29
Dec
काठमाडौँ । जिल्ला अदालत काठमाडौँले क्रिकेटर सन्दीप लामिछानेलाई बलात्कार आरोपमा दोषी ठहर गरेको छ । काठमाडौँ जिल्ला अदालतका न्यायाधीश शिशीरराज ढकालको एकल इजलासले बलात्कार आरोपमा सन्दीपलाई दोषी ठहर गरेको हो । अदालतले गौशाला २६ नाबालिग नरहेको ठहर गर्दै सन्दीपले कमजोर आर्थिक अवस्थाको फाइदा उठाउँदै बलात्कार गरेको ठहर गरेको छ । अब सन्दीपलाई दिने सजाय पुस २५ गते निर्धारण हुने भएको छ । जिल्ला अदालत काठमाडौँले मुलुकी फौजदारी अपराध संहिता २०७४ को २१९ (ङ) अनुसार सजाय गर्ने फैसला गरेको छ । जस अनुसार बलात्कार अभियुक्तलाई ७ देखि १० वर्ष जेल सजाय हुने उल्लेख छ ।