अन्त्य गर्नका लागि सार्वजनिक रूपमा आह्वान गरेका थिए । नेशनल मल र ह्वाइट हाउस नजिकै रहेको फ्रिडम प्लाजा रातो, हरियो र कालो पहिरन र प्यालेस्टिनी झन्डा फहराउने नाराबाजी गर्ने प्रदर्शनकारीहरूले भरिएको थियो । कार्यक्रम आयोजकहरूले…
Read More
जर्मनीमा एक व्यक्तिले अन्धाधुन्ध गोली चलाउँदा विमानस्थल बन्द, २७ फ्लाइट रद्द

जर्मनीमा एक व्यक्तिले अन्धाधुन्ध गोली चलाउँदा विमानस्थल बन्द, २७ फ्लाइट रद्द

जर्मन, १९ कार्तिक । जर्मनीको ह्याम्बर्ग एयरपोर्टमा एक कार सवारी चालकले हावामा गोली चलाएर सो क्षेत्रमा सनसनी मच्चाएको छ । शनिवार राती ८ बजे एक कार सवारले ब्यारियर तोडेर विमानस्थलको मैदानमा प्रवेश गरी दुई पटक हावामा गोली चलाए पछि विमानस्थलमा खैलाबैला मच्चिन पुगेको हो । उक्त कार सवारको कार्यका कारण ह्याम्बर्ग एयरपोर्टमा हलचल मच्चिएको थियो । यसपछि लगत्तै विमानस्थल बन्द गरियो । प्रहरीले भने कोही पनि घाइते नभएको तर विमानस्थलले तत्कालका लागि उडान र अवतरणका लागि बन्द गरेको घोषणा गर्नुसमेत परेको थियो ।  गोली हानेपछि व्यक्तिले कारबाट दुई वटा जलिरहेको बोतल फ्याँकेको प्रहरीले जानकारी दिएको छ । जर्मन प्रहरी प्रवक्ताले आक्रमणकारीको कारमा…
Read More
भूकम्पमा मृत्यु हुनेको सङ्ख्या १५७ पुग्यो

भूकम्पमा मृत्यु हुनेको सङ्ख्या १५७ पुग्यो

काठमाडौँ, १८ कार्तिक । जाजरकोट केन्द्रबिन्दु बनाएर गएको भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या १५७ पुगेको छ। यसमध्ये महिला ९९ जना छन् भने ५८ जना पुरुषको मृत्यु भएको छ। जाजरकोटमा सबैभन्दा धेरै १०५ जनाको मृत्यु भएको छ। यस्तै रुकुम पश्चिममा ५२ जनाको मृत्यु भएको छ। घाइतेको सङ्ख्या १६६ पुगेको छ।
Read More
पुतली बाजेलाई सम्झँदै बाबुरामले भने, ‘कक्षा छाडेर पनि पुतली समाउन जानु हुन्थ्यो’

पुतली बाजेलाई सम्झँदै बाबुरामले भने, ‘कक्षा छाडेर पनि पुतली समाउन जानु हुन्थ्यो’

काठमाडौँ, १८ कार्तिक । पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले ‘पुतली बाजे’को निधनमा गहिरो दुःख व्यक्त गरेका छन् । नेपालका पुतलीहरूको बारेमा लामो अनुसन्धान गरेका अन्तर्राष्ट्रिय ख्यातिप्राप्त पुतली विज्ञ कोलन स्मिथको निधनमा गहिरो दुःख व्यक्त गरेको हुन । ‘पुतली बाजे’ले चर्चित अन्तर्राष्ट्रिय ख्यातिप्राप्त पुतली विज्ञ कोलन स्मिथको आज बिहान पोखरामा निधन भएको थियो । उनले यसरी सम्झिए: मेरा आदरणीय गुरु तथा अन्तर्राष्ट्रिय ख्यातिप्राप्त पुतली विज्ञ कोलन स्मिथ, जसलाई स्नेह भावका साथ ‘पुतली बाजे’ भनिन्थ्यो,  को आज  कार्तिक १८का दिन  पोखरामा भएको आकस्मिक निधनबाट निःशब्द छु। केही वर्ष पहिले पोखरामा वहॉसंग भेट हुँदा  मैले सोधेको थिएँ- ‘तपाईँलाई के इच्छा छ, सर,मैले के गर्न सक्छु…
Read More
भूकम्पबाट उपमेयरसहित १३१ जनाको मृत्यु

भूकम्पबाट उपमेयरसहित १३१ जनाको मृत्यु

काठमाडौँ । जाजरकोट। रामीडाँडा केन्द्रबिन्दु भएर राती ११.४८मा आएको भूकम्पबाट जनधनको ठुलो क्षति भएको जानकारी प्राप्त हुन आएको छ । ६.४ रेक्टरको भूकम्पबाट अहिलेसम्म नलगाड नगरपालिकाको उपमेयर सुनिता सिंह लगायत १३१ जनाको मृत्यु भएको सूचना प्राप्त भएको छ । प्रत्यक्षदर्शीका अनुसार भूकम्प प्रभावित स्थलमा सग्ला घर देख्ने अवस्था नै छैन ।  सदरमुकाम खलङ्गामा उपमेयर सिंह बसेको घर भत्किँदा उनको निधन  भएको हो । भूकम्प पीडितहरूको राहत तथा उद्धारको लागि प्रधानमन्त्री पुष्पकमल दाहालसमेत घटनास्थलतर्फ प्रस्थान गरेका छन् ।
Read More
रिगल बाँके कारागार चलान

रिगल बाँके कारागार चलान

नेपालगन्ज, १७ असोज । नेपालगन्जका चेतन मानन्धरका हत्या अभियुक्त रिगल भनिने योगराज ढकाललाई बाँके कारागार चलान गरिएको छ। संविधान दिवसको अवसरमा सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले रिगलको कैद माफी गरेका थिए। तर, उक्त निर्णयलाई बिहीबार सर्वोच्च अदालतले बदर गरेपछि उनले प्रहरी समक्ष आत्मसमर्पण गरेका थिए। बिहीबार पक्राउ परेका उनलाई शुक्रवार बाँके जिल्ला अदालतमा पेस गरिएकोमा अदालतले कारागार चलान गरेको हो। रिगलमाथि २०७२ साल असार २८ गते नेपालगन्जको धम्बोजी चोकमा दिउँसो ३ बजेतिर चेतन मानन्धरमाथि खुँडा प्रहार गरी हत्या गरेको अभियोग छ। हत्या आरोप पुष्टि भएका रिगललाई कैद माफी दिइएपछि चेतनकी तत्कालीन पत्नी भारतीले सर्वोच्चमा रिट दायर गरेकी थिइन्।
Read More